अन्तरविद्यालय बास्केटबल:भ्याली पब्लिक र नेरिकलाई उपाधि

काठमाडौ,भदौ १४ । पाचौँ टेन्डा एआइए अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा भ्याली पब्लिक र नेरिकले मंगलवार उपाधि जितेका छन् । भ्यालीले सिनियर ब्वाइज र गल्र्सतर्फ दोहोरो उपाधि जित्दा नेरिकले जुनियर ब्वाइजको उपाधि जितेको हो । मगंलबार भएको सिनियर ब्वाइजमा भ्याली पब्लिकले नेरिकलाई ४७–३४ स्कोरले स्तब्ध पार्दै उपाधि हात पा-यो ।

भ्यालीले १३–२,६–८,११–१५ र १७–९ अग्रता लिदै उपाधि आफ्नो बनाएको थियो । भ्यालीको जितमा विनोद नेपाली सर्बाधिक २२ स्कोर गरे । गल्र्सतर्फ भ्याली पब्लिकले फाइनलमा एचएचसीएलाई ४१–११ को फराकिलो स्कोरले हराउदै उपाधि जित्न सफल भयो । भ्यालीको जितमा लक्ष्मी चौधरीले महत्वपुर्ण १० स्कोरको योगदान गरिन् । भ्यालीले ५–१,११–२,१५–४र १०–४ स्कोरले अग्रता जमाउदै एचएचसीएमाथी सहज जित दर्ता गरेको हो ।

शखंमुलस्थित अवेरनेस इन्टरनेसनल एकेडेमी(एआइए)मा जूनियरतर्फ भएको फाइनलमा नेरिकले एचएचसिएलाई ३१–११ स्कोरले हराउदै उपाधि जितेको थियो । नेरिकको जितमा असिम भण्डारी एक्लैले २३ स्कोरको योगदान दिए । नेरिकले ८–०,९–४,६–५ र ८–२ ले खेल आफ्नो पक्षमा पारेको थियो । सिनियर ब्वाइजमा भ्यालीका विनोद नेपाली,जूनियर ब्वाइजमा नेरिकका असिम भण्डारी र गल्र्समा भ्यालीकी सुस्मा गौतम मस्ट भ्यालुएबल प्लेयर घोषित भए ।  बेस्ट थ्री पोइन्टर जूनियर ब्वाइजमा एचएचसीका कृष्ण तामाङ, सिनियर ब्वाइजमा ग्रीनल्याण्डका दिलिप पुन मगर र गल्र्समा एचएचसीकी सन्जु हायू राई चूनिए ।

हाई स्कोरर सिनियर ब्वाइजमा नेरिकका कृष्ण पन्त,जूनियर ब्वाइजमा इनोभेटिभका प्रविन तामाङ र गल्र्समा इनोभेटिकै ममता गुरुङ भए । विधागत उत्कृष्टले ट्रफि हात पारे । यसअघि सोमबार गल्र्सको तेस्रो स्थान इनोभेटिभले हात पारेको थियो । सोमबारै सिनियर ब्वाइजमा ग्रीनल्याण्ड तेस्रो भएको थियो । मगंलबार जूनियर ब्वाइजको तेस्रो स्थानको लागि भएको खेलमा इनोभेटिभले सेबलाई २३–१६ स्कोरले हरायो । इनोभेटिभको जितमा प्रविन थापाले १३ स्कोरको योगदान दिए । तीनै विधाका उपाधि विजेताले ट्रफि मेडल र प्रमाणपत्र हात पारे ।

दोस्रो र तेस्रो हुने टिमले पनि ट्रफि मेडल र प्रमाणपत्र हात पारे । प्रतियोगितामा चौथो हुने टिमलाई पनि ट्रफि प्रदान गरिएको थियो । प्रतियोगिताको विजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथी ओलम्पियन एवम् राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलाडी सघंका अध्यक्ष दीपक विष्ट,एआइएका प्रिन्सिपल विष्णु प्रसाद अर्याल,भाइस प्रिन्सिपल खगेश्वर गीरी र न्यू समिटका डाइरेक्टर रमेश पन्ती लगायतले पुरस्कृत गरे । सो अवसरमा विभिन्न विद्यालयका प्रिन्सिपलको उपस्थिती रहेको थियो । प्रतियोगितामा ब्वाइज तथा गल्र्स गरी कुल २५ स्कुलको सहभागीता रहेको थियो ।

रेडियन्ट बास्केटबल बिहीबारदेखि

काठमाडौ,भदौ १४ । चौथो रेडियन्ट अन्तर विद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर छात्रतर्फ काठमाडौंका विभिन्न २३ विद्यालयले सहभागिता जनाएका छन् भने जुनियर छात्रमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सिनियर छात्रमा कक्षा १० सम्मका विद्यार्थी सहभागी हुन पाउने छन् भने जुनियर स्पर्धामा सहभागी खेलाडीको उचाई चार फिट दश इन्चभन्दा कम हुनुपर्ने आयोजक रेडियन्ट पब्लिक बोर्डिङ स्कुलका प्रिन्सिपल सूर्यबहादुर केसीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

भदौ २४ गते सञ्चालन हुने प्रतियोगिताका खेलहरु आयोजक विद्यालयको स्युचाटारस्थित कोटमा सञ्चालन हुने प्रतियोगिता संयोजक दीलिप कार्कीले जानकारी दिए । प्रतियोगिता सञ्चालनका लागि तीन लाख २५ हजार रुपैयाँ बजेट छुट्याइएको प्रिन्सिपल केसीले जानकारी दिए । चौथो रेडियन्ट कप बास्केटबल प्रतियोगितालाई पाटन औद्योगिक क्षेत्रमा रहेको बिरा फर्निचर र बाफलको स्टडी पब्लिकेशनले प्रायोजन गरेका छन् ।

सिनियर स्पर्धामा सहभागी २३ विद्यालयलाई आठ समूहमा विभाजन गरिएको छ । समूह एमा निम्स, जीएस स्कुल र ग्रीनफिल्ड स्कुल रहेका छन् भने समूह बीमा एपेक्स, ग्रामर र महामञ्जुश्री, समूह सीमा हिमालयन र राइजिङ स्टार, समूह डीमा इनोभेटिभ, जेनिथ र ग्यालेक्सी रहेका छन् ।

त्यसैगरी समूह ईमा एलआरआई, पुष्पसदन र लोयल्टी, समूह एफमा नेपाल सेन्टर, मण्डला इन्टरनेशनल र एचएचसीए, समूह जीमा माउन्ड ग्लोरी, ज्ञानमाला र पेनउड रहेका छन् भने समूह एचमा पिपुल्स्, द एक्सेसियर र आयोजक रेडियन्ट स्कुल रहेका छन् ।

यसैगरी जुनियर स्पर्धामा सहभागी १६ विद्यालयलाई चार समूहमा विभाजन गरिएको छ । समूह एमा ग्रीनफिल्ड, विज्डम, इनोभेटिभ र एलआरआई रहेका छन् । त्यस्तै समूह बीमा होप भ्याली, एआई स्कुल, ग्रीनवीच र ओयसिस रहेका छन् । समूह सीमा स्वर्णिम, इन्टरनेशनल पिस एकेडेमी, हर्टल्याण्ड र नवज्योति रहेका छन् भने समूह डीमा जेनिथ, पिपुल्स, निम्स र रेडियन्ट स्कुल रहेका छन् ।

रानीपोखरी पुनःनिर्माणमा रोक, बनाएको पनि भत्काउन निर्देशन

१४ भदौ, काठमाडौं ।
रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ ।

हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ ।

हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका बस्तु प्रयोग भएकाले विभागले सोमबारदेखि निर्माण कार्यमा रोक लगाएको हो ।

रियो लोकम्पिकको ह्यामर थ्रो विश्व रेकर्ड अनिताले तोडिन्

१४ भदौ, एजेन्सी ।
भर्खरै सम्पन्न रियो अ‍ोलम्पिकको ह्यामर थ्रोमा स्वर्ण पदकका साथ साथै विश्व कीर्तिमान कायम गर्न सफल पोल्याण्डकी अनिता लुदारचेकले फेरी आफ्नै कीर्तिमानमा सुधार गरेकी छिन् ।

ओलम्पिकमा ८२.२९ मिटर्स पर ह्यामर फाल्दै कीर्तिमान रचेकी अनिताले पोल्याण्डको राजधानी वार्सामा सम्पन्न कामिला स्कोलीमोक्सा मेमोरियलमा ह्यामरलाई ८२.९८ मिटर्स पर फाल्दै फेरी नँया विश्व कीर्तिमान रच्न सफल भएकी हुन् ।

ह्यामरलाई ८० मिटर भन्दा पर फाल्ने अनिता नै विश्वकी पहिलो र एक मात्र महिला खेलाडी हुन् ।

३१ वर्षिय अनिताले ह्यामरलाई अहिले सम्म ११ पटक ८० मिटरको दुरी भन्दा पर फालिसकिन् ।

नइ प्रकाशनलाई किर्तिनिधि विष्टद्धारा १९ लाख प्रदान

१४ भदौ, काठमाडौं ।
नइ प्रकाशनले पूर्वप्रधानमन्त्री विष्टका बुबाआमा चन्द्रनिधि विष्ट र धनकुमारी विष्टका नाउँमा हरेक वर्ष एक लाख रूपियाँ राशिको “नइ चन्द्रधन पुरस्कार“ प्रदान गर्ने भएको छ ।

पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टले नइ प्रकाशनको अक्षयकोष स्थापनाका लागि आज दस लाख रुपियाँ प्रदान गर्नु भयो ।

यस भन्दाअघि यो पुरस्कारको राशि पचास हजार रुपियाँ रहेको थियो ।

दस वर्षअघि स्थापना गरिएको यो पुरस्कार लक्षित व्यक्तित्वहरुमा समर्पण गरि‌दै आएको छ ।

पचास हजार रूपियाँ राशिको सो पुरस्कार हरेक वर्ष बिराएर एक जना देशभक्त चिन्तकलाई प्रदान गरिने नइ प्रकाशनले जनाएको छ ।

कृषि उत्पादनमा आत्मनिर्भर बनाउ-सरोकारवाला, ‘अनुसन्धानमा जोड दिउँ’ : विज्ञ

१४ भदौ, विरगंज ।
कृषिलाई व्यवसायिकरण गरी आधुनिक कृषि प्रणाली मार्फत देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउनु पर्नेमा विरगंज क्षेत्रका सरोकारवालाहरुले जोड दिएका छन् ।

सरकारले हालै मात्रै मध्य तराईका वारा, पर्सा, रौतहट, सर्लाही लगायतका ८ जिल्लालाई धान उत्पादनको पकेट क्षेत्रको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु घोषणा गरे पनि त्यसको कार्यान्वयन शुरु हुन नसकेको गुनासो कृषकहरुले गरेका छन् ।

गत आर्थिक बर्षमा झण्डै ७ अर्ब भन्दा बढीको धान तथा चामल भारतबाट आयात भएको छ ।

कृषि उत्पादनमा पनि देश परनिर्भर हुँदै गएकोले धान लगायतका प्रमुख बालीको खेती प्रणालीलाई व्यवसायिक गरी आधुनिक कृषि प्रणाली मार्फत किसानलाई मल, विउ, सिंचाईमा आवश्यक अनुदान सुविधा दिनुपर्ने माग कृषकहरुले गरेका छन ।

कृर्षि क्षेत्रलाई थप व्यवस्थित बनाउन अनुसन्धानमा तीब्रता दिनु पर्नेमा बिज्ञहरुले जोड

कृषि क्षेत्रलाई थप व्यवस्थित बनाउन अनुसन्धानमा तीब्रता दिनु पर्नेमा बिज्ञहरुले जोड दिनु भएको छ ।

नेपालको कृषि अनुसन्धानमा संचालित अफासी परियोजनाको तेस्रो बार्षिक समीक्षामा आज बिज्ञहरुले कृषि उत्पादन बढाउन अनुसन्धान मुलक कार्यक्रम बढाईनु पर्ने बताउनु भएको हो ।

कार्यक्रममा कृषि बिकास मन्त्रालयका सचिब उत्तमकुमार भट्टराई नार्कका कार्यकारी प्रमुख डा।वाई।आर।पाण्डे,अफासी परियोजनाका शिबनन्दन प्रसाद साह लगायतले बोल्नु भएको थियो ।

जाजरकोटमा डडुवाले टमाटर खेती नष्ट, किसान मर्कामा

१४ साउन, जाजरकोट ।
भेरीमालिका नगरपालिका ६, भेरेंमा डडुवा रोगले टमाटर खेती नष्ट भएको छ । टमाटर खेती नष्ट भएपछि तरकारी खेतीको पकेट क्षेत्र भेरेंका किसान मर्कामा परेका छन् ।

व्यवशायीक तरकारी खेती गर्दै आएका कृषक टमाटर खेतीको सिजनमा उत्पादन शुन्य भएपछि निरास बनेका छन् । डडुवा रोगले टमाटरको विरुवाको डा“ठ कुहिने, पात झर्ने, दाना कालो हुने र कुहिने लगाएत लक्षणका कारण उत्पादन शुन्य भएको हो । अन्य खेतको तुलनामा भेरेंका कृषक टमाटर खेतीबाट मनग्य आम्दानी गर्दै आएका थिए । टमाटर खेतीमा गरेको लगानी खेर गएको हरीकला पुनले बताउनु भयो ।

यहाका ४० घरपरिवारले ५० हजार सम्म टमाटर खेतीमा लगानी गरेका थिए । भेरेंका कृषकले २ सय ५० रोपनी खेतबारीमा लगाएको टमाटर खेती नष्ट भएको छ । मकै खेती नलगाएर टमाटर खेती गरेको कृषक पदम बहादुर पुनले बताउनु भयो ।

टमाटर खेतीबाट प्रति घरपरिवारले एक सिजनमा ५० हजार देखि २ लाखसम्ममा आम्दानी गर्दै आएको छन । यस पटक भने उत्पादन शुन्य भएको छ । बरिष्ठ कृषि विकास अधिकृत चित्र बहादुर रोकायले डडुवा रोगबाट टमाटरमा क्षेती गरेको र त्यस ठाउमा कृषि प्राविधिकको टोली पठाउने बताउनु भयो ।

यातायात मन्त्री लेखकले भने-‘दुर्घटना रोक्न चनाखो हुनुपर्यो’

१४ भदौ, कञ्चनपुर ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले धेरै ठुलो जनधनको क्षेती हुने गरि भै रहेको सवारी दुर्घटना रोक्ने सम्वन्धीत निकायहरुले चनाखो हुनु पर्ने वताउनु भएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा आज कार्यालय प्रमुखहरुलाई निर्देशन दिने क्रममा मन्त्री लेखककले सवारी दुर्घटनाका कारण धेरै भएपनि यसको मुख्य कारण क्षेमता भन्दा वढि यात्रु राख्नु र चालकको लाप्रवाही नै भएकाले त्यस्ता सवारी साधनको रुटप्रमिट र चालकको अनुमती पत्र रोक्का गर्न निर्देशन दिदै त्यसो गरेको विषयमा कसैले विरोध गरे त्यसको जिम्मेवार आफु रहने समेत वताउनु भएको छ ।

साथै उहांले रुट परमित लिन यातायात अञ्चल कार्यालय वा राजधानी धाउनु पर्ने वाध्यतालाई मध्ये नजर गर्दै रुटपरमिट दिने र भाडा तोक्ने अधिकारी प्रमुख जिल्ला अधिकारीलाई प्रत्ययोजन गरिएको वताउनु भएको छ ।

उहांले वर्तमान सरकार तिनै निकायको निर्वाचन गर्न प्रतिवद्ध रहेको र त्यसै अनुरुप तयारीमा लागेको समेत वताउनु भएको छ । सरकारले अवलम्वन गरेको निति तथा कार्यक्रमहरुलाई अक्षेरस कार्यान्वयन गर्न समेत निर्देशन दिनु भएको  छ ।

साथै उहांले जनजिविकासंग जोडिएका जुनसुकै कार्यपनि कानुन,निति नियम र मर्यादा भित्र रहेर गर्न समेत कार्यालय प्रमुखहरुलाई निर्देशन दिनु भएको छ ।

Fast track to be constructed by Nepal

Prime Minister Puspa Kamal Dahal has said that the government  has not even thought of awarding the contract for the construction of Nijgadh-Kathmandu Fast Track to foreign companies.

During the meeting with the delegation of Rastriya Sarokar Abhiyan Nepal today, he said the decision made by the erstwhile government that Nepal would construct the Fast Track was taken on his initiatives and added that rumors that the government is handing over the contract to foreign companies are baseless.

Prime Minister Dahal said that he will consult with experts on the issues of national importance.

Ex-President Yadhav to leave USA for treatment

Former president Ram Baran Yadab will embark to America for treatment soon.

He will be leaving for US after being diagnosed with prostate cancer.

According to report, the government would bear his treatment expenses.

Juliand calls on PM Prachanda

United Nations Federal Residential coordinator Valeria Juliand has called on Prime Minister Puspa Kamal Dahal yesterday.

On the occasion, Juliand expressed his concern over the contemporary politics and government's plan.

Responding to him, Prime MInister Dahal lauded the role of the United Nations in the establishment of peace in Nepal adding that the new government is committed to taking the country towards the path of prosperity implementing the constitution.

प्रधानमन्त्री कार्यालयमै हरायो पूर्वराष्ट्रपतिको निवेदन

काठमाडौं,भदौ १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गरेका छन् । तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्वराष्ट्रपति यादव चाँडै उपचारका लागि अमेरिका जाँदै छन् । उनी छोरीसहित तीन सहयोगीका साथ अमेरिका जान लागेका हुन् ।

पूर्वराष्ट्रपति यादवले दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा हराएको थियो। उपचारका लागि सरकारसँग रकम मागेको निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताकेता गरेको थियो। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

त्यसैले उनको उपचारबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर रूपमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख रुपैयाँ दिने सरकारी निर्णय भने अझै गोप्य राखिएको छ। सो निर्णयमा मुख्यसचिव डा. सोमलाल सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web