पप्पु गुरुङ्ग, कञ्चनपुर,भदौ १५ । कञ्चनपुरको दोधारा चाँदनीमा संचालन भएको नगर स्तरिय फुटबल प्रतियोगिताको उद्धघाटन खेल बराबरीमा टुङ्गिएको छ् । आजको उद्धघाटन खेलमा जनज्योती स्र्पोटस क्लव र श्रजना युवा क्लव बिच भएको प्रतिस्प्रधात्मक खेलमा २ को बिरुद्ध २ गोल गरेर दुबै टिम बराबरीमा समेटिएको हो ।

शिवनगर स्र्पोटस क्लवका जर्सी नम्बर ७ का नबिन खड्काले मध्यान्तर पछि ७ मिनेटमा १ गोल गरे खाता खोलेको लगत्तै अर्को शिवनगर स्र्पोटसका नबिन खड्काले अर्को गोल गरे आफ्नो टिमलाई ० को बिरुद्ध २ गोल गरेर अग्रता दिलाएका थिए । शिवनगर स्र्पोटसको लगातार २ गोलको प्रहार पश्चात श्रजना युवा क्लवका जर्सी नम्वर १० का राम बहादुर बुढाले लगातार २ गोल गरेर बराबरीमा ल्याएका थिए ।

आजको बराबरीको खेल भोली ३ बजे खेलिने आयोजक समितिले जनाएको छ् । प्रत्येक वर्ष जस्तै यस वर्ष पनि श्री कृष्ण जन्माष्टमीको अवसरमा फुटबल प्रतियोगिता यस बर्ष पनि संचालन हुदै आएको छ् । बिगतमा बिभिन्न संघ सस्थाहरु तथा समुहले संचालन गर्दै आएको दोधारा चाँदनीको फुटवल प्रतियोगिता यस वर्ष भने खेल गणेश ईन्टरप्राईजेज दोधारा चाँदनीले खेल संचालन गर्ने जिम्मा लिएको बताईएको छ् । गणेश ईन्टरप्राईजेजको एक बैठकले आज देखि नगर स्तरिय फुटबल प्रतियोगिता संचालन गर्ने आयोजक गणेश ईन्टरप्राईजेज दोधारा चाँदनीका प्रोपराईटर गणेश थापाले जानकारी दिनु भएको छ् । प्रतियोगितामा पहिलो हुने टिमलाई रु. २० हजार र दोस्रो हुने टिमलाई रु. १० हजार तथा तेस्रो हुने टिमलाई रु. ५ हजार नगद पुरुस्कार राखिएको छ् ।

दोधारा चाँदनी नगरपालिका वडा नं. ७ को लक्ष्मी उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा नकआउट सिस्टम द्धारा खेल खेलाईने तथा नगर स्तरिय फुटबल प्रतियोगितामा १० टिम सहभागी रहेका छन् । बाबाथान प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक मान बहादुर बोग्टीले रिबन काटेर खेलको उद्धघाटन गरेका थिए ।

उक्त अवसरमा स्थानिय खेल प्रेमी तथा स्थानियहरुको ठुलो जमघट रहेको थियो । कार्यक्रममा बोल्दै बक्ताहरुले अझै सम्मको खेल तथा खेलाडी दोधारा चाँदनीमा सिमित रहेको हुदा सरोकारवाला निकायले फुटवल खेल तथा खेलाडीको भविष्यको बारे गम्भिर भएर सोच्नु पर्ने अवस्था रहेको बताएका छन् । दोधारा चाँदनीको फुटवलको सुरुवात २०२५ सालमा भएको पुर्वखेलाडी तथा साबिकको दोधारा गाबिस कार्यालयका अध्यक्ष बेल बहादुर रानाले बताएका छन् । त्यस बेला सिमा पारीका भारतिय खेलाडीको फुटबल टिम संग प्रतिस्प्रधा गर्ने चलन चलेको थियो ।

सिमा पारीका खटिमा, नगरा, बंगाली कलोनी, टनकपुर, पिलिभित लगाएत क्षेत्रका फुटवल क्लब आएर प्रतियोगिता संचालन गरिने गरिन्थ्यो । तत्पश्चात २०३९ साल यता आएर तत्कालिन दोधारा र चाँदनी गाबिसका वडा–वडाको प्रतियोगितको सुरुवात भयो । वडा–वडा बिच प्रतिस्प्रधामा झै झगडा बढ्न थालेपनि पछि आएर वडा–वडाको प्रतिस्प्रधा पनि स्थगित गर्दै प्रतिभाको खोज नाम दिएर समुह, संघ संस्था तथा स्पोर्टस क्लबले भाग लिने गरिएको छ् । सयौ दर्शकले आजको उद्धघाटन सत्रको खेलको मज्जा लिएको आयोजक समितिको दाबी रहेको छ् ।

काठमाडौं,भदौ १६ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रिपरिषदमा कांग्रेस, माओवादी केन्द्र, राप्रपा र नेकपा संयुक्तका नेता सहभागी छन् । सरकारलाई समर्थन भने १६ दलले गरेका छन् । प्रचण्डलाई प्रधानमन्त्रीमा समर्थन गरेका संघीय गठबन्धनमा आबद्ध मधेसी दलले सरकारमा तत्कालै नजाने बताएका छन् ।

फोरम लोकतान्त्रिक उपप्रधानमन्त्रीसहितका मन्त्रालय नपाएपछि सरकारबाहिरै छ । साना मन्त्रालय मात्र प्रधानमन्त्रीसँग रहेका कारण ती मन्त्रालयमा फोरम लोकतान्त्रिक जाने सम्भावना कम छ । नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालयमध्ये अहिले बाँकी चार मन्त्रालयमा साना दलका नेताहरू मात्र जान सक्ने अवस्था छ । तर, एक–दुई सिट भएका साना दललाई मन्त्रालय दिने–नदिनेमा प्रधानमन्त्री अनिर्णीत छन् । ‘प्रधानमन्त्रीले बाँकी चार मन्त्रालयमा कुन पार्टीका कसलाई मन्त्री दिने भन्नेमा अहिले खासै छलफल गर्नुभएको छैन,’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले भने, ‘तत्काल मन्त्रिपरिषद् विस्तार भइहाल्छ भन्ने देखिएको छैन ।’

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा भारत भ्रमणमा जाँदै छन् । त्यसअघि बाँकी मन्त्री नियुक्ति हुने सम्भावना नदेखिएको प्रधानमन्त्री कार्यालय स्रोतले बतायो । ‘अब प्रधानमन्त्रीको भारत भ्रमणपछि मात्र मन्त्रिपरिषद् विस्तार हुन सक्ला, त्यसअघि केही हुँदैन,’ स्रोतले भन्यो।

सरकारलाई समर्थन गर्ने साना दलमध्ये बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवान, जनता समाजवादी पार्टीका प्रेमबहादुर सिंह, परिवार दलका एकनाथ ढकाल मन्त्री बन्ने दौडधुपमा छन् ।

पासवान केपी ओली नेतृत्वको सरकारमा जनसंख्या तथा वातावरणमन्त्री थिए भने सिंहले खानेपानी तथा सरसफाइ मन्त्रालय सम्हालेका थिए ।

सिंहको पार्टीलाई निर्वाचन आयोगले खारेजसमेत गरेको छ । तर, प्रधानमन्त्री प्रचण्डले मन्त्रीका लागि आग्रह गर्दै आएका दलका नेतालाई कुनै जवाफ दिएका छैनन् । ‘ढकालजी कहिलेकाहीँ देखिए पनि विश्वेन्द्र पासवान र प्रेमबहादुर सिंह प्राय: आउनुहुन्छ,’ बालुवाटार स्रोतले भन्यो, ‘भेट्न नपाए पनि उहाँहरू प्रधानमन्त्रीको अनुहार मात्र देखे पनि पुग्छ भन्दै धाइरहनुभएको छ ।’

काठमाडौं,भदौ १५ । काभ्रेको गोल्डेनपिक स्कुलले दोश्रो उपत्यकाव्यापी उमावि स्तरीय डण्डीबियो प्रतियोगिताको उपाधि बुधबार जितेको छ । त्रिपुरेश्वरस्थित आयोजक राष्ट्रिय खेलकुद परिषद् (राखेप) को हातामा भएको फाइनलमा गोल्डेनपिकले नाजरथ स्कुल, ललितपुरलाई १९४–१५३ ले पराजित ग¥यो । गोल्डेनपिकको जितमा विपिन शिवभक्तीले सर्वाधिक ७० अंक योगदान गरे ।

तेश्रो स्थानका लागि भएको खेलमा सेन्टिनियल उमावि, काठमाडौंले दीपशिखा मावि, काभ्रेलाई १७२–१४० अंकले हरायो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट र सदस्य उपेन्द्र पौडेलले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा काठमाडौं, ललिपतुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेबाट २ गरी जम्मा ११ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं,भदौं १५ । नेपाल भलिबल संघको वार्षिक कार्यक्रम अन्तर्गत तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप प्रतियोगिता भदौं २८ देखी हुने भएको छ । असोज ३ सम्म चल्ने प्रतियोगितामा पुरुष तर्फ ११ र महिला तर्फ १० टोलीले प्रतिस्पर्धा गर्ने बुधबार पत्रकार सम्मेलनमा नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताउनु भयो । लिग कम नकआउटको आधारमा हुने प्रतियोगिताबाट मंसिर ८ देखी ११ सम्म चल्ने लिग भलिबललाई छनोटको रुपमा लिइएको छ ।

प्रतियोगितामा व्वाइज तर्फ एपिएफ, नेपाल पुलिस, आर्मी, मणिमुकुन्द भलिबल क्लब, काभ्रे जिल्ला भलिबल संघ, ढोरपाटन भलिबल क्लब, जावलाखेल युथ क्लब, प्रगतिशिल युवा क्लब जिरी, हेल्प नेपाल स्पोर्टस क्लब, पश्चिमाञ्चल, नयाँ बजार युवा क्लबले खेल्नेछन । यसैगरी महिला तर्फ एपिएफ, न्यु डायमन्ड, नेपाली सेना, नेपाल प्रहरी, काभे्रे जिल्ला भलिबल संघ, जावलाखेल भलिबल, ढोरपाटन भलिबल, पश्चिमाञ्चल, श्रीनगर उच्च मावि, प्रगतीशिल युवा क्लब जिरीले भाग लिनेछन ।प्रतियोगिताको विजेता पुरुष तथा महिला खेलाडीले १ लाख २५ हजार, उपविजेताले ७० हजार, तेस्रोले ५० हजार पाउनेछ ।

प्रतियोगितालाई मुख्य प्रायोजन गरेको ट्रिनिटी कलेजले च्याम्पियनसिपको विजेता पुरुष र महिला क्लबको पुरस्कार प्रदान गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई जनही १५ हजार, उत्कृष्ट वेस्ट ब्लकर, सेटर, स्पाइकर, लिबेरो र सर्भरले जनही ५ हजार पाउनेछन । विधागत रुपमा उत्कृष्ट हुने खेलाडीलाई सञ्जय स्मृती प्रतिष्ठानले प्रायोजन गरेको छ ।

भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले प्रतियोगिताले नेपालमा नयाँ खेलाडी उत्पादन र लिग भलिबलको स्तरलाई बढाउन सहयोग गर्ने बताउनु भयो । यसैगरी मंगलबार बसेको संघको बैंठकले शेर बहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष पुर्व भलिबलका राष्ट्रिय खेलाडि रञ्जन खड्कालाई संघको उपाध्यक्षमा मनोनित गरेको छ ।

१५ भदौ, धनकुटा ।

धेरै यात्रुलाई बस्ने सिट देखाउन मालबाहक र यात्रु वाहक सवारीहरुले आफूखुशी थपेका सिटहरु ट्राफिक प्रहरी निकाल्न थालेको छ ।

ग्रामिण क्षेत्रमा सामान बोक्ने महेन्द्र पिकअपमा राखिएका सिट,बस र माईक्रोमा क्षमता भन्दा बढी यात्रु बोक्नको लागि राखिएको सिट तथा मुढाहरु निकालिएको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्काले बताए ।

गएको साउन १३ गते परेवादिनमा १५ जनाको ज्यान जाने गरी र धनकुटाका बिभिन्न स्थानमा सवारी दुर्घटना भएपछि त्यसलाई न्यूनिकरण गर्न यस्तो काम गरीएको खड्काले जानकारी दिनु भयो ।

शोमबारबाट शुरु भई धनकुटाको बिभिन्न स्थान जारी रहेको उक्त अभियानमा अहिले सम्म एक दर्जन बढी सवारीहरुको सिट झिकिएको खड्काले जानकारी दिनुभयो ।

कारवाही संगसंगै यात्रहरुलाई नियमित चेकिङ गरेर सार्वजनिक यातायातमा भैरहेको मनपरि नियन्त्रण गर्ने सचेतना मुलक कार्यक्रम चलाइएको ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

ट्राफिक कार्यालयको धनकुटाको तथ्यांक अनुसार आर्थिक बर्ष ०७२/०७३ मा धनकुटामा ७ हजार ८०३ वटा सवारी कार्वाहीमा परी ३८ लाख १६ हजार राजस्व संकलन भएको छ ।

सवारी दुर्घटनामा परी धनकुटामा ४ बर्ष यता ४२ जनाको मृत्यु भईसकेको जिल्ला ट्राफिक कार्यालयले तथ्यांक छ ।

१५ भदौ, काठमाडौं ।
नेपाल भ्रमणमा रहनुभएका जापानका परराष्ट्र राज्यमन्त्री नोबु किसिले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गर्नुभएको छ ।

प्रधानमन्त्री कार्यालय शिंहदरवारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले लामो समयदेखि जापान नेपालको विकासको प्रमुख सहयोगी रहँदै आएको बताउनुभयो ।

उहाँले दुई देशको सम्वन्धलाई अझै फराकिलो र थप सुमधुर बनाउन नेपाल सरकार प्रयत्नशील रहको वताउनु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

जापानका राज्यमन्त्री नोबु किसिले संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुर्निनर्माण र सम्वृद्धिका लागि प्रधानमन्त्री दाहालले अघि बढाउनुभएको कार्ययोजनाको प्रशंसा गर्दै नेपालको हितप्रति जापानको साथ र सहयोग रहने वताउनु भयो ।

भेटका अवसरमा राज्यमन्त्री नोबु किसिले काठमाडौं नौविसे सुरुङ मार्ग निर्माणका लागि जापानको तर्फवाट १८ बिलियन नेपाली रुपैया बराबरको सहयोग गर्ने बताउनुभयो ।

१५ भदौ, काठमाडौं ।
व्यवस्थापिका–संसदको विकास समितिले स्थानीय तहको निर्वाचनको लागि आबश्यक पर्ने कानुनहरुको तत्काल मस्यौदा बनाउन र स्थानीयतहको संरचनालाई बैज्ञानिक मापदण्डका आधारमा निक्र्योल गर्न संघीय मामीला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देशन गरेको छ ।

समितिको आज बसेको बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयलाई पनि स्थानीयतहको निर्वाचनको लागि आवश्यक पर्ने कानुनहरुको तत्काल मस्यौदा तयार गरी संससदमा पेश गर्न निर्देशन दिएको हो ।

समितिको बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम सम्बन्धी नियमावली नहँुदा विकास कार्यक्रमहरुको सञ्चालनमा ढिलाई भएकोले छिटो नियमावली तयार गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई निर्देश दिएको समितीका सभापति रविन्द्र अधिकारीले जानकारी दिनु भयो ।

१५ भदौ, सुर्खेत ।
सुर्खेत विमानस्थलमा ‘फायर स्टेशन’ बन्ने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा हुन सक्ने अग्निसम्बन्धी दुर्घटना कम गर्न ‘फायर स्टेशन’ निर्माण गर्न लागेको हो ।

त्यसका लागि प्रारम्भिक कार्य शुरु भएको सुर्खेत विमानस्थलले जानकारी दिएको छ । प्राधिकरणसँग लामो सयमदेखि सुर्खेतमा ‘फायर स्टेशन’ निर्माण गर्न माग गरिरहेको विमानस्थलका प्रमुख विनोदकुमार पन्तले बताउनु भयो ।

उहाँले सुर्खेत विमानस्थल सञ्चालनमा आएको ५२ वर्षपछि पहिलोपटक जिल्लामै ‘पोर्टेबल टाइप अल्ट्रा हाई प्रेसर फायर भ्याकल आएको जानकारी दिनुभयो । उहाँका अनुसार अब दमकल राख्नकै लागि पनि ‘फायर स्टेशन’ निर्माण अनिवार्य हुन्छ ।

प्राधिकरणले विमानस्थलको स्तरोन्नतिअन्तर्गत मध्यपश्चिममा नेपालगञ्जपछि सुर्खेतमा पहिलोपटक अग्नि नियन्त्रक दमकल पठाएको हो । अष्ट्रियाबाट आयात गरिएको उक्त दमकलको मूल्य १ करोड रुपैयाँभन्दा बढी रहेको छ । दमकलमा २ सय लिटर पानी अट्ने तथा २० लिटर फोम छ ।

कर्णाली तथा सुदूरपश्चिमका पहाडी जिल्लामा कार्गो ढुवानीका लागि व्यस्त रहने सुर्खेत विमानस्थलमा सम्भावित दुर्घटना हुन नदिन सुविधायुक्त दमकल ल्याइएको प्रमुख पन्तकोे भनाइ छ । सुर्खेत जिल्लामै यसअघि आगलागी नियन्त्रणका लागि दमकल उपलब्ध थिएन ।

पप्पु गुरुङ्, १५ भदौ / कञ्चनपुर । कञ्चनपुरको दोधारा चाँदनीमा आज देखि नगर स्तरिय फुटबल प्रतियोगिता हुने भएको छ् । बिगतका दिनहरुमा संचालन गर्दै आएको फुटबल प्रतियोगिता यस बर्ष पनि संचालन हुन लागेको हो । यस पटकको खेल गणेश ईन्टरप्राईजेज दोधारा चाँदनीले संचालन गर्न लागेको बताईएको छ् । गणेश ईन्टरप्राईजेजको एक बैठकले यहि भदौ १५ गते दखि नगर स्तरिय फुटबल प्रतियोगिता संचालन गर्ने आयोजक गणेश ईन्टरप्राईजेज दोधारा चाँदनीका प्रोपराईटर गणेश थापाले जानकारी दिनु भएको छ् । प्रतियोगितामा पहिलो हुने टिमलाई रु. २० हजार र दोस्रो हुने टिमलाई रु. १० हजार तथा तेस्रो हुने टिमलाई रु. ५ हजार नगद पुरुस्कार राखिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नंं. ७ को लक्ष्मी उच्च माध्यमिक बिद्यालयको प्राङ्गणमा नकआउट सिस्टम द्धारा खेल खेलाईने तथा नगर स्तरिय फुटबल प्रतियोगितामा १० टिम सहभागी हुने आयोजक समितिका सचिव निर्मल गिरीले जानकारी दिनुभएको छ् ।

काठमाडौं,भदौ १५ । वाणिज्य मन्त्री रोमी गौचन हेलिकोप्टर चार्टर गरी गोरखाको एक विद्यालय भवन उद्घाटन गर्न पुगेका छन् । काठमाडौँबाट करिब डेढ सय किलोमिटरको दूरीमा रहेको महालक्ष्मी उच्च मावि ताप्लेस्थित नवनिर्मात भवन उद्घाटन गर्ने मन्त्री गौचन एक लाख रुपैयाँभन्दा बढी रकम खर्च गरेर पुगेका अाजको अन्नपूर्णमा समाचार छ ।

उनी मङ्गलबार दिउँसो साढे एक बजे कार्यक्रम उद्घाटन स्थलमा पुगेका थिए । मन्त्री अवतरण हुँन लाग्दा हेलिकप्टरको हावाले उडाएको प्रवेशद्वारको काठले लागेर ताप्ले ९ का ९० वर्षीय हरिप्रसाद भट्ट घाइते भएका छन् । स्थानीय कलाधर भट्टका अनुसार वृद्धको टाउकोमा चोट लागेको छ ।

एक घन्टा कर्यक्रमस्थल बसेपछि उनी हेलिकप्टरमै गोरखा सदरमुकाम फर्केका थिए । सदरमुकाममा कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया गरी उनी अपराहृन काठमाडौं फर्किए । विद्यालयका अध्यक्ष देवीप्रसाद श्रेष्ठले हेलिकप्टरको खर्च मन्त्री आफैले बेहोरेको बताए ।

गाउँको एउटा विद्यालय भवन उद्घाटन गर्न हेलिकोप्टर उडाएर तडकभडक देखाएकोप्रति स्थानीयबासी भने सन्तुष्ट छैनन् । ‘भूकम्पले आहात बनाएको ठाउँमा यस्तो तडकभडक सुहाएन’ माओवादी केन्द्रका गाउँ संयोजक समेत रहेका भट्टले भने, ‘आफू उद्घाटन गर्दै हिडि्दन भन्ने प्रधानमन्त्रीले मन्त्रीलाई यस्तो तडकभडक गर्न दिनु ठिक भएन ।’ प्रधानमन्त्रीले आफ्ना मन्त्रीलाई नियन्त्रणमा राख्न नसकेको समेत उनले टिप्पणी गरे ।

काठमाडौं,भदौ १५ । नयाँ सरकार गठनपछि राष्ट्रिय मुद्दाहरुमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले पहिलोपटक बोलाएको प्रमुख तीन दलको बैठकमा सत्ता र प्रतिपक्षबीच जुहारी चलेको छ । सत्तारुढ कांग्रेस र माओवादी केन्द्रले संविधान संशोधन, स्थानीय तहको प्रस्तावित संख्या बृद्धि र संसदबाट यसअघि अस्वीकृत बजेट सम्बन्धि विधेयक पारित गर्ने बिषय प्रवेश गराएपछि प्रमुख प्रतिपक्षी एमालेले त्यसको औचित्यतामाथि प्रश्न उठाएको छ । सत्तारुढ र प्रतिपक्षी दलका नेताबीच सवाल जवाफमा केन्द्रित हुँदा प्रधानमन्त्री निवास बालुवाटारमा मंगलवार बिहान बसेको बैठक अनिर्णीत बन्यो ।

तीन दलको बैठकको सुरुमा नै प्रधानमन्त्री दाहालले संविधान कार्यान्वयन र मधेसको माग सम्वोधन गर्नका लागि संविधान संशोधन गर्नुपर्ने भएकाले त्यसमा साझा धारणा बनाउन प्रस्ताव गरेका थिए । उनले ०७४ माघ ७ सम्म स्थानीय, प्रदेश र संघको निर्वाचन नभएमा मुलुक संकटमा पर्ने उल्लेख गर्दै मधेशी मोर्चासहितको संघीय गठबन्धनले उठाएका माग सम्वोधनका लागि संविधान संशोधनमा साझा धारणा बनाउनु पर्ने विषय राखेका हुन् आजको कान्तिपुर दैनिकमा खबर छ ।

दाहालले तत्कालिन केपी ओली नेतृत्वको सरकारकै पालामा मधेसी मोर्चाले उठाएका माग सम्वोधन गर्न कार्यदल बनाएर गृहकार्य अघि बढेको बताउँदै संविधान संशोधनमा तीनै दलको साझा धारणा बनाएर अघि बढ्नुपर्ने बताएका थिए । त्यसपछि एमालेका नेताहरू कुन–कुन विषयमा संविधान संशोधन गर्ने हो त्यसको औचित्यता के हो भन्दै प्रश्न गरेका थिए । एमालेका तर्फबाट कार्यवहाक अध्यक्ष बामदेव गौतमले संविधान कार्यान्वयनका लागि संशोधन गर्नेपर्ने बाध्यात्मक अवस्था नरहेको तर्क गरेका थिए । संशोधन गर्नुपर्ने विषय प्रष्ट नभएसम्म यसमा एमाले प्रवेश नगर्ने गौतमको धारणा थियो ।

एमाले नेताहरुले उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारत भ्रमणका क्रममा संविधान संशोधनको विषयमा भारतीय नेताहरुसँग छलफल गरेको भन्दै बैठकमा आपत्ति जनाएका थिए । एमाले उपाध्यक्ष भिम रावलले भारतस्थित नेपाली दूतावासले संविधान संशोधनको बिषयमा समेत कुराकानी भएको व्यहोराको विज्ञप्ती जारी गरेको उल्लेख गर्दै बैठकमा कडा आपत्ति जनाएका थिए ।

नेपालको आन्तरिक विषयमा विदेशीहरुको संलग्नता गराउन खोजेको भन्दै रावलले आपत्ति जनाएपछि उपप्रधानमन्त्री निधिले त्यसको जवाफ फर्काएका थिए । निधिले संविधान संशोधनको बिषयका बारेमा आफूहरुले भारतीय नेताहरुसँग कुनै छलफल नगरेको दाबी गरे । उनले सरकारको प्राथमिकताको बिषयमा मात्रै भारतमा धारणा राखेको जबाफ दिएका थिए ।

‘छिमेकीसँग हाम्रो सरकारका प्राथमिकताहरु भन्ने प्रचलन नै छ । मधेसलाई सम्वोधन गर्न र संविधान कार्यान्वनय गर्ने बिषय बर्तमान सरकारको प्राथमिकता हो भन्ने धारणा मैले राखेको हो, कुन–कुन विषयमा संविधान संशोधन गर्ने भन्नेबारे ‘कन्टेन्ट र एजेण्डा’ को बारेमा कुनै कुरा भएको होइन,’ बैठकमा निधिले राखेको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘राजनीतिक औपचारिक भेटमा सवै सरकारका पालामा आफ्नो प्राथमिकता भन्ने चलनै छ ।’ त्यस क्रममा निधिले संविधान निर्माणका बेलामा कतिपयले विदेशीहरुकै ड्राफ्ट र फन्डसमेत लिएको प्रसंग समेत उठाएका थिए । त्यसपछि रावलले कसले विदेशीको ड्राफ्ट र फन्ड लिएको हो भन्दै सार्वजनिक गर्न माग गरेका थिए ।

कठमाडौं,भदौ १४ । व्यक्ति बन्धक बनाएर रकम असुलेको आरोपमा पक्राउ परेको गुण्डा नाइके दीपक मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश ऋषिकेश वाग्लेको इजलासले मनाङ्गेलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो । उनलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।