प्रधानमन्त्री कार्यालयमै हरायो पूर्वराष्ट्रपतिको निवेदन

भदौ १४, २०७३ मा प्रकाशित | 785 views

काठमाडौं,भदौ १४ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले आफ्नो स्वास्थ्योपचारका लागि सरकारसँग तीन करोड रुपैयाँ माग गरेका छन् । तर, सरकारले तत्काल ६० लाख रुपैयाँ दिने निर्णय गरेको छ । पूर्वराष्ट्रपति यादव चाँडै उपचारका लागि अमेरिका जाँदै छन् । उनी छोरीसहित तीन सहयोगीका साथ अमेरिका जान लागेका हुन् ।

पूर्वराष्ट्रपति यादवले दिएको निवेदन प्रधानमन्त्री कार्यालयमा हराएको थियो। उपचारका लागि सरकारसँग रकम मागेको निवेदन हराएपछि उनको स्वकीय सचिवालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ताकेता गरेको थियो। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।

त्यसैले उनको उपचारबारे मन्त्रिपरिषद् बैठकमा गम्भीर रूपमा छलफल हुन सकेको थिएन । उनको उपचारमा ६० लाख रुपैयाँ दिने सरकारी निर्णय भने अझै गोप्य राखिएको छ। सो निर्णयमा मुख्यसचिव डा. सोमलाल सुवेदीले हस्ताक्षर गर्न बाँकी रहेको प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web