भारत भ्रमण टोली सानो बनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं,भदौ १४ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणको टोली सानो बनाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीले परराष्ट्रमन्त्री प्रकाशशरण महत र सचिव शंकरदास बैरागीलाई भ्रमण टोली सानो बनाउन गृहकार्य गर्न निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्ड यही भदौ ३० देखि चार दिने भारत भ्रमणमा जाँदैछन् । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयले भारत भ्रमण टोली र एजेण्डाबारे गृहकार्य गरिरहेका छन् । भ्रमण दल कति सदस्यीय हुने भन्ने अझै निधो भइनसकेको परराष्ट्र अधिकारीले बताए ।

‘गुन्डा नाइके’ दीपक मनाङ्गेलाई उन्मुक्ति

काठमाडौं,भदौ १४ । कुख्यात गुन्डा नाइके दीपक मनाङ्गेले संगठित अपराध मुद्दामा उम्नुक्ति पाएका छन्।  प्रहरीले पटक-पटक अनुसन्त्रान म्याद लिएर ६० दिनसम्म हिरासतमा राखी संगठित अपराधमै अनुसन्धान गरेपनि सरकारी वकिलको कार्यालयले मानाङे र उनका सहयोगीविरूद्ध सामान्य मुद्दा दर्ता गरी उन्मुक्ति दिएको खबर आजको नागरिक दैनिकमा छापिएको छ।

सरकारी वकिलको कार्यालय, काठमाडौंले मनाङे र उनका सहयोगीलाई सोमबार काठमाडौं जिल्ला अदालतमा प्रहरी रायभन्दा फरक र फितलो मुद्दा दर्ता गराएको हो। अदालत उच्च स्रोतका अनुसार मनाङे र उनका सहयोगी राजनकुमार सिंहबाहेक अन्य फरार व्यक्तिबारे समेत सरकारी वकिल कार्यालयले बनाएको मिसिलमा उल्लेख छैन।

महाकालीमा चार लेनको पक्की पुल बन्ने

पप्पु गुरुङ्, १३ भदौ, कञ्चनपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले आगामी छ महिना भित्र महाकाली नदीमा पक्की पुल निर्माणको थालनी हुने जानकारी दिए । आज देखि सुरु भएको नेपाल ईटा उद्योग महासंघको नवौं साधारण सभाको उद्घघाटन गर्दै मन्त्री लेखकले महाकाली नदीमा चार लेनको पक्की पुल बन्ने र त्यसका लागि विस्तृत परियोजना प्रतिवेदन तयार भइसकेको बताए । “अर्थ मन्त्रालयबाट भारत पठाउने काम हुदैछ”, उनले भने । अर्को प्रसङ्गमा उनले अबको १५–१६ महिनामा तीन वटै तहको निर्वाचन गराउन सरकार गम्भीर भएर लागेको बताए ।

नामी कप: मल्पीलाई दोहोरो उपाधि

काठमाडौं, भदौ १३  । मल्पीले प्रथम नामी कप अन्तरकलेज ए लेभल थ्री अन थ्री बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो उपाधि जितेको छ । जोरपाटीस्थित आयोजक नामी कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा मल्पी ‘ए’ ले साइपाल एकेडेमीलाई १४–११ ले पराजित ग¥यो । मल्पी ‘ए’ को जितमा वाङगेल गुरुङले ६ अंक योगदान गरे ।

यसअघि सेमिफाइनलमा मल्पी ‘ए’ ले ट्रिनिटी इन्टरनेसनल कलेजलाई २१–११ तथा साइपालले एसलाई १०–६ ले हराउदै फाइनल भेट पक्का गरेका थिए । गल्र्सको उपाधि भिडन्तमा मल्पीले आयोजक नामीलाई ८–५ ले हरायो । मल्पीकी कर्मा शेर्पाले ४ अंक जोडिन् । सेमिफाइनलमा मल्पीले रुपिजलाई ११–५ तथा नामीले एसलाई ४–३ ले पाखा लगाउदै फाइनलमा स्थान पक्का गरेका थिए ।

दुवै समूहमा पहिलो हुनेले १० हजार तथा दोश्रोले ५ हजार नगद पुरस्कारसहित ट्रफी, पदक तथा प्रमाणपत्र प्राप्त गरे । ब्वाइजमा नवाङ दोर्जे तथा गल्र्समा कर्मा शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवै मल्पीका हुन् ।

विजेतालाई सांसद् रामेश्वर फुयाल, नामीका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्मा, ए लेभल कोओर्डिनेटर टेकनाथ पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । तीनदिने प्रतियोगिताको ब्वाइजमा ११ तथा गल्र्समा ६ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

‘संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने ऐन,कानुनहरु संसदले छिट्टै अनुमोदन गर्छ’: कानुनमन्त्री

‘संविधान संशोधन प्रक्रिया अघि बढ्छ’

काठमाडौं, भदौ १३ । कानुनमन्त्री अजय शंकर नायकले संविधान कार्यान्वयको लागि आवश्यक पर्ने ऐन, कानुनहरु द्रुत गतिमा निर्माण भैरहेको बताएका छन् । सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री नायकले संविधान कार्यान्वयनको लागि आवश्यक पर्ने सबै ऐन तथा कानुनहरु द्रुत गतिमा निर्माण भैरहेको बताएका हुन् । उनले भने,‘प्राथमिकताका आधारमा अहिले ऐन तथा कानुनहरु धमाधम निर्माण गर्ने काम भैरहेको छ, मैले सम्बन्धित निकायलाई निर्देशन दिईसकेको छु ।’

साक्षात्कारमा बोल्दै मन्त्री नायकले सरकारको प्रमुख दायित्व नै संविधान कार्यान्वयन गर्नु भएकोले आवश्यक विद्येयकहरु तिव्र गतिमा निर्माण भैरहेको जनाए । उनले अघि थपे,‘संविधान कार्यान्वयन हुँदैन कि भनेर अहिले शंका–उपशंका भैरहेको छ, ढुक्क हुनुहोस संविधान कार्यान्वयन हुन्छ ।’

मन्त्री नायकले एक वर्षभित्र निर्माण गर्नुपर्ने कानुनहरु असोज ३ गतेभित्रै निर्माण गर्न समेत आफूले निर्देशन दिएको जनाए । भाषा आयोग, उच्च अदालत गठन, न्याय परिषद, न्याय सेवा गठन लगायत अन्य कुराहरुमा समेत कानुन निर्माण छिट्टै गरिने मन्त्री नायकको विश्वास थियो ।

त्यस्तै उनले तीन वर्षभित्र गर्नुपर्ने कामहरु समेत सरकारले प्राथमिकताका आधारमा गर्ने तयारी गरेको स्पष्ट पारे । नायकले शान्तिप्रक्रियालाई निश्कर्षमा पुर्याउन टिआरसीसम्बन्धी बनेको विद्येयक संशोधन गर्ने गृहकार्यमा आफू जुटेको स्पष्ट पारे ।

नायकले संविधानका ३१५ वटा ऐनमा शब्द संशोधन वा पूर्नलेखन गर्नुपर्ने भएकाले त्यसलाई पनि चाँडै टुँक्याउनेगरि काम थालेको जनाए ।

स्थानीय निकायको चुनाव हुन्छ

उनले स्थानीय निकायको निर्वाचनसम्बन्धी बनेको विद्येयक संशोधन गरेर गृहमन्त्रालयमा पेश गरेको समेत जनाए । उनले अघि थपे,‘अहिले स्थानीय निकायको चुनाव हुन्छ कि हुँदैन भनेर व्यापक चर्चा भएको छ, चुनावको लागि राष्ट्रिय सहमतिको आवश्यक छ, सरकार अहिले गृहकार्यमा जुटेको छ ।’ स्थानीय निर्वाचसम्बन्धी बनेको विद्येयकको डा«फ्ट संसदमा टेबुल गर्ने उनले बताए ।

संविधान कार्यान्वयनको लागि पनि तीनवटै निकायको निर्वाचन संविधानले निर्दिष्ट गरेबमोजिम आगामी ०७४ माघ ७ गतेभित्रै सम्पन्न गर्नुपर्ने बाध्यता रहेकोले सरकारले त्यसको तयारी गरेको उनले स्पष्ट पारे । ‘‘पहिले स्थानीय तहको निर्वाचन गर्नुपर्छ, हामी यसको तयारीमा जुटिसकेका छौं, उनले थपे ।’

छिट्टै संविधान संशोधन प्रस्ताव अघि बढ्छ

उनले असन्तुष्टहरुको माग सम्बोधन गर्न सरकारले छिट्टै संशोधन प्रस्ताव अघि बढाउने जनाए । उनले अघि थपे,‘समय तोक्दिन तर छिट्टै संशोधन प्रस्ताव अघि बढ्छ, दलहरुवीच आन्तरिक छलफल चलिरहेको छ, एउटा निश्कर्ष आएपछि यो प्रक्रिया अघि बढ्छ ।’

संविधान संशोधनमा एमालेले नसघाउने निर्णय गरेको छ नि भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘एमाले पनि यो देशको जिम्मेवार पार्टी, उसले सहयोग गर्छ भन्नेमा म चाहीँ आशावादी छु ।’ उनले एमालेका नेताहरुले राष्ट्रिय नेताको भूमिका निर्वाह गर्नुपर्ने समेत बताए ।

संविधानप्रति असन्तुष्ट मधेशी मोर्चासँग भएको तीन बुँदे सहमति कार्यान्वयनतर्फ उन्मुख रहेको उल्लेख गर्दै मन्त्री नायकले भने,‘सरकारले महत्वपूर्ण निर्णय गरिसकेको छ, अब मधेशको समस्या साधान हुन्छ भन्नेमा म पुर्ण विश्वस्त छु, यो कुरा स्वयम मोर्चाका नेताहरुले पनि महशुस गर्नुभएको छ ।’

मधेश लगायत सबैको समस्या समाधान गर्ने कुरामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गम्भिर रहेको उनको विश्वास थियो । उनले अघि थपे,‘प्रधानन्त्रीज्यूले प्रशंसनीय कदम चाल्नुभएको छ । उहाँले सबैलाई मिलाएर लैजान सक्नुहुन्छ ।’

सरकारको प्राथमिकतामा सुशासन, भुकम्पपछिको मुलुकको पूर्ननिर्माण, जनतालाई प्रत्यक्ष राहत हुने कार्यक्रम र आर्थिक समृद्धि रहेको उल्लेख गर्दै यही दिशामा काम भैरहेको जनाए । उनले भने,‘जनतालाई प्रत्यक्ष राहत दिने कुरामा सरकार पूर्ण जिम्मेवार छ, हामी सुशासनदेखि मुलुक समृद्धि यही सेरोफेरोमा सम्भब छ भन्ने हिसावले काम गरिरहेका छौं, सबैको साथ र सहयोग आवश्यक छ ।’

नेपालको सेफको चाबी भारतसँग : बिजुक्छें

भक्तपुर,भदौ १३ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले सभामुखको भूमिकामा प्रश्न खडा भएको बताउनु भएको छ ।

कार्यक्रम बोल्दै बिजुक्छेंले आफ्नो पदिय दायित्व भन्दा पनि राजनीतिक दलको कार्यकर्ताको भुमिकामा देखा पर्दा सहि ब्यक्तिलाई सहि स्थान दिन नसक्नुको परिणाम सभामुखको कार्यसम्पादनले प्रष्टाएको बताउनु भएको हो ।

बिजुक्छेंले सार्क राष्ट्रभित्रका लागि जसरी संयुक्त बिद्युत सम्झौता गरिँदै छ यसको साँचो भारतमा रहने भएकाले नेपालका लागि हित नभएको भन्दै उहाँले अघिल्लो सरकारमा उर्जा मन्त्री टोपबहादुर रायमाझी हुँदा प्रस्ताब गर्नु र हाल माओबादीकै नेतृत्वको सरकारमा संसदमा बिधेयक प्रस्तुत गर्नुले पनि वर्तमान सरकारको भारतप्रतिको झुकाप प्रष्टाएको बताउनु भएको छ । उहाँले नेपालको हरेक निर्णयको चाबी भारतसँग भएको समेत बिस्तारै प्रष्टिँदै गएको उहाँले बताउनु भयो ।

दक्षिण एसिसामा जसरी संयुक्त सेनाको फौज बनाउने र त्यसको प्रमुख भारतकै सेनाको पदाधिकारी रहने तयारी भारतले गरिरहेको छ यसले अन्य देश स्वतन्त्र र सार्वभौम भन्ने शब्दमा मात्र सिमित रहने उहाँको टिप्पणी छ ।

प्रचण्डको नेतृत्वको सरकार गठनसँगै जसरी बिशेष दुतका रुपमा भारतमा बिमलेन्द्र निधिलाई पठाईयो यो गलत भएको भन्दै उहाँले कुस्ती खेल्न पठाउनु पर्ने ब्यक्तिलाई दुतको रुपमा पठाउनु प्रधानमन्त्रीको त्रुटि भएको उहाँको भनाई छ ।

भारतकै इशारामा सरकार निर्माण भएको भनाईहरुको पुष्टि वर्तमान सरकारमा जाने मन्त्रीहरुको नाम पहिले नै दिल्लीले निर्धारण गरेको भनाई र पछि उनै नामका मन्त्रीहरु हुनुले प्रमाणित भएको उहाँले बताउनु भयो ।

स्थानिय निकायको निर्वाचनको समय जसरी तोकिएको छ यो सम्भव नरहेको भन्दै १४ अञ्चल ७५ जिल्लाकै आधारमा निर्वाचन नगरिए दुई तीन वर्षसम्म पनि निर्वाचन नहुने उहाँको दाबी छ । तीनवटा निर्वाचन एकै समयमा गर्न नसकिने निर्वाचन आयोगले समते बताई रहेका बेला जसरी वर्तमान सरकरले लिंडे ढिपिमा लागिरहेको छ यसले पनि प्रष्टाउँछ कि सरकारमा आउन छिमेकीले लगाएको गुण तिर्न उनीहरु लागि पर्ने र नेपालमा अस्थिरता बढाउँदै लगाएको गुण तिर्न लागि परेको आरोप लगाउनु भयो ।

भारतीय राजदुतले नेपालमा गरिरहेको क्रियाकलाप कुटनीतिक मर्यादा भन्दा बाहिर रहेको र नेपालको राजदुत फिर्तासँगै भारतले पनि आफ्नो राजदुत फिर्ता बोलाउनु पर्ने भएता पनि नेपाल सरकारको निरहिता र  भारतको हेपाहा प्रबृतिकै कारण रे ले नेपालमा मनपरि काम गरिरहेको उहाँले बताउनु भयो ।

पूर्व राष्ट्रपति रामवरण यादवलाई क्यान्सर

१३ भदौ, काठमाडौं ।
प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई क्यान्सर रोग लागेको सार्वजनिक भएको छ ।

भारतमा स्वास्थ्य परीक्षणक्रममा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट क्यान्सर लागेको सार्वजनिक भएको हो ।

प्रोस्टेट क्यान्सर पुरुषको पिसाब थैली र पिसाब नली सुरु हुने स्थानमा रहने एक ग्रन्थी हो । यादवलाई प्रोस्टेट क्यान्सर देखिएपछि उहाँ शल्यक्रियाका लागि अमेरिका जाने तयारीमा जुटनुभएको छ ।

भारतको चन्डिगढस्थित नेहरू चिकित्सालय पोस्ट ग्राजुएट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एन्ड रिर्सच सेन्टरमा गरिएको परीक्षणमा 'एडिनोकार्सिनोमा अफ प्रोस्टेट' 'प्रोस्टेटको क्यान्सर' देखिएपछि अस्पतालले नै उच्च चिकित्सा प्रविधि प्रयोग गरी तत्कालै शल्यक्रिया गर्न सुझाव दिएपछि अमेरिका जान लागेको यादवका सहयोगीहरुलाई उदृत गर्दै नागरिकले समाचार छापेको छ ।

अस्पतालले क्यान्सर उपचारका लागि केही साताभित्रै 'मिनिमल इनभेजिभ रेडिकल प्रोस्टाटेक्टोमी' 'सानो प्वाल पारेर शल्यक्रिया गर्ने आधुनिक प्रविधि' गर्न सल्लाह दिएपछि पूर्व राष्ट्रपति यादव अमेरिका जान लाग्नुभएको हो ।

नेपालमा उपचारका लागि उक्त प्रविधि नभएपछि मेडिकल बोर्डले नै यादवलाई अमेरिका जान सिफारिस गरेको हो । बोर्डले भदौ ५ गते यादवलाई उपचारका लागि नेपालबाहिर जान सिफारिस गरेको थियो ।

भारतका केही अस्पतालमा उक्त सेवा उपलब्ध रहे पनि चन्डिगढको उक्त अस्पतालले समेत सकेसम्म उच्च प्रविधि भएको ठाउँमै जान सुझाएपछि यादवले अमेरिका छान्नुभएको हो ।

नेहरू अस्पतालले पूर्व राष्ट्रपतिको उपचारक्रममा लागेको सम्पूर्ण खर्च निःशुल्क गरिदिएको थियो । नेपालका पूर्वराष्ट्रपतिको सम्मानमा भन्दै अस्पतालले उपचारक्रममा लागेको खर्च शुल्क नलिएको हो ।

यादवले उक्त अस्पतालको शिक्षण अस्पतालमा अध्ययन गरेका गर्नुभएको थियो । शल्यक्रियाका लागि पूर्व राष्ट्रपति यादवले अमेरिकाको हेनरी फोर्ड अस्पतालमा प्रारम्भिक मितिसमेत लिइसक्नुभएको छ ।

उहाँ आगामी असोज १० गते ९सेप्टेम्बर २६० शल्यक्रिया गर्ने तयारीमा हुनुहुन्छ ।

पारिवारिक स्रोतले दिएको जानकारीअनुसार राष्टपति यादव शल्यक्रियाका लागि भदौ ३० गते ९सेप्टेम्बर १५० अमेरिका उड्दै हुनुहुन्छ ।

चिकित्सकका अनुसार शल्यक्रिया पश्चात उहाँको क्यान्सर पूर्ण रूपमा निको हुनेछ । तर, शल्यक्रियामा ढिला गर्ने हो भने संक्रमण फैलिएर जटिल अवस्था आउने छ ।

भारतका विशेषज्ञ चिकित्सकले यादवलाई एक महिनाभित्र शल्यक्रिया गरिसक्न सुझाव दिए अनुसार उहाँ अमेरिका जान लाग्नुभएको हो ।

उपचारकै लागि राष्टपति यादवले आवश्यक खर्च सहयोग उपलब्ध गराउन भन्दै नेपाल सरकारलाई चिठि समेत लेख्नुभएको थियो । तर सामाजिक सञ्जालहरुमा भने गरिव देशका राष्टपतिले उपचारको लागि अमेरिकनै जानुपर्ने त्यो पनि राज्य ढुकुटीको खर्च गरेर भन्दै बिरोध भएको छ भने दुईदिन अघि मात्रै पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र केही दिनमा काँग्रेस उपसभापती तथा पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा उपचारको लागि सिंगापुर, बैंकक लाग्दैछन् ।

बसको ठक्करबाट त्रिपुरेश्वरमा बा ७३ प ४३०९ का चालकको घटनास्थलमै निधन

२३ भदौ, काठमाडौं ।
काठमाडौंको त्रिपुरेश्वरमा बसले ठक्कर दिंदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

दक्षिणकाली यातायातको बा २ ख ४०४२ नम्बरको बसले ठक्कर दिंदा बा ७३ प ४३०९ नम्बरको मोटरसाइकलका चालकको मृत्यु भएको हो ।

बसको ठक्करबाट मोटरसाइकलमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले मृत्युको पुष्टि गर्दै पहिचान गर्नेकाम भइरहेको र बसका चालकलाई नियन्त्रणमा लिएको जानकारी दिएको छ ।

विज्ञसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले भने-‘अहिले धेरै भन्नु छैन, धेरै गर्नुछ’

१३ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू भारत भ्रमणमा जानुअघि विज्ञहरु बोलाएर राष्ट्रिय महत्वका विषयहरुमा नीतिगत र प्राविधिक राय लिने बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सरोकार अभियान नेपालको टोलीसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो ।

प्रधानमन्त्रीले भन्नुभयो-‘तपाईहरुले धेरै गम्भीर विषयहरु उठाउनुभएको छ । राष्ट्रिय महत्वका विषयहरुमा राष्ट्र हित विपरित निर्णय नहुन् भन्नेमा तपाईले गराएको ध्यानाकर्षण महत्वपूर्ण छ । यहाँहरुले भनेजस्तै भ्रमण अघि नै उच्चस्तरीय सम्मेलनको आयोजना गर्न त समय पुग्दैन । तर, भ्रमणमा जानुअघि विज्ञहरु बोलाएर नीतिगत र प्राविधिक राय लिनेछु ।’

प्रधानमन्त्रीले निजगढ काठमाडौं द्रुत मार्ग 'फास्ट ट्रयाक' विदेशी कम्पनिलाई दिने आफ्नो कुनै सोच नभएको प्रष्ट पार्नुभएको छ । प्रधानमन्त्रीले भन्नुभयो, ‘फास्ट ट्रयाक नेपालले नै बनाउनुपर्छ भन्ने अघिल्लो सरकारको निर्णय मेरै पहलमा भएको हो । त्यतिबेला म उच्चस्तरीय राजनीतिक समितिको संयोजक थिएँ । मेरै जोडबलमा ओलीजीको सरकारले त्यो निर्णय गरेको हो । फास्ट ट्रयाक विदेशी कम्पनिलाई दिने भन्नेबारे चलाइएका हल्ला पूर्णतः निराधार हुन् । यो कुरामा सबै प्रष्ट हुन जरुरी छ ।’

प्रधानमन्त्रीले आफू धेरै बोल्नेभन्दा धेरै गर्ने ठाउँमा भएको जोड दिँदै भन्नुभयो, ‘अहिले धेरै भन्नु छैन, धेरै गर्नुछ । तपाईहरुले राष्ट्रिय चिन्तासहित राखेका विषयमा म गम्भीर छु । चुनौतिहरु थुप्रै छन् । मिलेर सामना गरेर मात्र यसलाई अवसरमा बदल्न सकिन्छ ।’ प्रधानमन्त्रीले संविधान कार्यान्वयन र राष्ट्रिय एकता सुदृढ गर्न सबैलाई मिलाएर लानुपर्ने बताउँदै भन्नुभयो, ‘संविधान कार्यान्वयन गर्ने दायित्व हाम्रो काँधमा आएको छ, राष्ट्रिय एकता सुदृढ गर्नुछ । यसका लागि सबै शक्ति शक्तिहरुसँग सहकार्य गर्न जरुरी छ । तर, मेरो नेतृत्वको सरकारले सहकार्य गर्दा कसैसँग राष्ट्रिय हित विपरित सम्झौता गर्दैन ।’

प्रधानमन्त्रीले राष्ट्रिय स्रोत साधन भएर पनि गरीब हुनुपर्ने र सम्पन्न हुने नाममा राष्ट्रियतामाथि खेलबाड गर्ने दुवै प्रवृत्ति रहेको भन्दै आफू दुवै अतिबाट बचेर सन्तुलित ढंगले अगाडि बढ्ने बताउनुभयो । भेटमा प्रधानमन्त्रीले माथिल्लो कर्णालीको ‘पिटिए’को बेला माओवादी केन्द्र प्रतिपक्षमा रहेको जानकारी गराउँदै माथिल्लो कर्णालीको विषयमा माओवादी केन्द्रको असहमति रहेको जानकारी गराउनुभयो ।

भेटमा पूर्व गर्भनर डा. दिपेन्द्रबहादुर क्षेत्री, विज्ञहरु प्रा.डा. हरि पण्डित, डा. गोपाल सिवाकोटी ‘चिन्तन’, डा. द्धारिकालाल ढुंगेल, रत्नसागर श्रेष्ठ, लोकबहादुर रावत, भरतबहादुर शाही, डा. मंगल बिश्वकर्मा लगायतले निजगढ–काठमाडौं द्रुतमार्ग, माथिल्लो कर्णाली, अरुण तेस्रो, उपल्लो मस्र्याङ्दी जलविद्युत आयोजना लगायतका राष्ट्रिय आयोजनाहरु नेपाली लगानीमा नै निर्माण गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।

अस्थायी शिक्षकलाई प्रधानमन्त्रीले भने-‘तपाईहरुका कुरा सुने, शिक्षामन्त्री र सचिवसँग सल्लाह गर्छु’

१३ भदौ, काठमाडौं ।

शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।

सोमबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिहरुले अस्थायी शिक्षकलाई औषधि उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न र शिक्षा ऐन पून संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्नुभयो, ‘तपाईहरुका कुरा सुनें । यसबारे शिक्षा मन्त्री र शिक्षा सचिवसँग थप छलफल गर्नेछु ।’

प्रधानमन्त्री–संयुक्त राष्ट्र संघीय आवासीय संयोजकबीच भेट

१३ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र संयुक्त राष्ट्र संघीय आवासीय संयोजक तथा युएनडिपीका आवासीय प्रतिनिधि भलेरिया जुलिएण्डबीच भेटबार्ता भएको छ ।

सोमबार प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको भेटमा जुलिएण्डले प्रधानमन्त्रीलाई बधाई ज्ञापन गर्दै कार्याकाल सफलताको शुभकामना दिनुभयो । भेटमा जुलिएण्डले समसामयिक राजनीति र सरकारका योजनाबारे चासो राख्नुभएको थियो ।

जवाफमा प्रधानमन्त्रीले बधाई दिएकोमा हार्दिक धन्यवाद दिँदै नेपालको शान्ति प्रक्रियामा संयुक्त राष्ट्र संघले गरेको सहयोगको प्रशंसा गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानको कार्यान्वयन, शान्ति प्रक्रियाको पूर्णता, भूकम्पको पूनर्निर्माण र नवनिर्माण, सुशासन र राहत, ठूला प्रोजेक्टहरुको सञ्चालन र समृद्धिको जग बसाल्न नयाँ सरकार क्रियाशील भएको जुलिएण्डलाई जानकारी दिनुभएको थियो ।

अदालत जनताको न्यायको घर हो ः प्रधानन्यायाधिस कार्की

१३ साउन, सुनसरी ।
न्यायलयलाई जनताको घरको रुपमा स्थापित गर्ने र जनताको विस्वासको केन्द्र बनाउनुपर्ने आवश्यक रहेको प्रधान न्यायाधिस सुशिला कार्कीले बताउनुभएको छ ।
न्यायमा सवैको पहुच नै हाम्रो उदेश्य रहेकाले अदालतलाई न्यायको आस्थाको केन्द्रमा समेत स्थापित गर्नुपर्ने बताउनुभयो ।

सोमबार विहान सुनसरी जिल्ला अदालतको भवन निर्माण गर्ने नयाँ भवन शिलान्यासका लागि इनरुवा आईपुग्नु भएकी प्रधान न्यायधिस कार्कीले सवै जनताको पहुचमा न्यायलय रहेको सन्देश दिने गरी सेवा प्रभाह तथा काम सम्पादन गर्न समेत निर्देशन दिनुहुदै सो कुरा बताउनुभएको हो ।

प्रधानन्यायाधिस कार्कीले कानूनब्यवसायी र न्यायाधिसहरुलाई असल काम गरेर स्वर्ग जाने बातावरण बनाउन समेत सुझाव दिनुभएको छ । बरिष्ठ अधिवक्ता विपुलेन्द्र चक्रवर्तीले एक कथा भन्नहुदै नर्कमा बढी वकिल, न्यायाधिस र ईन्जिनियर लगायतका व्यक्तित्वहरु रहेको बताएपछि अदालतको नयाँ निर्माण हुने सुविधासम्पन्न अदालत भवनको शिलान्यास समारोहलाई संवोधन गर्नुहुदै वहाँले, असल काम गरेर नर्क होईन स्वर्ग जाने वातावरण बनाउन सुझाव दिनुएभको हो ।

कार्कीले न्यायप्रणालीलाई आधुनिकिकरण गर्न सुविधासम्पन्न भवन आवश्यक रहेको तथ्य अनुसार सुनसरी जिल्ला अदालतको भवन निर्माण गर्न लागिएको स्पष्ट पार्दै भवन निर्माणको क्रममा मुनाफाको लागि ठेकेदारले कमसल बस्तुको प्रयोग गर्न सक्ने भएकोले त्यसतर्फ नियमित अनुगमन गर्न न्यायधिस, बार एसोसिएसन र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनुभयो  ।

न्याय सेवा छिटो , छरितो र मितव्यी हुनुपर्ने समेत बताउनुभयो । वहाँले अदालत भनेको जनताको घर जस्तो बनाउनुपर्ने र त्यसमा सवैले न्याय पाउने विस्वास समेत बढेकाले त्यसलाई कायम गर्दै अन्यायमा परेकाहरुलाई न्याय दिने कुरामा कुनै कसर वाँकी नराख्न आग्रह गर्नुभयो ।

नयाँ बन्न लागेको भवन सय वर्षसम्म टिक्ने र दिर्घकालिन हुने गरि काम गर्ने आग्रह गर्नुहुदै जनताको सोव छिटोछरितो सम्पादन गर्न भौतिक पूवाधारले पनि योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । वहाँले अहिले देशमा सरकारी काम प्रतिको विश्वसनियता घट्नो क्रममा रहेकाले त्यसमा सवैको निगरानी र खवरदारी आवश्यक रहेको समेत औल्याउनुभयो ।

नेपाली जनताको अदालत प्रतिको आस्था बढेकाले त्यसकालाई कायम राख्न र थप प्रभावकारी सेवा दिन न्यायलयलाई जनताको घरको रुपमा विकास गर्नुपर्ने बताउनुभएको हो । न्यायसम्पादनमा बार र बेन्चको महत्वपूर्ण भुमिका रहेकाले त्यसै अनुसारको भुमिका निर्वाह गरिदिन वहाँले आग्रह समेत गर्नुभयो ।

भवन शिलान्यास गर्नु अगाडि विहान प्रधान न्यायाधिस कार्कीले जिल्लामा भएको न्याय सम्पादनको अवस्थाको बारे जिल्ला न्यायाधिसहरुबाट जानकारी लिनुभएको थियो ।
कार्कीले अदालत कक्षको निरीक्षण गर्नुहुदै थप व्यवस्थित र सुविधा युक्त कक्षको खाँचो रहेको समेत बताउनुभयो ।

सुनसरी बारले आयोजना गरेको अन्र्तकृयामा समेत सहभागि बन्नु भएकी प्रधान न्यायाधिस कार्कीले सहज र चुस्त न्याय सम्पादनलाई ध्यान दिनु पर्नेमा जोड दिनु भयो ।
शिलान्यास गरिएको भवन सुविधा सम्पन्न बन्ने बताइएपनि कति कोठा र लागत कति हुने भन्ने केही खुलाइएको छैन् ।

फरक प्रसंगमा सरकारी तवरबाट सम्पादन हुने पूर्वाधार निर्माण प्रति प्रधान न्यायाधिस कार्कीले असन्तुष्टि समेत व्यक्त गर्नु भएको छ । सुनसरी जिल्ला अदालतको नव निर्मित भवन शिलान्यासका लागि इनरुवा आईपुग्नु भएकी कार्कीले सरकारी काम प्रतिको विश्वसनियताकालागि निगरानी र खवरदारी आवश्यक रहेको औल्याउनुभयो ।
प्रधान न्यायाधिस कार्कीले सुनसरी जिल्ला अदालत परिसरमा बन्न लागेको नयाँ भवन सुविधा सम्पन्न र गुणस्तरीय बनाउन जिल्लातहका सरोकारवालाहरुलाई निगरानी र निरन्तर खवरदायी गर्न समेत आग्रह गर्नुुभयो ।

शिलिन्यास कार्यक्रममा सुनसरी जिल्ला बार एसोसिएसनका अध्यक्ष राजु ढकालले नयाँ भवन बनेपछि चुहिने भवनको भन्दा राम्रो सेवा प्रभाह हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा सर्वोच्च अदालतका रजिष्टार श्रीकान्त पौडेलले न्यायमा सबैको पहुँच पुर्याउन संरचना निर्माण आवश्यक रहेको भन्दै पहिलो चरणमा कार्यालय र दोस्रो चरणमा न्यायधिस र कर्मचारीहरुको आवास निर्माणको निर्णय गरेर काम अघि बढी रहेको बताउनुभयो ।

पुनरावेदन अदालत बिराटनगरका मुख्य न्यायधिसको सभापतित्वमा भएको कार्यक्रममा सुनसरी जिल्ला न्यायाधिस रमेश राज पोखरेल, बार एसोसिएन सुनसरीका अध्यक्ष राजु ढकाल, केन्द्रीय सदस्य हरिनारायण चौधरी र प्रमुख जिल्ला अधिकारी मोहनवहादुर चापागाई लगयताकाले समेत बोल्नुभएको थियो । सुनसरी जिल्ला बार एसोसिएसनका अध्यक्ष राजु ढकालले नयाँ भवन बनेपछि पानी चुहिने भवनको भन्दा राम्रो सेवा प्रभाह हुने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सर्वोच्च अदालतका रजिस्टार श्रीकान्त पौडेल तथा सहरजिस्टार, कानुन व्यवसायी, पत्रकार, समाजसेवी, न्यायधिश तथा मुख्य न्यायधिशहरुको समेत सहभागिता रहेको थियो ।  भवन शिलिन्यास कार्यक्रम पूनरावेदन अदालत विराटनगरका कामु न्यायधिश कुमार पोखरेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web