टोकियो ।
जापानमा रामेछाप जिल्लाबाट बसोबास गर्दै आएका नेपालीहरुको समाज रामेछाप समाज जापानको पहिलो अधिवेशन सम्पन्न भएको छ ।

यही अगष्ट २८ तारिखका दिन सम्पन्न अधिवेशनले उत्तम कुमार श्रेष्ठको अध्यक्षतामा कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।

१७ जनाको कार्य समितिमा अध्यक्षमा श्रेष्ठ सँगै उपाध्यक्षमा रिजन लामासँगै टाशी लामा, सोमबहादुर लामा, मनोज कुमार थिङ्गलाई चयन गरेको छ ।

यसैगरि महासचिवमा शिक्षा शान्ति वाईबा, सचिवमा शशिकला मोक्तान, जानुका श्रेष्ठ, कोषाध्यक्षमा पुर्ण सिङ लामा महाधिवेशनबाट चुनिनु हुनुभएको छ ।

सदस्यहरुमा नबिन बस्नेत, तेज लामा, प्रकाश श्रेष्ठ, बिनुका खड्का, यज्ञ राज श्रेष्ठ, बालकृष्ण श्रेष्ठ, हेम थापा, स्मृति मोक्तान रहनुभएको छ ।

संरक्षकमा सोनाम शेर्पा सल्लाहाकारमा निकेश श्रेष्ठ, परशुराम बस्नेत, सुरेन्द्रलाल श्रेष्ठ, कर्मा वान्गेल लामा, शान्त पहरी, चन्द्रमान तामांग चयन हुनुभएको छ ।

रामेछापबाट जापानमा विभिन्न पेशा, व्यवसाय तथा अध्ययनको लागि आएर बसेका नेपालीहरुको साझा हित र रामेछाप जिल्लासँगै नेपालमा समाजिक हितमा काम गर्ने उदेश्य सहित संस्था गठन गरिएको प्रथम अध्यक्ष उत्तम श्रेष्ठले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

'यो जापानमा रहनुभएका सबै रामेछापबासी नेपालीको साझा संस्था हो' अध्यक्ष उत्तम श्रेष्ठले भन्नुभयो-'यसले रामेछापबासी नेपाली र समग्र नेपाल र नेपालीको हितमा काम गर्नेछ ।'

टोकियो ।
चर्चित गायिका सुनिता दुलाल, गायक प्रकाश कटुवाल र लोक गायक बैकुण्ठ महतले जापानका नेपाली चेलीहरुलाई आफ्नो पहिलो सांगितिक कार्यक्रममा भरपूर मनोरञ्जन दिलाएका छन् ।

‘म नेपाली ग्रुप’ जापानले आयोजना गरेको दुई दिवसीय ‘तीज महोत्सव २०१६’ को पहिलो दिन अगष्ट २८ तारिखमा इकेबुकुरो कुमिन सेन्टरमा गायक गायिकाहरुसँगै सयौं नेपाली महिलाहरुले नाचगान गरेर रमाइलो गरेका छन् ।

आयोजकले हलको क्षमता भन्दा दोब्बर संख्यामा दर्शक आएको भन्दै धेरैलाई फर्काउनु परेको दाबी गरेको छ । खचाखच भरिएको हलमा गायिका सुनिता, गायक द्धय प्रकाश र बैकुण्ठले उपस्थितलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

पहिलो दिनको कार्यक्रम सफल भएपछि हौसिएको आयोजकले ३० तारिख मंगलबार मेगुरो कुमिन सेन्टरमा हुने कार्यक्रम झनै भव्य हुने अपेक्षा गरेको छ ।

३० तारिख मेगुरो कुमिन सेन्टरमा ३ बजे हुने कार्यक्रमको सम्पूर्ण तयारी सकिएको बताएको आयोजकले कार्यक्रममा सहभागी हुन चाहने सबैलाई समयमै उपस्थित भइदिन अनुरोध गरेको छ ।

टोकियो ।
हिन्दु नारिहरुको महान पर्व तीजको अवसरमार दर्जन बढी संघसंस्थाले तीज कार्यक्रम गरिरहँदा जापानमा सामाजिक संस्था विइ फर अलले पनि तीज महोत्सवको आयोजना गरेको छ ।

नेपाली महिलाहरुको महान् चाडको अवसरमा विगतका वर्षहरुमा झैं यसपटक पनि सेप्टेम्वर ४ तारिखका दिनमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको विइफर अल संस्थाले जनाएको छ ।

जापानमा रहेका सम्पूर्ण नेपाली महिलाहरुमा तीजको शुभकामना सहित भेटघाट र रमाइलोको लागि विइ फर अल टोकियोले सेप्टेम्वर ४ तारिख आईतबारका दिन तीज कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

जापानमा रहेका नेपाली कलाकार र नेपालबाट समेत कलाकार ल्याएर कार्यक्रम गर्न लागेको बताएको आयोजकले कार्यक्रमको लागि २ हजार येन प्रवेश शुल्क तोकेको छ ।

तोसिमा कुमिन् सेन्टर इकिबुकुरोमा हुन लागेको कार्यक्रमको लागि साँझ ४ बजेबाट सुरुहुने समेत आयोजकले जानकारी गराएको छ ।

काठमाडौं,भदौ १३ । सत्ताका लागि जस्तोसुकै अनैतिक सम्झौता गर्न पनि तयार हुने अवसरवादी नेताको छवि आम रुपमा बनाएका विजयकुमार गच्छदारले प्रचण्ड नेतृत्व सरकारमा सत्तारोहणका लागि भए भरका अस्त्र प्रयोग गरिरहेका छन् । गच्छदार सत्तारोहणका लागि मरिमेटेर लागे पनि यो पटक प्रचण्ड र सत्तारुढ दल उनीप्रति सकारात्मक नदेखिएकाले उनको भाग्य चम्किने सम्भावना अत्यन्तै न्यून बन्दैछ । तर, सत्तारुढ दलले गच्छदारलाई सरकारमा सहभागी गराउन अनिच्छा प्रकट गरिरहे पनि उनले भने मन्त्री बन्ने सपना अझै मारेका छैनन् ।

मन्त्री बन्ने विश्वासमा अझै गच्छदार छन् भन्ने गतिलो उदाहरण हो – पुल्चोकको मन्त्री क्र्वाटरबाट अझै उनले डेरा नसार्नु । ओली सरकारका मन्त्रीहरु सरकारले राजीनामा दिएको भोलिपल्टै सामान सारेर तालाचावी बुझाउँदै हिँडे पनि गच्छदार भने अझै मन्त्री हुने आसमा तालाचावी खल्तीमा हालेर हिँडेको गुनासो प्राप्त भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले साउन १९ मा राजीनामा दिएसँगै क्र्वाटरमा बसेका अन्य मन्त्रीहरुले नैतिकता देखाउँदै केही दिनमै सामान सारेर क्वार्टर खाली गराए । तर, ओली नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक योजना तथा निर्माण मन्त्रालय सम्हालेका गच्छदारले भने ओली सरकार ढलेको महिना दिन गुज्रिसक्दा समेत मन्त्री क्र्वाटर खाली गराएका छैनन् ।

गच्छदार क्र्वाटरमा नबसे पनि उनले आफू फेरि मन्त्री भएर फर्कने भन्दै तालाचावी खल्तीमा बोकेर गएका छन् । उनले मन्त्री हुने आसमा क्वार्टरबाट सामान समेत सारेका छैनन् । ‘म फेरि मन्त्री भएर आइहाल्छु,’ स्रोतले गच्छदारलाई उद्धृत गर्दै भन्यो, ‘त्यसैले अहिले सामान सार्ने झन्झट गर्नुभन्दा पनि क्वार्टरको साँचो आफैं लिएर जान्छु ।’

गच्छदार यसरी क्वार्टरको तालाचावी लिएर हिँडेपछि यसको व्यवस्थापन गर्ने निकाय अन्योलमा परेको छ । मन्त्री क्वार्टरको रेखदेख र व्यवस्थापन गर्दै आइरहेको भवन निर्माण संभार डिभिजन कार्यालय पुल्चोकले पटक पटक ताकेता गरे पनि उनले आफू केही दिनमै मन्त्री भएर आउने भन्दै टार्ने गरेका छन् । यसरी गच्छदारले क्वार्टर कब्जा गरेपछि कर्मचारी अप्ठ्यारोमा परेका छन् । गच्छदार मन्त्री क्वार्टरको डी२ मा बस्दै आएका थिए ।

उता, गच्छदारजस्तै ओली सरकारमा उपप्रधानमन्त्री सहित रक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेका एमाले उपाध्यक्ष भीम रावलले पनि यो समाचार तयार पार्दासम्म क्वार्टर छाडेका छैनन् । मन्त्री हुने सम्भावनै नभएका रावललाई सामान सार्न पटक पटक ताकेता गरे पनि उनले नसारेको बताइन्छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

काठमाडौं,भदौ १३ । विगतमा बाबुराम भट्टराईलाई सत्तोसराप गर्न कुनै कसर बाँकी नराखेका र पछि तिनै बाबुरामको परमभक्त बनेर नयाँ शक्तिमा प्रवेश गरेका मुमाराम खनालको हविगत हिजोआज ‘चौटा खान गएकी बूढी झोलमा डुबेर मरी’ भनेजस्तो भएको छ । बाबुरामले ठूलो आसा देखाएर अलिकति पनि दिने संकेत नदेखाएपछि मुमाराम चीत खान पुगेको चर्चा बबरमहलतिरको पार्टी कार्यालयमा चल्न थालेको छ । मुमारामको नयाँ शक्ति प्रवेशलाई सुरु देखि नै नरुचाएकाहरु हिजोआज खनाललाई लक्षित गर्दै मजाक गर्न थालेका छन् – बल्लपर्यो मुमाराम बाबुराम जालैमा ।’

नयाँ शक्तिलाई स्थापित गर्न भन्दै देश दौडाहमा निस्केका बाबुरामले दोस्रो वरीयताको आश्वासन दिएर भित्र्याइएका मुमारामलाई खासै वास्ता नगरेपछि उनी बाबुरामलाई नै कमजोर पार्ने अभियानमा लागेको भन्दै उनको निगरानी बढाउन नयाँ शक्तिका नेता कार्यकर्ताले माग गर्न थालेका छन् । खनाललाई भाग नपाएर रन्थनिएका अर्का केशव दाहालको पनि साथ रहेको बताइन्छ । केही दिनअघि मात्र देश दौडाह सकाएका बाबुरामले रामचन्द्र झा, पासाङ शेर्पा, करिष्मा मानन्धरलगायत नेतालाई महत्त्व दिएर आफूसँगै लगे पनि खनाल र दाहाललाई भाउ दिएका थिएनन् । यही कारण उनीहरु निकै रुष्ट बन्न पुगेको बताइन्छ । ‘केशव र मुमाराम बाबुरामले ज्यादा भाउ नदिएपछि र पार्टीमा प्रभाव जमाउन नसकेपछि रनाहामा परेका छन्,’ नयाँ शक्तिका एक नेताले भने, ‘नयाँ शक्तिमा हैकम जमाउन पाउने सपना देखेर हाम फालेका खनाल र दाहाल यस्तो अभिष्ट पूरा नहुने भएपछि अहिले बौलाएका छन् । बाँदरे प्रवृत्ति सिको गरेर पार्टी र संगठन कमजोर बनाउन लागेका छन् ।’

खनाल र दाहालमाथि आफ्नो कुरा लागू नभएपछि संगठनको असन्तुष्टिमाथि चलखेल गरेको आरोप लागेको छ । स्रोतका अनुसार, असन्तुष्टिमा मुमाराम र केशबले खेलेपछि नेता कार्यकर्ता शशंकित हुन थालेका छन् । खनालमाथि एउटा समूहले विद्यार्थी संगठनमा देखिएको सामान्य विवादलाई अनावश्यक रुपमा उछालेको दोष लगाएको छ ।

‘तपाईं किन नपर्ने’ भन्दै थापाथली क्याम्पसका पूर्व स्ववियु सभापति युवराज दाहाल र नेत्र चापागाईलाई यी दुई भाइले उचालेपछि संगठनमा भाँडभैलो आएको धेरैको बुझाइ छ । युवराजलाई संगठन विभाग संयोजक र नेत्रलाई सचिवालयमा किन नबसेको भन्दै मुमारामले उचालेको बताइन्छ ।

मुमाराम र केशवले यी दुईलगायत केही विद्यार्थी नेतालाई उचालेर विद्यार्थीमा गुटबन्दी गराए पनि उनीहरुको पक्षमा भने खासै विद्यार्थी नरहेको नयाँ शक्तिका एक विद्यार्थी नेताले बताए । विद्यार्थीमा हाल रमेश महतो संयोजक छन् । अहिले विद्यार्थीमा विवाद बढेपछि संगठन नै विघटन गर्ने तयारी नयाँ शक्तिले गरेको थाहा भएको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।

काठमाडौं,भदौ १३ ।सरकारले तराई मधेस आन्दोलनका घाइतेलाई उपचार खर्च र मृतकका परिवारलाई क्षतिपूर्तिवापत थप २ करोडभन्दा बढी उपलव्ध गराउनुपर्ने देखिएको छ । यो भारतमा उपचार गराएकाहरुको खर्चबाहेक भएको संयुक्त लोकतान्त्रिक मधेसी मार्चाले जनाएको खबर आजको कारोबारमा छापिएको छ।

सरकारले ज्यान गुमाएका ५२ जनाका परिवारलाई १० लाखका दरले क्षतिपूर्ति र घाइतेलाई उपचार खर्च दिने निर्णय गरेको थियो। मृतकको संख्या ६८ रहेको र घाइतेले विभिन्न अस्पतालमा गएर उपचार खर्च तिर्न बाँकी रहेको मोर्चाले जनाएको छ।

प्रचण्ड नेतृत्वको सरकार गठनका क्रममा भएको तीन बुँदे सम्झौता कार्यान्वयनका लागि मोर्चाले गठन गरेको तीन सदस्यीय समितिले आइतबार उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधीसँग छलफल गरेको थियो ।

समितिका सदस्य लालबाबु राउतले गृहमन्त्री निधिसँग तीन बुँदे सम्झौता कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको जानकारी दिए। ‘मन्त्रालयका अधिकारीहरूले ६० लाख भन्दा बढी बराबारको बिल भुक्तानी गर्न बाँकी रहेको जानकारी गराए’, सदस्य राउतले भने,‘ उनीहरूले वीर अस्पतालबाहेकको बिल३०-४० लाख, भैरहवाको ७ लाख, वीर अस्पतालको बिल १५ लाख जति रहेको बताए।’

काठमाडौं,भदौ १३ । सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्रले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि सांसदमा छलफल गराउन नहुने अडान लिएपछि उक्त प्रस्ताव रद्द भएको छ ।

सभामुख ओनसरी घर्तीद्धारा गठित प्रस्ताव छनोट समितिका कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले संवैधानिक निकायका पदाधिकारीविरुद्ध ध्यानाकर्षणको प्रस्तावमा छलफल नगर्न संसद नियमावलीले नदिने भन्दै कार्कीविरुद्ध प्रस्ताव अघि बढाउन नहुने अडान राखेका अन्नपूर्णमा समाचार छ ।

कांग्रेस सांसद (हाल स्वास्थ्य मन्त्री० गगन थापा प्रस्तावक कांग्रेसकै धनराज गुरुङ र माओवादी केन्द्रको कोटामा मन्त्रिपरिषदबाट सांसद नियुक्त भएका श्याम श्रेष्ठ समर्थक रही चिकित्सा क्षेत्रको समग्र सुधार र अख्तियार प्रमुख कार्कीविरुद्ध डा गोविन्द केसीले लगाएका आरोपका विषयमा छलफल र्गुपर्ने भन्दै भदौ ६ गते संसुदमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको थियो ।

उक्त प्रस्ताव छलफलमा लैजाने वा नलैजाने भन्नेमा निर्णय गर्न गठित समितका सत्तासिन कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले उक्त प्रस्ताव छलफलमा नलैजाने निर्णय गरेका हुन् ।

काठमाडौं,भदौ १३ । दक्षिण एसियाली क्षैत्रीय सहयोग संगठन सार्क भित्र कलाकार र खेलाडीलाई सार्क भिसा स्टिकर सुविधा दिनुपर्ने प्रस्तावमा भारतले असहमति जनाएको छ । साउन तेस्रो साता पाकिस्तानको राजधानी इस्लामावादमा भएको सार्क गृहमन्त्री स्तरीय बैठकमा भारतले यस विषयमा असहमति जनाएको आजको कारोबार दैनिकमा समाचार छ । भारतले सहमति नजनाएपछि यो विषय आगामी बैठकसम्म स्थगित भएको छ ।

बैठकमा सहभागी सुरक्षा अधिकारीका अनुसार सरकारी कर्मचारीबाहेक कलाकार,, खेलाडी, उद्योगी व्यपारी, पत्रकारलगायत पेसाकर्मीका लागि भिसा स्टिकर सुविधा उपलव्ध गराउन अन्य मुलुक सहमत देखिएका थिए । तर भारतले विस्तृत अध्ययन र छलफल हुनुपर्ने भन्दै पछि सारेपछि निर्णय हुन सकेन । नेपालसहित सार्क मुलुकमा आवद्ध आठ देशका लागि भारते स्टिकर छपाउँदै आएको छ ।

काठमाडौँ,भदौं १२ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेश आन्दोलनका क्रममा भएको मानवीय र भौतिक क्षतिको आयोगले सिफारिस गर्ने बताउनुभएको छ ।आइतबार दिउँसो कैलालीका थारु समुदायका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्रीले उक्त कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्रीले भन्नुभयो, ‘टिकापुर लगायत तराई–मधेश आन्दोलनका क्रममा देशै भरी भएका घटनाहरुको छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश गीरिसचन्द्र लालको नेतृत्वमा उच्चस्तरीय आयोग बनेको छ । आयोगले यथार्थ विवरण दिन्छ, त्यसकै सिफारिसका आधारमा सरकारले निर्णय गर्छ ।’ भेटमा प्रधानमन्त्रीले टिकापुरमा एसएसपी सहितका सुरक्षाकर्मी मारिनु दुखद् भएको भन्दै संयमतापूर्वक आफ्ना एजेण्डा राख्न थारु अगुवाहरुलाई आग्रह गर्नुभयो ।

प्रधानमन्त्रीले आन्दोलनका क्रममा लागेका झुट्टा मुद्दा खारेज गर्ने प्रक्रिया सुरु भएको भन्दै भन्नुभयो, ‘गृह मन्त्रालयले झुट्टा मुद्दा खारेजी र क्षतिपूर्तिको प्रक्रिया अगाडि बढाइसकेको छ । झुट्टा मुद्दा खारेज हुन्छन् । तर, हत्यामा प्रत्यक्ष संलग्न भएकाहरुलाई नै भने माफी दिन कठिन छ ।’ प्रधानमन्त्रीले सरकार थारु, मधेशी, जनजातिका माग सम्बोधन गर्ने गृहकार्यमा रहेको जानकारी दिँदै भन्नुभयो, ‘सरकार थारु, मधेशी, जनजातिका माग संविधान संशोधन गरी पुरा गर्न तयार छ । तर, यो हामीले मात्रै गरेर सकिने कुरा होइन, संसदमा दुई तिहाई चाहिन्छ । त्यसका लागि कांग्रेस, एमाले लगायतका दलहरुसँग सम्वादको प्रक्रिया सुरु गरिएको छ ।’

भेटमा अगुवाहरुले थारु आन्दोलनको क्रममा लगाइएका झुट्टा मुद्दा खारेज गर्न, आन्दोलनका क्रममा थारु समुदायका घर, पसलमा आगजानी र लुटपाटबाट भएको भौतिक क्षतिको क्षतिपूर्तिको व्यवस्था गर्न, उच्चस्तरीय आयोग बनाएर घटनाको निष्पक्ष छानविन गर्न र संविधान संशोधन गरी थारु बाहुल्य क्षेत्रलाई ५ नम्वर प्रदेशमा राख्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

काठमाडौँ,भदौं १२ । चौथो राष्ट्रव्यापी तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगिताको उपाधिमा नेपाली आर्मीले बर्चस्व कायम गरेको छ । आइतबार भएको सम्पन्न भएको खेलमा आर्मिको पुरुष र महिला दुवै टिम च्याम्पियन बन्यो । आर्मीको पुरुष ए टिमले ६ स्वर्ण र २ कास्य पदक हात पार्दै टिम च्याम्पियनको उपाधि उचाल्यो । आर्मीकै महिला ए टिमले पनि ४ स्वर्ण र एक रजत सहित उपाधि हात पार्न सफल रह्यो । आर्मी चौथो राष्ट्रव्यापी महिला तथा प्रथम नोभिस बक्सिङ्ग प्रतियोगितामा कुल १० स्वर्ण र ३ रजत जिती च्याम्पियन भयो ।सातदोबाटो स्थीत अन्तराष्ट्रिय खेलकुद परिषरमा भएको नोभिसतर्फ भने काठमाण्डौ युथ बक्सिङ्ग क्लब र नक्साल बक्सिङले संयुक्त रुपमा टिम च्याम्पियनको उपाधि जित्न सफल भयो । काठमाण्डौ युथ बक्सिङ्ग क्लब र नक्साल बक्सिङ्ग क्लबले समान १ स्वर्ण १ रजत र २ कास्य जित्यो ।

त्यस्तै पुरुष सिनियरतर्फ ४९ केजीमा नक्साल एका सुसिल थापा प्रथम, एपीएफका आश तामाङ्ग द्वतीय र आर्मीका करन चौधरी र तेज बहादुर देउवाद्वय तृतीय भएका छन् । ५२ केजीमा आर्मीका प्रेम चौधरी प्रथम,लक्ष्मण तामाङ्ग द्वतीय र विक्रम परियार र सुभा वि.के. तृतीय भए । ५६ केजीमा आर्मी बी का विमर रोका प्रथम, एपीएफका पुरन राई द्वतीय र गने् थापा र रोशन लामा तृतीय भए । ६० केजी तौलमा नेपाल प्रहरीका भुपेन्द्र थापा प्रथम, आर्मीका शुरेस नेपाली द्वतिय र अकास सुवेदी र दिनेश चन्द तृतीय भएका छन् । ६४ केजीमा आर्मीका दिपक श्रेष्ठ प्रथम, झापाका प्रकाश लिम्बु द्वतीय र अनुज भण्डारी र दोर्जे जित्याङ्ग तृतीय भएका छन । ६९ केजीमा आर्मीका विस्नु घले प्रथम, आर्मी बी कै सन्दीप व्यान्जु द्वतीय र श्रीयान्सु प्रजापति र सविन दराई तृतीइ भएका छन् । ७५ केजीमा आर्मीका दिपेश लामा प्रथम, आर्मी बीकै केशब वम द्वतीय र दिवस लाल लिम्बु र मधुसुधन श्रेष्ठ तेस्रो भए । ८१ केजी तौल समुहमा जावलाखेलका म्याक्स बस्नेत प्रथम, आर्मीका गोकुल गुरुङ्ग द्वतीय र कौशल जंग थापा र विजय केसी तृतीय भए ।

जुनियरतर्फ ४९ केजीमा नक्सालका डेविड तामाङ्ग प्रथम,अल्फाका चन्द्र बहादुर थापा द्वितिय, र कन्चनपुरका विस्नु विस्ट र दमकका धर्मेन्द्र मखिमद्वय तृतीय तथा ५२ केजी तौलतर्फ मेघदुतका प्रदिप घिमिरे प्रथम, नक्साल ए का मिङ्मा ग्याल्जेन शेर्पा, र तृतीयद्वय रोल्पाका राम प्रसाद पुन र दमकका भीम बहादुर भएका छन् । पुरुषको ५६ केजी तौल समुहम सुनसरीका राकेश राई प्रथम, कास्की बी का दिनेश बानिया द्वतिय र तृतीय नक्साल बीका पवन भट्टराई र बक्सिङ्ग फिटनेशका अमिन राई भएका छन । ६० केजी तर्फ बानुजका कर्मा तेन्जिङ्ग गुरुङ्ग प्रथम, सौरभ विमली द्वतिय र साजन गिरी र बुद्ध राज राई तृतीय भएका छन् । ६४ केजी तौल तर्फ जावलाखेल बक्सिङ्ग क्लबका सरोज सेवा प्रथम, काठमाण्डौ युथ बक्सिङ्गका प्रशान्त दाहाल दोस्रो र मनिश डंगोल तथा युरेन बुढामगर तेस्रो भए ।

त्यस्तै महिला ४८ केजीमा आर्मीका ललिता महर्जन प्रथम, एपीएफका उर्मिला लामा द्वतीय र गिता कुमारी थापामगर र दिविका भुजेल तेस्रो तथा ५१ केजीमा आर्मीकी मीनु गुरुङ्ग प्रथम, माला राई दोस्रो र निता गोसाई र सिता पाठक तेस्रो भइन् । ५४ केजीमा विमला श्रेष्ठ प्रथम, सन्जु लामा दोस्रो र निशा तामाङ्ग तथा दिव्या गुरुङ्ग तेस्रो भइन् । ५७ केजीमा निरु गुरुङ्ग प्रथम, माया चौधरी दोस्रो र प्रमिला पाण्डे र रन्जिता मगर तेस्रो तथा ६० केजीमा सरस्वती रानामगर प्रथम, सोनम रोका दोस्रो र तेस्रोमा दिव्या लिम्बु र सोम माया लिम्बु रहिन् ।

सो अवसरमा स्वर्गीय लक्ष्मण शम्शेर थापाकी धर्म पत्नी नैना राजेश्वरी थापा ,स्वर्गीय पुष्कर ध्वज शाही की धर्मपत्नि हनी शाही र बक्सिङ पुर्व ओलम्पियनलाई सम्मान गरिएको थियो । प्रतियोगिताका टिम च्याम्पियन र पदक विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद(राखेप) सदस्य सचिव केशव कुमार विष्ट,एकिकृत नेकपा माओवादी केन्द्रका खेलकुद इन्चार्ज लिला बहादुर थापा र नेपाल बक्सिङ अध्यक्ष राम अवाले लगायतले पुरस्कृत गरे । प्रमुख अतिथी विष्टले आगामी नेपालमै हुने १३औँ सागमा उत्कृष्ट प्रदर्शन गर्नका लागि अहिले देखि नै दत्तचिक्त भएर लाग्न अनुरोध गरे ।

संविधान संशोधन प्रक्रिया छिट्टै अघि बढ्छ

काठमाडौं,भदौ १२ । सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले भवन आचारसंहिता पूर्णरुपमा लागु गर्ने बताएका छन् । आईतबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री केसीले भवन आचार संहिता जुनसुकै हालतमा लागु गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले भने,‘‘ पहिले बनिसकेको भवन आचारसंहिता किन लागु भएन भनेर म बुझ्छु, यसमा केही कमजोरी भए तीनभित्र सच्याएर भएपनि यसको कार्यान्वयन गर्ने काम अघि बढाउँछु ।’

साक्षात्कारमा बोल्दै मन्त्री केसीले व्यवस्थित् बसोबासको लागि सरकारले जारी गरेको आचारसंहिता पालना नगर्नेलाई आफूले अप्रिय निर्णय लिने समेत चेतावनी दिए । उनले अघि थपे,‘सुधार गर्नुपर्ने भए तीन दिनभित्र पेश गर्न निर्देशन दिन्छु, होईन भने संहिता कडाईका साथ लागु गर्छु, आचारसंहिता मान्नुभएन भने मैले अप्रिय निर्णय गर्नुपर्ने हुन्छ ।’

ठूला भवन निर्माण गर्दैमा सहरको विकास नहुने भन्दै यसलाई आचारसंहिता अनुसार अघि बढाईनेगरि आफूले काम गर्ने मन्त्री केसीको भनाई छ । केसीले नगर विकास समिति गठन भएपनि जनताले सहुलियत नपाएको उल्लेख गर्दै नगर र सहरवीच कनेक्टीभिटी गर्ने बताए । उनले सहरलाई सुसंस्कृत र सुन्दर बनाउनको लागि विद्युत, खानेपानीजस्ता सुविधाहरुको समेत व्यवस्था गर्नुपर्ने भएकाले आफूले सोही बमोजिम काम गर्ने विश्वास व्यक्त गरे ।

बाग्मतीको सभ्यता विकास गर्नको लागि वास्तविक सुकुम्बासीको पहिचान गरेर वैकल्पिक व्यवस्था गर्ने उनको भनाई थियो । उनले ऐतिहासिक महत्व बोेकेका पुरातात्विक, धार्मिक, साँस्कृतिक, प्राकृतिक लगायतका धरोहर र सम्पदाहरुलाई संरक्षण एवम् व्यवस्थित् गर्ने बताए ।

अहिले सरकारको प्रमुख दायित्व भनेको नै संविधानलाई सबैको सर्वस्विकार्य बनाउनु र यसको पूर्ण कार्यान्वयन गर्नु रहेको उल्लेख गर्दै केसीले भने,‘संविधान कार्यान्वयन गर्नु नै यो सरकारको प्रमुख दायित्व हो, हामी पूर्ण प्रतिबद्ध छ ।’ उनले संविधान कार्यान्वयन गर्नुअघि मधेशी, थारु, जनजाति, आदिवासी लगायतको प्रश्नको सम्बोधन गर्नुपर्ने आवश्यकत्ता औंल्याए ।

आगामी ०७४ साल माघ ७ गतेभित्र तीन वटै निकायको निर्वाचन सम्पन्न गर्नुपनि अहिलेको सरकारको दायित्व भएको केसीले बताए । उनले तीनवटै निकायको निर्वाचन समयभित्रै सम्पन्न गर्न नसकिए संविधान कार्यान्वयनमा असर पर्ने चिन्ता व्यक्त गरे ।

उनले अघि थपे,‘संविधान नै विघटन गर्ने स्थिति हुन्छ, त्यसैले सबै पार्टीहरुले यसको संरक्षण गर्ने दायित्व निर्वाह गर्नुपर्छ ।’ उनले एमालेले पनि आफ्नो जिम्मेवारी निर्वाह गर्नेमा आफू विश्वस्त रहेको स्पष्ट पारे । केसीले भने,‘एमाले संविधान संरक्षण गर्ने दायित्वबाट पर सर्दैन भन्नेमा म पूर्ण विश्वस्त छु ।’

केसीले प्रमुख राजनीतिक दल नेपाली काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र मधेशवादी दलहरुवीच सहमति गर्नुपर्ने धारणा समेत राखे । उनले संविधान संशोधन प्रक्रिया समेत छिट्टै अगाडि बढाउने धारणा राखे । उनले अघि भने,‘मिति म तोक्दिन तर संशोधन प्रक्रिया छिट्टै अघि बढाउँछु ।’

कार्यक्रममा क्लबका अध्यक्ष ऋषि धमलाले मन्त्री केसीलाई बधाई तथा सफलताको शुभकामना दिएका थिए ।

काठमाडौं, भदौ ११ । पाँचौं एसियाली गोजुरियो कराते च्याम्पियनसिपमा पदक जित्न सफल नेपाली खेलाडीलाई बानियाँटारस्थित पारा माउन्ट एकेडेमीले शनिबार सम्मान गरेको छ । साउन २७ देखि ३० गतेसम्म मलेसियाको क्वालालम्पुरमा भएको प्रतियोगितामा नेपालले ५ स्वर्ण र ९ कांस्य पदक जितेको थियो ।

भेट्रान्स एकल कातातर्फ विशनसिंह खड्का, ६१ केजीमाथि सोनु थापा तथा टिम कुमुतेमा सागर न्यौपाने, सागर भेट्वाल र राजन भोलुन तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए ।

त्यस्तै भेट्रान्स एकल कातामा पेम्बा तामाङ, टिम कुमुतेमा सुमन तिमल्सिना, प्रकाश गुरुङ र सुरज तामाङ, १०–११ वर्षको कुमुतेमा नेत्रकुमार थापा र मोहित परियार तथा ८४ केजीमाथि र एकल कातामा अनिश ठाकुरले कांस्य जितेका थिए । स्वर्ण विजेता सोनुले टिम कुमुतेमा पनि थप १ कांस्य हात पारे ।

सोही अवसरमा एसियाली गोजुरियो कराते महासंघको महासचिवमा निर्वाचित बिआर मित्र र कोषाध्यक्षमा निर्वाचित सीताराम कँडेल पनि सम्मानित भए । त्यस्तै एसियाली गोजुरियो कराते महासंघ (एजीकेएफ) को रेफ्रीमा उत्तीर्ण सिपी घर्ती मगर तथा जजमा उत्तीर्ण हुन सफल सानुबाबु गिरी र सुमन तिमिल्सिना समेतलाई सम्मान गरिएको थियो । अफिसियल प्रमोद पाण्डे र संगम रिजाल पनि सम्मानित भए ।

उनीहरुलाई पारामाउन्ट एकेडेमीमा आयोजित कार्यक्रम सहरी विकास मन्त्री अर्जुननरसिंह केसी र सांसद् एवं पारामाउन्ट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश्वरनरसिंह केसीले सम्मान गरे ।