मल्पी र रातो बंगला क्वाटरफाइनलमा

काठमाडौं, भदौ ११ ।  मल्पी ‘ए’ र रातो बंगला प्रथम नामी कप अन्तरकलेज ए लेभल थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ शनिबार क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

मल्पी ‘ए’ ले आयोजक नामी कलेज ‘ए’ लाई १३–११ तथा एसलाई १५–७ ले पराजित गर्दै समूह ‘ए’ को विजेता बन्यो । एसले नामी ‘ए’ लाई ६–४ ले हराउदै समूह उपविजेताका रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो ।

समूह ‘सी’ को विजेता बन्दै क्वाटरफाइनल पुग्ने क्रममा रातो बंगलाले ग्लोबललाई १३–३ तथा लिटिल एन्जल्स (एलए) लाई ८–६ ले निराश पा¥यो । एलएले ग्लोबललाई ४–३ ले पन्छ्याउदै समूह उपविजेताका हैसियतले क्वाटरफाइनलमा स्थान पक्का ग¥यो ।

समूह ‘बी’ बाट ट्रिनिटी विजेता हुँदै क्वाटरफाइनलमा प्रवेश ग¥यो । ट्रिनिटीले नामी ‘बी’ लाई १६–८ र साइपाल एकेडेमीलाई ७–४ ले पाखा लगायो । साइपाल पनि समूह उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । साइपालले नामी ‘बी’ को चुनौती ८–७ ले समाप्त पा¥यो ।

जोरपाटीस्थित आयोजक नामीको कोर्टमा भएको गल्र्सको लिग खेलमा मल्पीले नामीलाई ९–५, एसले एलएलाई ४–२ तथा नामीले साइपाललाई ४–३ ले हराए ।

प्रतियोगिताको नामीका प्रमुख कार्यकारी अधिकृत योगराज कँडेल शर्मा र ए लेभल कोओर्डिनेटर टेकनाथ पौडेलले रेफ्री सागर श्रेष्ठलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा कँडेलले खेलकुदको माध्यमबाट ए लेभल कलेजबीचको सम्बन्धलाई विस्तार र सुमधुर गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए ।

दुवै समूहका विजेताले १० हजार र उपविजेताले ५ हजार नगद पुरस्कार पाउने छन् । ‘मोस्ट भेलुएबल प्लेयर’ लाई गिफ्ट ह्याम्पर प्रदान गरिने छ । सोमबारसम्म चल्ने प्रतियोगिताको ब्वाइजमा ११ र गल्र्समा ६ गरी जम्मा १७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेका छन् ।

‘प्रधानमन्त्रीको भारत भ्रमण अघि नै भारतमा राजदूत नियुक्ती’: परराष्ट्रमन्त्री महत

काठमाडौँ,भदौ  ११ । परराष्ट्रमन्त्री डा.प्रकाश शरण महतले रिक्त रहेका छिमेकी मुलुक भारतसहित सबै स्थानमा चाँडै नै राजदूत नियुक्ती हुने बताएका छन् । रिपोटर्स क्लब नेपालले शनिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण अगावै भारतका लागि राजदूत नियुक्ती गर्नेबारे कुराकानी भइरहेको पनि स्पष्ट पारेका छन् ।

‘भारत र चीन दुवै ठाउँमा राजदूत नियुक्ती गर्छौँ र खाली रहेका अन्य मुलुकहरुमा पनि नियुक्ती गर्छौँ’ साक्षात्कारमा मन्त्री महतले भने । मन्त्री महतले विश्वासमा आधारित भएर छिमेकी भारत र चीन लगायतका मुलुकहरुसँग सम्बन्ध विकसित गर्ने पनि बताए ।

मन्त्री महतले आर्थिक रुपले प्रगती गरिरहेका दुई ठुला छिमेकी राष्ट्र भारत र चिनबाट नेपालले बढि भन्दा बढि फाईदा लिन सक्ने गरि विश्वासको आधारमा सम्बन्ध विकसित गरि अघि बढ्ने बताए । ‘नेपालको आफ्नो आम राष्टिय स्वार्थलाई सुरक्षित राख्दै, छिमेकिहरूका चिन्ता र चासोलाई सम्बोधन गर्ने र विश्वासमा आधारीत रहेर सम्बन्ध विकास गर्ने हाम्रो प्राथमिकता हो । हाम्रो आर्थिक उन्नति पनि यसमै निर्भर छ ।’ उनले नेपालको व्यापार घाटा बढेको भन्दै यसलाई कम गर्न छिमेकीहरुसँग विश्वासपूर्ण वातावरण सिर्जना हुनुपर्ने र उनीहरुको आर्थिक विकासबाट लाभ लिनुपर्नेमा जोड दिए ।

मन्त्री महतले विदेशमा बसेका नेपालीहरूको सुरक्षा र हितलाई प्राथमिकतामा राख्ने पनि बताए । उनले खाडि मुलुकका दुताबासलाई नेपाली नागरिकको सुरक्षामा केन्द्रित हुने गरी सक्रिय पार्ने आफ्नो योजना रहेको पनि बताए । नेपालको अर्थतन्त्र खाडी मुलुकमा नेपालीहरुले पठाउने बिप्रेषणबाट धानिएको भन्दै महतले उनीहरुको सुरक्षा आफ्नो प्रमुख प्राथमिकतामा रहेको उल्लेख गरे ।

‘छिमेकीहरुसँगको सम्बन्धका बारेमा सार्वजनिक बहस गर्नु भन्दा पनि कूटनीतिक रुपमा छलफलबाट टुंग्याइनेछ’ महतले भने । उनले छिमेकी भारत र चीनसँग अघिल्लो सरकारले सैद्धान्तिक सहमति मात्रै गरेको उल्लेख गर्दै कार्यान्वयनका लागि चरणबद्ध गृहकार्य आवश्बयक रहेको र त्यसमा सरकार क्रियाशिल हुने पनि बताए ।

अर्को प्रसँगमा सरकारले पूर्णता पाए सँग मधेशी दलहरुसँगको सहमति कार्यान्वयन गर्ने बताए । उनले संविधानको कार्यान्वयन, भुकम्पपीडितलाई राहत र पुनिर्निर्माणमा सरकारको ध्यान रहेको बताए । संविधान संशोधनका लागि वार्ता प्रक्रिया अघि बढाइएको पनि उनले बताए । त्यसका लागि न्यूनतम सहमति गरेर संविधान संशोधन गर्ने पनि उनको भनाई थियो ।

‘सबैको समर्थनमा संविधान कार्यान्वयन गर्छौँ’ उनले भने । मन्त्री महतले स्थानीय निकायको निर्वाचन सरकारले गराउने प्रतिवद्धता पनि व्यक्त गरे । यसैगरी सरकारले कालो बजारी, महँगीलाई कुनै पनि हालतमा छुट नदिने भन्दै त्यसमा संलग्नहरुलाई कारबाहमी गर्ने पनि बचनबद्धता व्यक्त गरे ।

सरकारी तहबाटै समाधान खोज्न पूर्व गोर्खा सैनिकको आग्रह

काठमाडौं,भदौं ११ । बेलायती सेनाका पूर्व गोर्खा सैनिकको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी आफूहरुमाथि बेलायत सरकारले विभेद गरेको भन्दै बेलायत सरकारसँग बार्ता गरी समस्या समाधानमा पहल गरी दिन आग्रह गरेको छ । शनिबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा टोलीले २५ वर्षदेखि आफूहरु बेलायत सरकारसँग बार्तामा बसे पनि समस्या समाधान नभएकाले सरकारी तहबाटै बार्ता गरी समस्या समाधानको पहल गर्न आग्रह गरेको हो ।

भेटमा पूर्व गोर्खा सैनिक कृष्णबहादुर राईले भन्नुभयो, ‘बेलायती सैनिकको एकै स्तरको पदमा बसेर काम गर्दा पनि नेपालीहरुलाई तलव कम दिइन्छ, कैयौं विभेद र असमानताहरु छन्, त्यहाँको हाउस अफ कमनको प्रतिवेदन समेत लागु भएको छैन । यस अवस्थामा नेपाल समेत त्रीपक्षीय सन्धिअनुसार भर्ति गरिएको गोर्खा सैनिकलाई अधिकार दिलाउन नेपाल सरकारबाटै पहल गर्न अनुरोध छ ।’ यस अघि पनि आफूले गोर्खा सैनिकका मागहरुका सम्बन्धमा पटकपटक कुरा उठाइसकेको जानकारी गराउँदै प्रधानमन्त्रीले भन्नुभयो, ‘तपाईहरुका माग जायज छन्, यो राष्ट्रकै विषय हो । मैले आफ्नो ठाउँबाट आवश्यक पहल गर्नेछु ।’

शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग

काठमाडौं,भदौं ११ । चितवन उद्योग संघका प्रतिनिधिहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी चितवनको शक्तिखोरलाई ‘औद्योगिक नगरी’ बनाउन माग गरेका छन् ।

शनिबार दिउँसो कृष्णप्रसाद अधिकारीको नेतृत्वमा आएको संघको प्रतिनिधि मण्डलले चितवनको शक्तिखोरस्थित साढे दुई हजार बिघा जमिनमा औद्योगिक क्षेत्र स्थापनाको निर्णय गर्न तथा चितवनमा औद्योगिक प्रदर्शनी आयोजनामा सहयोग गर्न प्रधानमन्त्रीसँग माग गरेको थियो ।

भेटमा प्रधानमन्त्रीले चिवतनलाई ‘औद्योगिक नगरी’ बनाउने कुरा रणनीतिक महत्वको विषय भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘चितवन औद्योगिक नगरी बनाउने प्रस्ताव धेरै रणनीतिक महत्वको कुरा हो । यसमा आवश्यक पहल गर्छु । प्रदर्शनी केन्द्रका लागि सरकारका तर्फबाट आवश्यक सहयोग हुनेछ ।’

किन दौरासुरवाल र ढाकाको टोपी तिरस्कार गर्छन् प्रचण्ड,नसुहाउँने नै हो त ?

काठमाडौं ।विदेशी संस्कृतिको बढदो प्रयोगबाट नेपाली कला संस्कृति र पहिचान लोभ हुन लागेको छ । हाम्रो पहिचान , हाम्रो सस्कृति  , हाम्रो भेष भूषा र हाम्रो भाषा राष्ट्रियता सँग सम्बन्धित रहन्छ । माओवादी राजनीतिक मुलद्वारमा आएपछि हाम्रा यी राष्ट्रिय पहिचानमाथी गम्भीर सङ्कट आएको देखिन्छ । संविधानसभाको पहिलो निर्वाचनबाट प्रधानमन्त्री पनि नेपाली राष्ट्रिय पोषाकको अपमान गरी प्रचण्ड जीले पश्चिमिली भेष कोट पाइन्टमा सफत लिए  । तर दौरा सरूवाल र ढाकाको टोपीको उतिखेर पनि अपमान भयो ।

हामी हाम्रो राष्ट्रिय गौरबाताको कुरा गर्छौ तर राष्ट्रिय पहिचानको विषयमा हामी किन निर्जल बन्छौ । वर्तमान अवस्थामा प्रधानमन्त्री प्रचण्डमाथी निकै गम्भीर प्रश्न उठेको छ । प्रधानमन्त्रीको सफत राष्ट्रिय सम्मान सँग जोडिएको हुन्छ । प्रधानमन्त्रीले सफतको समय आफ्नो देशको राष्ट्रिय पोषाक अनिवार्य लगाउन पर्दछ । राष्ट्री पोषाकमा लिएको र दिएको सफतले राष्ट्रिय गौरवता  झल्कन्छ ।

अंतराष्ट्रिय क्षेत्रमा पनि देशको सान बढदछ । कुनै पनि देशको कार्यकारिणी प्रमुखको भेषले त्यो देशको सम्मान बढाउछ तर नेपालमा अहिले आएर नेपाली पहिचानमाथी स्वयम् कार्यकारिणी प्रधानमन्त्रीबाट अपमान भयको छ । किन दौरासुरुवाल ढाकाको टोपी तिरस्कार  गर्छन् प्रचण्ड ? संसारमा निकै सम्मानित रूपमा नेपाली दौरा सुरुवाल र ढाकाको टोपीलाइ लिने गरिन्छ ।

२००७को जनक्रान्ति सफल्ता पश्चात् २०१६ मा जननायक बि पी कोइरालाले दौरासुरुवाल र ढाका टोपीमा लिएको सफत विश्व जनमंचमा निकै चर्चाको विषय बनेको थियो । बि पी आफ्नो राष्ट्रिय पोषाकको संरक्षण र सम्मान गर्नु पर्छ भन्ने मान्यता राख्नु हुन्थियो भन्ने वाहाको आत्म बृतान्त बाट थाहा हुन्छ । त्यसपछिका प्रधानमन्त्रीहरुले दौरासुरुवाललाइ नै आफ्नो स्वाभिमान बनाए । प्रचण्ड जी तपाइ कुन देशको नीति नेपालमा लागु गर्न चाहानुहुन्छ ? आफै गम्भीर भएर सच्चा नेपाली पनबाट आत्म चिन्तन गर्नुस के यो सबै सही होला त ?

himalpost.com

बडिमालिका समाज द्धारा ज्ञापन पत्र

पप्पु गुरुङ्, ११ भदौं / दोधारा चाँदनी । बडिमालिकाद्धारा स्थानिय प्रशासनलाई ज्ञापन पत्र बुझाएको छ् । बडिमालिका समाज बिकास नेपाल द्धारा हिजो दोधारा चाँदनी स्थित रहेका स्थानिय प्रशासनलाई ज्ञापन पत्र दिएर ध्यान आकर्षण गरेको छ् । महाकाली नदी स्थित रहेको झोलुङ्गे पुल दिनुदिन जिर्ण भएको भन्दै आज दोधारा चाँदनीको ईलाका प्रहरी कार्यालय, अस्थायी चोकी, सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट लगाएत सरोकारवालालाई समयमै महाकाली झोलुङ्गे पुल मर्मत तथा संभारमा ध्यान दिन आवश्यक पहल गर्न ध्यान आकर्षण गराएको बडिमालिका समाज बिकास नेपाल दोधारा चाँदनीका संयोजक पदम बहादुर सिंहले बताउनुभएको छ् । सुदूरपश्चिमको एक महत्वपूर्ण पर्यटकिय गन्तब्य कञ्चनपुरको दोधारा चाँदनी जोड्ने महाकाली नदीमा बनाइएको झुलुङ्गे पुल मर्मत अभावमा जिर्ण बन्दै गइरहेको छ । करोडौंको लगानीमा निर्माण भएको सो पुलको उचित संरक्षण र सुरक्षा हुन नसकेपछि कमजोर बनेको हो । एसियाको लामो झोलुङे पुल कमजोर हुदै जादा सरोकारवालाले समयमै ध्यान नदिएको ज्ञापन पत्रमा भनिएको छ् । डेढ किलोमिटर लामो उक्त पुलमा मोटरसाइकलमा सवारीले ठुलो मात्रामा समान ढुवानी गर्ने तथा रात्रीको समयमा भैसी लगाएत जनावर ओहरदोहर गराउने गराउदा पुल जिर्ण बन्दै गएको हो । झण्डै डेढ किलोमिटर लामो सो पुलका नटबोल्ट र तारहरु खुस्किसकेका छन् । बडिमालिका समाज बिकास नेपालका सचिव राजेश सुनार अनुसार पुल मर्मतका लागि जिल्ला विकास समितिले आवश्यक ध्यान नदिदा समस्या थप बल्झिदै गएको छ । पर्यटकिय दृष्टिले समेत चर्चित झोलुङे पुल कमजोर वन्दै गए पनि जिल्ला विकास समितिले चाँसो नदेखाएको आरोप छ । प्रहरीहरुको लापरवाहीले उल्टै पुल कमजोर बनाउने अभियानमा लागेको उनीहरुको ठहर छ । प्रहरीहरुले पुलबाट क्षमता भन्दा बढि मालसमान ओहरदोहर गर्न दिईरहेको संयोजक पदम बहादुर सिंहले भनाई रहेको छ् । ज्ञापन पत्र बुझाउदै बडिमालिका समाज बिकास नेपालका सदस्यहरुले तत्कालै कार्यान्वन गर्न स्थानिय प्रशासनलाई माँग समेत गरेको छ् ।

किन चल्दैन विशिष्टलाई स्वदेशी उपचार ?

काठमाडौं,भदौ ११ । विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्‍यो। विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्‍यो। तर, मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल नपुगेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरू दुई वर्षदेखि बन्द छन्। दुई वर्षदेखि प्रयोग विहिन छन् तिनमा माकुराको जालो धुलो थुप्रिएको छ।

त्यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरूकै उपचारका लागि भनेर डिलक्स क्याबिन बनायो। तर कुनै पनि विशिष्ट व्यक्ति त्यहाँ उपचार गराउन गएनन्।

लाखौ खर्च गरेर डिलक्स क्याबिन बनाएपछि विशिष्ट व्यक्ति स्वदेशमा स्वास्थ्थय परीक्षण र उपचार गराउँदैन। यही क्रममा निरन्तरता दिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गए। उनलाई पछ्याउँदै अर्का विशिष्ट व्यक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार त्यही निहुँमा सिंगापुर गए।

महाकाली नदीमा डुबेर बालिका बेपत्ता, एकको स–कुशल उद्धार

पप्पु गुरुङ्, ११ भदौं / दोधारा चाँदनी । महाकाली नदीमा डुबेर एक बालिका बेपत्ता भएका छन्, भने एकको स–कुशल उद्धार गरिएको छ् । श्री कृष्ण जन्माष्टमीको बर्त सकेर हिजो बिहान करिब ८ बजे महाकाली नदीमा फुलपाती बिश्रजन गर्न महाकाली नदीमा पुगेका कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १०, प्रधान टोल निवासी नन्द, भाउजु क्रमश: अन्ताजी १६ बर्षिय सिता थापा, सबिना भनिने वर्ष ११ का पदमा राना मगर फुलपाती महाकाली नदीमा बगाएर नुहाउने क्रममा डुबेको स्थानियहरुले बताएका छन् । नदीमा भाउजु सिता थापा र नन्द सबिना भनिने पदमा राना मगर नुहाउने क्रममा गहिरो पानीमा अचानक पुग्दा उनिहरु डुबेको प्रत्यक्षदर्शी गंगा थापाले बताएका छन् । उनिहरु तिनै जना नदीमा फुलपाती बगाउन गएका थिए । दुबै जना डुबेपछि स्थानिय सुमित्रा चदारोले सिता थापालाई स–कुशल उद्धार गरिएको बताईएको छ् । उद्धारपछि सितालाई प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीले जनाएको छ् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानियहरुले बेपत्ता सबिना भनिने पदमा राना मगरको खोजी जारी गरिरहेको प्रहरी सहायक निरिक्षक मान बहादुर बोग्टीले जानकारी दिनुभएको छ् । सबिना भनिने पुजा राना दोधारा चाँदनी स्थित रहेको शुदुरपश्चिम एकेडेमी स्कुलका कक्षा ४ का छात्रा हुन् ।

देउवा फर्केपछिमात्र संविधान संशोधन प्रक्रिया

काठमाडौं,भदौ ११ । प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाले मधेसी मोर्चाका दुई शीर्ष नेतालाई भेटेर राजनीतिक सहमतिका लागि उपाय खोज्न पहल गरेका छन् । संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादव र तमलोपा अध्यक्ष महन्थ ठाकुरलाई शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेटै सत्तासाझेदार दुई दलका शीर्ष नेताले मोर्चा-कांग्रेस र माओवादीबीच साउन १९ मा भएको तीनबुदे सहमतिमध्ये के-के पूरा भयो र के के बाँकी छन् भन्नेबारे छलफल गरेको प्रधानमन्त्री निकट स्रोतले जनायो ।

राजनीतिक सहमतिको खोजी भइरहेका बेला प्रस्तावित संविधान संशोधनबारे प्रतिपक्षी एमालेको तीव्र प्रतिक्रिया आएकाले चारै नेताले भेटलाई गोप्य राख्ने सहमति गरेका थिए । प्रधानमन्त्रीका विशेष दूतका रुपमा नया दिल्ली पुगेर फर्केका उपप्रधानमन्त्री विमलेन्द्र निधिले भारतीय संस्थापन र अन्य नेतासँग गरेका कुराकानीबारे समेत बैठकमा छलफल भएको स्रोतले जनायो ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक र फोरम अध्यक्ष यादव दुवैले चार शीर्ष नेताको बालुवाटारमा भेट भएको पुष्टि गरे । ‘उहाहरुले मोर्चा नेतासग मधेस आन्दोलन, संविधान संशोधनलगायत समसामयिक विषयमा कुराकानी गर्नुभएको हो, तर खास निष्कर्ष निकाल्ने गरी होइन,’ मन्त्री लेखकले भने, ‘यी विषयमा अब सभापतिज्यू (देउवा) सिंगापुरबाट फर्केपछि ठोस निष्कर्ष निकाल्नेगरी कुरा हुने समझदारी भएको छ ।’ नवनियुक्त १३ मन्त्रीको शपथग्रहण सकिएलगत्तै देउवा उपचार अनुगमनका लागि सिंगापुर उडेका थिए । उनी एक सातापछि फर्कने छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।

दसैंका लागि असोज पहिलो साता अग्रिम टिकट खुल्ने

काठमाडौं,भदौ ११ । आगामी १५ असोजको घटस्थापनाका दिनबाट सुरूहुने दसैंका लागि राजधानीबाट मुलुकभरका विभिन्न गन्तब्यमा जाने यात्रुबाहक बसको टिकट बुकिङ आगामी असोजको पहिलो साताबाट खुल्ने भएको छ । यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरी र यातायात व्यवसायीको समन्वयमा दसैंका लागि राजधानीबाट विभिन्न गन्तब्य हुँदै गाउँ घरसम्म पुग्ने यात्रुको लागि आगामी असोजको पहिलो साताबाट टिकट बुकिङ खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ भनेर आजको राजधानी दैनिकमा खबर छ ।

विद्युतमा तत्काल डेढ खर्ब स्वदेशी लगानीको प्रस्ताव

काठमाडौं,भदौ ११ । नयाँ जलविद्युत् आयोजना निर्माण गर्न आन्तरिक स्रोतबाट तत्काल करिब एक खर्ब ४३ अर्ब रुपैयाँ जुटाउन सकिने भएको छ । विद्युत् उत्पादनमा लगानी आह्वान भएमा यो रकम तत्काल दिने सरकारी कोष तथा कम्पनीहरूको प्रस्ताव छ । जलविद्युतमा स्वदेशी लगानीबारे ऊर्जामन्त्री जनार्दन शर्माले शुक्रबार बोलाएको छलफलमा सरकारी कोष तथा कम्पनीहरूले विद्युत्मा लगानी प्रस्ताव गरेका हुन् । उनीहरूले आफूसँग अहिले रहेको ८८ अर्ब ६० करोड रुपैयाँ र वार्षिक जम्मा हुने रकमबाट प्रतिवर्ष ५४ अर्ब ६० करोड रुपैयाँ जलविद्युत् आयोजनामा लगानी गर्न सकिने प्रस्ताव गरेका छन् ।

ऊर्जामन्त्री शर्माले स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, राष्ट्रिय बिमा संस्थान, नेपाल टेलिकमसँग छलफल गरेका हुन् । छलफलमा जलविद्युत् लगानी तथा विकास कम्पनी, सैनिक कल्याणकारी कोष, नेपाल प्रहरी कल्याणकारी कोष तथा सशस्त्र प्रहरी कल्याणकारी कोष एवं सामाजिक सुरक्षा कोषका प्रतिनिधि पनि सहभागी थिए ।

कर्मचारी सञ्चय कोषले सबैभन्दा बढी अर्थात् ३२ अर्ब रुपैयाँ तत्काल लगानी गर्न सकिने प्रस्ताव गरेको छ । ‘हाम्रो पुुँजी अहिले दुई खर्ब २५ अर्ब छ, कोषमा वार्षिक २० अर्ब थप हुन्छ,’ कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘सरकारले राम्रो आयोजनामा लगानीको प्रस्ताव गरेमा वार्षिक २० अर्ब रुपैयाँ लगानी गर्न हामीलाई कुनै समस्या हुँदैन ।’

सञ्चय कोषले हाल ४५६ मेगावाटको माथिल्लो तामाकोसी, चिलिमेको अगुवाइमा निर्माणाधीन २७० मेगावाटका चार आयोजनामा गरी ३५ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएको छ । जलविद्युत् आयोजनामा इक्विटी लगानी गर्न नमिल्ने भएकाले कोषले सञ्चयकर्तालाई सेयर लगानीको व्यवस्था गरेको छ । तर, अब ऐन संशोधन गरी कोषले जलविद्युत् तथा पूर्वाधार आयोजनामा इक्विटी लगानी गर्न पाउने व्यवस्था हुँदै छ ।

नागरिक लगानी कोषले जलविद्युत्मा तत्काल २१ अर्ब लगानी गर्न सक्ने प्रस्ताव गरेको छ । त्यसपछि वार्षिक १५ अर्ब लगानी गर्दै जान सकिने कोषका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण पोखरेलले बताए । उनका अुनसार कोषको पुँजी ८३ अर्ब ९० करोड छ र प्रतिवर्ष १५ अर्ब रुपैयाँ थपिन्छ । कोषले हाल माथिल्लो तामाकोसीमा इक्विटी र ऋण लगानी गरेको छ ।

नेपाल टेलिकमले विद्युत् उत्पादन गर्न तत्काल १० अर्ब र वार्षिक १० अर्ब रुपैयाँ लगानी गर्ने प्रस्ताव गरेको छ । हाल टेलिकमको पुँजी ३० अर्ब छ । टेलिकमले अहिले माथिल्लो तामाकोसीमा ६ प्रतिशत इक्विटी र ६ अर्ब रुपैयाँ ऋण लगानी गरेको छ । टेलिकमले माथिल्लो त्रिशूली ३ बी आयोजनामा पनि लगानी गर्दै छ ।   आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

असोज पहिलो साताभित्र भूकम्प पीडितलाई पहिलो किस्ता

काठमाडौं,भदौ ११ । भूकम्पबाट अतिप्रभावित जिल्लाका अनुलदान पाउनयोग्य लाभग्राहीले असोज पहिलो साताभित्र रकम पाइसक्ने दाबी संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान रकम उपलव्ध गराउन विशेष अभियान थालेसँगै तीव्र गतिमा रकम उपलव्ध गराइएको मन्त्रालय अन्तरगतको केन्द्रीय कार्यान्वयन एकाइले जानकारी दिएको आजको गोरखापत्र दैनिकमा समाचार छ ।

सिन्धुपाल्चोकमा शुक्रबार मात्रै १० हजार भूकम्पपीडितसँग सम्झौता भएको एकाइका प्रमुख गणेशकुमार वस्तीले जानकारी दिए । शुक्रबारसम्ममा अति प्रभभावित जिल्लाका करिब ७१ दशमलब ८८ प्रतिशत पीडितसँग अनुदान सम्झौता भइसकेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कामकारबाही छिटोछरितो गराउन क्विक रेस्पोन्स टिम तयार गरेर जिल्ला पठाएको छ ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web