काठमाडौं,भदौ ११ । विशिष्ट व्यक्ति साधारण र सामान्य स्वास्थ्य परीक्षणका लागि समेत लाखौं खर्चेर विदेश जान थाले भनेर वीर अस्पतालले करिब दुई वर्षअघि ३० लाख रुपैयाँ खर्च गरी अस्पतालको विशिष्ट क्याबिन मर्मतसम्भार गर्यो। विशिष्ट व्यक्ति पद र सरकारी कोषको दुरूपयोग गरेर साधारण र सामान्य उपचारका लागि पनि विदेश गएको भन्दै सर्वसाधरण र सञ्चार माध्यमले आलोचना गरेपछि अस्पतालका विशिष्ट कक्ष मर्मतसम्भार गरिएको थियो।

अस्पतालले आफ्ना अति विशिष्ट क्याबिन मर्मतसम्भार त गर्यो। तर, मर्मतसम्भार गरेपछि एक जना पनि विशिष्ट व्यक्ति उपचारका लागि दुई वर्षयता वीर अस्पताल नपुगेको खबर आजको नागरिक दैनिकमा छापिएको छ। विगतमा राजपरिवारका सदस्यहरुले समेत प्रयोग गरिएका आधुनिक र उच्च प्रविधियुक्त बिलासी क्याबिनहरू दुई वर्षदेखि बन्द छन्। दुई वर्षदेखि प्रयोग विहिन छन् तिनमा माकुराको जालो धुलो थुप्रिएको छ।

त्यसैगरी शिक्षण अस्पतालले सरकारको अनुरोधमा विशिष्ट व्यक्तिहरूकै उपचारका लागि भनेर डिलक्स क्याबिन बनायो। तर कुनै पनि विशिष्ट व्यक्ति त्यहाँ उपचार गराउन गएनन्।

लाखौ खर्च गरेर डिलक्स क्याबिन बनाएपछि विशिष्ट व्यक्ति स्वदेशमा स्वास्थ्थय परीक्षण र उपचार गराउँदैन। यही क्रममा निरन्तरता दिँदै पूर्वप्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्याण्ड गए। उनलाई पछ्याउँदै अर्का विशिष्ट व्यक्ति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा शुक्रबार त्यही निहुँमा सिंगापुर गए।

19.12¡ÆC