टोकियो ।
हिन्दु नारिहरुको महान पर्व तीजको अवसरमार दर्जन बढी संघसंस्थाले तीज कार्यक्रम गरिरहँदा जापानमा सामाजिक संस्था विइ फर अलले पनि तीज महोत्सवको आयोजना गरेको छ ।

नेपाली महिलाहरुको महान् चाडको अवसरमा विगतका वर्षहरुमा झैं यसपटक पनि सेप्टेम्वर ४ तारिखका दिनमा तीज विशेष कार्यक्रमको आयोजना गरिएको विइफर अल संस्थाले जनाएको छ ।

जापानमा रहेका सम्पूर्ण नेपाली महिलाहरुमा तीजको शुभकामना सहित भेटघाट र रमाइलोको लागि विइ फर अल टोकियोले सेप्टेम्वर ४ तारिख आईतबारका दिन तीज कार्यक्रममा उपस्थितिको लागि अनुरोध समेत गरेको छ ।

जापानमा रहेका नेपाली कलाकार र नेपालबाट समेत कलाकार ल्याएर कार्यक्रम गर्न लागेको बताएको आयोजकले कार्यक्रमको लागि २ हजार येन प्रवेश शुल्क तोकेको छ ।

तोसिमा कुमिन् सेन्टर इकिबुकुरोमा हुन लागेको कार्यक्रमको लागि साँझ ४ बजेबाट सुरुहुने समेत आयोजकले जानकारी गराएको छ ।

22.74¡ÆC