१४ भदौ, काठमाडौं ।
रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ ।

हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ ।

हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका बस्तु प्रयोग भएकाले विभागले सोमबारदेखि निर्माण कार्यमा रोक लगाएको हो ।

17.12¡ÆC