२५ भदौ, सुर्खेत ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान समयमा मधेसको सीमांकनको विषयमा सत्तारुढ दलहरुले संविधान संशोधन गर्न एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

मिडिया नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा उल्लेख गरेको स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ गतेभित्र निर्वाचान गर्न नसके देशमा संवैधानिक रिक्तता भई राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने औंल्याउनु भयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सत्तारुढ दल तथा मधेसवादीपार्टीहरु नै जिम्मेवार नहुँदा आगामी निर्वाचनको मिति घोषणामै अन्यौलता भएको बताउनु भयो । उहाँले स्थानीय पुर्नसंरचनाको विवादलाई अन्त्य गरेर तत्काल स्थानीयको निर्वाचनको मिति चाडै घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँका अनुसार स्थानीय निकायलाई प्रभावकारी बनाउन स्थानीय निर्वाचन अपरिहार्य छ ।

उहाँले संविधान संशोधनका सवालमा मधेस केन्द्रीत राजनीति दलहरुले उठाएका मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्न सरकारले छिटो पहल चाल्नु पर्नेमा जोड दिनु भयो ।

पप्पु गुरुङ्ग- २५ भदौ,कञ्चनपुर । बलत्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको रिसले भारतिय नागरिकले दोधारा चाँदनीको पिडितको आफन्तको घरमा मध्यरातमा परिवारजन माथी आक्रमण पछि डरको कारण आवागमन ठप्प भएको छ् । सिमा वारी पारी नेपाली तथा भारतिय आवागमन बन्द भएपछि राती आक्रमणको डर थप बढेर गएको स्थानियहरुले बताएका छन् । आज बिहान देखि कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नंं. १० कुतियाकवर क्षेत्रमा आवागमन बन्द भएको स्थानियहरुले बताएका छन् । “रातीको आक्रमण पछि आज बिहान देखि डरको कारण सिमा क्षेत्रमा आवागमन बन्द भएको छ् ” स्थानिय मोति सुनारले भने । दोधारा चा“दनीको बाढी ग्रस्त मानिने सिमा क्षेत्रमा रहेको कुतियाकवर गाँउमा बिगतका दिनहरुमा जस्तै सिमा समस्या देखिएको हो ।

३६ घरपरिवार बसोबास गर्ने उक्त महाकाली तथा जगबुडा नदीको दोभानमा रहेको जगबुडा पारीको दुर्गम बस्ती भनेर परिचित कुतियकवरमा गए रातीको भारतियहरुको आक्रमण पछि गा“उनै सुत्न नपाएको बताएका छन् । “सुतेको अवस्थामा कति बेला आएर आक्रमणमा परिने हो, डरले रातभरी सुत्नै सकेनौ” स्थानिय माया देबि सुनारले भने । उनका अनुसार दशगजा क्षेत्रमा घर त्यसैमा नेपाली सुरक्षा निकायको शुन्य उपस्थितीले रातभरी निन्द्रा नलाग्ने गरेको छ् । ंमंगलवार नेपाली महिलाको ओछ्यानमा गएर बलत्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सरद रा“यलाई नछाडे सम्म आक्रमणको श्रंखला बढ्दै जाने अनुमान गरिएको छ् । “आफ्नो मान्छेलाई नछाडेमा पिडितलाई सहयोग गर्नेहरुलाई ज्यान मार्ने धम्की दिएका छन् ” स्थानिय मोती सुनारले भने ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीका प्रहरी निरिक्षक शंकर सिंह धामी अनुसार भारतिय सिमा सुरक्षा बल एसएसबी संग घट्नाको जानकारी सहित दोषीलाई कार्वाही तथा सिमा क्षेत्रलाई शान्त राख्न कुरा भएको छ् । “भारतिय सिमा सुरक्षा बल एसएसबी नौजलीया पोष्ट संग कुराकानी भएको छ्” सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चा“दनीका प्रहरी निरिक्षक शंकर सिंह धामीलृ बताए ।

काठमाडौं, भदौ २५ ।प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणक्रममा सरकारले ग्यास भण्डारणस्थल निर्माण र अमलेखगन्ज–रक्सोल पेट्रोलियम पाइपलाइन क्षमता बढाउन भारत सरकारलाई आग्रह गर्ने भएको छ । नेपाल आयल निगमको स्वामित्वमा ग्यास भण्डारणस्थल नहुँदा सहजै ग्यास उपलब्ध गराउन कठिन भएपछि सरकारले प्रधानमन्त्री भ्रमणलाई त्यसका लागि उपयोग गर्ने तयारी थालेको छ । निजी उद्योगीले इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट एलपी ग्यास ल्याएर बेच्दै आएकोमा निगमले ३५ हजार मेट्रिकटन क्षमताको भण्डारण बनाउन प्रस्ताव गरेको छ । आपूर्ति मन्त्रालय हुँदै परराष्ट्रमार्फत प्रस्ताव तयार पारी पेट्रोलियम पाइपलाइन क्षमता बढाउन आग्रह गर्ने बताइएको छ ।

यसअघि पूर्वप्रधानमन्त्री केपी शर्मा ओली चैत पहिलो साता चीन भ्रमणमा जाँदा इन्धन सम्झौता गर्ने योजना बनाएका थिए । इन्धन सम्झौता गर्न नसकेपछि बेइजिङबाट फर्किंदा पेट्रोलियम भण्डारण र अन्वेषणमा चीनले सघाउने आश्वासन पाए पनि अहिलेसम्म काम अघि बढेको छैन ।

उत्तरी छिमेकीको आश्वासन थाँती रहेकै बेला प्रधानमन्त्री दाहाल अर्को छिमेकी देशको भ्रमणमा इन्धन पूर्वाधार निर्माणसहितका आग्रह लिएर जाँदै छन् । अहिले नेपालका ५३ उद्योगसँग ८ हजार ४ सय मेट्रिकटन ग्यास मात्र भण्डारण गर्ने क्षमता छ ।

उपभोक्तालाई हरक्षण ग्यास उपलब्ध गराउन पुग्ने गरी ३५ हजार मेट्रिकटन क्षमताको भण्डारणस्थल बनाउन मन्त्रालयमा प्रस्ताव गरिएको निगम प्रवक्ता भानुभक्त खनालले बताए । ‘६ हजार मेट्रिकटनको भण्डारणस्थल बनाउन १ सय २० करोड रुपैयाँ लाग्छ,’ उनले भने, ‘करिब १२ अर्ब रुपैयाँको परियोजना हो ।’

डिजेल, पेट्रोल, मट्टीतेल, हवाई इन्धनजस्ता पेट्रोलियम भण्डारण गरेर बेच्दै आए पनि निगमसँग अहिलेसम्म ग्यास भण्डार गर्ने ठाउँ छैन । नेपालमा मासिक करिब २९ हजार मेट्रिकटन ग्यास खपत हुन्छ । निजी उद्योगको भण्डारण क्षमता पर्याप्त नरहेकाले कम्तीमा चार महिना पुग्ने गरी भण्डारणस्थल बनाउन सरकारले पहल थालेको हो । व्यवस्थापिका संसद्को उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले समेत सरकारलाई ग्यास भण्डारण व्यवस्था गर्न निर्देशन दिएको छ ।

निगमले आइओसीका बरौनी, हल्दिया, मथुरा, पानीपथ रिफाइनरीबाट ग्यास ल्याउँदै आएकोमा भारतकै मुजफ्फरपुरबाट ग्यास ल्याउने वातावरण मिलाइदिनसमेत आग्रह गर्ने भएको छ । ‘आइओसीले भारतमै बिक्री गर्न मुजफ्फरपुरमा नयाँ प्लान्ट बनाउँदै छ,’ खनालले भने, ‘उक्त प्लान्टबाट नेपालमा ल्याउने व्यवस्था मिलाउन आग्रह गरेका छौं ।’ मुजफ्फपुरको प्लान्ट नजिक भएकाले त्यहाँबाट ढुवानी गर्न दिए नेपालमा सस्तोमा एलपी ग्यास आउनेछ ।

सरकारले प्रधानमन्त्री भ्रमणकै मेसोमा पेट्रोलियम पाइपलाइन क्षमता बढाउनसमेत भारतलाई आग्रह गर्ने भएको छ । नेपाल र भारतबीच सम्झौतापछि विस्तृत सर्भे भइरहेको अमलेखगन्ज–रक्सौल पाइपलाइन क्षमता बढाउने योजना छ । १० दशमलव ७५ इन्चको पाइपसट्टा १२ इन्च पुर्याउन आवश्यक रहेको निगमले जनाएको छ । ‘हरेक वर्ष पेट्रोलियम खपत बढ्दै छ,’ प्रवक्ता खनालले भने । आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं, भदौ २५ । ढुकुटी र सहकारीको कारोबार पनि बैंकिङ कसुरको दायरामा आएको छ । व्यवस्थापिका संसदले शुक्रबार पारित गरेको बैंकिङ कसुर तथा सजायसम्बन्धी ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयकमा ढुकुटी र सहकारीलाई पनि बैंकिङ कसुरको दायरमा ल्याइएको आजको राजधानीमा समाचार छ । संसदमा विधेयकमाथिको दफवार छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिदैँ उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले जनताको बचत जोखिम नहोस् र ठगी नहोस भनेर ऐन संशोधन गरिएको बताउँदै ढुकुटी नियन्त्रणका लागि पनि विधेयक व्यवस्था गरेको जानकारी दिए । प्रस्ट कानुनका अभावमा यी दुवैको कारोबारमा व्यापक ठगी हुँदै आएपनि कसुरदारलाई कारबाहीको दायरामा ल्याउन सकिएको थिएन ।

काठमाडौं,भदौ २५ । भारतीय तान्त्रिक कानु पहरी तन्त्रमन्त्र गर्दैछन् । हवनकुण्ड वरिपरि सात जना गोलो घेरा गरी बसिरहेका छन् । १६ वर्षे युवतीलाई नजिकै राखेर अनौठो पूजा चलिरहेको छ । मन्त्र पढ्दै तान्त्रिक ‘मानव हड्डी’ का टुक्रमा केही छर्कदैं छन् । ‘हड्डी जाग्छ कि’ भनेर आशापूर्वक हवनतर हेरिरहेका छन् । हड्डी जागेपछि चमत्कार हुने आशमा त्यहाँ एक जोडी मानव बलि दिइदैँछ ।

पहरी लगातार मन्त्र पढ्दै, हवन गर्दै युवतीतिर केही छर्किरहेका छन् । यसरी १८ दिनसम्म राजधानीकै स्वयम्भु, सानोभर्याङस्थित घरका अँध्यारो कोठामा बन्धक बनाइएकी धादिङकी ती युवती धन्य भाग्न सफल भइन्, बेहोसीमा तिनै तान्त्रिकले यो रहस्य खोल्दा । घटनामा संलग्न सबै पक्राउ परेपछि बल्ल घटना सार्वजनिक भयो– २१ औं शताब्दीमा पनि राजधानीमै सोच्नै नसकिने मानव बलिको अकल्पनीय घटना निम्त्याइँदै थियो । आजको नागरिक दैनिकमा खबर छ ।

काठमाडौं,भदौ २५ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले मन्पिरिषद बैठकबाट बिहीबार पूर्वउपप्रधानमन्त्री डा. तुलसी गिरीको उपचार खर्च प्रस्ताव रोकेका छन् । भारतको बैंग्लोरमा उपचार गराएका पूर्वउपप्रधानमन्त्री डा. गिरीको उपचार खर्च बेहोर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद बैठकमा आउनासाथ स्वास्थ्यमन्त्री थापाले कडा रुपमा विरोध गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले डा गिरी विशिष्ट व्यक्ति हो भन्दै उनको मागअनुसारको खर्च रकम स्वीकृत गर्न आग्रह गर्दा स्वास्थ्यमन्त्रीले अस्वीकार गरेका आजको अन्नपूर्णमा समाचार छ । मन्त्री थापाले प्रश्न गरेका थिए, ‘यो मुलुकमा को विशिष्ट हो, होइन कसरी चिन्ने ? यो देशको नेतृत्वले आमनेपालीलाई नै किन विशिष्टको दजाए दिन सक्दैन ? डा. गिरी विशिष्ट हो, होइन थाहा कसरी पाउने ? थापाको भनाइ उद्धृत गर्दै एक मन्त्रीले भने

पप्पु गुरुङ्, २५ भदौ / कञ्चनपुर । मंगलवार नेपाली महिलाको ओछ्यानमा गएर बलत्कार प्रयास गरेको आरोपमा पक्राउ गरेको रिसले भारतिय नागरिकले दोधारा चाँदनीको पिडितको आफन्तको घरमा मध्यरातमा परिवारजन माथी आक्रमण गरेका छन् । सुक्रवार राती करिब ११ बजे कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका वडा नं. १० कुतियाकवर तुल बहादुर सुनारको घरमा भारतिय नागरिकको एक समुहले आक्रमण गरेका छन् । आक्रमण बाट ५५ वर्षिय तुल बहादुर सुनार उनका ३४ वर्षिय श्रीमती गिता सुनार र १५ वर्षिय नाती चन्द्र सुनार गम्भिर घाईते भएका छन् । तुल बहादुर सुनारको टाउको तथा शरिरमा गम्भिर चोट आएको छ, गिता सुनारको दाया हात भाचिएको छ भने चन्द्र सुनारको बाया हातमा चोट आएको छ् । राती खाना खानकको लागी गिता सुनार पानी लिन नल गएको बेला एक्कासी भारतको उत्तर प्रदेश नौजलीया २, कुतियाकवर निवासी बलत्कारको आरोपमा ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा थुनामा रहेका सरद राँयका आफन्तजन कनक राँय, कमल राँय, मनिक राँय लगाएत भारतिय नागरिकका एक समुहले सुनारको घरमा आक्रण गरेको हो । आक्रणको क्रममा सुनारको घरको ढोका तोडिदिएका छन भने भाडा कुडा समेत लथालिङ्ग फालिदिएका छन् । आक्रमण पछि गुहार्न थालेपछि छिमेकी आएपछि आक्रमणकारी भागेका स्थानिय माया देबि सुनारले बताएका छन् । “मार्ने नियतले आएका रहेछन्” स्थानिय माया देबि सुनारले भने । हातहातमा लौरो बोकेर आएका भारतिय आक्रमणकारीले आक्रमण गरेपछि तुल बहादुर सुनारको घर बिस्तापित भएका छन् । उनिहरु आफन्तको शरणमा राती देखि बस्दै आएको नैन सिंह सुनारले बताएका छन् । स्थानिय खबर गरेपछि राती नै नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली कुतियाकवर पुगेर अवस्था बुझेको थियो । मंगलवार बिहान ३ बजे स्थानियले भारतिय नागरिक अन्ताजी ३५ बर्षिय सरद राँयलाई बलत्कार गर्ने प्रयासको आरोपमा पक्राउ गरि स्थानियहरुले प्रहरीलाई बुझाएका हुन् । भारतिय नागरिकहरुले राती आएर घर घेर्ने तथा आफ्नो मान्छे नछाडे, ज्यान समेत जान सक्ने भन्दै धम्की दिदै आएका थिए । श्रीमान तथा एक नानी संग आफ्नै घरमा सुतिरहेको अवस्थामा दोधारा चाँदनी नगरपालिका वडा नं. १०, कुतियाकवर बस्ने कल्पना सुनार (नाउ परिवर्तन गरिएको) लाई मदिरा सेवन गरेर आएका उत्तर प्रदेश, नौजलीया, बंगाली कलौनी निवासी सरद राँयले अध्यारोमा शरिरै भरी छाम्दै बलत्कार प्रयासको आरोपमा उनि पक्राउ परेका हुन् । कल्पनाको घर र भारतिय नागरिक सरद राँयको पसलको दुरी करिब अन्ताजी २ मिटरको रहेको छ् । बिबाद पछि मदिरा पसल उक्त स्थानबाट उठाएको बताईएको छ् । बिगत २ वर्ष देखि सरद राँय दशजगा नेपाली क्षेत्रमा मदिरा उत्पादन तथा बिक्रि बितरण गर्दै आएका छन् । डरले कल्पनाको जहान परिवार पनि बिस्तापित भएर आफन्तको शरणमा बस्दै आएका छन् । गए राती भएको आक्रमणको कारण सिमा क्षेत्र तनाव बनेको छ भने आवत जावत समेत गर्न स्थानियहरु डर मानेका छन् । उक्त क्षेत्रमा गस्ती बढाईने तथा भारतिय नागरिकले गरेको आक्रमणको विषयमा दोषीलाई कार्वाहीको लागी पहल गर्ने ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक बिरेन्द्र विर विश्वकर्माले बताएका छन् ।

काठमाडौं,भदौ २४ । नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा दिनेशकुमार कार्की र राज श्रेष्ठ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्र ढुंगेल तथा कोषाध्यक्षमा धनबहादुर तामाङ रहेका छन् । लक्ष्मण कुँवर, अज्गर खाँ, मिनबहादुर गुरुङ, डेनिल डंगोल तथा कृष्णराज गिरी सदस्यमा चयन भए । दीपकबहादुर गोदारलाई उपाध्यक्षमा मनोनित गरियो भने दामोदर नेपाल सल्लाहकारमा चयन भए । साधारणसभाको नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे ।

काठमाडौं,भदौ २४ । माउन्ट कैलाश र निम्सले बाबा अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेका छन् । माउन्ट कैलाश सिनियर ब्वाइज तथा निम्स गल्र्समा च्याम्पियन बने । त्यस्तै जुनियर ब्वाइजमा गोल्डेनपिक तथा स्टाफमा आयोजक बाबाले उपाधि चुमे ।सिनियर ब्वाइज फाइनलमा माउन्ट कैलाशले निम्सलाई १८–१६ ले पराजित ग¥यो । गल्र्स फाइनलमा निम्सले न्यु भिजनलाई १८–१० ले हरायो ।

त्यसैगरी, जुनियर ब्वाइजमा पहिलो भएको गोल्डेनपिकले उपाधि भिडन्तमा बाबा ‘ए’ लाई १७–१५ ले पाखा लगायो । स्टाफको फाइनलमा बाबाले महामञ्जुश्रीलाई २१–१८ ले निराश पा¥यो ।

सिनियर ब्वाइजमा माउन्ट कैलाशका मिङमार छिरिङ शेर्पा, गल्र्समा निम्सकी मनीषा तामाङ, जुनियर ब्वाइजमा गोल्डेनपिकका पेम्बा छिरिङ शेर्पा तथा स्टाफमा बाबाका डिकेश प्रधान ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिए ।

सिनियर ब्वाइजमा डाफोडिल बोर्डिङ स्कुल, गल्र्समा काष्ठमण्डप, जुनियर ब्वाइजमा रिलायन्स पब्लिक स्कुल तथा स्टाफमा बृहस्पति विद्या सदनले अनुशासित टिमको उपाधि हात पारे ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, राष्ट्रिय बास्केटबल खेलाडी सदीश प्रधान र बाबाका भाइस प्रिन्सिपल डिबी दाहालले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । पाँचदिने प्रतियोगिताको सिनियर ब्वाइजमा २६, गल्र्समा १४, जुनियर ब्वाइजमा ८ तथा स्टाफमा १० टिम सहभागी थिए ।

काठमाडौं,भदौ २४ । ज्ञाननिकेनले प्रथम माफ अन्तरविद्यालय सिनियर छात्रा बास्केटबल प्रतियोगिताको उपाधि शुक्रबार जितेको छ । म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) द्वारा आयोजित प्रतियोगिताको फाइनलमा ज्ञाननिकेतनले गोल्डेनपिकलाई २१–१६ ले पराजित ग¥यो । ज्ञाननिकेतनको जितमा सुस्मिता लामाले १० अंक योगदान गरिन् ।

पहिलो क्वाटरमा ४–३ को अग्रता लिएको ज्ञाननिकेतन दोश्रोमा २–४ ले पछि प¥यो । ज्ञाननिकेतनले तेश्रोमा ८–७ स्कोर गर्दै खेललाई १४–१४ को बराबरी स्थितिमा पु¥यायो । चौथो तथा निर्णायक क्वाटरमा ज्ञाननिकेतनले ७–२ को अग्रता लिदै उपाधि सुनिश्चित ग¥यो ।

शंखमूलस्थित ज्ञाननिकेतनको कोर्टमा भएको प्रतियोगितामा कन्स्टिलेसनले तेश्रो स्थानमा चित्त बुझायो । माया श्रेष्ठको ८ अंक सहयोगमा कन्स्टिलेसनले जगतमन्दिरलाई १६–१० ले हरायो ।

ज्ञाननिकेतनकै डेजी कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भइन् । विजेतालाई ज्ञाननिकेतनका संस्थापक प्रिन्सिपल एवं माफका वरिष्ठ सल्लाहकार शेरबहादुर कुँवर, माफका अध्यक्ष राजु राई, माफका सचिव राजन आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ १९ गतेदेखि सुरु प्रतियोगितामा माफमा आबद्ध विभिन्न २० विद्यालय मध्ये १२ विद्यालयका टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

२४ भदौ, काठमाडौं ।

संघीय गठबन्धनका संयोजक एवम् संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकको आन्तरिक समस्या हल नगरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमणमा जानुको कुनै औचित्य नहुने स्पष्ट पारेका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा अध्यक्ष यादवले धेरै नेताको लागि ‘दिल्ली’ सरकारमा जाने र सरकारबाट गिराउने माध्यम बनेको भन्दै द्धिपक्षीय सम्बन्धलाई त्यस्तो खेलमा समाहित गर्न नहुने बताए । उनले अघि भने,‘आन्तरिक मामिलालाई लथालिंग पारेर यही अवस्थामा दिल्ली जाँदा स्वयम् प्रधानमन्त्रीलाई पनि भारतले राम्रो मान्दैन, त्यसैले जाने वेलामा दिल्ली जाने तर फर्कने वेलामा विल्ली बन्न नपरोस् ।’

साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणको कार्यतालिका सारेर भएपनि पहिले आन्तरिक मामिला हल गर्नुपर्ने बताएका छन् । उनले अघि भने,‘मुलुकका बर्निङ् ईस्युलाई सम्बोधन नगरी, लथालिंग छोडेर भ्रमणमा जाने रुचि नै गलत हो, यो प्रवृत्ति नै गलत छ ।’

प्रधानमन्त्रीको भारत भ्रमणलाई कसरी हेर्नुभएको छ भन्ने पत्रकारको प्रश्नमा यादवले भने,‘हुन त स्वयम प्रधानमन्त्रीले पनि भारत भ्रमणको बारेमा केही माग्न जान लागेको होईन भन्नुभएको छ, तर पनि जनतालाई सुसुचित गर्नुपर्छ ।’उनले प्रधानमन्त्री दाहालले भारत लगत्तै अमेरिका भ्रमण गर्न लागेकोमा समेत आपत्ति जनाए । यादवले भने,‘अहिले किन जानु पर्यो, युएनको बैठकमा भाग लिन प्रधानमन्त्री नै जानुपर्छ भन्ने छैन, मन्त्री या सांसदलाई पठाउँदा पनि हुन्छ नि ।’ उनले प्रधानमन्त्रीलाई विदेशी सहयोग लिन चाहेको भएपनि अझै प्रशस्तै समय रहेको भन्दै व्यंग्य गरे ।

‘तीन बुँदे सहमति कार्यान्वयनबारे सरकारले केही गरेन’अध्यक्ष यादवले सरकारले संविधान संशोधन त परै जाओस मोर्चासँग गरेको तीन बुँदे सहमतिमा अहिलेसम्म प्रवेश नै नगरेको आरोप समेत लगाए ।

उनले थपे,‘गृहकार्य भैरहेको छ भनेर बाहिर कुरा आएको छ, तर कहाँ भएको हो, मलाई त थाहा छैन, यदि घरभिर भएको हो भने हामीलाई थाहा छैन् ।’

संविधान संशोधन गर्ने नेपालको आन्तरिक मामिला भएकोले सो विषय नेपाल आँफैले टुँगो लगाउने कुरामा आफू विश्वस्त रहेको यादवले बताए ।

संविधान जारी भएयता नेपाल–भारतवीच दुरी बढेको उल्लेख गर्दै असन्तुष्ट पक्षहरुको माँगलाई संवैधानिक ढंगले संशोधनमार्फत हल गर्नुपर्ने आजको आवश्यकत्ता रहेको बताए ।

कालो दिवस मनाउने

यादवले संविधान कार्यान्वयनको लायक नै नभएकाले आफूहरुले संविधान दिवसलाई कालो दिनको रुपमा मनाउन लागेको स्प्ष्ट पारे ।

यादवले थपे,‘मधेशीको लासमाथि टेकेर रगतको छिट्टाले पोतिएको संविधान बलजफ्ती जारी गरिएको हो, यसको हामी देशभरि विरोध गर्दछौं ।’

‘छिमेकी देशमा दुत पठाउनु नै गलत’

चीनको राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको भन्ने हल्ला चलिरहेको छ, यहाँको धारणा के हो भन्ने पत्रकारको जिज्ञासामा उनले भने,‘सरकार गठन पुरा नहुँदै छिमेकी देशमा दुत पठाएर सरकारले गम्भिर गल्ती गर्यो, अब हेर्दै जानुहोस के के असर पर्ने हो ?’

केन्द्रले स्थानीय निकायमा हात हाल्नु गलत

स्थानीय निकाय प्रादेशिक सरोकारको विषय भएकोले केन्द्रिय निकायले हस्तक्षेप गरेको आरोप लगाए । उनले प्रादेशिक संरचना र संघीयतालाई नै धरापमा पार्ने षड्यन्त्रको लागि स्थानीय निकायको चुनावको हल्ला चलाईएको बताए । संविधान संशोधनमार्फत आफुहरुको माग सम्बोधन नभएसम्म चुनाव सम्भव नभएको यादवको दाबी थियो ।

‘संशोधनको नाममा संशोधन गरिए अमान्य’

संशोधनको नाममा संशोधन गर्ने काम गरिए आफूहरुलाई त्यो कुरा कुनै हालतमा मान्य नहुने यादवले चेतावनी दिए । यादवले भने,‘गठबन्धन वा मोर्चासँग सहमति नगरिकन संशोधन गरियो भने हामी त्यसको घोर विरोध गर्छौ, समष्टिगत रुपमा समस्याको समाधान हुनुपर्छ, त्यसको लागि संविधान संशोधन गर्नुपर्छ ।’

बलजफ्ती नाम मात्रैको लागि संशोधन गर्ने काम गरिए आफूहरु सशक्त आन्दोलनमा होमिने चेतावनी दिँदै यादवले भने,‘आन्दोलनले संविधान बर्खास्त गर्छ, आँफैले गरेको गल्ती सुधार गर्ने वा सच्याउने अवसर हो, बल सरकारको कोर्टमा छ ।’ ९० प्रतिशतबाट संविधान जारी भएको भन्नेहरुले नै आज आएर संविधान संशोधन गर्नुपर्छ भन्दै हिँडेकोले संविधान संशोधनको विकल्प नभएको यादवको भनाई थियो ।

प्रधानमन्त्रीले बोलेको कुरा पुरा गर्नुपर्छ

प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदबाट जनताको नाममा गरेको सम्बोधनबारे प्रतिक्रिया दिँदै उनले भने,‘प्रधानमन्त्रीले बोलेपछि पु्र्याउनुपर्छ, बोली बचनमा पक्का हुनुपर्छ ।’

२४ भदौ, एजेन्सी ।
उत्तर कोरियाले परमाणु बम परीक्षण गर्दा उत्तर कोरियामा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

दक्षिण कोरिया सरकारले उत्तरले परमाणु परीक्षण गरेका कारण भूकम्पको धक्का आएको दाबी गरेको छ ।

अमेरिकी भौगर्भिक सर्बेका अनुसार भूकम्पको झट्का जमिनको माथिल्लो सतहमा महसुस गरिएको थियो । प्राकृतिक भूकम्प जमिनको तल्लो भागमा जाने भन्दै उसले पनि यो परमाणु परिक्षणको धक्का भएको दावी गरेको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सी यस विषय बारे अध्ययन गर्न आकस्मिक बैठक डाकेको छ ।

यो संभावित परमाणु परीक्षण १९४८ मा उत्तर कोरिया गठन गरिएको वर्षगाठको अवसरमा भएको हो ।

जापानका प्रधानमनत्री शिन्जो आवेले उत्तर कोरिया कुनै परीक्षण गर्छ भने त्यसलाई सहन नसकिने बताएका छन् । अमेरिकाले पनि उत्तरको गतिविधिको अध्ययन गरिरहेको जनाएको छ ।

स्मरणीय छ उत्तर कोरियाले अमेरिका तथा युरोपेलि युनियन तथा छिमेकी दक्षिण कोरिया र जापानको चेतावनीका बावजुद छोटो तथा लामो दुरीको क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ ।