<p><span style="line-height: 1.42857143;">काठमाडौं,भदौ २४ । नेपाल क्योकुसिन बुदोकाइ कराते संघको विशेष साधारणसभाले कपिलप्रसाद लोहनीको अध्यक्षतामा ११ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ ।</span><br></p><p>उपाध्यक्षमा दिनेशकुमार कार्की र राज श्रेष्ठ, महासचिवमा राजेन्द्र सुवेदी, सचिवमा रुद्र ढुंगेल तथा कोषाध्यक्षमा धनबहादुर तामाङ रहेका छन् । लक्ष्मण कुँवर, अज्गर खाँ, मिनबहादुर गुरुङ, डेनिल डंगोल तथा कृष्णराज गिरी सदस्यमा चयन भए । दीपकबहादुर गोदारलाई उपाध्यक्षमा मनोनित गरियो भने दामोदर नेपाल सल्लाहकारमा चयन भए । साधारणसभाको नेपाल क्योकुसिन कराते डो संघका अध्यक्ष जगतप्रसाद गौचनले एक कार्यक्रमबीच उद्घाटन गरे ।</p>
26.12¡ÆC