उत्तर कोरियाले परमाणु बम परीक्षण गर्दा ५.३ को भूकम्प

२४ भदौ, एजेन्सी ।
उत्तर कोरियाले परमाणु बम परीक्षण गर्दा उत्तर कोरियामा ५.३ रेक्टर स्केलको भूकम्प गएको छ ।

दक्षिण कोरिया सरकारले उत्तरले परमाणु परीक्षण गरेका कारण भूकम्पको धक्का आएको दाबी गरेको छ ।

अमेरिकी भौगर्भिक सर्बेका अनुसार भूकम्पको झट्का जमिनको माथिल्लो सतहमा महसुस गरिएको थियो । प्राकृतिक भूकम्प जमिनको तल्लो भागमा जाने भन्दै उसले पनि यो परमाणु परिक्षणको धक्का भएको दावी गरेको छ ।

दक्षिण कोरियाको राष्ट्रिय सुरक्षा एजेन्सी यस विषय बारे अध्ययन गर्न आकस्मिक बैठक डाकेको छ ।

यो संभावित परमाणु परीक्षण १९४८ मा उत्तर कोरिया गठन गरिएको वर्षगाठको अवसरमा भएको हो ।

जापानका प्रधानमनत्री शिन्जो आवेले उत्तर कोरिया कुनै परीक्षण गर्छ भने त्यसलाई सहन नसकिने बताएका छन् ।  अमेरिकाले पनि उत्तरको गतिविधिको अध्ययन गरिरहेको जनाएको छ ।

स्मरणीय छ उत्तर कोरियाले अमेरिका तथा युरोपेलि युनियन तथा छिमेकी दक्षिण कोरिया र जापानको चेतावनीका बावजुद छोटो तथा लामो दुरीको क्षेप्यास्त्र परिक्षण गर्दै आएको छ ।

धार्मिक मुडभेड खोज्दै क्रिश्चियनले दशैं तिहारको बिरोध सहित धर्म प्रचार घोषणा गरे

२४ भदौ, काठमाडौं ।
नेपालका क्रिश्चियन धर्मगुरुहरुले हिन्दु धर्म र नेपालीहरुको महान् चाड दशैंको बिरोध गर्दै दशैंभर प्रचारात्मक कार्यक्रमको घोषणा गरेका छन् ।

नेपालमा रहेका अवैध आइएनजिओहरुले गरिरहेको धर्म प्रचारलाई अनुमति दिनुपर्ने माग समेत गर्दै उनिहरुले क्रिश्चियनहरुलाई राज्यका सबै निकायमा समानुपातिक समावेशी प्रतिनिधित्वको समेत माग गरेका छन् ।

राष्ट्रिय ख्रिष्टियन महासंघले क्रिश्चियनहरुको समानुपातिक प्रतिनिधित्व संविधान र कानुनमै सुनिश्चित हुनुपर्ने माग समेत राखेका छन् ।

काठमाडौंमा दुईसम्म चलेको भेलाले क्रिश्चियन धर्म प्रचारमा अवरोध नगर्न सरकारलाई चेतावनी दिएको छ ।

क्रिश्चियन समदुायद्वारा सञ्चालित बालगृहहरुलाई धर्म प्रचारको नाममा झूठा मुद्दा लगाउने र धरपकड गर्ने काम भइरहेको भन्दै त्यस्ता धर्म प्रचार बालगृह चलाउन पाउनुपर्ने समेत उनिहरुले माग राखेका छन् ।

महासंघले क्रिसमसमा क्रिश्चियनलाई मात्रै सार्वजनिक बिदा दिने निर्णयको विरोध गर्दै हिन्दुहरुलाई पनि बिदा दिनुपर्ने माग समेत राखेको छ ।
त्यस्तै क्रश्चियन समुदायको पर्व इष्टर सण्डेलाई पनि राष्ट्रिय पर्व घोषणा गरि सार्वजनिक बिदा दिनुपर्ने उनिहरुको माग छ ।

चर्चहरुलाई स्वतन्त्र गुठीका रुपमा व्यवस्था गरी राष्ट्रिय ख्रिष्टियन आयोग गठन गर्न समेत भनेका क्रिश्चियनहरुले सरकारी ढुकुटीबाट क्रिश्चिय धर्म प्रचार र चर्चलाई पैसा दिनुपर्ने समेत माग गरेका छन् ।

रोचक तर धार्मिक भड्काउ गर्ने खालको निर्णय त के भने ख्रिष्टियन महासंघले भदौ २६ गते देशभरका मण्डलीहरुमा प्रार्थना गर्ने तथा असोज ३ गते वृहत प्रार्थना सभागर्ने कार्यक्रम घोषणा गरेको छ ।

असोज ४ गते सबै जिल्ला प्रशासनहरु मार्फत प्रधानमन्त्री र गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाउने बताएका उनीहरुले हिन्दूहरुले दशैं तिहार मनाइरहेका बेला असोज ४ देखि मंसिर १ गतेसम्म देशभर बिभिन्न प्रचारात्मक आन्दोलन र हस्ताक्षर अभियान सन्चालन गर्ने भन्दै करिव ९० प्रतिशत हिन्दु धर्मावलम्बि रहेको देशमा धार्मिक भड्काउ र उत्तेजना फैलाउनेगरि धर्म प्रचार सहित हिन्दु धर्म र महान चाड दशैं तिहारको सांकेतिक बिरोध सहित सभा गर्ने भएका छन् ।

पशुपतिमा भारतीय पुजारी हटाउन खोज्ने प्रचण्ड पशुपति पुर्ननिर्माण भारतलाई दिंदै

२४ भदौ, काठमाडौं ।
यिनै पुष्पकमल दाहाल उर्फ प्रचण्ड हुन जसले पशुपतिनाथ मन्दिरमा रहँदै आएका भारतीय पुजारी हटाएर नेपाली राख्न भन्दै हटाउने । तर समय फेरिएको छ । उनै प्रचण्ड अहिले देशको प्रमुख मन्दिरको रुपमा मानिने पशुपतिनाथ मन्दिर पनि भारतलाई पुर्ननिर्माण गरिदिन विन्ति गरिरहेको छ ।

पवित्र पशुपतिनाथ मन्दिर क्षेत्र पुनर्निर्माणमा छिमेकी मुलुक भारतले चासो दिँदै आएको बेलामा प्रधानमन्त्री प्रचण्डले आशन्न भारत भ्रमणमा सम्झौता सहित पुर्ननिर्माणको जिम्मा भारतलाई दिने भएका छन् ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपतिनाथ क्षेत्र पुनर्निर्माणबारे भारतसँग एमओयूलाई भ्रमणको एजेण्डा बनाउन प्रस्ताव गरेको छ ।

पुरातत्व विभाग र पशुपति क्षेत्र विकास कोषको स्वीकृति लिएर एमओयूको मस्यौदालाई अन्तिम रुप दिइएको छ ।

तर, परराष्ट्र, अर्थ र कानुन मन्त्रालयको सहमति आउन बाँकी छ । ‘अबको केही दिनमा तीनवटै मन्त्रालयको सहमति आएमा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुई देशबीच एमओयू हुने देखिएको छ ।

पशुपतिनाथ क्षेत्रको पुनर्निर्माणमा भारतले लामो समयदेखि चासो दिँदै आएको छ ।

केही वर्ष पहिले आर्कोलोजिकल सर्भे अफ इण्डियाको प्राविधिक टोली आएर अध्ययन पनि गरेको थियो । मन्दिर प्रवेश गर्ने पूर्व पट्टिको सिँढीमा समस्या देखिएपछि नेपालले नै भारतीयलाई बोलाएको थियो । तर, भारतीय टोली आउँदा यहाँ काम भइसकेको थियो ।

त्यो टोलीले मुल मन्दिर क्षेत्रको पनि अवलोकन गरेर फर्कियो । भारतमा बीजेपी सरकार बनेपछि एएसआईका टोली फेरि नेपाल आएर  मूल मन्दिर क्षेत्रको फोटोग्राफीसहित अध्ययन गरेको थियो । त्यसयता भारतले पशपुति क्षेत्रको आवश्यक पुनर्निर्माणमा लगातार चासो दिँदै पुर्ननिर्माण जिम्मा आफुलाई दिन राजनीतिक प्रभाव समेत प्रयोग गर्दै आएको छ ।

मुल मन्दिरसहित कोर एरियाबाहेक बाँकी क्षेत्रको पुनिर्निर्माणको जिम्मा  भारतलाई दिने बताइएपनि यसको यकिन भइसकेको छैन ।

यसबारे प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा हुने सम्झौता पछि मात्र खुल्ने छ ।

सुरक्षा, गोपनियता लगायतका दृष्टिले देशको प्रमुख मन्दिर क्षेत्र आफैंले बनाउनुपर्नेमा प्रचण्ड सरकार पशुपतिनाथ जस्तो पवित्र मन्दिर समेत भारतलाई बनाउन विन्ति गर्दै जिम्मा दिन लागि पर्नाले हालको सरकारको नियत र देशप्रतिको जिम्मेवारी छताछुल्ल भएको संस्कृतिविद्ध तथा राजनीतिक विश्लेषकहरुले टिप्पणी गर्न थालेका छन् ।

स्मरणीय कुरा त के छ भने दुई वर्षअघि नेपाल भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रका लागि २५ करोड भारु दिने घोषणा गरेपनि उक्त रकम अझैसम्म दिएका छैनन् ।

संसदमै एमालेले सरकारलाई सोध्यो-‘चिनियाँ राष्ट्रपतिको भ्रमण रोकिएको हो ?’

२४ भदौ, काठमाडौं ।
पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण रोकिने अड्कलबाजिका बिच रोकिएको भन्ने खवर सार्वजनिक भइरहेका बेलामा प्रतिपक्षिदल एमालेले यसबारेमा सरकारसँग जवाफ मागेको छ ।

प्रमुख विपक्षी दल नेकपा एमालेले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण स्थगित भएको खवरबारे संसदलाई स्पष्ट पार्न प्रधानमन्त्री दाहालको ध्यानाकर्षण गराएका छन् ।

शुक्रबार संसद बैठकमा विशेष समय लिएर बोल्दै एमाले सांसद राजेन्द्र पाण्डेले चिनियाँ राष्ट्रपति शी जिनपिङको भ्रमण रोकिएको भन्ने खबर आएको भन्दै के हो प्रष्ट पार्न माग गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले सन्तुलित विदेश नीति नलिएको दाबी गर्दै पाण्डेले प्रश्न गरे, ‘चिनियाँ राष्ट्रपति आउने तय भएको थियो । अहिले रोकिएको भन्ने खबर आएको छ । के भएको हो सरकारले सदनमा जानकारी गराउनुपर्छ ।’

प्रधानमन्त्री प्रचण्डले संसदमा गरेको सम्बोधन नीति तथा कार्यक्रम हो भनेर उनले प्रश्न गरेका छन् ।

प्रचण्ड स्वयमले अघिल्लो सरकारले ल्याएको कार्यक्रमहरुका लागि कहाँबाट पैसा आउँछ भनेर प्रश्न गरेको स्मरण गर्दै उनले भने, ‘आज म प्रश्न गर्न चाहन्छु, कहाँबाट आउँछ पैसा ?’

भूकम्प पीडितले ५० हजार रुपैयाँ समेत पाउन नसकेको बेला सरकारले ८ लाखसम्म दिने घोषणा गरेको भन्दै उनले भूकम्प पीडितले घोषणा मात्र पाउने हो भनि प्रश्त समेत गरे ।

कमैया प्रथा उन्मुलन घोषणा १६ बर्ष, कमैयाको अवस्था उस्तै

२४ भदौ, काठमाडौं ।
कमैया प्रथा उन्मुलनको घोषणा भएको १६ बर्ष पूरा भए पनि मुक्त कमैयाहरुलाई अमmै पनि बासको व्यवस्था हुन नसकेको भन्दै मुक्त कमैया समाजले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटी मुक्त कमैया समाजका पदाधीकारीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री दाहाले मुक्त कमैयाका माग प्रति सरकार गम्भिर भएको बताउनु भएको मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरीले जानकारी दिनु भयो ।

सरकारले ऐन बनाएरै व्यवस्थित पुनःस्थापना गर्ने भनिएका कामहरु कार्यान्वयन हुन नसकेको भन्दै समाजले १२ बुँदे माग सहितको ज्ञापन पत्र प्रधानमन्त्री दाहाल समक्ष बुझाएको बाध्य भएको मुक्त कमैया समाजका अध्यक्ष चौधरीले बताउनु भयो ।

Pedestrian killed -Morang District

A pedestrian has been killed in a road mishap at Koshiharaicha Municipality-9 of  Mornag district along the East-West Highway this morning.

The deceased has been identified as Padam Kumari Bhatta (Ghimire) of Shadananda Municipality-4 of Bhojpur district.

According to Police Inspector at  Area Police Office, Belbari, Meghraj Thapa. Bhatta died on the spot in the incident.

The accident took place when a bus  en route to Narayangadh from Kakadvitta of Jhapa district hit her. Police have arrested the bus driver and have impounded the vehicle.

Meanwhile, Mansingh Khatri of Karkigaun-6 of Jajarkot who was injured in a fire that broke out on Sunday in Jajarkot  district died this morning in course of treatment in Kirtipur, Kathmandu.

Earlier, Sangita Khatri, 19, of Nayakbada-2 of the same district had died in the same incident.

The incident took place when a hotel Sangita caught fire.

Tek BD Basnet appointed CPN Maoist party’s Chief Whip

CPN -Maoist Centre  Parliamentary Party today appointed lawmaker Tek Bahadur Basnet as the party's Chief Whip.
The Parliamentary Party meeting held at Singha Durbar selected Basnet with an objective to streamline its working style to bring about effective results.

The Centre's post of Chief Whip remained vacant after Hitraj Pandey was appointed the Minister for Federal Affairs and Local Development.
The meeting presided over by the Centre's PP leader and Prime Minister Pushpa Kamal Dahal also formed a parliamentary board.

The board members include Centre's Chairman Dahal, deputy leader Top Bahadur Rayamahji, whip Sita Nepali, lawmakers Girirajmani Pokharel, Haribol Gajurel, Agni Prasad Sapkota, Shakti Basnet, Prabhu Sah, Ganeshman Pun, Rekha Sharma, Ram Narayan Bidari, Santu Darai and Shiva Kumar Mandal.

The meeting also divided the task of the board. The meeting has also handed over the responsibility of the board secretary to lawmaker Bidari whereas lawmaker Agni Prasad Sapkota will be sent to the Parliamentary Special Hearing Committee (PSHC).

The party has also appointed Shiva Kumar Mandal as the coordinator of the Province 1, Ram Singh Yadav in Province 2, Satu Darai in Province 3, Krishna Dhital in Province 4, Dor Prasad Upadhyay in Province 5, Mahendra Bahadur Shahi in Province 6 and Harilal Gyawali in Province 7.

In his address to the meeting, PM Dahal said that the present coalition will retain until the local, provincial and federal elections and instructed the lawmakers to make the party's role influential. "We will be in the government until all the three elections are held.

So we need to make the work of the party effective," PM Dahal said. "The country was in risk of facing a fearful polarization. The government has addressed the internal national issues to create a strong base of national unity," he added.
The PM said his upcoming visit to India would focus on diplomatic balance and relations and informed the PP of the preparations for exchange of high level visits.

Election of all three bodies should be held resolve madhes related issues-Kamal Thapa

Chairman President of Rastriya Prajatantra Party Nepal Kamal Thapa has said election of all three bodies should be held in the allocted time by resolving the the madhes related issues to prevent state from facing constitutional crisis.

Speaking at a press conference organised by RPPN Party today in Butwal, Chair Thapa also said the main responsibility of the incumbent government and ruling party is to hold all three level elections by addressing the demands raised by Madhes based parties.

Sating that the incumbent government formed in the coalition of Madhes based parties could not address the demands raised by Madhesi Fronts, Chair Thapa also said that this has become a subject of curiosity.
Thapa further said implementation of constitution is an alternative to maintain political stability and economic prosperity of the the country.

ओलीले थाइल्याण्डमा र का अधिकारी भेटेको पुष्टि

काठमाडौं,भदौ २४ ।  स्वास्थ्य उपचारको बहानामा थाइल्याण्ड पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भारतीय खुफिया एजेन्सी र का उच्च अधिकारीसँग भेटवार्ता गरेको पाइएको छ । नेपाली दूतावासका अधिकारीलाई थाहै नदिइ ओली तीन दिन भन्दा बढी समय थाइल्याण्डमा हराएको थाइल्याण्डस्थित नेपाली दूतावासका एक अधिकारीले जानकारी दिएका छन् ।

ती अधिकारीकाअनुसार दुई दिन मात्रै अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री ओली बु्रमगाड अस्पतालमा उपचारका लागि गएका थिए । त्यो समयमा ओलीले आफ्नै दैनिक जानकारी थाइल्याण्डस्थित नेपाली दूतावासलाई गराएका थिए । दूतावासले पनि पूर्व प्रधानमन्त्रीको बारेमा चासो राखेर आवश्यक सेवा सुविधा उपलब्ध गराएको थियो ।

मुलुकको कार्यकारी प्रमुख भइसकेको व्यक्तिको दैनिक जीवनमा गाह्रो साह्रो पर्दा सहयोग गर्ने चलन अनुसार नै उनलाई सहयोग गरिएको हो , तर पछिल्ला दिनमा ओली दूतावासका अधिकारीलाई समेत थाहा नदिइ बेपत्ता भएका थिए । दूतावासका अधिकारीले हैन हजुर केही सहयोग गर्नुपर्छ कि भन्दा ओलीले पर्दैन मेरो यसो भेटघाट छ भन्दै दूतावासका अधिकारीलाई नआउन भनेका थिए ।

दूतावासले उपलब्ध गराएको सवारी नचडी आफ्ना विश्वासपात्र विष्णु रिमाललाई लिएर ओलीले मध्य थाइल्याण्डमा रहेको भारतीय नागरिकले चलाएको होटल थाइ ग्राण्डमा भारतीय खुफिया एजेन्सी र का उच्च अधिकारीसँग भेटघाट गरेको स्रोतको दावी छ ।

दूतावासका कर्मचारीले भने खै प्रर्व प्रम ज्यू तीन दिन जसो हाम्रो सम्पर्कमा रहनुभएन, उहाँको भेटघाट राजनीतिक थियो कि आर्थिक थियो कि त्यो आफूहरुलाई थाहा भएन । ती अधिकारीले उपचारको क्रममा थाइल्याण्डमा रहँदा ओलीले उपचारको अलावा भेटघाटमा सरिक भएको बारेमा भने आफूलाई जानकारी भएपनि को को सँग कहाँ कहाँ भेटवार्ता भयो भन्ने बारेमा बताउन नसक्ने बताए ।

थाइल्याण्डमा कार्यरत गैरआवासिय नेपाली संघका एक प्रतिनिधिले नाम नलेख्ने सर्तमा दिएको जानकारीअनुसार ओलीले तीन दिन होटल थाइ ग्राण्डमा दारी पालेका भारतीय जस्ता देखिने व्यक्तिसँग भेटघाट गरेको बताए । ती प्रतिनिधिकाअनुसार अध्यक्ष ओलीको भेटघाटको चाँजो पाँजो भने भारतीय दूतावासका अधिकारीले नै मिलाएका थिए ।

त्यसो त विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भने ओलीले आफू उपचारको लागि गए पनि सुतेर नबसेको बताएका थिए । राजनीतक प्राणी भएपछि भेटघाट, छलफल हुनु सामान्य विषय हो, त्यसलाई धेरै तन्काउनु जरुरी नरहेको उनको भनाइ थियो । आफू सुत्न नगएको, उपचार गरियो, नेपाली, विदेशी केहीसँग छलफल भयो, यो समान्य कुरा हो, तर जुन तवरले प्रचार भयो, त्यो भने गलत रहेको उनले किटस्थहरुलाई बताएका थिए । आजको जनआह्वान साप्ताहिकमा खबर छ ।

संसदमा बजेटआश्रित विधेयक अघि बढाउन विकल्प खोज्दै सरकार

काठमाडौं,भदौ २४ । संसद्मा विचाराधीन चालू आर्थिक वर्ष ०७३–७४ को बजेटसँग आश्रित तीन विधेयक अघि बढाउन कानुनी जटिलता देखिएपछि सरकारले विकल्प खोज्न थालेको छ । संसद् नियमावली, २०७३ अनुसार संसद्ले एकपटक अस्वीकृत गरेको विधेयक सोही अधिवेशनमा पुनः प्रस्तुत गर्न पाइँदैन । बजेटसँग आश्रित तीन विधेयक चालू अधिवेशनमै अस्वीकृत भएकाले पुनः पेस गर्न सकिँदैन ।

अब सरकारसँग चालू अधिवेशनलाई अन्त्य गरी अर्को अधिवेशन बोलाउने वा नियमावलीको व्यवस्था निलम्बन गरी विधेयक पारित गर्ने विकल्प भएको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।

कसले के भने?

राजनीतिक  सहमति खोज्दै छौँ कृष्णबहादुर महराः उपप्रधानमन्त्री एवं अर्थमन्त्री

व्यवस्थापिका–संसद् नियमावली, २०७३ अनुसार बजेटआश्रित विधेयक संसद्मा पेस गर्न केही जटिलता देखिएको छ । सरकारले नियम निलम्बन गर्न वा अन्य विकल्पका लागि राजनीतिक सहमति खोजिरहेको छ । शीर्ष राजनीतिक तहमा छलफल भइरहेको छ । मैले पूर्वअर्थमन्त्रीहरूसँग पनि छलफल गरेको छु । राजनीतिक रूपमा अविश्वासको वातावरण भएका वेला ती विधेयक संसद्बाट अस्वीकृत भएका थिए । अहिले विश्वासको वातावरण छ, विधेयक चाँडोभन्दा चाँडो संसद्मा पेस हुनेछ । विधेयकको मूल अंक र तात्विक सार उस्तै रहने गरी भाषिक फेरबदल तथा छुटेका कुरा थपेर राजनीतिक सहमतिमै पास हुनेछन्।

नियमावलीको ब्यवस्था ख्याल गर्नुपर्छ विष्णुप्रसाद पौडेल पूर्वअर्थमन्त्री

नियमावलीअनुसार संसद्ले एकपटक अस्वीकृत गरेको विधेयक सोही अधिवेशनमा पुनः प्रस्तुत गर्न पाइँदैन । सरकारले नियम निलम्बन गर्न सक्दैन, संसद्मा प्रस्ताव मात्रै गर्न सक्छ । सरकारले पूरक बजेटको पनि चर्चा चलाएको छ । तर, बजेट जेठ १५ मा मात्रै ल्याउने संवैधानिक व्यवस्था छ । अझ अर्को कुरा चालू बजेट आधा मात्रै पास भएको छ, खर्च हुने विधेयक पास भएको छ, स्रोत जुटाउने पास भएको छैन । उहाँहरूले कुनचाहिँ बजेटको पूरक बजेट ल्याउन खोज्नुभएको हो ? बुझ्न गाह्रो छ । हाम्रो भनाइ के हो भने सरकारले संवैधानिक व्यवस्था, संसद्को नियमावली र बजेटरी व्यवस्थालाई राम्रोसँग ख्याल गर्नुपर्छ ।

रित्तो सेफका लागि ज्यानको बाजी राख्दै ‘इन्काउन्टर’

काठमाडौं,भदौ २४ । चन्द्रागिरीको घना जंगलसँगैको कच्ची बाटो त्यत्ति चल्ती नभए पनि काठमाडौंबाट मकवानपुर जाने नाका भएकाले प्रहरीको २४ घन्टे ड्युटी हुन्थ्यो ।

महानगरीय प्रहरी प्रभाग मातातीर्थका असई देउबहादुर चन्द ड्युटीको रोलक्रम अनुसार बिहान २ वजे उठेर सहयोगी हवल्दार नवराज खड्का लिएर ड्युटीमा खटिए ।

उनी १३ दिन अगाडी मात्रै मातातीर्थ पुगेका थिए । प्राय सुनसान हुने भएकाले यी दुवै गफ गर्दै मातातीर्थबाट बाउँथली चोकमा पुगे र त्यहीं बसे । बिहान ५ बजेसँगै झिसमिसे उज्यालो सुरु भयो । उनीहरु चोकमै रहेको बेला काठमाडौंतिरबाट ना.१ ज ३९४८ नम्बरको खरानी रंगको टाटा सुमो हुत्तिदै उकालोतिर आयो ।

‘कच्ची सडक भएकाले फाट्टफुट्ट मोटरसाइकल र मिनीट्रक चलेपनि सुमो चल्दैनथ्यो,’ चन्दले भने ‘बिहानै हुत्तिदै आएकाले शंका लाग्यो ।’

चन्द र खडाले सुमो रोक्न हात दिए तर रोकिएन । किचौलाझै गरी हुत्तिदै उकालोतिर हुइँकिएपछि चन्दले मोटरसाइकल स्टार्ट गर्न लगाएर गाडीको पिछा गरे । यो खबर आजको कान्तिपुरमा केपी ढुंगानाले लेखेका छन्।

गाडीको गती उच्च थियो । कच्ची बाटो र उकाले भएकाले उनीहरुको मोटरसाइकले सुमो भेट्न सकेन । दुवै सशस्त्र प्रहरीको क्याम्प नजिकै पुगे तर सुमो देखिएन । बाटो फरक पर्‍यो भन्दै फर्किएर सशस्त्रको निर्माणाधीन तालिम केन्द्र नजिक आइपुग्दा त्यहाँ सुमो रोकिइरहेको थियो ।

‘चालकको ढोका खुल्ला थियो, एक जना बाहिर उभिएर फोनमा कुरा गरिरहेका थिए,’ चन्दले भने ‘सुमोभित्र ३ जना थिए ।’

चन्दले सोधपुछ सुरु गरे ।

कहाँ जान लागेको ?

सुमोभित्र भएका एक जनाले भने ‘मकवानपुरमा बहिनी बिरामी भएकाले लिन जान लागेको उकालो चढ्न सकिएन ।’

बाहिर रहेका चालक मोवाइलमा कसैलाई निर्देशन दिंदै थिए ‘केटाहरु चाँडो ल्याओ ।’

दुवै प्रहरी अझै नजिक गए । हल्वदार गाडीको दायाँ हुँदै अगाडी बढे, चन्द सुमोको बायाँतिर थिए । गाडीको नजिक पुगे लगत्तै हवल्दार खड्का चिच्याए, ‘साप, बन्दुक ।’

लगत्तै सुमोमा रहेकाहरुले २ राउण्ड गोली प्रहार गरे । सुमोमा भएकाहरुलाई ताक्दै चन्दले पनि २ राउन्ड गोली चलाए । चारै जना सुमो छाडेर जंगलतिर भागे । गोली कसैलाई लागेन ।

‘खड्का साप केही अगाडि बढेलगत्तै सुमोभित्र भएकाहरु बाहिर निस्किएर ताक्दै गोली चलाएछन्, धन्न उनी कमान्डो तालिमप्राप्त भएकाले गाडीको अगाडिको भागको कभर लिएर जोगिए,’ बिहीबार बिहानको घटना सम्झदैं उनले भने, ‘म केही पछाडी भएकाले गाडिकै आड लिएर गोली हानें, तर अध्याँरो भएकाले जोगिए ।’

गोली चलेलगत्तै चन्दले महानगरिय प्रहरीको कन्ट्रोल रुम १००, महानगरिय प्रहरी वृत्त थानकोट र महानगरिय प्रहरी परिसर काठमाडौंमा खबर गरे । उनी कार्यरत प्रभागबाट १० मिनेटमै थप ६ जनाको मद्दती टोली पुगेपछि सुमोभित्र हेर्दा पछाडिको सिटको बीचमा फलामे सेफ देखियो । करिव १५ मिनेटमा थानकोट र काठमाडौं दवैतिरको थप टोली घटनास्थलमा पुगे र सुमोसहितको सेफ बोकेर फर्किए ।

‘तस्करीको सामान लिएर मकवानपुरहुँदै मधेस हिडेका हुन् भन्ने लागेको थियो तर चोर रहेछन्’, चन्दले भने ।

काठमाडौं परिसरमा सेफ ल्याएपछि प्रहरीले गाडीको नम्बरको आधारमा सवारी धनी र चालकसँगै सेफबारे खोजबिन गर्दा ललितपुरको चापागाउँमा रहेको सन्तानेश्वर बचत तथा सहकारी संस्थामा चोरी भएको खुल्यो ।  तत्काल सहकारीका अधिकारी टेकुस्थित परिसरको कार्यालय आएर सेफ हेरेर सनाखत गरे ।

रित्तो सेफका लागि ज्यानको बाजी

सहकारीको टन्न पैसा भएको आशंकामा बढो सकसका साथ फलामे सेफ चोरी गरे पनि आखिर त्यो पैसा बिहिन निस्कियो । उनीहरुको योजना अनुसार सेफ मकवानपुरमै पुगे पनि उनीहरुको हातमा सहकारीको कागजमात्रै फेला पर्ने रहेछ ।

काठमाडौं परिसरका एसपी प्रधुम्न कार्कीका अनुसार सहकारीको ग्रीलको ताल्चा काटेर बेलुका चोरी भएको खुलेको छ । स्थानीयबासीले बेलुका १२ बजेतिर गाडीको आवाज सुनेकाले सोही समयमा चोरी भएको प्रहरीको अनुमान छ ।

टन्न पैसा भएको आशंकामा सहकारीको फलामे सेफै बोकेर हिडे पनि सहकारीका अधिकारीले प्रहरीलाई दिएको जानकारी अनुसार त्यसमा पैसा थिएन, सहकारीको महत्वपूर्ण कागजपत्र मात्रै थियो ।

यस भन्दा अगाडि पनि सहकारीमा चोरीको प्रयास भएकाले उनीहरुले सेफमा पैसा राख्न छाडेका थिए । चोरी ललितपुर क्षेत्रमा भएकाले काठमाडौं प्रहरीले सेफ ललितपुर प्रहरीलाई बुझाएको छ ।

ट्याक्सी अब मिटरमा मात्र

काठमाडौं,भदौ २४ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चक्रपथभित्र र चक्रपथबाहिर २ किमीसम्म चल्ने ट्याक्सीले अनिवार्य मिटरमा यात्रु बोक्नुपर्ने व्यवस्था लागू लगाएको छ। अब ट्याक्सीचालकले चक्रपथभित्र र त्यसको २ किमी बाहिर मिटर अनुसारको भाडा मात्र यात्रुसँग लिन पाउने खबर आजको नागरिकमा छापिएको छ।

प्रहरीले गत शनिबारदेखि यो नियम लागू गरेको हो। महानगरीय ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश अर्यालले मिटरमा उठेको भाडामात्र ट्याक्सीले लिन पाउने बताए। उनले मनपरी चर्को भाडा असुलेको गुनासो आएपछि यसतो नियम लगाएको बताए। उनले भने,‘ अब यात्रुलाई ट्याक्सी चालकले ठग्न पाउने छैनन्। रिङरोड भित्र गुड्ने सबै ट्याक्सीको प्रहरीले अनुगमन  र निगरानी गर्छ।’

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web