२५ भदौ, सुर्खेत ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले वर्तमान समयमा मधेसको सीमांकनको विषयमा सत्तारुढ दलहरुले संविधान संशोधन गर्न एमाले र आफ्नो पार्टीलाई उपेक्षा गरेर अगाडि बढ्न नसक्ने बताउनु भएको छ ।

मिडिया नेपाल सुर्खेतले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संविधानमा उल्लेख गरेको स्थानीय, प्रदेश र संसद्को चुनाव २०७४ माघ ७ गतेभित्र निर्वाचान गर्न नसके देशमा संवैधानिक रिक्तता भई राष्ट्रियता र प्रजातन्त्रमाथि खतरा पुग्ने औंल्याउनु भयो ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष थापाले सत्तारुढ दल तथा मधेसवादीपार्टीहरु नै जिम्मेवार नहुँदा आगामी निर्वाचनको मिति घोषणामै अन्यौलता भएको बताउनु भयो । उहाँले स्थानीय पुर्नसंरचनाको विवादलाई अन्त्य गरेर तत्काल स्थानीयको निर्वाचनको मिति चाडै घोषणा गर्न सरकारसँग माग गर्नुभयो ।

उहाँका अनुसार स्थानीय निकायलाई प्रभावकारी बनाउन स्थानीय निर्वाचन अपरिहार्य छ ।

उहाँले संविधान संशोधनका सवालमा मधेस केन्द्रीत राजनीति दलहरुले उठाएका मागलाई सम्बोधन गर्न संविधान संशोधन गर्न सरकारले छिटो पहल चाल्नु पर्नेमा जोड दिनु भयो ।

20.12¡ÆC