काठमाडौं,भदौ २६ । नेकपा (एमाले)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ६ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । भारत भ्रमणको अन्तिम तयारीमा रहेका प्रधानमन्त्री दाहाललाई एमाले पार्टीका शीर्ष नेताहरु लिएर आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेका एमाले अध्यक्ष ओलीले प्रचण्डलाई ६ बुँदे ध्यनाकर्षण पत्र बुझाएका हुन् । ध्यानाकर्षण पत्रको ५ नम्बरमा भारतका विषयमा थप १३ वटा विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराइएको छ । प्रचण्डलाई ज्ञापन पत्र बुझाउन पूर्वप्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्षद्वय वामदेव गौतम र भीम रावल तथा महासचिव ईश्वर पोखरेल बालुवाटार पुगेका थिए ।

यस्तो छ एमालेले ध्यानाकर्षण गराएका ६ बुँदा

सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालज्यू,

प्रधानमन्त्रीको कार्यालय,

सिंहदरबार, काठमाण्डौ ।

विषयः ध्यानाकर्षण ।

महोदय,

यही भाद्र ३० गतेदेखि तपाईले भारत भ्रमण गर्नुहुने कुरा सार्वजनिक जानकारीमा आएको छ । प्रधानमन्त्रीको तर्फबाट हुने यस्ता भ्रमणका बारेमा देशका प्रमुख राजनीतिक दलहरुका बीच समेत औपचारिक रुपमा विचार विमर्श हुने परम्पराको अुनशरण गरिएको देखिएको छैन । नेपालको वैदेशिक सम्बन्धका आधारहरु नेपालको संविधानमा नै स्पष्ट छन् । नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानलाई अक्षुण्ण राख्दै राष्ट्रिय हितलाई सर्वोपरी मानेर वैदेशिक सम्बन्ध संचालन हुनुपर्ने कुरा प्रष्ट छ । यही मान्यता अनुरुप नेकपा (एमाले) दुबै छिमेकी देशहरु – भारत र चीनसंग संयुक्त राष्ट्र संघको बडापत्र तथा पञ्चशीलको सिद्धान्तका आधारमा सुमधुर सम्बन्ध कायम राख्न चाहन्छ । पारस्परिक सम्मान र हितमा आधारित यस्तो सम्बन्ध दिगो हुनुका साथै नेपालको हितमा हुनेमा पनि नेकपा (एमाले) स्पष्ट छ । यी मान्यता तथा तपाईले नेतृत्व गर्नुभएको सरकारले भारतसंग गर्न खोजेका कार्यको चर्चाका सन्दर्भमा निम्नलिखित विषयमा तपाईको ध्यानाकर्षण गर्न चाहन्छौं :

KP-oli

१) वर्तमान सरकार गठन पूर्व नेकपा (एमाले) को नेतृत्वमा रहेको सरकारले नेपालको संविधानको मार्ग निर्देशन तथा नेपालको हित अनुकूल भारत र चीनसंग सुमधुर सम्बन्ध कायम गर्ने तर्फ पाइला चालेको तथ्य स्मरण गराउन चाहन्छु । मेरो नेतृत्वमा संयुक्त सरकार गठन हुनु अघि अघोषित नाकाबन्दीका कारण नेपाल – भारतसम्बन्धमा उत्पन्न असहज स्थिति मेरो भारत भ्रमण पश्चात् समाप्त भएको यथार्थ सबैका सामु छँदैछ । त्यसै बेला नेपालको पारवहन र व्यापारमा सहयोग पुग्ने लगायतका सात सम्झौता हुनुका साथै दुई देशका बीचको सम्बन्ध सामान्य अवस्थामा फर्काइको तथ्य पुनः अवगत गराउन चाहन्छु । यस क्रममा नेपाल–भारतका बीच सम्पन्न सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।

२) नेपालले चीनसंग पारबहन सुविधा प्राप्त गर्ने ऐतिहासिक सम्झौता नेकपा (एमाले) को नेतृत्वमा संचालित सरकारका पालामा नै भएको हो । यसका साथै नेपाल र चीन बीच व्यापार–व्यवसाय बृद्धिका लागि यातायात सम्पर्क–सम्बन्धमा व्यापक बृद्धि गर्ने लगायतका दश सम्झौताहरु भएका थिए । यी सबै सम्झौताहरु नेपालको हितमा र दुई देशको पारस्परिक लाभमा आधारित छन् । यी सहमति र सम्झौताहरुलाई नेपालको हित अनुकूल अघि बढाइयोस् ।

३) मेरो नेतृत्वमा रहेको सरकारमा तपाईको दलसमेत सहभागी भएको कुरा स्मरण गराउँदै भारत र चीनसंग नेपालको सर्वोपरी हित अनुकूल गरिएका सहमति तथा सम्झौताबारे वर्तमान सरकारको स्पष्ट धारणा सार्वजनिक हुनुपर्छ भन्ने नेकपा (एमाले) को माग रहेको छ । साथै नेपालको हित, स्वाधीनता र स्वाभिमानमा आँच पु¥याउने कुनैपनि काम–कुरा नगरियोस् ।

४) विगतमा नेपाल–भारतसम्बन्धका सन्दर्भमा नेपाली जनता बीच भएका बहस र ती विषयमा नेपालको हितको संरक्षण हुनुपर्नेमा देशभक्त नेपालीहरुले जोड दिदै आएको तर्फ तपाईको ध्यान गएकै होला भन्ने अपेक्षा गरिएको छ ।

५) नेपाल–भारत सम्बन्धलाई माथि उल्लेखित मान्यता तथा पारस्परिक सम्मान, विश्वास र लाभका आधारमा सुमधुर बनाउन लामो समयदेखि बहस र छलफल हुँदै आएका तथा हालै चर्चामा रहेका यी विषयमा नेपालको हित अनुकूल विचार र दृष्टिकोण राखियोस् भनी नेकपा (एमाले) माग गर्दछ /

– सन् १९५० को सन्धी र त्यससम्बन्धमा भएका पत्राचारहरुको पुनरावलोकन र अद्यावधिक गर्ने विषयमा स्पष्ट विचार राखियोस् ।

– कानूनी सहायता तथा सपुर्दगी सन्धीमा नेपालले लामो समयदेखि नेपालका अदालतमा विदेशी कानून व्यवसायीहरुले बहस–पैरवी गर्नपाउने तथा तेस्रो मुलुकको नागरिकलाई सुपुर्दगी गर्ने भन्ने प्रावधानहरु हटाइयोस् भनी राख्दै आएको अडान कायमै राखियोस् ।

– महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धि अन्तर्गत विस्तृत परियोजना प्रतिवेदन निर्माण गर्दा महाकालीको आधा पानीमा नेपालको हक रहने, लाभको हिस्सा अनुरुप लगानी हुनुपर्ने, विद्युत उत्पादनको परिमाण घटाइनु नहुने जस्ता विषयमा यथोचित छलफल गरेर मात्र अन्तिम निर्णय लिने कार्य गरियोस् ।

– काठमाण्डौ–तराई मधेश द्रुत मार्ग नेपाल सरकारले आफै निर्माण गर्ने गरी स्रोत परिचालन गर्दै राष्ट्रिय हितको आधारमा अघि बढाइयोस् ।

– हुलाकी राजमार्गको यथाशीघ्र निर्माण गर्नको लागि भारत सरकारको सहयोगबारे स्पष्ट गरियोस् र यो मार्गको भविष्य अनिश्चित हुने कुनैपनि काम नगरियोस् ।

– नेपालसंग सीमा जोडिएका भारतीय इलाकामा अन्तर्राष्ट्रिय कानून र मान्यता विपरीत निर्माण गरिएका संरचना तथा दशगजा क्षेत्रमा भएको अतिक्रमण हटाइनु पर्ने कुरा स्पष्ट रुपमा राखियोस् ।

– नेपालको भूभाग जलमग्न हुने वा डुवान हुने समस्या समाधान गर्ने विषयलाई प्राथमिकताका साथ उठाइयोस् ।

– जलस्रोत लगायत नेपालका प्राकृतिक स्रोतको उपयोग र विद्युत उत्पादन तथा विक्रि–वितरणसम्बन्धी विषयमा नेपालको हित संरक्षण तर्फ ध्यान दिइयोस् ।

– नेपालले इन्धन आपूर्तिका लागि भारतमा मात्र निर्भर रहनुपर्ने शर्त मान्ने गरी शर्तबन्दी गरेर पाइपलाइन बिछ्याउने कार्य नगरियोस् । नेपाल–भारत सीमा क्षेत्रमा इन्धन आपूर्तिका लागि पाइपलाइन बिछ्याउँदा नेपालले अन्य देशबाट समेत इन्धन आयात गर्नसक्ने प्रावधान खुला राखियोस् ।

ड्ड दुई पक्षीय सुरक्षा सहयोगमा नेपालको स्वतन्त्रता र हित कुण्ठित नहुने कुरा सुनिश्चित गरियोस् ।

– सीमा अपराध नियन्त्रण र दुबै देशले आ–आफ्नो भूमि एक अर्का विरुद्ध प्रयोग हुननदिने विषयलाई पारस्परिक हितको विषयका रुपमा प्रस्तुत गरियोस् ।

– नेपाल रेडियो र नेपाल टेलिभिजन जस्ता राष्ट्रिय सरकारी संचार माध्यममा विदेशी सल्लाहकार र प्रशिक्षक राख्ने वा यी संचार माध्यममा प्रसारित हुने सामग्री उत्पादन र वितरणमा विदेशीको संलग्नता हालसम्म नरहेको स्थितिलाई कायम राखियोस् ।

– नेपालको आन्तरिक मामिलामा वाह्य सरोकार र चासो अनावश्यक रुपमा बढाउने कुनैपनि कार्य प्रकारान्तरले समेत नगरियोस् ।

६) वर्तमान विश्वमा साना–ठूला सबै देशहरुले आफ्नो हितमा कूटनीति संचालन गर्ने र दुई पक्षीय वा बहुपक्षीय सम्बन्धमा आफ्नो राष्ट्रिय हितलाई प्राथमिकता साथ उठाउने सामान्य प्रचलन र अभ्यास नै हो । यस्तै अभ्यास अनुरुप नेपाल जस्तो भूराजनीतिक स्थितिमा रहेको देशको सरकारले राष्ट्रिय हितमा कुरा गर्दा वा नीति अवलम्वन गर्दा त्यसलाई आवेगयुक्त, असन्तुलित आदि जस्ता शब्दावलीले प्रहार गर्नु प्रकारान्तरले नेपालको राष्ट्रिय हितमा उठाइने आवाज प्रतिको उपेक्षा वा त्यस्ता आवाजहरु दमित होउन् भन्ने आशय मात्र ठहरिन्छ । आफ्नो देश र जनताको हितमा कुरा गर्नु कसैप्रतिको कुनै दुर्भाव वा सम्बन्ध असन्तुलित तुल्याउने भनी अथ्र्याउनु सर्वथा अनुचित र गलत हो । अतः नेकपा (एमाले) ले सरकारमा रहँदा वा नरहँदा देश र जनताको हित र स्वाभिमान तथा समृद्धिका लागि निरन्तर अघि सारेका विषय र कुराहरु समग्रमा नेपाल तथा यसका छिमेकीहरुका लागि पनि हितकारी छन् भन्ने कुरा स्पष्ट गर्न चाहन्छु ।

माथि उल्लेखित विषयहरुका साथै दुई पक्षीय छलफलका क्रममा उठ्नसक्ने विषयहरुमा नेपालको राष्ट्रिय हित र स्वाभिमान अनुरुप नै नेपाल सरकारको दृष्टिकोण र अडान तपाईको भारत भ्रमणका क्रममा प्रस्तुत हुनेछ भनी तपाईको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।

भ्रमणको सफलताको कामना गर्दछु ।

मितिः २०७३।५।२६

भवदीय,

के.पी. शर्मा ओली

अध्यक्ष

काठमाडौं,भदौ २६ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले संविधान संशोधनका लागि संसदमा दुईतिहाइ मत पुर्याउन आफ्नो पार्टी फुटाउने गम्भीर षड्यन्त्र भइरहेको दाबी गरेका छन् । पार्टी कार्यालय धुम्बाराहीमा शनिबार बसेको स्थायी समिति बैठकमा ओलीले विदेशी शक्तिले त्यस्तो षड्यन्त्र गरेकाले एकताबद्ध र संगठित प्रतिवाद गर्नुपर्ने आवश्यकतासमेत औाल्याए । तर, कुन शक्तिले पार्टी फुटाउने षड्यन्त्रका के–कस्ता योजना बनाइरहेका छन् भन्ने कुरा ओलीले स्पष्टसँग खुलाएनन् ।

उनले एमालेबाहेक राप्रपा नेपाललगायतका अरू राष्ट्रवादी शक्तिलाई समेत जसरी पनि फुटाएर संविधान संशोधनका लागि दुईतिहाइ पुर्याउने खेल भइरहेकोसमेत चर्चा गरेको अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ । ‘उहाँले संविधान संशोधनका लागि एमालेलगायतका राष्ट्रवादी शक्तिलाई फुटाउने षड्यन्त्र भइरहेकाले गम्भीर बन्नुपर्ने भनाइ राख्नुभयो,’ ओलीलाई उद्धृत गर्दै एक पदाधिकारीले भने ।

सरकारले प्रधानमन्त्रीको भारत भ्रमणअगावै आन्दोलनरत संघीय गठबन्धनमा आबद्ध मधेसी मोर्चाको माग पूरा गर्न संविधान संशोधन प्रस्ताव संसद्मा दर्ता गर्ने गृहकार्य गरिरहेका वेला प्रमुख विपक्षी एमाले अध्यक्ष ओलीले स्थायी समितिमा त्यस्तो भनाइ राखेका हुन् ।

काठमाडौं,भदौ २६ । प्रधानमन्त्री प्रचण्डले कुनै पनि विषयमा चुनौतीको सामना नगरी देश अगाडि बढ्न नसक्ने भन्दै आफूले पनि अहिले रिस्क लिन चाहेको बताएका छन् । प्रचण्डले आफ्नो आसन्न भारत भ्रमणको विषयमा धेरै शंकाउपशंका गरिएको भन्दै भारत भ्रमण राष्ट्रिय हित र दुई देशीय पारस्पारिक सम्बन्धमा केन्द्रित हुने पनि स्पष्ट पारेका छन् । भारत भ्रमणका विषयमा विभिन्न टीकाटिप्पणी भएको र यो गर त्यो नगर भनेर धेरै दबाब आएको भन्दै कि त नेतृत्वलाई निर्णय गर्न दिनुपर्ने तत्र भ्रमणमै नजा भन्नुपर्ने उनले बताएको आजको राजधानी दैनिकमा खबर छ ।

नेपाल इन्स्टिच्युट अफ इन्टरनेसनल रिलेसन्सले शनिबार राजधानीमा गरेको एक कार्यक्रममा प्रचण्डले रिस्क नलिएको भए नेपालमा गणतन्त्र नै नआउने जिकिरसमेत गरे । ‘लिडरले लिड गर्ने हो, लिडरले रिस्क पनि लिन सक्नुपर्छ, रिस्क नलिएको भए नेपालमा गणतन्त्र आउने थिए र संविधन पनि आएने थिएन,’ प्रचण्डले भने,‘म भारत जाँदै छु, राष्ट्रका लागि यो पनि एउटा रिस्क नै हो, रिस्क नलिई मुलुक अघि बढ्दैन ।’

काठमाडौं, भदौ २५ । लिङकन स्कुलकी श्रीतिका सिंहले १६ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको १५ वर्षमाथि गल्र्स २ सय मिटर व्यक्तिगत मिड्लेमा शनिबार स्वर्ण जितेकी छिन् । सो स्पर्धाको ब्वाइजमा डिएभी स्कुलका अनुभव सुब्बा पहिलो भए । लिटिल एन्जल्स स्कुल (एलए) द्वारा आयोजित प्रतियोगिताको यु–१० २५ मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा जोन डेवीकी डुआना लामा र ब्वाइजमा मोक्शदाका राजेश भुजेल पहिलो भए । ११–१२ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा प्रिमियर इन्टरनेसनल स्कुलकी उपास्ती महर्जन र ब्वाइजमा पाठशाला नेपाल फाउन्डेसनका तरुण भण्डारी पहिलो भए ।

हातीवनस्थित आयोजक एलएको पौडी पोखरीमा भएको १३–१४ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा लिङकनकी आयुश्मा तुलाधर तथा ब्वाइजमा मेरिडियन इन्टरनेसनल स्कुलका बेदाज्ञराज जोशीले शीर्ष स्थान हात पारे । प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा ५४ विद्यालयका ४ सय १० खेलाडीले विभिन्न ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

काठमाडौं, भदौ २५ । सामाखुशी फुटसलले कामाद कप सिक्स ए साइड पुरुष फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ । काठमाडौं ७, चावहिलद्वारा आयोजित प्रतियोगिताको फाइनलमा सामाखुशीले केएएफसीलाई ५–१ गोलले पराजित ग¥यो । विजयी टिमका लागि श्याम नेपाली र नवीन लामाले २–२ तथा दिनेश कार्कीले १ गोल गरे । केएएफसीका मोहन गुरुङले सान्त्वना गोल फर्काए ।

उपाधिसंगै सामाखुशीले १ लाख नगद पुरस्कार हात पा¥यो भने केएएफसीले ५० हजार नगदमा चित्त बुझायो । विजेता र उपविजेताको नगद पुरस्कार कामाद कलेजले प्रायोजन गरेको हो ।

प्रतियोगितामा केएएफसीका मोहन गुरुङ उत्कृष्ट खेलाडी घोषित भए भने प्रतियोगिताभर १४ गोल गरेका साइपाल एकेडेमीका उनम बुढाथोकी सर्वाधिक गोलकर्ता बने । त्यस्तै सामाखुशीका अनिल लामा उत्कृष्ट गोलरक्षक तथा सामाखुशीकै दिनेश कार्की उत्कृष्ट मिडफिल्डर चुनिए । उत्कृष्ट चारैले समान ५–५ हजार नगद पुरस्कार पाए ।

विजेतालाई कामाद कलेजका अध्यक्ष नेत्रबहादुर कार्की, चावहिल स्पोर्ट्स क्लबका अध्यक्ष अजब श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । भदौ ९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ५२ टिमले प्रतिस्पर्धा गरेका थिए ।

एजेन्सी,भदौ २५ । इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको म्यानचेष्टर डर्बीमा माउरिन्होको प्रशिक्षणमा रहेको युनाइटेडलाई उसकै घरेलु मैदानमा पराजित भएको छ । शनिबार म्याचेष्टर युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा सिटी २–१ ले विजयी भएको हो ।

सिटीका लागि केभिन डे ब्रोइनले १४ औं र केलेसी हिलाचोले ३५ औं मिनेटमा गोल गरेका हुन् । युनाइटेडका जाल्टन इब्राहिमोभिचले ४२ औं मिनेटमा एक गोल फर्काए । युनाइटेडको प्रशिक्षकका रुपमा माउरिन्होको यो पहिलो हार हो भने ग्वार्डिओलाको विजयी यात्रा कायमै छ ।

काठमाडौं,भदौ २५ । शाही यूवा शक्ति नेपालले असोज ३ गते रत्नपार्कमा संघीय संविधान जलाउने चेतावनी दिएको छ । शनिबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर शाही यूवा शक्ति नेपालले राजासहितको हिन्दुराष्ट्र र हिन्दुराष्टसहितको राजसंस्थाको पुनःस्थार्पना नभएसम्म संविधान आफुहरूलाई मान्य नहुने भन्दै आउँदो असोज ३ गते रत्नपार्कमा हजारौ कार्यकर्ताकोवीचमा संविधान जलाउने चेतावनी दिएको हो ।

कार्यक्रममा बोल्दै यूवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले जनताको भावना विपरित केही सिमित नेताहरूको स्वार्थको कारण राजा र हिन्दु राष्ट्रको महिमामाथि आँच लाग्ने काम गरेको आरोप लगाए । उनले भने “हामीलाई थोरै छन् भनेर कसैले नसोच्नुहोस्, यदि राजसंस्था र हिन्दु राज्य नेपालमा पुनःस्थापना गरिदैन र हरेक क्रियाकलापमा राजालाई भाग लिनबाट बञ्चित गरिन्छ भने अब हामी हतियार उठाउँछौ, शसक्त आन्दोलन गर्छौँ ।”

अर्को प्रसँगमा माक्र्स लेलिनको जन्मोत्सव मनाउँने तर यो देशको सिमा निर्धारण र देशको जन्मदाता पृथ्वीनारायण शाहको जन्म जयन्तिको अवसरमा एकता दिवस मनाउन लाज मान्ने हाम्रो कुन राष्ट्रियता हो ? भन्दै अध्यक्ष खड्काले प्रश्न तेर्साए । उनले हालै नेपालगञ्जमा स्वर्गीय राजा विरेन्द्रको शालिक हटाउने काम गरेकोप्रति घोर आपत्ति जनाउँदै भने,‘यो गणतान्त्रिक सरकारलाई राजा विरेन्द्रको शालिकले तर्साएको छ, परालको त्यान्द्रोजस्तो गणतन्त्र नेपालीहरुलाई अब स्विकार्य छैन् ।’

हिजोको शासन र आजको शासन व्यवस्थाका बारेमा जनता जानकार रहेको बताउदै खड्काले ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छोड्ने ठोकुवा गरे ।

आफ्नो संघ संघीय गणतान्त्रिक संविधान जारी भएयता विदेशीको भरमा लादिएको उक्त संविधानको खारेजीको लागि निरन्तर संघर्षमा होमिएको उल्लेख गर्दै अध्यक्ष खड्काले भने,‘हामी निरन्तर खबरदारी गरिरहेका छौं, जनतालाई ढाँट्नको लागि र झुक्याउनको लागि विदेशीको ईशारामा संविधान ल्याईएको हो, आज देशको यो हालत भएको छ, राजाविना यो मुलुकमा शान्ति, अमन–चयन र विकास हुनै सक्दैन् ।’

भुकम्पपीडितलाई वर्तमान सरकारले राहत तथा पूर्नस्थापना गर्न नसकेको बताउँदै भने,‘यी विदेशी खुुसघोरहरुलाई यो देशको माया नै छैन, आज राजा यो देशमा भएको भए सारा नेपालीहरुले सुखको सास फेर्ने थिए, भूकम्पपीडितको आज यो हालत हुँदैन्थ्यो, त्यसैले मुलुकको विकास र जनताको जिविका माथि उकास्नपनि राजतन्त्र अनिवार्य आवश्यकत्ता हो ।’

कार्यक्रममा संघका सदस्यहरु अर्जुन उपे्रती, पूर्ण छन्त्याल लगायतले आफ्ना धाराणा राखेका थिए । कार्यक्रमको सञ्चालन महेश भट्टराईले गरेका थिए ।

काठमाडौं,भदौ २५ । नेपालमा पहिलो पटक सुरक्षात्मक कुरुदय मार्सल आर्ट सम्मेलन सम्पन्न भएको छ । नेदरल्याण्ड, श्रीलंका भारतलगायतका देशबाट आएका मार्सल आर्टका विज्ञहरुको सहभागितामा स्कुल तथा क्याम्पसका विद्यार्थीहरुलाई लक्षित गरी नेपालको इतिहासमै पहिलो पटक सुरक्षात्मक मार्सल आर्टको सम्मेलन सम्पन्न भएको हो । नेदरल्याण्डबाट आएका प्रोफेसर हाङ्सी के जी फाउण्डर अफ कुरुदय मार्सल आर्टका १० डन, साउथ एशिया कोअडिनेटर श्रीलङ्काबाट आएका नादित्य सोहिसा सिंहान ६ डन, कुरुदय मार्सल आर्ट नेपालका अध्यक्ष तथा प्रमुख प्रशिक्षक धिरबहादुर विष्ट (धिरेन)

५ डान, कुरुदय मार्सल आर्टका प्रशिक्षक राजु पौडेल, भारत र मार्सल आर्ट प्रशिक्षक सुरेन्द्र सिंह विष्ट सहभागी रहेको सम्मेलनमा विभिन्न विद्यालय तथा क्याम्पसका किशोर किशोरीहरुलाई क्रमणकारीहरुबाट कसरी आत्मारक्षा गर्न सकिन्छ भन्ने विभिन्न किसिमका कला सिकाईएको थियो ।

प्रमुख अतिथि अधिवक्ता राजेन्द्रसिंह भण्डारीले सम्मेलनमा बोल्दै भने, नेपालमा आत्मरक्षात्मक कला सम्बन्धि कुरुदय मार्सल आर्ट नभएको र आवश्यक रहेको महसुस गरी सबै तह र तप्काका व्यक्तिहरुलाई प्रशिक्षित गर्ने उद्देश्यले नेपालमा शुभारम्भ गरिएको हो ।

सम्मेलनमा मार्सल आर्टका प्रमुख प्रशिक्षक धीरबहादुर विष्टले मेरिटेशन, योगध्यानबाट दिमागी सचेतना, शारीरिक तन्दुरुस्तीसहित आत्मारक्षात्मक मार्सल आर्ट सिकाई कुनैपनि अवस्थामा आफूलाई आत्मरक्षाका लागि तयार भएर हिँड्न सक्ने बनाउने जानकारी दिए ।

उनले यो भन्दा अगाडि विभिन्न संघ संस्था, स्कुल, क्याम्पस, नेपाली सेना अन्तर्गत स्पेशल फोर्ष र प्यारा तालिम शिक्षालय, ग्लोवल वीन्सका एयर होस्टेज प्रशिक्षार्थीहरु र अमेरिकन एम्बेसी मार्फत स्कुलका विद्यार्थीहरुलाई प्रशिक्ष दिईरहेको बताए ।

मार्सल आर्टका प्रमुख विष्टले नेपालको सन्दर्भमा महिलाहरु प्रति बढ्दै गएको हिंसाको प्रतिरक्षाका लागि र पत्रकार, स्कुलका विद्यार्थी, रात्री समयमा आ–आफ्नो पेशा व्यवसायमा लाग्नेहरुका लागि विषेश लक्षित रहेको दावी गरे ।

नेदरल्याण्डबाट आएका कुरुदय मार्सल आर्टस्का फाउण्डर हाङसी केजीले नेपाल मार्सल आर्टको सम्भावना उज्ज्वल रहेको हुँद वायो मेकानिकल प्रोसेसबाट लेस मोशन, लेस पावर लेस कन्ट्याकको माध्यमबाट आफूलाई कुनै पनि क्षति नभईकन सुरक्षित राख्न सकिने न्यु जेनेरेशन मार्सल आर्ट विकासको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

सम्मृेलनमा प्रोफेसर हाङ्सी के जी फाउण्डर अफ कुरुदय मार्सल आर्टका १० डनले केजीएफ कुरुदय सेल्फ डिफेन्स मार्सल आर्टको जिम्मेवारी प्रमाण पत्र ५ डन गै्रडिङ धीरबहादुर विष्ट –धीरेन) नेपालका लागि मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरियो भने राजु पौडेल र सुरेन्द्र विष्टलाई ग्रेड ३ र २ प्रदान गरी प्रशिक्षकको जिम्मेवारी दिईएको थियो । मार्सल आर्टका प्रशिक्षक सुरेन्द सिंह विष्ट, सदीक्षा चन्द, गीता भण्डारी, सुष्मा विष्ट, विन्दु थापा (सापकोट), अडिटर गजेन्द भट्ट, सूर्य नेपालका रवी केसी, सञ्जिव केसी, व्यवसायीहरु टिका श्रेष्ठ, मन गुरुङ, अच्युत रिजाल, ग्लोबल वीन्स प्रा. लि. का मोहित बडुको उपस्थिति रहेको थियो ।

काठमाडौ,भदौ २५ । पाँचौं मनाङ मस्र्याङ्दी धनुषवाण प्रतियोगितामा म्याग्दी मगर समाज पहिलो भएको छ । मनाङ मस्र्याङ्दी आर्चरी क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपाल छन्त्याल समाजलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै म्याग्दी मगर समाजले उपाधि जितेको हो । मनाङ मस्र्याङ्दी आर्चरी क्लबको आयोजनामा शुक्रवार बेलुका कृतिम प्रकाशमा सम्पन्न भएको १० डोरको (१२०अंकको) खेलमा म्याग्दी मगर समाज र नेपाल छन्त्याल संघले समान १०८ अंक बटुलेर बराबरी खेलेका थिए ।

मगर समाजबाट मनप्रसाद पुन, देउबहादुर रोक्का र भूपेन्द्र पुनले १९ अंक जोडेका थिए भने हरि पुनले १८ र आर्चरीका राष्ट्रिय खेलाडी जुलु पुनले १७ अंक बटुलेका थिए । त्यसैगरी छन्त्याल संघबाट जालिम छन्त्याल, प्रताप छन्त्याल र हर्क छन्त्यालले १९ अंक बटुलेका थिए भने गोविन्द छन्त्यालले १८, आकाश छन्त्यालले १७ र गोविन (जेके) छन्त्यालले १६ अंक बटुलेका थिए ।

म्याग्दी मगर समाज र नेपाल छन्त्याल संघवीच विजेता घोषणा गर्न एक डोरको खेल थपिएको थियो । निर्णायक स्पर्धामा म्याग्दी मगर समाजले ११ अंक जोड्दा छन्त्याल संघले भने १० अंक मात्र जोड्न सक्यो । ६ खेलाडिले १२ तिर निशाानमा लगाउनु पर्नेमा उपाधि बिजेता म्याग्दी मगरका मनबहादुर पुनले एक अंक गुमाए भने नेपाल छन्त्यालका आकाश छन्त्याल र गोविन(जेके) छन्त्यालले एक÷एक अंक गुमाएका थिए ।

म्याग्दी मगर समाजले समग्रमा ११ डोरमा ११९ अंक जोड्दा नेपाल छन्तयाल समाज ११८ अंकमा सिमित भयो । टिम इभेन्टतर्फ बिशिष्ट धनुषधरको उपाधि छन्त्याल समाजका प्रताप छन्त्यालले जित्न सफल भए । टिम स्पर्धामा ७ जनाले सर्वाधिक १९÷१९ अंक जोडेपछि बिशिष्ट धनुषधरको उपाधिका लागि ७ प्रतिस्पर्धाले पुन एक–एक तीर हान्ने अवसर पाएका थिए । छन्त्याल समाजका प्रताप छन्त्यालले सटिक प्रहार गदै उपाधि चुमे । व्यक्तिगत स्पर्धामा पनि मनाङ मस्र्याङ्दीका अजय शेरचन र प्रेम थापाले १४÷१४ अंक बटुलेर बराबरी भएपछि पुन प्रतिस्पर्धामा प्रेम थापा उत्कृष्ट धनुषधर बन्न सफल भए । विजेतालाई मनाङ मस्र्याङ्दी समाजका अध्यक्ष सोनामताप्के गुरुङ, मनाङ मस्र्याङ्दी क्लवका अध्यक्ष मुखिया कान्छा गुरुङ, पूर्व अध्यक्ष जिमी गुरुङ, मनाङ मस्र्याङ्दी आर्चरी क्लवका अध्यक्ष मुखिया गुरुङले पुरस्कृत गरे । विजेता म्याग्दी मगर समाजले ७५ हजार नगद, ट्रफ्री र प्रमाणपत्र पायो भने उपविजेता छन्त्याल संघले ५० हजार पुरस्कार प्राप्त ग¥यो । उत्कृष्ट धनुषधरले ५÷५ हजार नगद पुरस्कार प्राप्त गरे ।

ललितपुर,भदौ २५ । प्रथम ललितपुर जिल्लाव्यापी छात्र-छात्र अन्तर विद्यालय सडक दौड प्रतियोगितामा काजल विष्ट र सुजित बजगाईंले उपाधि जितेका छन् । ललितपुर जिल्ला गणतान्त्रिक खेलकुद संघको आयोजनामा भएको ३ किलोमिटर सडक दौडमामा द सुदेशा स्कुलकी छात्रा विष्टले प्रथम भइन भने आइडियल मोडल स्कुलकी स्वस्तिका आलेमगर दोस्रो र क्यारिवियन स्कुलकी सुशोभिका खत्री तेस्रो हुन सफल भइन् ।त्यसैगरी छात्र ५ किलोमिटर सडक दौडमा पवन प्रकृति स्कुलका सुजित बजगाईंले प्रथम स्थान हासिल गर्दा पवन प्रकृति स्कुलकै प्रविण मैनाली दोस्रो र महालक्ष्मी स्कुल लुभुका कृष्ण नेपाली तेस्रो भए ।

छात्रातर्फको ३ किलोमिटर सडक दौड सोठ, पाटनढोका, पुल्चोक, मंगलबजार हुँदै पाटन दरबारस्क्वायरमा पुगेर समाप्त भएको थियो भने छात्रतर्फको ५ किलोमिटर दौड मंगलबजार, पाटनढोका, चाकुपाट, हिमालय होटल, पुल्चोक, गाबहाल, मंगलबजार हुँदै पाटन दरबारस्क्वायरमा समापन भएको थियो । विजेता खेलाडीलाई संस्कृतिविद् सत्यमोहन जोशी, ललितपुर क्षेत्र नम्वर २ का सांसद चन्द्र महर्जन, नेकपा माओवादीका स्थायी समिति सदस्य सन्तोष बुढामगर, गणतान्त्रिक खेलकुद संघका अध्यक्ष जयन्तबहादुर चन्द र ललितपुर जिल्ला गणतान्त्रिक खेलकुद संघका अध्यक्ष संसारलाल बैद्यलगायतले पुरस्कृत गरेका थिए ।

२५ भदौ, टोकियो ।
अगष्ट ६ र ७ तारिखमा जापानमा सम्पन्न भएको नेपाल फेस्टिवलमो समिक्षा सहित आयव्यय सार्वजनिक गर्न एनआरएन जापानले एक कार्यक्रम आयोजना गरेको छ ।

'नेपाल फ़ेस्टिवल' को समिक्षा सहित आय ब्यय सार्वजनिक गरिन लागेको भन्दै एनआरएन जापानका सचिव बुद्धिराज घिमिरेले पत्राचार गरिएका संघसंस्था र चासो राख्ने व्यक्तिहरुलाई उपस्थितिको अनुरोध गर्नुभएको छ ।

एनआरएन जापानको आयोजनामा भएको फेस्टिवललाई नेपाली राजदूतावास टोकियो र परराष्ट्र मन्त्रालय जापानले बिशेष सहयोग गरेको थियो ।

३ लाख व्यक्तिले अवलोकन गरको दावी गरिएको फेस्टिवलको समिक्षा सहित आयव्यय यहि सेप्टेम्वर १० तारिखमा सोलमारी हल सिनओओकुवोमा सार्वजनिक गरिने भएको छ ।

दिनको १ बजेबाट सुरुहुने कार्यक्रममा एनआरएन जापानले पछिल्लो समय सबैको चासोको विषय रहेको भूकम्पी पिडित राहत कोष परिचालन बारेमा पनि भएका प्रगति र अबको प्रक्रियाका बारेमा आफ्ना कुरा राख्ने अपेक्षा गरिएको छ ।

यस्तो छ विज्ञप्ति

"नेपाल फ़ेस्टिवल को समिक्षा सहित आय-ब्यय सार्वजनिक गरिने !"

सेप्टेम्वर ६ र ७ तारिख जापानको टोकियोमा एनआरएनए जापानको आयोजना मा नेपाली दुतावास टोकियो र परराष्ट्र मन्त्रालय जापानको बिशेष सहयोग साथै जापान स्थित संघ संस्थाको सहकार्यमा सम्पन्न नेपाल फ़ेस्टिवल २०१६ समिक्षा सहित कार्यक्रमको आय ब्यय सार्वजनिक गरिने छ। कार्यक्रम यहि सेप्टेम्वर १० तारिख सोलमारी हल सिनओओकुवो मा दिवा १३:०० बजे बाट हुनेछ। कार्यक्रममा उपस्थितिको लागि सम्वन्धित संघ सस्था वा ब्यक्तित्वहरुलाई पत्राचार गरिसकिएको छ, पत्र ढिला भएमा यसै सुचनालाई आधारमानि गरिमामय उपस्थित को लागि अनुरोध गरिन्छ।

बुद्धि राज घिमिरे
सचिव
एनआरएनए जापान

२५ भदौ, पर्वत ।
दक्षिण छिमेकी भारत र उत्तर छिमेकी चीन जोड्ने सवैभन्दा छोटो सडक कालीगण्डकी करिडोरमा बागलुङ तर्फको दोस्रो खण्डको वाँकि काम द्रुत गतिमा सम्पन्न गर्ने लक्ष्य सहित काम शुरु भएको छ ।

पुर्व शिक्षामन्त्री दिननाथ शर्मा र बागलुङ क्षेत्र नम्बर २ का सांसद प्रकाश पौडेलले शुक्रवार संयुतmरुपमा यो खण्डको कामको शिलन्यास गर्नुभएको हो ।

कामको जिम्मा लिएको नेपाली सेनाले जिल्लाको दक्षिण बलेवा टाकुरीदेखी गुल्मी र बागलुङ सिमाना पालुङखोलासम्मको २२ किलोमिटर खण्डमा काम सुरु गरेको हो । उक्त खण्डमा पुल बाहेक रु. ३३ करोडको लागतमा टाकुरी पालुङखोला ट्याक निमार्ण गरिने सेनाले जनाएको छ ।

यसअघि बागलुङतर्फको पहिलो खण्ड मालढुङ्गादेखि वलेवा टाकुरीसम्मको १४ किलोमिटरमा नेपाली सेनाले ट्याक खोली सकेको छ ।

बजेटको अभाव र अन्य कुनै समस्या नआएमा चैत महिनाको अन्त्यसम्ममा पालुङखोलासम्ममा ट्याक खोली सक्ने गरि का अगाडि बढाइने नेपाली सेनाका प्रमुख सेनानी इन्जीनियर रेश्मीराज भट्टराईले बताउनुभयो ।

नेपाली सेनाले नयाँ ट्याकमा पर्ने खोलाहरुमा बेलीबृजको स्टीमेट तयार गरेपनि पुल निर्माण विषयमा भने टुङगो लागेको छैन् ।

नेपाली सेनाले तोकीए भन्दा पहिलेनै सडक निमार्ण गरेपछि पुन काम गर्ने मौका पाएको हो । चीनको सिमा कोरलादेखी भारतको सिमा सुनौलीसम्म तीन सय ४२ किलोमिटर सडकमा बागलुङ जिल्लामा २८ किलोमिटर सडक पर्दछ ।

यो सडक निर्माण भएमा बागलुङबाट बुटवलसम्म पाँच घण्टामा पुग्ने सकिनेछ । बागलुङ खण्डकोे ट्याक खोलीए र गुल्मीको ३ किलोमिटर सफा गरेपछि बागलुङबाट बुटवलसम्म २ सय ५० किलोमिटरको यात्रा १ सय ५० किलोमिटरमा छोटिने छ ।