मनाङ मस्र्याङ्दी धनुषवाण: म्याग्दी मगर समाजलाई उपाधि

भदौ २५, २०७३ मा प्रकाशित | 922 views

काठमाडौ,भदौ २५  । पाँचौं मनाङ मस्र्याङ्दी धनुषवाण प्रतियोगितामा म्याग्दी मगर समाज पहिलो भएको छ । मनाङ मस्र्याङ्दी आर्चरी क्लवको आयोजनामा भएको प्रतियोगितामा नेपाल छन्त्याल समाजलाई प्रतिस्पर्धात्मक खेलमा पराजित गर्दै म्याग्दी मगर समाजले उपाधि जितेको हो । मनाङ मस्र्याङ्दी आर्चरी क्लबको आयोजनामा शुक्रवार बेलुका कृतिम प्रकाशमा सम्पन्न भएको १० डोरको (१२०अंकको) खेलमा म्याग्दी मगर समाज र नेपाल छन्त्याल संघले समान १०८ अंक बटुलेर बराबरी खेलेका  थिए ।

मगर समाजबाट मनप्रसाद पुन, देउबहादुर रोक्का र भूपेन्द्र पुनले १९ अंक जोडेका थिए भने हरि पुनले १८ र आर्चरीका राष्ट्रिय खेलाडी जुलु पुनले १७ अंक बटुलेका थिए । त्यसैगरी छन्त्याल संघबाट जालिम छन्त्याल, प्रताप छन्त्याल र हर्क छन्त्यालले १९ अंक बटुलेका थिए भने गोविन्द छन्त्यालले १८, आकाश छन्त्यालले १७ र गोविन (जेके) छन्त्यालले १६ अंक बटुलेका थिए ।

म्याग्दी मगर समाज र नेपाल छन्त्याल संघवीच विजेता घोषणा गर्न एक डोरको खेल थपिएको थियो । निर्णायक स्पर्धामा म्याग्दी मगर समाजले ११ अंक जोड्दा छन्त्याल संघले भने १० अंक मात्र जोड्न सक्यो । ६ खेलाडिले १२ तिर निशाानमा लगाउनु पर्नेमा उपाधि बिजेता म्याग्दी मगरका मनबहादुर पुनले एक अंक गुमाए भने नेपाल छन्त्यालका आकाश छन्त्याल र गोविन(जेके) छन्त्यालले एक÷एक अंक गुमाएका थिए ।

म्याग्दी मगर समाजले समग्रमा ११ डोरमा ११९ अंक जोड्दा नेपाल छन्तयाल समाज ११८ अंकमा सिमित भयो । टिम इभेन्टतर्फ बिशिष्ट धनुषधरको उपाधि छन्त्याल समाजका प्रताप छन्त्यालले जित्न सफल भए । टिम स्पर्धामा ७ जनाले सर्वाधिक १९÷१९ अंक जोडेपछि बिशिष्ट धनुषधरको उपाधिका लागि ७ प्रतिस्पर्धाले पुन एक–एक तीर हान्ने अवसर पाएका थिए । छन्त्याल समाजका प्रताप छन्त्यालले सटिक प्रहार गदै उपाधि चुमे । व्यक्तिगत स्पर्धामा पनि मनाङ मस्र्याङ्दीका अजय शेरचन र प्रेम थापाले १४÷१४ अंक बटुलेर बराबरी भएपछि पुन प्रतिस्पर्धामा प्रेम थापा उत्कृष्ट धनुषधर बन्न सफल भए । विजेतालाई मनाङ मस्र्याङ्दी समाजका अध्यक्ष सोनामताप्के गुरुङ, मनाङ मस्र्याङ्दी क्लवका अध्यक्ष मुखिया कान्छा गुरुङ, पूर्व अध्यक्ष जिमी गुरुङ, मनाङ मस्र्याङ्दी आर्चरी क्लवका अध्यक्ष मुखिया गुरुङले पुरस्कृत गरे । विजेता म्याग्दी मगर समाजले ७५ हजार नगद, ट्रफ्री र प्रमाणपत्र पायो भने उपविजेता छन्त्याल संघले ५० हजार पुरस्कार प्राप्त ग¥यो । उत्कृष्ट धनुषधरले ५÷५ हजार नगद पुरस्कार प्राप्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web