श्रीतिकालाई स्वर्ण

भदौ २५, २०७३ मा प्रकाशित | 765 views

काठमाडौं, भदौ २५ ।  लिङकन स्कुलकी श्रीतिका सिंहले १६ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको १५ वर्षमाथि गल्र्स २ सय मिटर व्यक्तिगत मिड्लेमा शनिबार स्वर्ण जितेकी छिन् । सो स्पर्धाको ब्वाइजमा डिएभी स्कुलका अनुभव सुब्बा पहिलो भए ।      लिटिल एन्जल्स स्कुल (एलए) द्वारा आयोजित प्रतियोगिताको यु–१० २५ मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा जोन डेवीकी डुआना लामा र ब्वाइजमा मोक्शदाका राजेश भुजेल पहिलो भए । ११–१२ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा प्रिमियर इन्टरनेसनल स्कुलकी उपास्ती महर्जन र ब्वाइजमा पाठशाला नेपाल फाउन्डेसनका तरुण भण्डारी पहिलो भए ।

हातीवनस्थित आयोजक एलएको पौडी पोखरीमा भएको १३–१४ वर्षको ५० मिटर ब्रेस्टस्ट्रोकको गल्र्समा लिङकनकी आयुश्मा तुलाधर तथा ब्वाइजमा मेरिडियन इन्टरनेसनल स्कुलका बेदाज्ञराज जोशीले शीर्ष स्थान हात पारे ।  प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए । दुईदिने प्रतियोगितामा ५४ विद्यालयका ४ सय १० खेलाडीले विभिन्न ४४ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web