काठमाडौं,भदौ २७ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्। कसरी चलिरहेका छन् त पार्टीहरू, आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ। भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो। कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ। नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ।

यस्तै नेकपा एमालेको खातामा ४ करोड

नेकपा माओवादी केन्द्रको खातामा ५ लाख

राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार

संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख

नेकपा मालेको खातामा ४ लाख

काठमाडौं,भदौ २६ । शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूले गर्ने कामको कार्यतालिका सार्वजनिक गरेका छन् । आईतबार मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गरी उनले २५ बुँदे कार्ययोजना पेश गरेका हुन् । कार्ययोजना सार्वजनिक गर्दै मन्त्री केसीले मन्त्रालयको पुँजिगत खर्च तर्फ आर्थिक वर्षको ११ महिनासम्म २८ प्रतिशत मात्र खर्च हुने र अन्तिम एक महिनामा भने एकैपटक ९५ प्रतिशत खर्च हुने अवस्थामा सुधार गर्ने बताए।

‘जेठ मसान्तसम्ममा मुस्किलले पुँजीगत खर्च २८ प्रतिशत हाराहारीमा हुन्छ,’ उनले भने, ‘तर असार एक महिनाभित्रमा खर्चको रफ्तार बढेर ९५ प्रतिशत पुग्छ कसरी रु अब यो अवस्थामा सुधार आउँछ।’ उनले पुँजिगत खर्चको अवस्थालाई सुधार गर्दै जेठ मसान्तसम्ममा ६० प्रतिशतभन्दा माथि पुर्याउने बताए।

काठमाडौं,भदौ २६ । लिङकन स्कुलले १६ औं एलए अन्तरविद्यालय पौडी प्रतियोगिताको उपाधि आइतबार जितेको छ । लिङकनले २ सय २० अंक जोड्दै टिम च्याम्पियनको उपाधि उचाल्यो ।

हातीवनस्थित आयोजक लिटिल एन्जल्स स्कुल (एलए) को पौडी पोखरीमा भएको प्रतियोगितामा एलए दोश्रो भयो । एलएले ५३ अंक बटुल्यो । तेश्रो स्थनमा चित्त बुझाएको द ब्रिटिस स्कुलले ४१ अंक बनायो ।

प्रतियोगिताको ब्वाइजमा डिएभीका अनुभव सुब्बा तथा गल्र्समा लिङकनकी नेहारिका तुलाधर उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुलाई फिना अंक आधारमा उत्कृष्ट घोषित गरिएको हो । अनुभवले ४११ र नेहारिकाले ४४३ अंक जोडे ।विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, युवा तथा खेलकुद मन्त्रालयका सह–सचिव चूडामणि पौडेललगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा ५४ विद्यालयका ४ सय १४ खेलाडीले ४४ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं,भदौ २६ । दसौं एसियाली क्याडेट तथा सत्रौं एसियाली जुनियर जुडो च्याम्पियनसिपको जुनियरमा नेपालकी फुपु ल्हामु खत्रीले आइतबार कांस्य पदक जितेकी छन् । भारतको केरलास्थित कोचीमा भएको प्रतियोगिताको महिला ६३ केजीमुनि फुपुले इरानकी खेलाडीलाई सिनेवाजाका आधारमा पराजित गर्दै कांस्य जितेको नेपाल जुडो संघका महासचिव धर्मकुमार श्रेष्ठले जनाएका छन् ।

१२ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण विजेता फुपुसंगै उज्वेकिस्तानकी खेलाडी संयुक्त रुपमा तेश्रो भएका थिए । कोरिया र काजाकिस्तानका खेलाडी क्रमशः पहिलो र दोश्रो स्थानमा रहे ।

प्रतियोगितामा नेपालको यो दोश्रो पदक हो । यसअघि क्याडेटतर्फ नेपालकी मनीता श्रेष्ठ प्रधानले महिला ५२ केजीमुनि नेपाललाई कांस्य दिलाएकी थिइन् । प्रतियोगिता आइतबारै सम्पन्न भएको छ ।

तिमीलाई माया गर्नु
या
तिमीबाट मायाको अपेक्षा गर्नु
केहो मेरो गल्ती

हरेकपल
मायाको बदलामा
घृणाहरु पठाउँछौ तिमी
म सोझी
त्यसमै सन्तुष्ट भइदिन्छु
हरकष्ट सहन्छु
निरन्तर
पीडाका ज्वालाहरु शान्त पार्न
आँखाबाट बहन्छु
तप्पतप्प

प्रिय प्रियतम
मलाई कुट
चिथोर
सक्छौ घाँटी नै निचोर
तर बिन्ति
वचनका अणुबमहरु खसालेर
नष्ट नगरिदेऊ
ध्वस्त नपारिदेऊ
मेरो मनका सुन्दर
हिरोसिमा र नागासाकीहरु
किन कि
त्यो सँगै मर्नेछन्
लाखौं इच्छाहरु
चाहनाहरु
रहरहरु
र, यी सबका हत्याको
आरोपित तिमी
सजायको भागेदार हुनेछौ
जुन म चाहन्न

बरु म
यति रुनेछु
यति रुनेछु
एकदिन
मेरा आँसुहरु जमेर
बन्नेछ
ठूलो समुन्द्र
तिमी आउनु
खुसीका नाउहरुमा चढ्दै
मेरा अस्रुको सागरमा
आफ्नो सुखको सयर गर्न
हो प्रियतम
यही हुनेछ
मलाई कठोर सजाय
तिमीलाई माया
गरेको कसुरमा

२६ भदौ, काठमाडौं ।
मन्त्रिपरिषदको आजको बैठकले भवन संहिता पारित गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको बैठकले भवन संहिता राजपत्रमा प्रकाशित गरी लागू गर्ने र नेपालको शहरी करण तथा निर्माणलाई व्यवस्थित गराउने निर्णय समेत गरेको छ ।

त्यसै गरी बैठकले विभिन्न निकायमा कार्यरत १२ जना सचिवहरुलाई सरुवा गरेको छ ।

मन्त्रिपरिषदको बैठकका निणर्यहरुका बारेमा जानकारी गराउदै सूचना तथा संचार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सुरेन्द्रबहादुर कार्कीले सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको जानकारी दिए ।

स्मरणीय छ मैनाली भर्खरै सचिवमा बढुवा भएर क्षेत्रिय प्रशासक बनेका थिए ।

सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

यसैगरी लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकुद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।

यसैगरी धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पर्यटन तथा नागरिक मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ ।

काफ्लेलाई उर्जामन्त्री दिनानाथ शर्माले दवाव दिएर राजिनामा दिन लगाएको बताइन्छ । खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका काफ्ले यसअघिका कार्यकारी भन्दा केही पारदर्शी देखिन्थे ।
काफ्लेले राजिनामा दिएपछि अब उर्जामन्त्री शर्माले आफु अनुकुलका मान्छे लगेर प्राधिकरणमा मनखुशी निर्णय गराउने प्राधिकरण निकटहरु बताउँछन् ।

बैठकले योजना आयोगको सदस्यमा ३ जनालाई थप गरेको छ ।

नियुक्त भएकामा धिरेन्द्रमान प्रधान, स्वर्णिम वाग्ले र प्रभु बुढाथोकी सदस्यमा नियुक्त भएका हुन् ।

स्वर्णिम वाग्ले यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा पनि आयोगमा सदस्य रहेका थिए ।

२६ भदौ, काठमाडौं ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ ।

काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आइतबार भएको छलफलमा व्यवसायीलाई प्रस्तावित कम्पनी वा सहकारी संस्थामा सेयर सदस्यका रुपमा संलग्न गराउने सहमति कायम भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सञ्चालन गरेको ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’अन्तर्गत भरपर्दो, सुरक्षित र प्रभावकारी सहरी यातायात प्रणाली स्थापना गर्ने उद्देश्यअनुरुप यातायात व्यवसायीलाई कम्पनी वा सहकारी संस्थामा संलग्न गर्ने अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ ।

२६ भदौ, काठमाडौं ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका तीन उद्योग तत्काल सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

उद्योग मन्त्रालयले आइतबार आयोजना गरेको उद्योग क्षेत्र सुधार कार्ययोजना विषयक छलफल कार्यक्रममा मन्त्री जोशीले नेपाल औषधि लिमिटेड, गोरखकाली रबर उद्योग, वुटवल धागो कारखाना, वीरगञ्ज चिनी उद्योग, वीरगञ्ज कृषि औजार कारखाना, ओरियन्टल म्याग्नेसाइटमध्ये कुनै तीन उद्योग तत्काल सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विभिन्न समयमा हुने बन्द हड्ताल र चक्काजामले आक्रान्त स्वदेशी उद्योगमा पछिल्लोपटक विभिन्न टे«ड युनियनकर्मीको बलजफती बन्द र विद्युत्को समस्याले नेपालका उद्योग बन्द हँुदै गएको बताउनुभयो ।

कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र अहिले पाँच प्रतिशतमा खुम्चिन पुगेको छ ।

नेपालको कूल बैदेशिक व्यापार घाटा रु छ खर्बभन्दा बढी छ ।

२६ भदौ, एजेन्सी ।
जर्मनीकी एन्जेलिक करबरले युएस ओपन टेनिसको उपाधि जित्न सफल भएकी छिन् ।

अमेरिकामा सम्पन्न यु यस ओपनको महिला फाईनलमा एन्जेलिकले चेकोस्लोभाकियाकी क्यारोलिना प्लीस्कोभालाई ६/३, ४/६ र ६/४ को सेटमा पराजित गरेकी थिईन् ।

एन्जेलिकले भर्खरै मात्र अष्ट्रेलियन ओपन पनि जितेकी थिईन् ।

यु यस ओपनको विजये संगै एन्जेलिक विश्व नम्बर १। टेनिस खेलाडी बन्न सफल भएकी छिन् ।

जित पछि एन्जेलिकले यु यस ओपनको उपाधि संगै आफ्नो सबै सपना पुरा भएको जस्तो अनुभुती भएको बताएकी थिईन् ।

यु यस ओपनको पुरुष फाईनल भने पूर्व विजेता नोभाक जोकोभिच र स्टेन वारिन्काबिच सोमबार हुनेछ ।

२६ भदौ, काठमाडौं ।
न्यू रोड टिम एन आर टि शहिद स्मारक बि डिभिजन लिग फुटबल अन्तर्गत आईतबार भएको खेलमा जित हात पार्दै लिगमा शिर्ष स्थान कायम राख्न सफल भएको छ ।

एन्फा मैदान सातदोबाटोमा भएको खेलमा एन आर टिले महाबिर क्लबलाई २/१ गोल अन्ततरले पराजित गर्दै १४ अङ्कका साथ शिर्ष स्थान कायम राख्न सफल भएको थियो ।

लिग अन्तर्गत हल्चोकमा आईतबार नै भएको दोस्रो खेलमा टुसाल फुटबल क्लबलाई २/० गोल अन्तरले पराजित गर्दै आर सी टि १२ अङ्कका साथ दोस्रो स्थानमा उक्लिएको छ ।

लिग तालिकामा श्री कुमारी क्लब ११ अङ्कका साथ तेस्रो स्थानमा रहेको छ ।

हल्चोक मैदानमा आईतबार नै भएको पहिलो खेलमा ब्वाईज युनियन क्लबले च्यासल क्लबलाई १÷० गोल अन्तरले पराजित गरेको थियो ।

The government has declared a public holiday on September 13 across the nation on the occasion of the Muslim festival of Bakr Eid, according to a press release issued today by the Home Ministry.

The government has approved the new building code of conduct. A meeting of the Council of Ministers today decided to publish the building code through a Nepal gazette and bring it into complete force.

The code was pending in the parliament for a long time, causing confusion in the construction of new structure.

Likewise, the meeting has made transfers of some secretaries. Minister for Information and Communications and government Spokesperson Surendra Kumar Karki confirmed the transfer of secretaries.

More, the Cabinet meeting approved the resignation tendered by Nepal Electricity Authority's Executive Director Mukesh Raj Kafle. Kafle resigned from the post last Friday.