बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउने उद्योमन्त्रीको दाबी

भदौ २६, २०७३ मा प्रकाशित | 1025 views

बन्द उद्योग तत्काल सञ्चालनमा ल्याउने उद्योमन्त्रीको दाबी

२६ भदौ, काठमाडौं ।
उद्योगमन्त्री नवीन्द्रराज जोशीले बन्द भएका तीन उद्योग तत्काल सञ्चालनमा ल्याउने बताउनुभएको छ ।

उद्योग मन्त्रालयले आइतबार आयोजना गरेको उद्योग क्षेत्र सुधार कार्ययोजना विषयक छलफल कार्यक्रममा मन्त्री जोशीले नेपाल औषधि लिमिटेड, गोरखकाली रबर उद्योग, वुटवल धागो कारखाना, वीरगञ्ज चिनी उद्योग, वीरगञ्ज कृषि औजार कारखाना, ओरियन्टल म्याग्नेसाइटमध्ये कुनै तीन उद्योग तत्काल सञ्चालन गर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले विभिन्न समयमा हुने बन्द हड्ताल र चक्काजामले आक्रान्त स्वदेशी उद्योगमा पछिल्लोपटक विभिन्न टे«ड युनियनकर्मीको बलजफती बन्द र विद्युत्को समस्याले नेपालका उद्योग बन्द हँुदै गएको बताउनुभयो ।

कुल गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत योगदान रहेको उद्योग क्षेत्र अहिले पाँच प्रतिशतमा खुम्चिन पुगेको छ ।

नेपालको कूल बैदेशिक व्यापार घाटा रु छ खर्बभन्दा बढी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web