सार्वजनिक यातायात अब कम्पनी वा सहकारी ऐन अन्र्तगत

भदौ २६, २०७३ मा प्रकाशित | 1044 views

२६ भदौ, काठमाडौं ।
यातायात व्यवस्था विभागले सार्वजनिक यातायातलाई कम्पनी वा सहकारी ऐनअन्तर्गत संस्थाका रुपमा व्यवस्थित गर्ने प्रक्रिया सुरु गरेको छ ।

काठमाडौँका विभिन्न रुटमा सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायी तथा विभागबीच आइतबार भएको छलफलमा व्यवसायीलाई प्रस्तावित कम्पनी वा सहकारी संस्थामा सेयर सदस्यका रुपमा संलग्न गराउने सहमति कायम भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सञ्चालन गरेको ‘काठमाडौँ दिगो सहरी यातायात आयोजना’अन्तर्गत भरपर्दो, सुरक्षित र प्रभावकारी सहरी यातायात प्रणाली स्थापना गर्ने उद्देश्यअनुरुप यातायात व्यवसायीलाई कम्पनी वा सहकारी संस्थामा संलग्न गर्ने अवधारणा कार्यान्वयनमा ल्याउन लागिएको विभागले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web