काठमाडौं,भदौ २७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान वाहेकका विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो।

सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट ३ लाख विद्यार्थी परीक्षामा सहभागी थिए ।परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन।

विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए। त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए।

काठमाडौं,भदौ २७ । ग्रिनविच एकेडेमीले प्रथम फेका कप अन्तरविद्यालय छात्रा बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेको छ । पेप्सीकोलामा भएको फाइनलमा ग्रिनविचले मानाङ्क इङलिस स्कुलाई २८–९ ले पराजित ग¥यो । शिक्षालय नेपालले तेश्रो स्थानमा चित्त बुझायो । विजेतालाई सांसद मोहनकुमार राईले एक कार्यक्रमबीच पुरस्कृत गरे । स्वच्छ शैक्षिक प्रतिस्पर्धीहरुको संगठन (फेका) र मानाङ्कद्वारा संयुक्त आयोजित चारदिने प्रतियोगितामा १८ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

काठमाडौं, भदौ २७ । युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका सचिव लक्ष्मणप्रसाद मैनालीलाई सोमबार बिदाइ गरिएको छ । सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मैनालीलाई खेलकुद मन्त्री दलजीत विके श्रीपाली, सह–सचिव चूडामणि पौडेललगायतका कर्मचारीले मैनालीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सो अवसरमा मन्त्री श्रीपालीले सचिव मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए ।

भदौ २६ गतेको मन्त्री परिषद् निर्णयबाट मैनाली खेलकुदबाट श्रम मन्त्रालयमा सरुवा भएका छन् । गत वर्षको मंसिर पहिलो साता मैनाली सूचना आयोगबाट खेलकुद मन्त्रालयमा सरुवा भएका थिए । मैनालीको स्थानमा रक्षा मन्त्रालयका सचिव महेश दाहाल खेलकुद मन्त्रालयमा आउने छन् । मैनाली २०४३ सालमा शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका थिए ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले करिब १ महिनाको छोटो अवधिमा पनि सचिव मैनालीसंग उदाहरणीय सहकार्य गरेको बताउदै हालसम्म सचिवको नेतृत्वमा रहेको सम्पूर्ण कर्मचारीसंग आफू सन्तुष्ट रहेको धारणा व्यक्त गरे ।

सचिव मैनालीले खेलकुद मन्त्रालयमा रहँदा कर्मचारीबाट सहयोग पाएको बताउदै आफ्नो हालसम्मको सेवा अवधिमा कुनैपनि निकायमा बस्दा आफूलाई कहिलै अफ्ठेरो महशुस नभएको बताए ।

सह–सचिव पौडेलले सचिव मैनाली शालिन र बौद्धिकताको धनी व्यक्ति भएको बताउदै खेलकुद मन्त्रालयमा १० महिने अवधिमा सचिव मैनालीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

अर्का सह–सचिव तेजराज पाण्डेले सरुवा नियमित प्रकृया भएको बताउदै नयाँ जिम्मेवारीलाई पनि सचिव मैनालीले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

रेडिङ्ग, युके ।
यस वर्ष जीसीएस्ई उत्तिर्ण नेपाली विद्यार्थीहरुलाई हाइली स्किल्ड माइग्र्यन्ट फोरम रेडिङ्गले सम्मान गरेको छ । उक्त जीसीएस्ई एप्रिसिएसन’ कार्यक्रममा जीसीएस्ई उत्तीर्ण २८ जना विद्यार्थीहरुलाई ट्रफी र प्रमाणपत्र प्रदान गरी सम्मान गरिएको थियो।

उक्त कार्यक्रमका प्रमुख अतिथी तथा रेडिङ्ग् यूनिभर्सिटी मोडर्न ल्यांगवेज एन्ड यूरोपियन स्टडिजकी अध्यापक डा. एलिसन मार्टिनले यूनिभर्सिटीमा प्रवेश पाउन आवश्यक कुराहरुको चर्चा गर्दै सफलताको लागि विद्यार्थीको मिहेनत र प्रतिवद्धता को साथमा अभिभावक तथा शिक्षकको पनि प्रभावकारी भूमिका रहने कुरामा जोड दिएकी थिईन ।

यसै गरि नेपाली व्यारिष्टर देबेन्द्र श्रेष्ठले विद्यार्थीले सपना देख्नुपर्ने र उक्त सपना साकार पार्ने अठोटमा अनुशासित भै लाग्नुपर्ने बताउनु भएको थियो । सम्मान कार्यक्रममा रेडिङ्ग् साइन्टिफिक सर्विसेज लिमिटेड’का निर्देशक एलान गन्डलले प्रतिस्पर्धात्मक रोजगार बजारमा विद्यार्थीले आफुलाई तयार राख्नुपर्ने बताउनु भएको थियो ।

कार्यकममा जीसीएस्ई परिक्षामा सहभागि विद्यार्थीहरु प्रिज्मा गौतम, अकिशा आचार्य, वेदान्त दुधराज तथा अभिभावकहरु यशोदा पौडेल, ललित दुधराज र कमला गौतम ले जीसीएस्ई परीक्षाको अनुभव व्यक्त गर्नु भएको थियो। सो कार्यक्रममा रसायन शास्त्रमा विद्यावारीधी अध्ययनरत छात्रा सारा गुरुङले आफ्नो अनुसन्धानको छोटो प्रस्तुती दिदै परिक्षाफल जे जस्तो भएपनि ईच्छक्ष्शक्ती भए आफूले रोजेको बिषयमा सफलता प्राप्त हुन सक्ने बताउनु भएको थियो।

फोरमका संयोजक डा. नवीन आचार्यको अध्यक्षतामा सम्पन्न सम्मान कार्यक्रममा रमेश कायस्थले एचएसएमपि फोरमको संक्षिप्त चिनारी र कार्यक्रमको उद्देश्यको बारेमा चर्चा गर्नु भएको थियो भने फोरमका पूर्व संयोजक महेशहरी आचार्यले कार्यक्रमका सहभागी स्वागत गर्नु भएको थियो।
प्रकाश अर्याल

२७ भदौ, टोकियो ।
तत्कालिन एमाओबादी, नेकपा माओबादी 'बादल पक्षधर' लगायत बिभिन्न १० माओबादीको एकीकरण पछि देश विदेशमा रहेका माओबादीहरुमा उत्साह थपिएसंगै मातहतका भ्रातृसंगठनहरु बीच एकता भेला भईरहेका छन् ।

यसैबीच जापानमा रहेको माओबादी केन्द्रको भात्तृसंगठन नेपाली जनप्रगतिशील मोर्चा जापानको यहि सेप्टेम्बर १९ तारिख टोकियोमा एकता अधिबेशन हुने भएको छ । उक्त अधिबेशनलाई सम्बोधन गर्न नेकपा माओबादी केन्द्रका प्रभावशाली नेताहरु जापान आउने भएका छन् ।

जसअनुसार केन्द्रिय कार्यालय सदस्य देव गुरुङ, सचिवालय सदस्य लिलामणि पोखरेल र पोलिटब्यूरो सदस्य युवराज चौलागाई जापान आउने मोर्चा स्रोतले जनाएको छ ।

अधिबेशन सेप्टेम्बर १९ तारिख टोकियोको निशी ओगिकुबो स्थित किनरो फुकुसी खाइकानमा बिहान १० बजे देखि हुने बताईएको छ । अधिवेशनको घोषणा समारोहमा भने नेपालको समसामयिक राजनैतिक बिषयवस्तुमा नेताहरुसंग जापानबासी नेपालीहरुले खुल्ला अन्तर्क्रिया गर्ने भएका छन् ।

उक्त कार्यक्रममा उपस्थित भईदिन मोर्चाले जापानबासी नेपाली दाजुभाइ तथा दिदिबहिनीमा अपिल गरेको छ । यसअघि मोर्चाले टोकियो, नागोया, गुन्मा, तोचिगी लगायतका क्षेत्रीय कमिटीहरुको अधिवेशन सम्पन्न गरिसकेको छ । जापानब्यापीरुपमा संगठन बिस्तार गर्ने क्रम जारी रहेको मोर्चाले जनाएको छ ।

२७ भदौ, बझागं ।
बषौ देखि सदरमुखकाम चैनपुरमा बस्दै आएका वादी समुदाय खोलाको धमिलो पानी पिउन बाध्य भएका छन् । घरमा खाने पानीको धारा तीन बर्ष अगाडी थियो अहिले सडक पिच गर्दा वादी समुदायकोधारा काटी दिइको रमेश वादीले बताए ।

उनले भने केहि दिन सम्म छिमेकी सुनार समुदाय र नेवार समुदायको धाराबाट पानी खादै गरेका थियौअहिले उनीहरुले तल्लो जातीका वादी धारा पनि छुन नदिदाँ हामी वादी समुदायका २३ परिवार सेती नदी र बाउली खोलाको धमिलो पानी खान बाध्य भएका उनले दुखेसो पोखेका छन् ।

बर्खा यमको खोलाको धमिलो पानी चुन्नीमा बालुवा थीका्रयर पानी फिल्टर गदै बिद्यालय पढ्न नपाएको नमुना नि मा बि कक्ष ४मा अध्ययनरत छात्रा हरीना वादीले बताईन् । उनले भनीन् बुवा छैन आमाले बजारमा माग्न जादाँ दिनभर ठीक्कै हुन्छ आफु भन्दा साना ४ भाईबिना छन् ,हामीलाई साझँ बिहान खानको लागी आमा मागेर ल्याउनुहुन्छ र मलाई दिनभर सेती नदिको धमिलो पानी चुन्नीले छानेर बेलुकी सम्म १० लिटरको जरकिनमा ल्याउन्छु । अनी बिद्यालय जाने समय मेरो सेती नदिको पानी भदै जान्छ आशु झादै बताईन । यस्तो समस्या हरिना वादीको नभई उनी जस्ता बिद्यालय जान इच्छुक तर घरायसी समस्या र बाध्यताले बिद्यालय पढ्रने समयमा सेती नदी को तिरका चुन्नीमा बालुवा छानी दजनौ वादी समुदायका बालबालिकाको दिचार्य बित्दै गएको छ ।

राज्यले तल्लो बर्गका समुदायलाई लक्षीत गरी करौडोको रकम उनीहरुको नाममा खर्च हन्छ तर वादी समुदायका पिडा भने जिउका तिउ रहन्छन ् । बिश्वमा जलस्रोतको द्रोसो धनीदेस नेपाल भएपनि पानी को सहि ब्यावस्थापन नगर्दा कसैलाई खाने पानीको समस्या छ त कसैलाइ सिचाई गर्ने पानी नपाउँदा उब्जनी हुने जग्गा खेती नगरेरै वाजो राख्ने स्थीति छ ।

कमाई खानको लागी जमिन छैन त्यसैले हामी वादी समुदाय यसरी माग्दै हिडेको पदम वादीले बताए । उनले भने माग्दै हिड्नु रहर होईन हाम्रा केटाकेटी र हाम्रो पेट पाल्नको लागी हामीले यस्तो बाटो रोज्न बाँध हुनु पयो । खाने पानीकै अभाबमा केटाकेटी बिद्यालय जानको साटो सेती नदिमा पानिको लागी जान्छन् र हामी पेट पाल्ने गुजरा गर्न बजारमा माग्दै हिडेको बताए ।

२७ भदौ, धनगढी ।
कैलालीमा बिगत तिन दशक देखि सार्वजनिक सवारीका साधन चल्ने गरेका एक दर्जन सडकमा अहिले आएर अस्थायी रुट परमिट दिइएको छ ।

जिल्ला यातायात ब्यवस्थापन समितिको निर्णय पछि यातायात ब्यवस्था कार्यालय धनगढीले एक दर्जन सडकमा अस्थायी रुट परमिट दिएको हो ।

त्यसरी अस्थायी रुट परमिट दिएका सडकहरुमा बौनिया जोशीपुर, धनगढी हसुलिया, राजीपुर बालुवागडा, बैडपुर पवेरा, सहजपुर ठुलीगाड, सुखड भजनी लगायत रहेका छन् ।

कार्यालयका निमित्त प्रमुख केशवदत्त जोशीले रुट परमिट बिना सार्वजनिक सवारीका साधन चल्ने गरेको पाइएपछि ती सडकमा हालै मात्र अस्थायी रुट परमिट दिइएको बताउनुभयो ।

ती सडक दैनिक दर्जनौ सार्वजनिक सवारी साधन संचालन हुदै आएका छन् ।

२७ भदौ, नेपालगञ्ज ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधान कार्यान्वयनका लागि राजनीतिक सहमति आवश्यक रहेको बताउनुभएको छ ।

मिडिया नेपाल बाँकेले आज नेपालगञ्जमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष थापाले मधेशका समस्या हल गर्न राजनीतिक सहमति गरेर मात्र संविधान संशोधन सम्भव हुने बताउनुभयो ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले मात्र चाहँदैमा संविधान संशोधन सम्भव नहुने भन्दै उहाँले दलहरु बीचको एकता र सहमतिमा जोड दिनुभयो । प्रतिपक्षी दलहरुलाई पनि विश्वासमा लिएर सरकार अघि बढे मात्र संविधानको सहज र शिघ्र कार्यान्वयन हुने थापाको भनाई छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणमा जान हतारो गरेको टिप्पणी गर्दै उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री भएको एक महिना पुग्दा नपुग्दै, खासै महत्वपूर्ण एजेण्डा नभएका बेला यसरी हतारिएर भारत भ्रमणमा जानुको कति औचित्य छ, त्यो आगामी दिनमा पुष्टि होला ।’

अध्यक्ष थापाले सरकारको कार्यशैली र व्यवहारले चैतमा पनि स्थानीय निकायको निर्वाचन नहुने आशंका बढ्दै गएको जिकिर गर्नुभयो । आयोगमाथि हस्तक्षेप बढाएर सरकारले स्थानीय निर्वाचनलाई टार्न खोजेको आरोप लगाउनु भयो । राप्रपाका कारण दुई पार्टीको एकीकरण भाँडिएको भन्दै उहाँले अब त्यो तत्काल सम्भव नभएको स्पष्ट पार्नुभयो ।

२७ भदौ, ताप्लेजुङ ।
सातदिन पछि आईतवार साँझबाट एकतर्फी रुपमा खुल्ला भएको मेची राजमार्गको खोक्से–तोक्मे सडक खण्ड सोमवार बिहानबाट फेरी अरुद्ध भएको छ । पहिरोका कारण भदौ १७ गते बेलुकीबाट अबरुद्ध यो मार्ग सातदिन पछि यसैसाताको शुक्रवार बेलुकीबाट आशिंक रुपमा सञ्चालनमा आएको थियो ।

आईतवार सांझबाट परेको पानी सोमवार यो समाचार तयार पार्दा सम्म परिहेको छ । अविरल बर्षाका कारण खोक्से–तोक्मे सडक खण्डका बिभिन्न स्थानमा झरेको पहिरो पन्छाउन समस्या भई रहेको सडक डिभिजन कार्यालय ईलामका सुपरभाईजर नबिन उप्रेतीले जानकारी दिनु भयो । उहाँले पानी संगै पहिरो झर्ने क्रम जारी रहेकोले पहिरो पन्छाउन समस्या रहेको बताउनु भयो ।

मेवाखा, मेवाराजा, ल्याङवा र खोक्से आसपासमा पहिरोले राजमार्ग अबरुद्ध पारेको उप्रेतीले जानकारी दिनुुभयो । पहिरो पन्छाउन उपकरण तयारी अवस्थामा राखिएपनि लगातारको पानी र पहिरो झर्ने क्रमले समस्या पारेको जानकारी दिनु भयो ।

राजमार्ग अबरुद्ध हुुंदा यो मार्ग हुदै फिदिम, ईलाम, झापा हुदै बाहिरी जिल्ला जाने र जिल्लाका ग्रामिण क्षेत्र जाने सयौं सवारी साधन बाटैमा अलपत्र परेका छन् । पुर्वाञ्चल हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुुसार यहाँ बिगत २४ घण्टामा ५८ दशमलव ४ मिलिमिटर बर्षा भएको छ ।

२७ भदौ, टोकियो ।
जापानमा अध्ययनको लागि आएका एक नेपाली किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । नेपाल कास्की पोखरा घर भएको बताइएकी किशोरीको नाम टिना गुरुगं रहेको खुल्न आएको छ ।

सोमबार बिहान आफ्नै कोठाको बाहिर झुण्डिएको अवस्थामा फेला परेकी टिनाले आत्महत्या गरेको बताइएको छ । यद्यपी यसको पुष्टि भइसकेको छैन ।

दुई वर्ष अघि अध्ययनको लागि जापान आएकी टिना हाल क्यूसू किताक्यूसुमा जापानी भाषा अध्ययनरत थिइन् ।

मृत्युको कारण खुलिसकेको छैन भने आत्महत्या गरेको ठानिएकी टिनाले लेखेका कुनै सुसाईड नोट फेला परेको छैन ।

जापानी भाषा अध्ययन सकिन तीन महिना मात्र बाँकी रहेको टिनाले विद्यालयको शुल्क सबै तिरिसकेको बताइएको छ ।

विद्यालयको होस्टल रहेपनि कोठालिएर छुट्टै बसेकी टिना एक नेपाली युवकसँगै कोठामा टुगेदर लिभिंगमा रहेकी थिइन् ।

हाल परिचय नखुलाइएका युवकलाई जापानी प्रहरीले अनुसन्धानको लागि समातेको छ । प्रहरीले अनुसन्धान जारी रहेको भन्दै हत्या वा आत्महत्या भन्ने कुरा केही घण्टामा थाहा हुने बताएको छ ।

काठमाडौं,भदौ २७ । १६० यात्रु बोकेको नेपाल एयरलाइन्सको विमान नयाँ दिल्लीमा आपतकालीन अवतरण गरेको छ। प्राविधिक खराबीका कारण दिल्लीबाट काठमाडौंका लागि उडेको नेपाल वायुसेवा निगमको विमान आकस्मिक अवतरण गर्नुपरेको भारतीय समाचार एजेन्सी एएनआईले जनाएको छ।

१६० यात्रु लिएर राति ८ बजे काठमाडौंका लागि उडेको एनए २१८ विमानमा समस्या आएको थियो । उडान भरेको ३२ मिनेटमै विमानमा समस्या आएपछि भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा आकष्मिक अवतरण गरिएको थियो । जहाजमा रहेका सबै यात्रु सुरक्षित रहेको एएनआईले जनाएको छ।

काठमाडौं,भदौ २७ । राजनीतिक दल सञ्चालनको मुख्य स्रोतको रूपमा लेबीलाई लिने गरिएको छ। दैनिक क्रियाकलाप र पार्टी सञ्चालनका लागि लेबीलाई राजनीतिक दलहरूले मुख्य स्रोतका रूपमा उपयोग गर्दै आएका छन्। घरभाडादेखि पार्टीका गतिविधि सञ्चालन गर्न आर्थिक स्रोत अनिवार्य मानिन्छ। यद्यपी राजनीतिक दलहरू आफ्नो आयव्यव खुलेर सार्वजनिक गर्न हिचकिचाउँछन्। कसरी चलिरहेका छन् त पार्टीहरू, आजको नेपाल समाचारपत्रमा खबर छापिएको छ।

संसदमा रहेको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको खातामा ५ करोड रपैयाँ बचतका रूपमा देखिएको छ। भर्खरै पार्टी र भातृ संगठन नेविसंघको महाधिवेशन सम्पन्न भएकाले पनि पार्टीको खातामा धेरै रकम जम्मा भएको हो। कांग्रेसले क्रियाशिल सदस्यता, नयाँ सदस्यता तथा पुराना सदस्यहरूबाट सदस्यता शुल्कस्वरूप लेबी संकलन गर्ने गरेको छ। नयाँका लागि २ सय र पुरानाका लागि १ सय संकलन गर्ने कांग्रेसको प्रावधान छ।

यस्तै नेकपा एमालेको खातामा ४ करोड

नेकपा माओवादी केन्द्रको खातामा ५ लाख

राप्रपा नेपालको खातामा ४ लाख ८३ हजार

संघीय समाजवादी फोरम नेपालको खातामा २५ लाख

नेकपा मालेको खातामा ४ लाख