कक्षा १२ को परीक्षाफल प्रकाशित, ४८ प्रतिशत पास

भदौ २७, २०७३ मा प्रकाशित | 998 views

काठमाडौं,भदौ २७ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को विज्ञान वाहेकका विषयको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको छ । विज्ञान विषयको नतिजा साउन २३ गते सार्वजनिक भएको थियो।

सोमबार सार्वजनिक भएको मानविकी, व्यवस्थापन तथा शिक्षा विषयबाट ३ लाख विद्यार्थी परीक्षामा सहभागी थिए ।परीक्षार्थीमध्ये ४८ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन।

विज्ञान विषयमा नियमिततर्फ परीक्षामा सहभागी ४० हजार ६ सय तीन जना विद्यार्थीमध्य ७३ दशमलव ७७ अर्थात २९ हजार ९ सय ५२ जना उत्तीर्ण भएका थिए। त्यस्तै आंशिकतर्फ परीक्षामा सहभागी भएका ९ हजार ७ सय ८१ जनामध्ये ४५ दशमलव १३ प्रतिशत अर्थात ४ हजार ४ सय १४ जना उत्तीर्ण भएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web