खेलकुद सचिव मैनालीको बिदाइ

भदौ २७, २०७३ मा प्रकाशित | 873 views

काठमाडौं, भदौ २७  । युवा तथा खेलकुद मन्त्रालयबाट सरुवा भएका सचिव लक्ष्मणप्रसाद मैनालीलाई सोमबार बिदाइ गरिएको छ ।  सिंहदरबारस्थित मन्त्रालयको सभाकक्षमा आयोजित एक कार्यक्रमबीच मैनालीलाई खेलकुद मन्त्री दलजीत विके श्रीपाली, सह–सचिव चूडामणि पौडेललगायतका कर्मचारीले मैनालीलाई सफलताको शुभकामना दिदै बिदाइ गरे । सो अवसरमा मन्त्री श्रीपालीले सचिव मैनालीलाई मायाको चिनो प्रदान गरेका थिए ।

भदौ २६ गतेको मन्त्री परिषद् निर्णयबाट मैनाली खेलकुदबाट श्रम मन्त्रालयमा सरुवा भएका छन् । गत वर्षको मंसिर पहिलो साता मैनाली सूचना आयोगबाट खेलकुद मन्त्रालयमा सरुवा भएका थिए । मैनालीको स्थानमा रक्षा मन्त्रालयका सचिव महेश दाहाल खेलकुद मन्त्रालयमा आउने छन् । मैनाली २०४३ सालमा शाखा अधिकृतका रुपमा निजामति सेवामा प्रवेश गरेका थिए ।

बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रीपालीले करिब १ महिनाको छोटो अवधिमा पनि सचिव मैनालीसंग उदाहरणीय सहकार्य गरेको बताउदै हालसम्म सचिवको नेतृत्वमा रहेको सम्पूर्ण कर्मचारीसंग आफू सन्तुष्ट रहेको धारणा व्यक्त गरे ।

सचिव मैनालीले खेलकुद मन्त्रालयमा रहँदा कर्मचारीबाट सहयोग पाएको बताउदै आफ्नो हालसम्मको सेवा अवधिमा कुनैपनि निकायमा बस्दा आफूलाई कहिलै अफ्ठेरो महशुस नभएको बताए ।

सह–सचिव पौडेलले सचिव मैनाली शालिन र बौद्धिकताको धनी व्यक्ति भएको बताउदै खेलकुद मन्त्रालयमा १० महिने अवधिमा सचिव मैनालीले नेतृत्वदायी भूमिका निर्वाह गरेको बताए ।

अर्का सह–सचिव तेजराज पाण्डेले सरुवा नियमित प्रकृया भएको बताउदै नयाँ जिम्मेवारीलाई पनि सचिव मैनालीले सफलतापूर्वक सम्पन्न गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web