मन्त्री परिषदका निर्णय भवन संहिता पारित, सचिवहरु मन्त्रीको छनौटमा हेरफेर

भदौ २६, २०७३ मा प्रकाशित | 1070 views

२६ भदौ, काठमाडौं ।
मन्त्रिपरिषदको आजको बैठकले भवन संहिता पारित गरेको छ ।

प्रधानमन्त्री कार्यालय सिंहदरवारमा भएको बैठकले भवन संहिता राजपत्रमा प्रकाशित गरी लागू गर्ने र नेपालको शहरी करण तथा निर्माणलाई व्यवस्थित गराउने निर्णय समेत गरेको छ ।

त्यसै गरी बैठकले विभिन्न निकायमा कार्यरत १२ जना सचिवहरुलाई सरुवा गरेको छ ।

मन्त्रिपरिषदको  बैठकका निणर्यहरुका बारेमा जानकारी गराउदै सूचना तथा संचार मन्त्री एवं नेपाल सरकारका प्रवक्ता सुरेन्द्रबहादुर कार्कीले सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको जानकारी दिए ।

स्मरणीय छ मैनाली भर्खरै सचिवमा बढुवा भएर क्षेत्रिय प्रशासक बनेका थिए ।

सचिव शंकरप्रसाद अधिकारीलाई सहकारी तथा गरिबी निवारणबाट पर्यटन तथा नागरिक उड्डयन, शारदाप्रसाद त्रिताललाई निर्वाचन आयोगबाट सहकारी तथा गरिबी निवारण, श्रीधर सापकोटालाई आपूर्तिबाट श्रम तथा रोजगार मन्त्रालमा र गोपीनाथ मैनालीलाई क्षेत्रीय प्रशासन कार्यालय पोखराबाट निर्वाचन आयोगमा सरुवा गरिएको छ ।

यसैगरी लक्ष्मणप्रसाद मैनालीलाई युवा तथा खेलकुदबाट श्रम तथा रोजगार, मधु रेग्मीलाई महिला बालबालिका तथा समाज कल्याणबाट लोक सेवा आयोग, विष्णुप्रसाद लम्साललाई श्रम तथा रोजगारबाट महिला, बालबालिका तथा समाज कल्याण, महेश कुमार दाहाललाई रक्षाबाट युवा तथा खेलकुद, अर्जुनकुमार कार्कीलाई भौतिक पूर्वाधार तथा यातायातबाट नेपाल ट्रष्टको कार्यालयमा सरकारले सरुवा गरेको छ ।

यसैगरी धनबहादुर तामाङलाई जल तथा ऊर्जा आयोगबाट भौतिक पूर्वाधार तथा यातायात, भीमप्रसाद उपाध्यायलाई नेपाल ट्रष्टको कार्यालयबाट जल तथा उर्जा आयोग र प्रेमकुमार राईलाई पर्यटन तथा नागरिक मन्त्रालयबाट आपूर्ति मन्त्रालयमा सरुवा गरिएको छ ।

मन्त्रिपरिषद बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले पदबाट दिएको राजीनामा स्वीकृत पनि गरेको छ ।

काफ्लेलाई उर्जामन्त्री दिनानाथ शर्माले दवाव दिएर राजिनामा दिन लगाएको बताइन्छ । खुल्ला प्रतिस्पर्धाबाट प्राधिकरणको कार्यकारी निर्देशक भएका काफ्ले यसअघिका कार्यकारी भन्दा केही पारदर्शी देखिन्थे ।
काफ्लेले राजिनामा दिएपछि अब उर्जामन्त्री शर्माले आफु अनुकुलका मान्छे लगेर प्राधिकरणमा मनखुशी निर्णय गराउने प्राधिकरण निकटहरु बताउँछन् ।

बैठकले योजना आयोगको सदस्यमा ३ जनालाई थप गरेको छ ।

नियुक्त भएकामा धिरेन्द्रमान प्रधान, स्वर्णिम वाग्ले र प्रभु बुढाथोकी सदस्यमा नियुक्त भएका हुन् ।

स्वर्णिम वाग्ले यसअघि सुशील कोइराला नेतृत्वको सरकारमा पनि आयोगमा सदस्य रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web