चट्याङले दाङमा एकको मृत्यु दुई गम्भिर

२८ भदौ, दाङ ।
दाङमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पश्चिम दाङको बाघमारे गाबिस ३ का पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान चट्याङ लागेर घाइते भएका केसीको उपचारका क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

चट्याङले लागेर केसीकी आमा जुद्धकुमारी केसी तथा दिदी रेणुका केसी घाइते भएको र घाइते दुबैजनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभयो  ।

एमाले नेता पाण्डेद्धारा प्रदेशको सिमाना र वैवाहित अङ्गीकृत नागरिकतामा संविधान संशोधन हुन खोजेको धारण

२८ भदौ, खोटाङ
नेकपा एमाले नेता सुरेन्द्र पाण्डेले संविधान संशोधनका विषयमा सरकारले ह्वाईट पेपर ल्याउनु पर्ने बताउनुभएको छ । प्रेस चौतारी नेपाल खोटाङले मङ्गलबार दिक्तेलमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पाण्डेले सत्तारुढ दलले संविधान संशोधनको आधारका विषयमा ह्वाईट पेपर ल्याउनुपर्ने धारणा राख्नुभएको हो ।

एमाले दिक्तेल नगर कमिटिको दुई दिने अगुवा कार्यकर्ता प्रशिक्षणकाक्रममा खोटाङ आउनुभएका नेता पाण्डेले प्रदेशको सिमाना निर्धारण, वैवाहित अङ्गीकृत नागरिकता लगायतका विषयमा स्वएम् सत्तारुढ दलको स्पष्ट धारणा नआएको बताउनुभयो । “संविधान संशोधन र परिमार्जन गर्न सकिन्छ ।” एमाले स्थायी समिति सदस्य समेत रहनुभएका नेता पाण्डेले भन्नुभयो, “यसका विषयमा सरकारले ठोस कारण र आधारहरु ल्याएर आउनुपर्छ ।”

प्रदेशको सिमाङ्कनकाक्रममा सुनसरी र कैलाली फुटाउने÷नफुटाउने, तराई–पहाड अलग गर्ने÷नगर्ने विषयमा स्वएम् सत्तारुढ दलभित्रै विवाद रहेका कारण पहिला काङ्ग्रेस, माओवादीले सहमती गरेर प्रस्ताव ल्याउनुपर्ने पाण्डेले बताउनुभयो । पूर्व अर्थमन्त्रीसमेत रहनुभएका नेता पाण्डेले सत्तारुढ दलले एकमत भएर संविधान संशोधनको प्रस्ताव ल्याउनेमा आशंका व्यक्त गर्नुभयो ।

सत्तारुढ दलबीचमै गञ्जागोल र लडाइँ रहेका कारण उनीहरुको एकमतमा संशोधन प्रस्ताव आउन कठिन रहेको पाण्डेको भनाइ छ । नेता पाण्डेले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण औपचारिकता र सद्भावनामा सिमिति हुने बताउनुभयो । भारत भ्रमणबाट नयाँ सम्झौता हुने सम्भावना नरहेको पाण्डेले जिकिर गर्नुभयो ।

भारत भ्रमणमा जान लाग्नुभएका प्रधानमन्त्रीलाई डा. बाबुराम भट्टराईको १० बुँदे सुझाव

२८ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आसन्न भारत भ्रमणको सन्दर्भमा पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई १० बुँदे सुझावपत्र दिनुभएको छ ।

भारत भ्रमणको सन्दर्भमा प्रधानमन्त्री प्रचण्डले आज पूर्वप्रधानमन्त्रीहरुसँग गर्नुभएको छलफलका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले उहाँलाई सुझावपत्र दिनुभएको हो ।

सुझावपत्र
सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाल सरकार,
काठमाडौं ।

विषय : सुझाव ।

महोदय,

यही भदौ ३० देखि असोज २, २०७३ सम्म नेपालको प्रधानमन्त्रीको रुपमा तपाईंले भारतको भ्रमण गर्न लाग्नु भएकोमा वैकल्पिक राजनीतिक धारको रुपमा उदीयमान नयाँ शक्ति पार्टी, नेपालको तर्फबाट हामी भ्रमणको पूर्ण सफलताको कामना गर्दछौं ।

सार्वभौमसत्तासम्पन्न छिमेकी मुलुकहरु नेपाल र भारतबीचको सम्बन्धलाई संयुक्त राष्ट्र संघको वडापत्र र पञ्चशीलका सिद्धान्तका आधारमा आधुनिक युगको बदलिएको परिवेश र आवश्यकता अनुरुप थप विकसित गर्न यस भ्रमणका क्रममा निम्न बुँदाहरुमा विशेष ध्यान दिन आग्रह गर्दछौं :

१. नेपाल–भारत सम्बन्धको आधारशीला रहँदै आएको भिन्न परिवेशमा गरिएको सन् १९५० को सन्धी तथा अन्य सन्धी–सम्झौताहरुको पुनरावलोकन गर्न तत्कालीन प्रधानमन्त्रीको रुपमा मेरो सन् २०११ अक्टोवरमा भएको भारत भ्रमणको अवसरमा एक संयुक्त प्रवुद्ध समूह ९भ्mष्लभलत एभचकयलकु न्चयगउ० गठन गर्ने सहमति भएको तपाईंलाई अवगतै छ । सोही अनुरुप केही समय पहिले सो समूहको गठन भएको र यस पटकको तपाईंको भ्रमणलगत्तै त्यसको दोस्रो वैठक भारतमा बस्दैछ । सो प्रवुद्ध समूहलाई थप प्रभावकारी र क्रियाशील बनाउँदै त्यसको सिफारिशको आधारमा नेपाल–भारत सम्बन्धमा विगतदेखि रहँदै आएका कतिपय समस्या र असमझदारी छिटो हल गर्न विशेष पहल गर्नुहुने अपेक्षा गर्दछौं ।

२.  नेपाल–भारत सम्बन्धको एक महत्वपूर्ण आयाम रहँदै आएको परम्परागत सुरक्षा अवधारणालाई समयानुकुल विकसित र परिमार्जित गर्दै राजनीतिक रुपले स्थिर र आर्थिक रुपले समृद्ध नेपाल मात्रै दुवै छिमेकी भारत र चीनको सुरक्षाको भरपर्दो साझेदार बन्न सक्ने नवीन अवधारणा प्रस्तुत र स्थापित गर्न प्रयत्न हुनेछ भन्ने आग्रह गर्दछौं । दोस्रो विश्वयुद्ध र शीतयुद्धकालीन अवधारणाहरु बोकेर नेपाल–भारत सम्बन्ध सुमधुर बनाउन कठीन हुनेछ भन्ने हाम्रो स्पष्ट धारणा रहेको छ ।

३. सुपूर्दगी र पारस्परिक कानूनी सहायता सन्धीको सन्दर्भमा ‘सार्क’ले पनि समानान्तर सुपूर्दगी तथा आपसी कानूनी सहायता कन्भेन्सन पारित गरिसकेको अवस्थामा थप द्विदेशीय सन्धी गर्न आवश्यक नभएको भन्ने रहेको र सन्धी मस्यौदामा तेस्रो मुलुकको नागरिकको सुपूर्दगीको कुरा भएको हुँदा यस विषयमा थप गृहकार्य गर्न आवश्यक देखिन्छ ।

४. नेपाल–भारत सीमाना स्ट्रिप नक्सा ९८ प्रतिशत तयार भई भारतले सुस्ता र कालापानी थाती राखी हस्ताक्षर गर्न प्रस्ताव गर्दै आएकोमा सीमानाका धेरै ठाउँमा दुवै पक्षले दशगजा मिची बसेको वा नदीले सीमाधार परिवर्तन गरेको कारण हजारौं हेक्टर जमीन र बस्ती यताउता भई विवाद हुने हुँदा छिटो पूरै नक्सा सकेर सम्झौता गर्नु उपयुक्त हुन्छ । त्यसरी नै नेपाल, भारत र चीनको त्रिदेशीय सीमाना रहेको लिपुलेकमा हालै भारत र चीनले मात्र आवागमन खुला गर्न गरेको सहमतिमा नेपालको पनि दावी जाहेर गर्नुपर्दछ ।

५. नेपाल–भारत सम्बन्धको एउटा ठूलो समस्या भारतसँग वर्षेनी डरलाग्दो ढंगले बढ्दै गएको व्यापार घाटा हो । अहिले भारतसँग वार्षिक आयातरनिर्यात अनुपात दश गुणा भन्दा बढी रहेको छ । यो भयावह परनिर्भरतालाई अन्तरनिर्भरतामा बदल्न एकातिर भारतले लगाएको अतिरिक्त भन्सार, ल्यल९त्बचषा, एबचब त्बचषा, क्वारेन्टाइन बन्देज आदि हटाउन पहल गर्नुपर्दछ भने अर्कोतिर नेपालका निर्यातमुखी तुलनात्मक लाभका सेवा तथा उद्योगहरुको प्रवद्र्धन गर्न ती क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी आकर्षित गर्ने ध्येयले मेरो प्रधानमन्त्रीकालमा भारतसँग गरिएको ‘बिप्पा’ सम्झौता छिटो कार्यान्वयन गरिनुपर्दछ ।

६. आर्थिक विकास निम्ति विदेशीसँग भीख माग्ने युग पुरानो भइसक्यो । अब तीब्र वेगमा आर्थिक क्रान्तिका लागि हामीले कसैसँग अनुदान सहयोग होइन ऋण सहयोग ९ीइऋ०, पूँजी लगानी र व्यापार सम्बन्धमा जोड दिनुपर्छ । भारतसँग पनि हामीले त्यसै गर्नुपर्दछ । खासगरी ठूला भौतिक पूर्वाधार योजना हामीले अनुदान सहयोगमा होइन नरम ऋण ९क्यात ीयबल० लिएर आफैं निर्माण गर्ने नीति लिनुपर्दछ । यसक्रममा बहुचर्चित काठमाडौं–निजगढ ‘फाष्टट्रयाक’ हामीले भारतीय वा अन्यत्रबाट नरम ऋण लिएर नेपाल आफैंले निर्माण गर्नुपर्दछ ।

७. भारतसँग तत्काल थप परियोजना निम्ति सम्झौता गर्नुभन्दा भारतीय लगानी, अनुदान र ऋण सहयोगमा निर्माणधीन आयोजनाहरु निर्दिष्ट समयमा पूरा गर्न जोड दिनुपर्दछ । विशेषतस् वर्षौंदेखि तराई–मधेशको लाइफलाइन रहेको हुलाकी सडक भारतीय सहयोगमा वा ऋण लिएर नेपाल आफैंले छिटो सम्पन्न गर्नुपर्दछ । त्यस्तै पञ्चेश्वर लगायतका ठूला पूर्वाधार आयोजना छिटो सम्पन्न गर्न जोड गर्नुपर्दछ ।

८. भारतले नेपालसँगको सीमा क्षेत्रमा अग्ला सडक र तटबन्ध निर्माण गर्ने गरेकाले वर्षेनी वर्षायाममा सीमाक्षेत्रका जिल्लाहरु डुवानमा पर्ने गर्दछन् । यसबारे भारतसँग उच्चतहमा गम्भीर संवाद गरेर स्थायी समाधान खोजिनुपर्छ ।

९. सन् २००८ को सेप्टेम्बरमा कोशी नदीमा आएको बाढीले पूर्व–पश्चिम राजमार्गमा क्षति पुर्‍याई नेपाली गाडीहरुको आवागमन नेपालभित्र पनि भारत भई गर्नुपरेको थियो । तपाईंको उक्त साल भारत भ्रमण हुँदा संयुक्त–वक्तव्यमा नै नेपाली गाडीहरुलाई भारत भई नेपाल आउन–जान परमिट दिन भारतीय क्याम्प अफिस विराटनगरमा राख्न दिने र राजमार्ग सुधारपश्चात् बन्द गर्ने उल्लेख छ । परन्तु नेपालको परराष्ट्र मन्त्रालयबाट दुईपटक पत्राचार गर्दा पनि भारतले आजसम्म उक्त कार्यालय बन्द गरेको छैन । यसबारे भारतीय पक्षसँग उच्चतहमा संवाद गरी छिटो समाधान खोजिनुपर्दछ ।

१०. भारत र चीन दुवै हाम्रा छिमेकी आर्थिक महाशक्ति बन्दैछन् । उनीहरुको बीचमा वार्षिक सय अर्ब डलरको व्यापार हुन्छ । त्यसको एउटा अंश मात्र पनि नेपाल ट्रान्जिट भएर व्यापार भएमा नेपालले ठूलो लाभ लिनसक्छ र सबै पक्षलाई फायदा हुनसक्छ । यसबारे तत्काल भारतसँग र पछि चीनसँग कुरा गरेर त्रिपक्षीय सम्बन्धका लागि सार्थक पहल गरिनुपर्दछ ।

धन्यवाद ।

२०७३ भाद्र २८
डा. बाबुराम भट्टराई
संयोजक, केन्द्रीय कार्यकारी समिति,
नयाँ शक्ति पार्टी, नेपाल

लगातार पानी पर्दा किसानमा पाकेको धान खेतमै नष्ट हुने डर

२८ भदौ, कञ्चनपुर ।
केही दिन देखिको झरीका कारण कञ्चनपुर जिल्लामा धानवाली प्रभावित भएको छ ।

पाकेट भित्राउन ठिक्क भएको धानवाली झरीका कारण नष्ट हुन थालेपछि किसान चिन्तित भएका छन ।

झरीले पाकेको धान खेतमै झर्न थालेको छ भने पाम्न ठिकक भएको धान भांचीएर नष्ट भएको किसानहरुले गुनासो गरेका छन ।

बाढीले कैलाली जलमग्न

२८ भदौ, धनगढी ।
गयराती देखि परेको लगातारको बर्षासगै आएको बाढी बस्तीमा पसेपछि कैलालीमा पाच घरपरिवार बिस्थापित भएका छन् भने केहि बस्ती डुवानमा परेका छन् ।

स्थानीय गंगा नदीमा आएको बाढी बस्तीमा पसेर घर डुवान परेपछि चौमाला गाविसको राजीपुरका पाच परिवार बिस्थापित भएका छन् ।

बाढी प्रभावित ती परिवारलाई उद्धार गरि सुरक्षित स्थानमा सारीएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले बताउनुभयो ।

यस्तै खुटीया नदीमा आएको बाढीले उर्मा मुक्त कमैया शिविर डुवानमा परेको छ । त्यस बस्तीमा चार फिटसम्म पानी जमेर घरभित्र पसेको स्थानीयले जानकारी दिएका छन् ।

नदीमा बाढीको सतह निकै बढेकाले धनगढीबाट सुरक्षाक्रर्मीको टोली त्यसतर्फ जान नसकेपछि उद्धारका लागि बनबेहडा स्थित सशस्त्र प्रहरीको टोली  खटिएको प्रहरीले बताएको छ ।

यस्तै लगातारको बर्षाका कारण सदरमुकाम धनगढीका अधिकाश वडा जलमग्न भएका छन् । ढल निकास नहुदा पानी जमेर शिवनगर, बिशालनगर, तारानगर, पशुपति, क्याम्पसरोड लगायत क्षेत्र जलमग्न भएका छन् ।

प्रधानमन्त्रीसँग भारत जाने ४२ जना को-को हुन् ?

काठमाडौं,भदौ २८ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको बिहीबारदेखि हुने भारत भ्रमणमा ४२ सदस्य रहने भएका छन्। सरकारले ४२ जनाको खर्च बेहोर्ने परराष्ट्र मन्त्रालयका अधिकारीले बताए। सरकारले प्रचलित विदेश भ्रमण निर्देशिका विपरीत  भ्रमण टोली जम्बो बनाएको छ । हाल प्रचलनमा रहेको विदेश भ्रमण निर्देशिकामा प्रधानमन्त्री र राष्ट्रपतिको विदेश भ्रमणमा सरकारी खर्चमा अधिकतम २३ जना सहभागी गराउन सकिने उल्लेख रहेको खबर आजको अन्नपूर्णमा छ। प्रचण्डको भारत भ्रमण राजकीय हुने भएको छ । प्रधानमन्त्री प्रचण्डको राजकीय भ्रमण हुने चार दिनअघि नेपाल र भारतका विदेश मन्त्रालयले एकैसाथ भ्रमणको घोषणा गरेको हो । प्रधानमन्त्रीको कार्यभार सम्हालेपछि प्रचण्डको यो नै पहिलो विदेशयात्रा हो ।

प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. ऋषि अधिकारी, राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, परराष्ट्र सचिव शंकरदास वैरागीलगायत जाँदै छन् । विभिन्न दलका सांसद विभिन्न मन्त्रालयका सचिव तथा उच्च अधिकारी, पत्रकार र व्यापारीलगायत रहने छन्।

यद्यपि प्रधानमन्त्री प्रचण्डले भ्रमण टोली सानो बनाउन परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई निर्देशन दिएका थिए । भ्रमण दलका रहने व्यापारिक समुदाय र सञ्चारमाध्यमका प्रतिनिधि र निजी सञ्चारमाध्यमका प्रतिनिधिको खर्च भने सरकारले वेहोर्ने छैन । प्रधानमन्त्रीले १ असोजमा हिमाञ्चलको नाथपाझाक्री जलविद्युत् परियोजना भ्रमणमा जाने कार्यक्रम छ । २ असोजमा हरिद्वारस्थित पतञ्जली उद्योगको निरीक्षण गरेर प्रधानमन्त्री सोही दिन स्वदेश फर्किनेछन् ।

मेडिकल कलेजको सिट थपघट गर्न आइओएमको सिफारिस

काठमाडौं,भदौ २८ । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)ले आगामी वर्षका लागि मातहतका क्याम्पसले एमबिबिएस र बिडिएसमा भर्ना लिने विद्यार्थी सिट संख्या सिफारिस गर्ने निर्णय गरेको छ । आइओएमले गरेको सो निर्णय नेपाल मेडिकल काउन्सिलको बोर्डले छलफल गरी स्वीकृत गरेपछि लागू हुने खबर आजको नयाँ पत्रिकामा छापिएको छ। फ्याकल्टी बोर्डको सोमबारको बैठकले एमबिबिएसतर्फ अधिकतम एक सय १५ सिट दिने गरी सिफारिस गर्ने निर्णय गरेको हो ।

आइओएम स्रोतका अनुसार अघिल्लो वर्ष एक सय ३५ सिट पाएका कलेजको सिट संख्या घटाएर यस वर्ष अधिकतम एक सय १५ मा झारिएको छ । यसैगरी, बिडिएस ९दन्त चिकित्सा०तर्फ अधिकतम ७० सिट संख्या सिफारिस गर्ने निर्णय गरिएको छ। सिफारिस भएका मेडिकल कलेजको मेडिकल काउन्सिलले पुनस् अनुगमन गर्नेछ । मेडिकल काउन्सिलले आइओएमले सिफारिस गरेको सिट संख्यामा आफूले अनुगमन गरेको आधारमा केही सामान्य हेरफेर गर्न सक्नेछ। आइओएमले सिफारिस गरेको सिट संख्या प्रायस् काउन्सिलले परिर्वतन गर्ने चलन छैन । ‘सामान्य एक–दुई सिट घटबढ हुन सक्छ,’ बोर्डका एक सदस्यले भने, ‘फ्याकल्टी बोर्डले पास गरेको कुरा काउन्सिलले सामान्य मात्र हेरफेर गर्ने गरेको छ ।’

महिला संघमा सुजाता ल्याउन देउवा असहमत,चित्रलेखाको नाममा लबिङ

काठमाडौं,भदौ २८ ।  कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय सदस्य सुजाता कोइरालालाई नेपाल महिला संघको अध्यक्ष बनाउने प्रस्ताव अस्वीकार गरेकाछन् । कांग्रेस केन्द्रीयय सदस्या समेत रहेकी नेतृ कोइरालालाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्ताव देउवाले ठाडै अस्वीकार गरेका आजको राजधानी दैनिकमा समाचार छ ।

कोइरालाले नेतृत्व गर्दा महिला संघको गरिमा बढ्ने र पार्टीले सोचेजस्तो नतिजा आउने भन्दै सभापति देउवासमक्ष पौडेलले उनको नाम प्रस्ताव गरेका थिए । तर, देउवाले सम्भव नभएको भन्दै अस्वीकार गरेका हुन् । देउवा पक्षीय नेताहरुले सुजातालाई सर्वसम्मत अध्यक्ष बनाउनै नसकिने अडान राखेका छन् । स्रोतका अनुसार देउृवा कुनै पनि भातृ संगठनको नेतृत्व पौडेल पक्षलाई दिन तयार छैनन् ।

देउवा पक्षीय नेताहरुले पूर्वकोषध्यक्ष चित्रलेखा यादवलाई महिला संघमा सर्वसम्मत अध्यक्ष बनाउने लविङ थालेका छन् ।

बर्षाले काठमाडौं सहित देभभरको जिवन प्रभावित, एकै घरका दुई जनालाई खोलाले बगायो

२७ भदौ, काठमाडौं ।

नेपालमा विगत बर्षहरुमा भदौको अन्तीम सातासम्म मनसुन सकिएर बर्षा हुन कम हुने गरेको परम्परा विपरित यस बर्ष भने मध्यबर्षामा जस्तो गरी विगत तीनदिनदेखि देशै भर बर्षा भएको छ ।

बर्षाले काठमाण्डौमा केही चिसोको महसुस भएको छ भने तराई क्षेत्रमा पनि शितलताको अनुभूत भएको सर्वसाधारणले बताएका छन् । नेपालमा प्रायः मनसुन सिजनको रुपमा जुन १० तारिकदेखि सेप्टेम्बर २३ सम्मलाई लिने गरिन्छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले भने यो बर्षा अप्रत्याशित नभै नियमित मनसुनी बर्षा नै भएको र केही ढिलोसम्म बर्षा कायम रहेको स्थिति मात्र भएको बताएको छ ।

मौसमविद् सुवाष रिमालले नेपालमा अझै १२/१३ दिनसम्म मनसुन सिजन रहने भएकाले यो बर्षालाई  अप्रत्याशित भन्न नहुने बताउनु भयो ।

उहाँले मंगलबारसम्म देशैभर पानी पर्ने र बुधवार मध्य तथा सुदूर पश्चिममा पानी पर्ने संभावना रहेको पनि औल्याउनु भयो ।

हाल भारतको काश्मिर क्षेत्रबाट न्यूनचापिय मनसुनी रेखा नेपाल नजिकै आएकोले मनसुन अझै केही दिन सक्रिय हुन सक्ने मौसमविद् रिमालको भनाई छ ।

लगातारको बर्षापछि देशका बिभिन्न भागमा गएको बाढी पहिरोका कारण जनजीबन प्रभाबित

लगातारको बर्षापछि देशका बिभिन्न भागमा गएको बाढी पहिरोका कारण जनजीबन नराम्ररी प्रभाबित भएको छ ।

बर्षापछि गएको पहिरोका कारण मेची राजमार्ग अन्तर्गत पांचथर ताप्लेजुङ सडकखण्ड, सिन्धुली सडकखण्ड र रसुवा स्याफ्रु टिमुरेखण्ड राजमार्ग अबरुद्ध भएको छ ।

राजमार्ग अबरुद्ध भएका कारण यातायात संचालन अबरुद्ध हुनाका साथै सयौ यात्रु बाटोमा नै अलपत्र परेका छन् ।

पहिरो पन्छ्याउने कार्य भइरहेपनि लगातारको बर्षाका कारण पहिरो जाने क्रम जारी रहेकोले कठिनाई उत्पन्न भएको प्रहरीले जनाएको छ ।

पहिरोका कारण पबर्तमा पांच घर परिवार बिस्थापित भएका छन् ।

पहिरोकै कारण पर्बतको भुकताङले गाबिस ८ मा रहेको २५ किलोवाट क्षमताको ठाडोखोला लघुजलबिद्युत आयोजनाको नहर पूर्ण रुपमा भत्किएको छ ।

गएरातिदेखिको बर्षाका कारण बीरगंज नगर क्षेत्रका अधिकांश भाग डुबानमा परेपछि जनजीबन प्रभाबित भएको छ ।

मर्मत सम्भार नहुंदा र फोहोरका कारण नाला बन्द हुंदा त्यहांका अधिकांश क्षेत्र डुबानमा परेको स्थानिय बासिन्दाको भनाई छ ।

एकै घरका दुई जना खोलाले बगायो

सोलुखुम्बुको नेचाबतासे र सल्यान ५ मा रहेको खहरे खोलाले एकै घरका दुई जनालाई बगाएर बेपत्ता बनाएको छ ।

लगातारको बर्षाका कारण बढेको खोला तर्ने क्रममा सल्यान ५ का ७७ बर्षिया आमा फुर्वाडोमा शेर्पा र ३९ बर्षिया छोरी पेमजाङमु शेर्लालाई खोलाले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रधानमन्त्रीको ४ दिने भारत भ्रमण यस्तो छ, ल्याउने केही छैन गुमाउनेकै डर

२७ भदौ, काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल– प्रचण्ड मित्रराष्ट्र भारतको औपचारिक भ्रमणका लागि विहिवार भारत प्रस्थान गर्दै हुनुहुन्छ ।

नेपालका हरेक प्रधानमन्त्रीको भारत भ्रमणको समयमा देशभित्र विभिन्न आशंका उठाउने एकप्रकारको मनोवृतिको विकास गरिएको छ ।

अहिले पनि प्रधानमन्त्रीको भारत भ्रमणको पूर्व सँध्यामा यस्तै आशंका व्यक्त भईरहँदा परराष्ट्र मामिलाका जानकारहरुले भ्रमणका बेला दुई देश बीचको सम्बन्ध अझ सुदृढ बनाउने र यसअघि विभिन्न समयमा भएका सन्धी सम्झौतालाई कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको छ ।

भदौ ३० गतेदेखि हुन लागेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र दुईदेश बीचको कुटनीतिक सम्बन्ध लगायतका विषयमा अहिले चौतर्फी बहस र छलफल भैरहेको छ ।

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा दुईदेशबीच आपसी विश्वास र समझदारीको वातावारण अझै बढाउनु पर्नेमा विज्ञहरुले जोड दिनुभएको छ ।

यसअघि विभिन्न समयमा भएका सन्धी सम्झौता हेरेर दुईदेशबीचको हीतमा रहेका सन्धी र सम्झौताहरुको कार्यान्वयनमा प्रधानमन्त्रीले विशेष ध्यान दिनु पर्ने  डा।थापा बताउनु भयो ।

प्रधानमन्त्रीले छिमेकी मुलुकको भ्रमण गर्ने हरेक समय विभिन्न खालका शंका उपशंका र विभन्न सन्धी सम्झौता लगायतका नयाँ विषयहरु उठ्ने गरेको पाइन्छ ।

ती शंका उपशंकाहरुलाई चिर्न र भारत भ्रमणलाई महत्वपूर्ण र उपलब्धीमुलक बनाउन भन्दै प्रधानमन्त्री दाहालले रजनीतिक दल, विज्ञ, उद्योगी व्यवसायी लगायतसँग परामर्श गरिरहनु भएको छ ।

प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र भारतबीचको सम्बन्ध अझ सुदृढ बनाउने विषय भएकाले यसमा धेरै शंका र उपशंका गर्न नहुने पनि विज्ञहरुको धारणा छ ।

प्रधानमन्त्री दाहाललाई विभिन्न रानीतिक दल, संसदीय समिति देखि विज्ञ र उद्योगी, व्यापारी लगायत सवै पक्षले नेपाल र भारत वीचको कुटनीतिक सम्बन्धलाई अझ विकास गर्न र विश्वासको वातावरणलाई उचाईमा पु¥याउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री दाहालसँग विद्यार्थी सङ्गठनको आग्रह

संयुक्त विद्यार्थी सङ्गठनले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारत भ्रमणका क्रममा नेपाल र नेपाली जनताको हित विपरीत कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरेको छ ।

आठ विद्यार्थी सङ्गठनको आज बागबजारमा बसेको संयुक्त बैठकले प्रधानमन्त्री दाहालको भ्रमणलाई फलदायी र उपलब्धिमूलक बनाउन अनुरोध गर्दै नेपाल र नेपालीको हित विपरीत कुनै सन्धि, सम्झौता र निर्णय नगर्न आग्रह गरेको हो ।

संविधान सर्वस्वीकार्य बनाउने सरकारको प्राथमिकताः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधनमार्फत संविधानलाई सर्वस्वीकार्य बनाई त्यसको कार्यान्वयन गर्नु वर्तमान सरकारको पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेकपा 'माओवादी केन्द्र' द्वारा सिरहाको मिर्चैयामा आज आयोजित जनसभालार्ई टेलिफोनमार्फत सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले मधेसीलगायत उत्पीडित वर्ग, जाति, क्षेत्रको अधिकार संविधान संशोधनमार्फत स्थापित गर्न सरकारले तयारी गरिरहेको बताउनुभयो ।

वर्षाका कारण कार्यक्रममा जान नसकेपछि प्रधानमन्त्री दाहालले टेलिफोनमार्फत सम्बोधन
गर्नुभएकोहो ।

प्रधानमन्त्री भारत भ्रमण अघि नै संशोधन गरी संविधानलाई सर्वस्वीकार्य बनाउने चाहना हुँदाहुँदै पनि त्यो तत्काल सम्भव हुन नसकेको बताउँदै भारत भ्रमणबाट फर्किएलगत्तै संविधान संशोधन प्रक्रिया अगाडी बढाउने प्रष्ट पार्नुभयो ।

उहाँले मधेसबाट चुनाव जितेकाले मधेसप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको प्रसङ्ग उल्लेख गर्दै हुलाकी राजमार्ग निर्माणको कामलाई सरकारले तिव्रता दिएको बताउनुभयो ।

राष्ट्रिय आयोजनाको अनुगमन म आफैँ गर्छु –प्रधानमन्त्री

२७ भदौ, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजना कार्यान्वयनबारे आफैँले अनुगमन गर्ने बताउनुभएको छ ।

राष्ट्रिय विकास समस्या समाधान समितिको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाइ आफ्ना मातहतका आयोजनाको अनुगमन र निरीक्षण गरी विकास आयोजना समयमै सम्पन्न गर्ने वातावरण सिर्जना गर्न पनि निर्देशन दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले एकातिर विकासका आयोजनामा रकम अभाव हुने र अर्कोतिर विनियोजित पुँजीगत खर्च नहुने समस्या समाधानका लागि दण्ड र पुरस्कारको प्रावधान आवश्यक रहेकामा जोड दिनुभयो ।

बैठकमा प्रधानमन्त्रीले विकास आयोजनासम्बन्धी समितिका बैठकमा आवश्यक गृहकार्य गरेर उपस्थित हुन मन्त्री र सचिवलाई निर्देशन पनि दिनुभयो । प्रधानमन्त्रीले भन्नुभयो–“विकासका काममा संवेदनशील हुन जरुरी छ । जनताले नयाँपनको अनुभूति गर्नुपर्दछ । ”

उहाँले सङ्घीय ढाँचाअनुसार विकासका आयोजना छनोट र कार्यान्वयन गर्न आवश्यक रहेको बताउँदै त्यसको तयारीगर्न पनि मन्त्री र सचिवलाई निर्देशन दिनुभयो ।

बैठकमा उपप्रधान मन्त्री, मन्त्री, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव, र सचिवहरुले विकास आयोजनाको स्थिति, समीक्षा, प्रगति विवरण र आगामी योजनाबारे आ–आफ्ना प्रगति विवरण र सुझाव पेस गर्नुभएको थियो ।

दश मुसामध्ये सातवटामा ‘माइट’ संक्रमण भेटियो

२७ भदौ, काठमाडौं ।

स्क्रब टाइफस अध्ययनका लागि चितवन गएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर आज दिउँसो राजधानी फर्किएको छ ।

चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो ।

टोलीले १० वटा मुसा समातेर परीक्षण गर्दा सातवटा मुसामा स्क्रब टाइफस भनिने नयाँ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ फेला परेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

काठमाडौँबाट आएको आठजनाको टोलीले मुसाको कलेजो, फोक्सो, मुटु किड्नी र रगतसमेत सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ लगेको केसीले जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेको नेतृत्वमा टोली मुसाको अनुसन्धान गर्न चितवनमा गएको थियो ।

मुसामा पाइने माइट नामको सङ्क्रमित किराले टोकेमा स्क्रब टाइफस रोग सर्छ ।

मुसाबाट झारमा झर्ने र झारबाट मानिसमा किरा टाँसिएर टोक्दा रोग लाग्ने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web