देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा

काठमाडौं,भदौ ३० । गुट उपगुटमा विभाजित नेपाली कांग्रेसभित्र कायम रहेको १३औं महाधिवेशनपछिको समीकरण विभाजित हुँदै गएको छ। पार्टीको प्रभावशाली भातृ संगठनको महाधिवेशन सुरू भएसँगै सभापति शेरबहादुर देउवाले भित्रिया गुटका नेतालाई बढी प्राथमिकता दिएको भन्दै देउवा पक्षका प्रभावशाली नेताहरू छुट्टै गुट बनाउने गृहकार्यमा लागेको छ ।

१३औं महाधिवेशनअघि कांग्रेसभित्र कोइराला र देउवा दुई गुट मात्र थियो। त्यतीबेला संस्थापन पक्षका कोइराला समूहले ६० प्रतिशत र देउवा समूहले ४० प्रतिशतको भागबण्डामा पार्टीभित्रको आन्तरिक व्यवस्थापन गरिन्थ्यो। तत्कालिन सभापति शुसील कोइरालाको निधन भएपछि संस्थापन पक्षको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गरेका थिए। पार्टीको महाधिवेशनमा अर्का नेता कृष्णप्रसाद सिटौलाले पनि प्रभावशाली गुट बनाएका थिए।  आजको नेपाल समाचार पत्रमा छापिएको छ।

संविधान संशोधनसँग भ्रमणको कुनै सम्बन्ध छैन,-प्रधानमन्त्री

काठमाडौं,भदौ २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनको विषयसँग भारत भ्रमणको कुनै सम्बन्ध नभएको बताउनु भएको छ । बुधबार दिउँसो मधेशी मोर्चा र संघीय गठबन्धनका नेताहरुसँगको संयुक्त बैठकमा बोल्दै प्रधानमन्त्रीले संविधान संशोधन देशको आन्तरिक मामिला भएको बताउनु भएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन हाम्रो आन्तरिक मामिला हो । यसबारे राजनीतिक तहमा सम्वाद गरेर हामीले नै समाधान निकाल्नुपर्छ । भारत भ्रमण दुई देशबीचको सम्बन्ध सुदृढ गर्ने कुटनीतिक विषय हो । संविधान संशोधन र भारत भ्रमणबीच कुनै सम्बन्ध छैन भन्नेमा हामी स्पष्ट हुन जरुरी छ ।’

प्रधानमन्त्रीले संविधान संशोधनमा सरकार र मधेशी मोर्चा नजिकै रहेको भन्दै थप विश्वासको वातावरण बनाउन दुवै पक्षबाट पहल गर्न आग्रह गर्नुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘संविधान संशोधन गरेर संविधानको स्वीकार्यता बढाउने कुरामा सरकार गम्भीर छ । त्यसका लागि दुवै पक्षबाट थप पहल गर्न जरुरी छ ।’

बैठकमा संघीय गठबन्धन र मधेशी मोर्चाका नेताहरुले भ्रमणको सफलताको शुभकामना दिँदै देशको आन्तरिक मामिला छिटो हल गरेर संविधानको कार्यान्वयन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको थियो ।

नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ नियुक्त

काठमाडौं,भदौ २९ । नेपाल विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङ नियुक्त भएका छन् । कार्यकारी निर्देशक मुकेशराज काफ्लेले राजीनामा दिएपछि बुधबार बसेको मन्त्रिपरिषदको बैठकले घिसिङलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  घिसिङ यसअघि चिलिमे जलविद्युत कम्पनीका प्रबन्ध सञ्चालक समेत थिए । तर, काम सन्तोषजनक नभएको भन्दै नेपाल विद्युत प्रधिकरण सञ्चालक समितिको बैठकले घिसिङलाई चिलिमे जलविद्युत कम्पनीको प्रबन्ध सञ्चालकबाट फिर्ता बोलाउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले सात वटा प्रदेशमा सात उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ । प्रदेश राजधानी नतोकिएको अवस्थामा अहिलेलाई बिराटनगर, जनकपुर, पाटन, पोखरा, तुलसीपुर, वीरेन्द्रनगर तथा दिपालयमा उच्च अदालत स्थापना गर्ने निर्णय गरेको छ ।

देउवा र सिटौला समूहको संयुक्त प्यानलको भिडन्त पौडेलपक्षसँग

काठमाडौं,भदौ २८ । नेपाली कांग्रेसको भ्रातृसंस्था नेपाल महिला संघको तेस्रो महाधिवेशन बुधबारदेखि काठमाडौंमा सुरु हुँदैछ । काठमाडौंको भृकुटीमण्डपमा हुने महाधिवेशनको दिउँसो १ बजे कांग्रेस सभापति शेरबहादुर देउवाले उदघाटन गर्नेछन् ।  निर्वाचनमा संस्थापन र कृष्ण सिटौला समूहको संयुक्त प्यानल बनेको छ । रामचन्द्र पौडेल पक्षले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ ।

देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहबाट महासचिव लिने समझदारी भएसँगै अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार उठाईने भएको छ । कोषाध्यक्ष र सदस्यहरुको उम्मेदवार टुंगिन बाँकी छ । निर्वाचित र मनोनीत गरी २ हजार २ सय ४४ प्रतिनिधि महाधिवेशनमा सहभागी हुनेछन् ।

रामदेवका सहयोगी आचार्य बालकृष्ण भारतीय धनीको सूचीमा

काठमाडौं,भदौ २८ । भारतीय योग गुरु रामदेवका सहयोगी आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश भएका छन्। एवं पतञ्जलीका सीईओ आचार्य  ३ सय ३९ जना धनीको सूचीमध्येमा २५ औं स्थानमा परेका छन् । १३ वर्षको उमेरमै स्याङ्जास्थित बाबु आमाको घरबाट भागेका सीईओ आचार्य बालकृष्ण ३ अर्ब ८० करोड अमेरिकी डलरसहित भारतीय धनी व्यक्तीको सूचीमा परेका हुन् ।

पतञ्जलीमा बालकृष्णको ९४ प्रतिशत स्वामित्व रहेको छ । २०१७ सम्ममा दश हजार करोडको कारोबार गर्ने लक्ष्य रहेको सार्वजनिक धनी सूची रिपोर्टले उल्लेख गरेको छ । बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो। बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए। त्यसपछि १३ बर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागेर भारतै पसेका थिए ।

भलिबल संघ विस्तार खड्का उपाध्यक्षमा मनोनित

काठमाडौं,भदौ २८ । भलिबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्का नेपाल भलिबल संघको उपाध्यक्षमा मनोनित भएका छन् । खड्काले वि.सं २०४५ सालदेखि लगातार राष्ट्रिय प्रतियोगिता खेलेका थिए भने खेलाडी जीवनबाट विदा भएपछि भलिबलको विकास र विस्तार सक्रिय रहेका थिए ।

पूर्व राष्ट्रिय खेलाडी तथा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका खड्का उपाध्यक्षमा मनोनित हुँदा सदस्यहरुमा पूर्व राष्ट्रिय खेलाडी भरतबहादुर शाह मनोनित भएका छन् । त्यसैगरी संघको सदस्यमा नै टेककुमार राजभण्डारी, रोशन श्रेष्ठ, विक्रम बोगटी, झकबहादुर मिश्र र जितेन्द्र श्रेष्ठ मनोनित भएका छन् ।

त्यसैगरी संघको सल्लाहकारमा पूर्व अध्यक्ष गंगाबहादुर थापा, रमेशमान मल्ल र रामचन्द्र भण्डारी मनोनित भए । मनोनित सल्लाहकार तथा पदाधिकारीलाई भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले शपथग्रहण गराएका थिए ।

राष्ट्रिय भलिबल:न्युडायमण्ड र एपीएफको विजयी सुरुआत

काठमाडौं,भदौ २८ । न्युडायमण्ड स्कुल र सशस्त्र प्रहरीको एपीएफ क्लबले तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा विजयी सुरुवात गरेका छन् । महिलातर्फ मंगलबार भएको उद्घाटन खेलमा न्युडायमण्डले विभागीय टोली त्रिभुवन आर्मी क्लब र एपीएफले काभ्रे भलिबल संघलाई पराजित ग¥यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप) कबर्डहलमा भएको उद्घाटन खेलमा न्युडायमण्डले आर्मीलाई ३–० को सेटमा पाखा लगायो । आर्मीविरुद्ध न्युडायमण्डले पहिलो सेट २५–११, दोस्रो २५–१४ र तेस्रो सेट २५–१६ को सेटमा जित निकाल्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो ।
नेपाल भलिबल संघको बार्षिक क्यालेन्डर अनुसारको पहिलो प्रतियोगिताको महिलातर्फको पहिलो खेलमा एपीएफले काभ्रे जिल्ला भलिबल संघमाथि ३–० कै सेटमा जित निकाल्यो । एपीएफले काभ्रेमाथि २५–५, २५–८ र २५–३ को जित निकाल्यो ।

पुरुषतर्फको खेलमा रुपन्देहीको मणिमुकुन्द भलिबल क्लब र ढोरपाटन स्पोर्टस् ट्रेनिङ सेन्टरले विजयी सुरुवात गरेका छन् ।
राखेप कबर्डहलमा भएको पुरुषतर्फको पहिलो खेलमा मणिमुकुन्दले काभ्रे भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्यो । मणिमुकुन्दले काभ्रेमाथि पहिलो सेट २५–१२, दोस्रो सेट २५–१७ र तेस्रो सेट २५–१८ को जित निकाल्यो ।
यस्तै पुरुषतर्फको दोस्रो खेलमा ढोरपाटनले बुढानीलकण्ठ भलिबल संघलाई ३–२ को सेटमा पराजित ग¥यो । पहिलो सेट १६–२५ ले गुमाएको ढोरपाटनले त्यसपछि लगातार तीन सेट जित्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । बुढानीलकण्ठविरुद्ध ढोरपाटनले दोस्रो सेट २५–२३, तेस्रो सेट २५–१४ तथा निर्णायक सेट २७–२५ जित्दै खेल आफ्नो पक्षमा बनायो ।

नकआउटका आधारमा सञ्चालन भइरहेको प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख ५० हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैया जित्ने छन् । यस्तै च्याम्पियनसिपको दुवै विधाका सर्बोकृष्ट खेलाडीले १५÷१५ हजार पाउने छन् ।

त्यस्तै व्यक्तिगत विधातर्फ बेष्ट स्पाइकर, ब्लकर, लिफ्टर, लिब्रो र सर्भरले जनही ५ – ५ हजार पाउनेछन् । च्याम्पियनसिपको उद्घाटन युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले गरेका थिए । सो अवसरमा राखेप सदस्य–सचिव केशवकुमार बिष्ट, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक दुर्जकुमार राई, भलिबल संघका उपाध्यक्ष यमबहादुर गुरुङ, निरोज मास्के र रञ्जन खड्का, महासचिव जितेन्द्रबहादुर चन्दलगायतको उपस्थिति रहेको थियो ।

‘संबिधान संशोधन नभएमा दश महिनामै संबिधानको अस्तित्व समाप्त हुन्छ’-कर्ण

भक्तपुर,भदौ  २८  । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संबिधान संशोधन नभएमा दश महिनामै संबिधानको अस्तित्व समाप्त हुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै कर्णले ४७ सालको संबिधान दश बर्ष नटिके जस्तै संबिधान संशोधन गरि मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संबिधानको अस्तित्व सकिने बताउनु भएको हो ।

अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस बिषयमा अनर्गल प्रचारप्रसार गरिएको भन्दै कर्णले आफूहरु बैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रबेश पाउनु पर्ने उहाँले बताउनु भयो ।

कर्णले मधेशको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको भन्दै निर्वाचन गर्छौ भन्दै सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप लगाउनु भयो ।

कर्णले सिंमाकन बिबाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचान सहितको मधेशमा दुइ प्रदेश निर्धारण गरिनुपर्ने बताउनु भयो । भारतको बिरोध गर्दैमा राष्ट्रबाद भईन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने उहाँले बताउनु भयो । उहाँले भारतको बिषयमा बोले  राष्ट्रघाती र चीनको सम्र्थन गरे राष्ट्रबादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको बताउनु भयो ।

महन्थ ठाकुरको ६० लाख रुपैयाँ सहित ‘ब्रिफकेस’ चोरी, कहाँबाट आयो यत्रो पैसा ?

२८ भदौ, काठमाडौं ।
तराईका जनताको नाममा मधेश केन्द्रित पार्टी खोलेर राजनीति गर्दै आएका नेता हुन् महन्थ ठाकुर । उनै महन्थ ठाकुरको घरबाट ६० लाख रुपैयाँ सहितको 'ब्रिफकेस' चोरी भएको छ ।

तराईका सोझा सिधा नागरिकलाई अधिकार, र संविधानको नाममा नेपाली नागरिकता लिएका भारतीयलाई बढी अधिकारी दिनुपर्ने माग गर्दै भावी राजनीति सुरक्षित राख्नेगरि संघियता माग्दै आएका उनै ठाकुरले ब्रिफकेस चोरी हुँदा ५० ६० हजार चोरीएको भनेपनि घटनाको वास्तविकता सार्वजनिक हुन पुगेको हो ।

रोचक कुरा त के भने ६० लाख सहितको ब्रिफकेस चोरी भएपछि तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष रहेका महन्थ ठाकुर यतिबेला आफ्नै निवासमा बस्दैनन् ।

गत शुक्रबार भक्तपुर सानोठिमीस्थित आफ्नो निवासमा चोरी भएपछि उनी अहिले सम्धी उमाकान्त झाको अनामनगरस्थित घरमा बस्दै आएका छन् ।

पैसा सहितको ब्रिफकेस चारी हुँदा चोरसँग प्रतिकार गर्दा ठाकुरकी छोरी डा.मिनाक्षी घाइते भएकी थिइन् । श्रीमान् एमडी अध्ययनका लागि फिलिपिन्स गएकाले मिनाक्षी बाबुसँगै बस्दै आएकी थिइन् । अहिले मिनाक्षीले बाबुलाई आफ्नै घरमा ल्याएर राखेकी छन् ।

तमलोपा अध्यक्ष ठाकुर सँधैजसो एउटा ब्रिफकेस बोकेर हिँड्ने गर्थे । घरमा पनि सो ब्रिफकेस सिरानीमै हुन्थ्यो । उनी जहाँ जाँदा पनि त्यो ब्रिफकेस छोड्दैनथे ।

उनले जहिले ब्रिफकेस बोक्नुको रहस्य चाहिँ यसको चोरी पछि खुल्यो । नजिकका कार्यकर्ता र आसेपासेले पैसा माग्दा त्यही ब्रिफकेसबाट दिनेगरेका ठाकुर दशौं लाख लुटिएपछि रन्थनिएका छन् ।

प्रधानमन्त्री कार्यालयबाट फोन आएपछि घरमा छोरीको जिम्मामा ब्रिफकेस छाडेर बालुवाटार गएको केहीबरेमा ठाकुरको निवासबाट रकम चोरी भएको हो ।

चोरले ब्रिफकेस लुटेर भाग्न लाग्दा छोरी मिनाक्षीले प्रतिवाद गरेपनि जोगाउन सकिनन् खोसाखोसमा उनलाई सामान्य चोट समेत लागेको छ ।

यहाँ अर्को रोचक कुरा के भने ठाकुरको ६० लाखको ब्रिफकेस चोरी गर्ने व्यक्ति सर्लाही सलमपुर घर भएका यादव थरका व्यक्ति हुन् । उनी यसअघि ठाकुरका भान्से र ड्राइभर रहिसकेका व्यक्ति हुन् ।

ठाकुरको दुई÷चार लाख चोरी गरेको आरोप यसअघिनै लागेका उनलाई यस्तै गतिविधि गरेपछि ठाकुरले निकालिदिएका थिए ।

ठाकुरको दशौं लाखको ब्रिफकेशबारे जानकार रहेका उनै यादव शुक्रबार ब्रिफकेस चोरेपछि सम्पर्क बिहिन छन् । प्रहरीले ब्रिफकेस र फरार व्यक्तिको खोजि अनुसन्धान थालेको बताएको छ ।

महन्थ ठाकुरले बाहिर ५० ६० हजार भन्दै ढांटेपनि पार्टीको र भएको रकम सबै त्यही ब्रिफकेसमा रहेको भन्दै ६० लाख सहितको ब्रिफकेस हराएको पार्टीका नेताहरुलाई बताएका छन् ।

भारत निकट रहेका ठाकुरसँग यत्रो रकम कहाँबाट आयो ? तराईका जनता बाढीबाट पीडित बनिरहँदा बेखवर बनेर राजधानीको सुखसयलमा बसिरहेका महन्थ ठाकुरलाई तराईवासी सहित सबै नेपाली नागरिकले ६० लाखको श्रोत खोज्नुपर्ने भएको छ ।

उत्तर कोरियाले आणविक बम परिक्षण गरेको पुष्टि गर्दै जापानी प्रधानमन्त्रीको बिरोध

२८ भदौ, जापान ।
जापानी सरकारले तीनदिन अघि उत्तर कोरियामा ५.३ रेक्टर स्केलको पराकम्पन आउनेगरि उत्तर कोरियाले आणविक कमको परिक्षण गरेको बताएको छ ।

जापानका प्रधानमन्त्री सिन्जु आवेले उत्तर कोरियाले गरेको परमाणु हतियार परिक्षणको विरोध गरेका छन् ।

आवेशले विश्व शान्तिको लागि जापानले योगदान गर्ने भन्दै देशका सुरक्षा अधिकारीहरुसँग यस बारेमा छलफल गरेका छन् ।

पछिल्लो नौ महिनामा उत्तर कोरियाले २ वटा परमाणु परिक्षण गरेको बताउँदै जापानी प्रधानमन्त्री आवेले उत्तर कोरियाको यस्ता गतिविधिलाई सहन नसकिने कडा टिप्पणी गरेका छन् ।

उत्तर कोरियाले यसअघि पनि युद्धक विमान खसाल्ने ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरेको थियो । जुन गत महिना जापानी क्षेत्रमा खसेको थियो ।

समुन्द्री क्षेत्रमा बढ्दै गएको चीनको गतिविधिबाट सुरक्षा चासो र चिन्ता खेपिरहेको जापान पछिल्लो समय उत्तर कोरियाले लगातार गरिरहेको ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण र आणविक बम परिक्षणबाट सुरक्षामा चुनौति थपिएको निस्कर्षमा पुगेको छ ।

जापान र जापानी जनतालाई शान्तिपूर्ण जीवन जीउन सबै उपाय अपनाउने बताएका आवेले आफुले जापानको नयाँ राष्ट्रिय सुरक्षा नीति र देशको आत्मरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

राष्ट्रिय सुरक्षा नीति स्थापित भएको र अब लागु मात्र गर्न बांकी रहेको आवेले प्रष्ट पारेका छन् ।

उत्तर कोरियाले यसै बर्षमात्र २० वटा ब्यालेस्टिक क्षेप्यास्त्र परिक्षण गरिसकेको छ भने पछिल्लो पटक उसले गरेको परमाणु परिक्षण अहिलेसम्मकै ठूलो हो । यसअघि उत्तर कोरियाले चार पटक यस्ता खाले आणविक परिक्षण गरिसकेको छ ।

जापानका रक्षा मन्त्री तोमोमी इनादाले समेत उत्तर कोरियाले पछिल्लो ४ वटा परमाणु हतियारको सफल परिक्षण गरिसकेको यसअघि बताइसकेका छन् ।

पछिल्लो परमाणु हतियार परिक्षण उत्तर कोरियाले जनवरीमा गरेको थियो ।

उत्तर कोरियाको नेतृत्वमा किम जोंग उन आएपछि त्यहाँ परमाणु र आणविक हतियारको विकासले तीव्रता पाएको छ ।

अमेरिका, पश्चिमा देश र उनिहरुका सहयोगी देशहरुले उत्तर कोरियामाथि आर्थिक सहित सबैजसो नाकाबन्दी लगाएपनि आफ्नो लक्ष्यमा कति नडगमगाएको उत्तर कोरियाली नेतृत्व आणविक हतियार सम्पन्न भएको ठानिएको छ ।

अमेरिकाले यसअघि यस्ता गतिविधि गर्दै आएका देश तथा शासकलाई आतंकवाद लगायत अन्य कारण बनाएर आक्रमण गर्ने गरेपनि उत्तर कोरियामाथि कुनैपनि किसिमको हस्तक्षेप तथा आक्रमण गर्न सकेको छैन ।

उत्तर कोरियाले छिमेकी तथा विश्वको दोश्रो शक्तिमान देश चीनको साथ पाउँदै आएको छ भने रसियाले पनि उत्तर कोरियामाथि नरम नीति अपनाउँदै आएको छ ।

ओस्कर अवार्ड चयनपछि जापानमा ‘कालोपाथी’ चर्चामा, प्रदर्शन मिति सेप्टेम्वर २५

टोकियो, जापान ।
चलचित्र कालोपोथी विश्वकै सर्वाधिक प्रतिठिष्त ओस्कर अवार्डको लागि नेपालबाट छनौट भएपछि जापानमा यसको चर्चा चुलिएको छ ।

यही सेप्टेम्वर २५ तारिखका दिन प्रदर्शन हुन लागेको चलचित्र कालोपोथीको टिकट बुकिगंको माग चलचित्र ओस्कर अवार्डको लागि छनौट भएपछि ह्वात्तै बढेको छ ।

टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी भई पुरस्किृत समेत भएको चलचित्रको प्रदर्शन मिति नजिकिंदै गर्दा टिकटको माग पनि बढिरहेको छ ।

स्मरणीय छ चलचित्र कालो पोथीले दिपेन्द्र के खनालद्धारा निर्देशित ‘पशुपतिप्रसाद’  ‘को आफनो’ पनि प्रतिस्पर्धामा रहेपनि अन्ततः विदेशी भाषी चलचित्र जाँचपास समितिले मिन भामद्वारा निर्देशित ‘कालोपोथी’ लाई ओस्कर अवार्डको लागि सिफारिस गरेको हो ।

एकेडेमी अफ मोशन पिक्चर आटर्स एण्ड साइन्सेसबाट सन् २०१७मा घोषणा गरिने ८९औँ ऐकेडेमी अर्वाड 'ओस्कर अवार्ड' मा ‘कालोपाथी’ले नेपालकोतर्फबाट सहभागिता जनाउने छ। यसअघि नै विभिन्‍न अवार्ड जितिसकेको ‘कालोपाथी’ले एकेडेमी अवार्डको लागि सबै मापदण्ड पुग्‍ने स्तरीय तथा अब्बल सिर्जनाहरु रहेको छ ।

फिल्मको प्राविधिक पक्ष ,कथाको प्रस्तुति पक्ष , पात्रहरुको भावानात्मक विश्लेषण पक्ष तथा प्रस्तुतिको कलात्मक बनोट आदि समेतलाई दृष्टिगत गर्दा ‘कालोपाथी’ ओस्कारको आँखा छनोट भएको चलचित्र विकास बोर्डले जनाएको छ।

ओस्करमा जानको लागि भिडेको चलचित्र पशुपतिप्रसाद पनि नेपालमा सफल व्यापार सहित नेपाली मौलिक कथा समेटिएको चलचित्र हो । उक्त चलचित्रलाई समेत माथ खुवाउँदै ओस्कार अवार्डको लागि छनौट भएको कालो पोथी जापानमा प्रदर्शन हुनेभएपछि जापानमा रहेका नेपाल चलचित्र पारखीहरु हर्सित देखिएका छन् ।

जापानमा गतवर्ष भव्यताका साथ कबड्डी कबड्डी चलचित्रको सफल प्रदर्शन गरेको टोक्यो ड्रिम्सले टिकट बुकिगं चलचित्र प्रदर्शन अघिनै गर्न अुनरोध गरेको छ ।

टिकट सिमित संख्यामा रहेको भन्दै आयोजकले यसअघि कबड्डी कबड्डी चलचित्र हेर्न आएका सयौं जनालाई हलमा नअटेर फर्काउनु परेको भन्दै समयमै टिकट बुकिंगको अनुरोध गरेको हो ।

जापानको लागि चलचित्र कालो पोथीको प्रदर्शन पाएको टोक्यो ड्रिम्स ईन्टरटेन्मेन्टका अनुसार टिकटको मूल्य विद्यार्थीको लागि छुट सहित २५ सय जापानी येन र अन्यको लागि तीन हजार जापानी येन तोकीएको छ ।

चलचित्र कालो पोथी टोकियो नाकानो जिरो हल नाकानो कु मा साँझ ५ ः ३० बजेबाट प्रदर्शन हुँदैछ ।

चलचित्र कालो पोथीको टिकट बुकिगंको लागि निम्न लिखित नम्वर तथा टोक्यो ड्रिम्सको फेसबुकपेजमा गएर सम्पर्क गर्न सकिने चलचित्र प्रदर्शन गर्न लागेको टिमले टपनेपालन्युजडटकमलाई जानकारी दिएको छ ।

सम्पर्क नम्वर : 08043555258, 080-4799-2846, 08035940800

फेसबुक पेज  Tokyo Dreams Entertainment

दाङमा एक रिक्सा चालकले भेटेको ५० हजार प्रहरीलाई बुझाइदिए

२८ भदौ दाङ ।
दाङमा एक अटो रिक्सा चालकले फेला पारेको ५० हजार रुपैया प्रहरीलाई बुझाइदिएका छन् ।

जिल्लाको गढवा गाबिस २ का महेश चौधरीले आज बिहान आफ्नो अटो रिक्सामा फेला पारेको ५० हजार रुपैयाँ इलाका प्रहरी कार्यालय गढवामा बुझाएका हुन ।

चौधरीले बुझाएको रकम गढवा गाबिस आसपासका जो कसैको हुन सक्ने भएकाले भरपर्दो प्रमाण लिएर रकम लिन आउन आग्रह गरेको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभयो  ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web