काठमाडौं,भदौ २८ । भलिबल खेलको विकास र विस्तारमा महत्वपूर्ण योगदान पु¥याएका पूर्व राष्ट्रिय भलिबल खेलाडी रञ्जन खड्का नेपाल भलिबल संघको उपाध्यक्षमा मनोनित भएका छन् । खड्काले वि.सं २०४५ सालदेखि लगातार राष्ट्रिय प्रतियोगिता खेलेका थिए भने खेलाडी जीवनबाट विदा भएपछि भलिबलको विकास र विस्तार सक्रिय रहेका थिए ।

पूर्व राष्ट्रिय खेलाडी तथा शेरबहादुर खड्का स्मृति प्रतिष्ठानका अध्यक्ष समेत रहेका खड्का उपाध्यक्षमा मनोनित हुँदा सदस्यहरुमा पूर्व राष्ट्रिय खेलाडी भरतबहादुर शाह मनोनित भएका छन् । त्यसैगरी संघको सदस्यमा नै टेककुमार राजभण्डारी, रोशन श्रेष्ठ, विक्रम बोगटी, झकबहादुर मिश्र र जितेन्द्र श्रेष्ठ मनोनित भएका छन् ।

त्यसैगरी संघको सल्लाहकारमा पूर्व अध्यक्ष गंगाबहादुर थापा, रमेशमान मल्ल र रामचन्द्र भण्डारी मनोनित भए । मनोनित सल्लाहकार तथा पदाधिकारीलाई भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले शपथग्रहण गराएका थिए ।

20.12¡ÆC