३० भदौ, एजेन्सी ।
विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियाता क्रममा नेपाल दुई स्थान माथि उक्लिएको छ ।

नेपाल बिहिबार दुई स्थान सुधार गर्दै १ सय ८६ औँ स्थानमा उक्लिएको छ ।

विश्व फुटवल वरियतामा अर्जेन्टिना पहिलो नम्वरमा रहँदा बेल्जियम दोस्रो, जर्मनी तेस्रो हुँदा ब्राजिल चौथोमा रहेको छ ।

सुचिमा कोरिया ४७ औं स्थानमा रहेको छ भने जापान ५६ औं स्थानमा छ ।

जसमा भारत १ सय ४८ औं स्थानमा हुँदा एक स्थान तल अफगानिस्तान रहेको छ ।

३० भदौ, नयाँदिल्ली ।
प्रधानमन्त्री पुष्प कमल दाहल प्रचण्ड भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा भन्दै भारतको ४ दिने भ्रमणका क्रममा राजधानी नयाँ दिल्ली आइपुगेका छन् ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय बिदेशमन्त्री शुश्मा स्वराजले नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा स्वागत गरेकी छिन् ।

प्रम प्रचण्डको भारत भ्रमणको पहिलो दिन आज उनले भारतमा रहेका प्रबासी नेपालीहरुंग अन्तरक्रिया गरेका छन् ।

प्रम प्रचण्डले आजै भारतिय बामपंथी नेता सिताराम येचुरिसङग पनि भेट गरेका छन् ।

प्रमले भारतीय नेताहरु शरद यादब र केशि त्यागिलाई पनि भेट गर्ने कार्यक्रम छ ।

आजै प्रम प्रचण्डको स्वागतमा नयाँ दिल्लीस्थित नेपाली दूतावासले आयोजना गर्ने रात्री भोजमा पनि सरिक हुने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारका उपप्रधानमन्त्री रहेका बिमलेन्द्र निधिले भारत भ्रमणमा आएर भारतमै तयार पारेको भ्रमण तालिका अनुसार चार दिने भारत भ्रमणमा आएका हुन् ।

३० भदौ, ताप्लेजुङ ।
पुर्वी पहाडी जिल्लाको प्रमुख आम्दानीको स्रोत मानिएको अलैंची मुल्य ओरालो लाग्ने क्रम यो साता पनि रोकिएन । मुल्य लगातार तीनसातायता ओरालो लागि रहेको छ ।

बिहिवार पहाडका जिल्लामा अलैंचीको मुल्य ५९ हजार प्रतिमनका दरले कारोवार भएको अलैंची व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार पछिल्लो तीनसातामा मात्र अलैंचीको मुल्यमा प्रतिमन २३ हजारले गिरावट आएको छ ।

उहाँका अनुसार भदौ पहिलो साता पहाडी बजारमा अलैंचीको मुल्य ८२ हजार प्रतिमन रहेको थियो ।

भारतीय बजारबाट माग कम आएकोले मुल्य निरन्तर ओरालो लागेको भट्टराईले जानकारी दिनुभयो ।

नयाँ उत्पादन बजारमा आउन लाग्दा मुल्यमा देखिएको निरन्तरको गिरावट प्रति पहाडी क्षेत्रका अलैंची उत्पादक र किसान भने चिन्तित हुन थालेका छन् ।

३० भदौ, काठमाडौं ।
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण र चर्चामा रहेको संविधान संशोधनबारे खास खुलासा गरेका छन् ।

पूर्व प्रम ओलीले बिहे गरेर नेपाल आउने वित्तिकै अहिले भारतीय नागरिक नेपाली सांसद र मन्त्री बन्ने अवस्था रहेको भन्दै अब संविधान संशोधन गरेर राष्ट्रपति बन्नसक्ने बनाउन माग भइरहेको बताएका छन् ।

एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणलाई औचित्यहीन समेत भनेका छन् ।

ललितपुरमा नेकपा एमालेले गरेको कार्यक्रमममा बोल्दै ओलीले प्रधानमन्त्री प्रचण्डको भ्रमण एजेण्डाबिहीन भएको समेत बताए ।

प्रधानमन्त्रीको भारत भ्रमण औचित्यहिन भएको भन्दै ओलीले भने -‘उहाँ भारत भ्रमणमा किन जाँदै हुनुहुन्छरु हामीलाई पनि थाहा हुनुपर्यो नि' ओलीले भने 'सिँगडा (समोसा) खान जानुभएको होला । खाएर फर्किनुहन्छ ।'

प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गर्दै ओलीले भने प्रधानमन्त्री बनेलगत्तै चीन र भारतमा विशेष दूत पठाउन किन हतार भयो ? अहिलेको कांग्रेस–माओवादी गठबन्धन अरुको इच्छा पूरा गर्नका लागि मात्र बनेको दावी गर्दै पूर्व प्रधानमन्त्री ओलीले राष्ट्रको हितमा काम गरिरहेको सरकारलाई अरुको इच्छाअनुसार ढालिएको बताए ।

‘अरुको स्वार्थका लागि एमाले नेतृत्वको सरकार उहाँहरु (काग्रेस-माओवादी) ले ढाल्नुभयो। उहाँहरुको सबैभन्दा ठूलो अपराध यही हो' ओलीले भने-तर एमाले अहिले पनि सहमतिको पक्षमा छ। अरुको इच्छा पूरा गर्नका लागि राष्ट्रहित विपरित एमालेले काम गर्दैन ।' नेता ओलीले मधेसको नाममा राजनीति गर्ने केही तराईका धनाढ्यहरुले मधेसका नाममा हेप्दै आएको बताए ।

'मधेसका नाममा केही व्यक्ति, पार्टीले गलत विषयलाई उठाएर मधेसमाथि नै अन्याय गरिरहेका छन्। हेप्नुको पनि हद हुन्छ नि ? -ओली भन्छन्, भारतबाट विवाह गर्ने बित्तिकै सांसद मन्त्री बन्न त हामीले दिएकै छौ नि। अब सीमानाबाट यता पठाउने बित्तिकै राष्ट्रपति, सभामुख, उपराष्ट्रपति, प्रधानन्यायाधीश, प्रधानसेनापति बन्नुपर्ने भयो रे ?'

पूर्व प्रधानमन्त्री ओलीले प्रचण्ड प्रधानमन्त्री भएलगत्तै छिमेकी मुलुक भारत र चीनमा विशेष दूत पठाएको घटनालाई हतारको कार्य भएको भन्दै प्रधानमन्त्रीको भारत भ्रमणबाट पाउने भन्दा देशले गुमाउने संभावना रहेको बताए ।

टोकियो, जापान ।
गायक तथा मोडल बिनोद भण्डारीको गित आउँछु हावा सरी बजारमा आएको छ ।

आफ्नै शब्द रहेको गितलाई गायक समेत रहेका भण्डारीले मेक्सम खाती र सम्झना भण्डारीको स्वरमा बजारमा ल्याएका हुन् ।

सामाजिक सञ्जाल युट्युव मार्फत सार्वजनिक गित तथा म्युजिक भिडियोलाई बसन्त फिल्मस् प्रालीले प्रस्तुत गरिएको छ ।

गुँरास फिल्मस् प्रालि जापानले छायाँकन गरेको भिडियोमा बिनोद भण्डारी स्वयंले मोडलिंग गरेका छन् भने उनलाई साथ दिएकी छिन् अपेक्षा लिम्बुले ।

गायक नरेश खातीकै लय रहेको गितको म्युजिक भिडियो जापानमा छायाँकन गरिएको छ । गितमा परदेशीएको आफ्नो प्रेमीको कथा र प्रेमिकाको बियोग समेटिएको छ ।

बसन्त फिल्मसले बजार व्यवस्थापन गरेको गितको पोष्ट प्रोडक्सनको काम विष्णु सुवेदीले गरेका छन् । बिनोद भण्डारी आफैंले निर्देशन गरेको म्युजिक भिडियोमा ईन्द्र भण्डारीले क्यामेरामा भूमिका निभाएका छन् ।

हावा सरी आफ्नो मायाँलुलाई मनमा पिर परेको बेदना पोखेको गितमा परदेशीएका प्रेमीले मायाँ नमार भन्दै छिट्टै फर्की आउने प्रेमभाव पोखिएको गित परदेशिएका लाखौं नेपाली युवा र वर्तमान अवस्थाको प्रतिविम्बित भाव झल्काउने खालको रहेको छ ।

यसको लागि गितको भिडियो हेर्नुहोस् ।

टोकियो, जापान ।
जापानमा केही पानी बगेको हिलो ठाउँ छल्न बुई चढ्दा जापानका सरकारी एक उपमन्त्रीले चर्को आलोचना खेप्नु परेको छ ।

आंधी प्रभावित क्षेत्रको अवलोकनमा जाँदा पानी र हिलोबाट बच्न आफ्नो जुनियरको बुई चढ्दा आलोचना खेपेका हुन् मन्त्री शुन्सुक मुटाईले ।

आधिबाट प्रभावित शहर इवाईजुमीको अवलोकन गर्ने क्रममा उनले बुई चढेको तस्विर अहिले जापानमा समाजिक सञ्जालमा भाईरल भएको छ ।

२० जना भन्दा बढि मानिसले ज्यान गुमाउनु परेको उक्त क्षेत्रमा मन्त्री बुई चढ्नुका साथै हांस्दै हिँडेको भिडियो सार्वजनिक भएपनि उनको जापानका मुख्य क्याविनेट सचिव योशीहिदे सुगाले मन्त्री मुटाईको असम्वेदनशील काम भएको भन्दै आलोचना समेत गरेका छन् ।

सरकारी जाँच टीम प्रमुख भएर गएका व्यक्तिको असंवेदनशिलता भएको भन्दै उनको राजिनामा माग गरिएको छ ।

स्मरणीय छ नेपालमा पनि पुर्व प्रधानमन्त्रीहरु माधव कुमार नेपाल, झलनाथ खनाल, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा, रामचन्द्र पौडेल लगायतले सामान्य खोला तर्दा कार्यकर्ता भिजेरै तरेपनि आफु बने बुई चढेर पार गरेका थिए ।
उनिहरुको उक्त समयमा खुवै चर्चा र आलोचना भएको थियो ।

क बाट कपटी ख खरायो
विदेशीले नेपालमा स्याल चरायो
उही हुन्छ प्रभुले जो मन परायो
अाफ्ना मान्छे रोज्दै माना पाथी भरायो
नेताका घरमाथि कौवा करायो
प्रभुसित बोल्नलाई सिस्टम डरायो
त्यसैले त लोकमानको फाईल हरायो
देशको हालत यस्तो कसले गरायो ?

टोकियो, जापान ।
आत्महत्या गरेकी नेपाली युवती टीना गुरुङको शव नेपाल पठाउन खर्च अभावमा अलपत्र परेको छ ।

विवाहित रहेपनि जापानमा एक युवासँग बस्दै आएकी भनिएकी टीनाको आत्महत्याको कारण अहिलेसम्म खुल्न सकेको छैन भने टीनाको बुवाले आफ्नी छोरी फिर्ता पाउँ भन्दै लेखिएको पत्र सार्वजनिक भएपछि उनको शव नेपाल पठाउन पहल थालिएको छ ।

गैर आवासिय नेपाली संघ क्युसुले आत्महत्या गर्नु गलत भएपनि आत्महत्या गरिसकेपछि त्यसलाई विधिपूर्वक अन्त्येष्टि गर्न स्वदेश पठाउनु अनिवार्य शर्त भएको भन्दै आर्थिक अभावका कारण टीनाको लास जापानमा अलपत्र परेको बताएको छ । उसले टीनाको शव नेपाल पठाउन आर्थिक सहयोग गर्न सबैसित आव्हान समेत गरेको छ ।

टीनाको शव नेपाल पठाउन १५ लाख बढी लाग्ने भएको र उनको परिवारको आर्थिक अवस्था कमजोर रहेकाले मृतकको परिवारले लास नेपाल पठाउन अनुरोध गरिएको हुँदा त्यसका लागि सम्पूर्ण जापानबासी नेपाली एवं अन्य दानवीरसंग सहयोगको लागि आनुरोध गरिएको छ ।

एनआरएन क्युसुका कोषाध्यक्ष भद्रश्री अधिकारीको नाममा रहेको जापान पोष्ट बैंकको खाता नं. १७७१०-१४४०८३४१ मा जम्मा सहयोग रकम जम्मा भनिएको छ ।

गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित बनेका धादिङ निवासी मृतक टीनाको परिवारको आर्थिक अवस्था अत्यन्त नाजुक रहेको बताईएको छ ।

आफ्नी छोरीको शव नेपाल ल्याउन जापानस्थित नेपाली संघसंस्था समुदायलाई उहाँले पत्रमार्फत आग्रह गर्नुभएको छ ।

हेर्नुहोस् उनको वुवाले लेख्नुभएको पत्र

यसअघि प्रकाशित टीनाको मृत्युबारे प्रकाशित यो समाचार पनि पढ्नुहोस्

जापानमा नेपाली युवती झुण्डिएको अवस्थामा मृत भेटिइन्

३० भदौ, पोखरा ।
पोखरामा एम.वि.वि.एस. अध्ययनरत एक युवाले फेवा तालमा हामफालेर आत्महत्या गरेका छन् ।

पोखरा प्रहरीका अनुसार पोखरास्थित गण्डकी मेडिकल कलेजमा चौथो वर्षमा अध्ययनरत विध्यार्थी सबल पोखरेलले हिजो बुधबार विहान करिव ७ बजेतिर फेवा तालमा हाम फालेर आत्महत्या गरेका हुन् ।

फेवा तालमा हामफालेर आत्महत्या गरेका पोखरेलको शव पोखराको पामे नजिकै रहेको खपौदी खोलामा प्रहरीले फेला पारेको छ ।

कलेज नजिकै आफ्नै घरमा दिदीसंग बस्दै आएका पोखरेलका साथीहरुका अनुसार पछिल्लो समय मानसिक तनावमा रहेको बताइएका पोखरेलको आत्महत्याको कारण खुल्न सकेको छैन ।

पश्चिमान्चल क्षेत्रिय अस्पतालले उनको आत्महत्याबाट मृत्यु भएको बताएपछि दाहसंस्कार गरिएको छ ।

काठमाडौं,भदौ ३० । नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी जहाज किन्न कर्मचारी सञ्चय कोषले ऋण लगानी गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको मंगलबार बसेको सञ्चालक समितिको बैठकले निगमलाई २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाउने निर्णय गरेको हो । सरकारको जमानीमा सञ्चय कोषले निगमलाई ऋण लगानी गर्नेछ । दुई वाइडबढी जहाज खरिद गर्न २६ अर्ब रुपैयाँ लाग्ने निगमको अनुमान रहेको अाजको नयाँ पत्रिकामा समाचार छ । ‘नेपाल वायुसेवा निगमलाई दुईवटा वाइडबडी खरिद गर्न २५ अर्ब रुपैयाँ ऋण दिन आशयपत्र पठाइएको छ,’ कर्मचारी सञ्चय कोषका प्रशासक कृष्णप्रसाद आचार्यले भने, ‘अब निगमले यसको आवश्यक प्रक्रिया सुरु गर्नेछ ।’

निगमलाई यसअघि १ सय ५८ सिटका दुई एयरबस ३२० जहाज किन्न पनि कोषले ऋण दिएको थियो । निगमले ती जहाज खरिदका लागि कोषबाट १० अर्ब ऋण लिएको थियो । सुरुमा १२ प्रतिशत ब्याजदर तोकिएकोमा अहिले १० प्रतिशतमा घटाइएको छ ।

सञ्चय कोषसँग ऋण लिन अर्थ मन्त्रालयले निगमलाई सैद्धान्तिक स्वीकृत दिएपछि ऋण सम्झौताको प्रक्रिया अघि बढ्नेछ । निगमले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत जमानीका लागि अर्थमा पहल थाल्नेछ । अर्थबाट सैद्धान्तिक स्वीकृति प्राप्त भएपछि निगम र कोषबीच अन्तिम सम्झौता हुनेछ । ‘अब दोस्रो चरणमा ब्याजदरलगायतका विषय टुंगो लाग्छ,’ निगमका प्रवक्ता रामहरि शर्माले भने, ‘अब कम्तीमा ६ महिनामा प्रक्रिया पूरा गरेर हामी टेन्डरमा जान सक्छौँ ।’

काठमाडौं,भदौ ३० । नेपालका आकर्षक र ठूला जलविद्युत आयोजना वर्षौंसम्म ओगट्दै आएको भारतलाई पुनः अर्को त्यस्तै आकर्षक र रणनीतिक महत्व भएको आयोजना सुम्पने तयारी भएको छ।

कुनै विवादित र गोप्य सन्धीसम्झौता नगर्ने भनी सार्वजनिक प्रतिबद्वता व्यक्त गर्दै आएका प्रधानमन्त्री प्रचण्डले नै भारतलाई एउटा आयोजना दिन सम्बद्व निकायलाई निर्देशन दिएको खबर आजको अन्नपूर्णमा छापिएको छ ।

सरकारले बास्केटमा राखी आफैं अध्ययन गरिरहेको संखुवासभामा पर्ने तल्लो अरुण ४०० मेगावट जलविद्युत आयोजना भारतलाई दिन प्रधानमन्त्रीबाट निर्देशन आएपछि परराष्ट्रले ऊर्जा मन्त्रालयसँग उक्त आयोजनको विस्तृत विवरण माग गरेको छ। परराष्ट्र सचिव शंकर वैरागीले ऊर्जाका पदाधिकारीसँग ‘प्रधानमन्त्रीज्यूले जसरी भएपनि दिनै पर्यो’ भन्दै तल्लो अरूणको विवरण माग गर्न ऊर्जासचिव अनुपकुमार उपाध्यायलाई मौखिक आग्र गरेका थिए।

काठमाडौं,भदौ ३० । बिहीबार हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका लागि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले हिमालय एयरलाइन्सको पाङ्ग्रा सापटी मागेको छ । निगमको ९ एनएकेएक्स कलसाइनको एयरबस–३२० विमान मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएपछि निगमले प्रधानमन्त्रीलाई उडाउन हिमालयन एयरलाइन्सको दुईवटा पाङ्ग्रा सापटी मागेको अाजको राजधानी दैनिकमा समाचार छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणको तयारीका लागि तीन दिने दिल्ली भ्रमण सकेर फर्किएका परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसहित १ सय ५० यात्रु लिएर मंगलबार दिल्लीबाट काठमाडौं आएको जहाज अवतरण गर्ने क्रममा टायर पन्चर भई ग्राउन्डेड भएको हो । प्राविधिक इन्जिनियरिङ टोलीले सो विमानमा सापटी लिएको पाङ्ग्रा फिट गरी बिहीबार प्रधानमन्त्री दाहालसहितको भ्रमण प्रतिनिधिलाई भारत उडाउने निगमको तयारी छ ।