काठमाडौं,भदौ ३१ । काबेली ‘ए’ जलविद्युत आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनीले पाएको छ । ३७.६ भेगावाट क्षमताको झिझ्याङ टीडव्लु र सीडब्लु नामक चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको आयोजना प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिएको खबर आजको कारोबारमा छापिएको छ। यसअघि काबेली हाइड्रोपावर इनर्जी प्रा.लि.ले निर्माणको काम सुरु गरे पनि विवादका कारण अघि बढ्न सकेको थिएन।

दसैं लगत्तै चिनियाँ कमपनीले निर्माणको काम सुरु गर्नेछन्। आयोजना प्रमुख श्रेष्ठका अनुसार काबेलीमा बुटवल पावर कम्पनीको ५१ प्रतिशत र सिंगापुरको इन्फ्राको कम्पनीको ४४ प्रतिशत सेयर लगानी छ।

कुल १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा पूर्वाधार निर्माणका काम सकिएकाले अब चाँडै नै हाइड्रो मेकानिकलतर्फको काम सुरु हुनेछ ।

काठमाडौं,भदौ ३१ । सर्वोच्च अदालतले केही दिनमा भ्रष्टाचारका मुद्दालाई विशेष प्राथमिकता दिई पेसीमा चढाएको छ । यही भदौ २६ र २७ गते मात्र १ सय १४ थान भ्रष्टाचारका मुद्दाहरु पेसीमा चढेको पाइएको हो । त्यसमध्ये कतिपय मुद्दामा सम्बन्धित निकायमा बुझ्ने आदेश भएका छन् भने कतिपय मुद्दाहरु पक्ष वा विपक्षले सुनुवाइ गर्न असमर्थता जनाई स्थगित गरेको सर्वोच्च अदालतको रेकर्डमा उल्लेख रहेको आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

यही भदौ २६ गते न्यायाधीशहरु केदारप्रसाद चालिसे र विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासमा ९ थान भ्रष्टाचारका मुद्दा पेसी चढेको भए पनि ८ वटा मुद्दा विपक्षको तर्फबाट स्थगित गराइएको थियो ।

काठमाडौं,भदौ ३० । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको ५६ जना कार्यसमितिका लागि १ सय ३६ जनाले उमेदवारी दिएका छन् । निर्वाचन समितिले आज एक बजेदेखि चार बजेसम्म उम्मेदवारी दर्ता गरेकोमा अध्यक्षमा दुई, महासचिवमा तीन, कोषाध्यक्षमा दुई एवम् खुला, प्रदेश, दलित, जनजाति, मधेसी र मुस्लिम केन्द्रीय सदस्यमा १२६ गरी १३३ को उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ । मिना पाण्डे र उमा रेग्मीले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् । रेग्मीलाई पार्टी सभापति शेरबहादुर देउवा र कृष्णप्रसाद सिटौलाको तथा पाण्डेलाई बरिष्ठ नेता रामचन्द्र पौडेलले समर्थन गरेका छन् । संघको १ जना महासचिवका लागि तीन जनाको उमेदवारी दर्ता भएको छ ।

रेग्मी प्यानलबाट सिटौला समूहकी धना खतीवडा र पाण्डे प्यानलबाट गोमा केसी तथा कुनै गुटमा संलग्न नभएकी किरण कुमारी सरकारले महासचिवमा उमेदवारी दर्ता गराएका छन् । कोषाध्यक्षमा भने रेग्मी र पाण्डे प्यानलकै प्रतिस्पर्धा हुने भएको छ । रेग्मी समूहबाट जानकी सिंह र पाण्डे समूहबाट कुसुम देवी थापाले कोषाध्यक्षमा उमेदवारी दिएका छन् ।

सङ्घको विधानअनुसार अध्यक्ष एक, महासचिव एक, कोषाध्यक्ष एक, खुला केन्द्रीय सदस्य २२, सात प्रदेशबाट २१, दलित तीन, जनजाति तीन, मधेसी तीन र मुस्लिम एक पदमा निर्वाचन हुँदैछ । यसैगरी खुला २२ जना केन्द्रीय सदस्यका लागि ४७ जनाले उमेदवारी दिएका छन् भने २१ जना प्रादेशीक आरक्षित केन्द्रीय सदस्यमा ५१ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । प्रदेश मध्येबाट १ नम्बर प्रदेशका लागि ६ जना, २, ३ र ४ नम्बर प्रदेशका लागि ७/ ७ जना, प्रदेश नम्बर ५ र ७ बाट ९र९ जनाको उमेदवारी परेको हो ।

दलित तर्फबाट ३ जना केन्द्रीय सदस्यका लागि ७ जनाले उमेदवारी दिएका छन् । यस्तै ३ जना आदिवासीर जनजातिका लागि १३ जना चुनावी मैदानमा भिड्ने भएका छन् भने ३ जना मधेसीका लागि ८ जनाको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ । १ जना मुस्लिम आरक्षणको व्यवस्था गरेको महिला संघमा ३ जनाले उमेदवारी दिएका छन् ।

महाधिवेशनमा दुई हजार १६५ प्रतिनिधिले भाग लिएका छन् । दश जना महाधिवेशन प्रतिनिधिले विभिन्न देशबाट प्रतिनिधित्व गरी भाग लिएका छन् । ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु भएको महाधिवेशनमा शुक्रबार बिहान ९:३० बजेदेखि २ बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ ।

महाधिवेशनमा प्रान्तीय संरचनाअनुसार ५६ सदस्यका लागि निर्वाचन हुनेछ । विद्युतीय मतदान यन्त्रबाट मतदान हुने भएकाले शुक्रबार बेलुकी नै मत परिणाम सार्वजनिक हुने समितिले जनाएको छ ।

विसं २००४ साउन २४ गते स्थापना भएको सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।

काठमाडौँ,भदौ ३० । दुई विभागीय टोलीहरु सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब राजधानीमा जारी तेस्रो एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह ‘ए’ बाट पुलिस र समूह ‘बि’ बाट एपीएफ समूह बिजेता क्वाटरफाइनलमा पुगेका हुन् ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिसद् (राखेप)कबर्डहलमा बिहिबार भएको लिगको अन्तिम खेलमा काठमाडौँको बुढानिलकण्ठ भलिबल क्लबलाई ३–० को सेटमा पराजित एपीएफ समूह बिजेता बनेको हो । लिगको पहिलो खेलमा ढोरपाटनलाई हराएको एपीएफले बुढानिलकण्ठलाई २५–२०, २५–१८ र २५–१६ को सेटमा पाखा लगाए । यस समूहबाट एक खेलमा जित एक हार बेहोरेको ढोरपाटन उपविजेता बन्दै क्वाटरफाईनलमा प्रवेश गर्यो । बुढानिलकण्ठ समूह चरणबाट बाहिरियो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगिता अन्तर्गत समूह बिजेता बन्दै क्वाटरफाइनलमा पुग्ने क्रममा बिहिबार पुलिसले बुटवलको मणिमुकुन्द भलिबल क्लबलाई ३ – ० को सेटमै पराजित गर्यो । मणिमुकुन्दबिरुद्ध पुलिसले २५–२०,२५–२२ र २५–१८ को सेटमा जित निकाल्यो ।

समूह ए बाट पुलिससंग पराजित मणिमुकुन्द पनि समूह उपविजेताको रुपमा क्वाटरफाइनलमा पुग्न सफल भयो । यस समूहबाट दुवै खेल गुमाएको काभ्रे भलिबल संघ अंकबिहिन हुदै प्रतियोगिताबाट बाहिरियो ।

यस्तै पुरुष तर्फनै समूह डी बाट पश्चिमाञ्चल भलिबल संघ समूह बिजेता बन्दै क्वाटरफाइनलमा पुगेको छ । बिहिबार भएको खेलमा नयाँ बजार भलिबल संघलाई २५ – २१, २५ – १७ र २६ – २४ को सेटमा पराजित गर्दै पश्चिमाञ्चल समूह बिजेता बनेको हो । पश्चिमाञ्चलसंग पराजित भएपनि नयाँ बजार उपविजेता बन्दै क्वाटरफाइनलमा प्रवेश गर्यो । नयाँ बजारले प्रगतिशील युथ क्लबलाई पराजित गरेको थियो ।

नेपाल भलिबल संघको वार्षिक क्यालेन्डर अनुसारको च्याम्पियनसिपको महिलातर्फ विभागीय टोली त्रिभुवन आर्मी क्लब क्वाटरफाइनलमा पुग्यो । बिहिबार भएको खेलमा प्रगतिशील युथ क्लबलाई ३ – ० को सेटमा पराजित गर्दै आर्मी महिलाको समुह ए को उपविजेता बन्दै क्वाटरफाइनलमा पुगेको हो । आर्मीले प्रगतिशीलमाथी २५ – ६ , २५ – ९ र २५ – ८ को सेटमा पराजित गर्यो । महिलातर्फ समूह ए बाट न्यूडाइमण्ड एकेडमी यसअघि नै क्वाटरफाइनलमा पुगिसकेको छ ।

लिगकम नकआउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको छ । च्याम्पियनसिपको पुरुष तथा महिलातर्फको उपाधि बिजेताले ट्रफीसहित नगद १ लाख २५ हजार रुपैयाँ जित्ने छन् । त्यस्तै उपविजेताले नगद ७० हजार रुपैयाँ जित्ने छन् ।

काठमाडौं, भदौ ३० । उत्तर भेगीय शैक्षिक मञ्ज (नेफ), प्याब्सनको आयोजनामा अन्तरविद्यालय दौड प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयका समान ८०–८० छात्र÷छात्रा गरी जम्मा १ सय ६० प्रतिस्पर्धीको सहभागिता रहने नेफका अध्यक्ष बाबुलाल डंगोलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

छात्र-छात्रामा समान ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विद्यार्थीको खेल प्रतिभा उजागर गर्नुका साथै नेफअन्तर्गतका विद्यालयबीच अन्तर सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगता आयोजना गर्न लागिएको नेफका उपाध्यक्ष नारायण रोकाले बताए ।

३० भदौ, नयाँदिल्ली ।
प्रधानमन्त्री प्रचण्डले प्रबाशी नेपालीहरुको समस्या समधानका लागी भारत सरकारसङग औपचारिक बार्ता थाल्ने बताएका छन् ।

भारतस्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा प्रबशी नेपालीहरुलाई सम्बोधन गर्दै प्रम प्रचण्डले लोकतन्त्रका लागी प्रबाशी नेपालीहरुले खेलेको भुमिका निक्कै महत्वपूर्ण रहेको बताए ।

प्रमले मधेस, पहाड र हिमाललाई एकता गर्न सकिएन भने गम्भिर समस्या आउने बताउदै आन्दोलनरत दललाई बिश्वासमा लिई उनिहरुको जायज मागलाई सम्बोधन गर्ने बताए । तर प्रमले आन्दोलनरत दलका कस्ता र कुन माग जायज कुन नाजायज भन्ने बारे भने केही बताएनन् ।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रकाश सरण महत, यातायात मन्त्री लगाएतको सहभागीता थियो ।

३० भदौ, रामेछाप ।
एकल व्यक्ति मात्र नगरसमितिको वोर्डमा हुने अधिकारको दुरुपयोग गर्दै रामेछापका नगरपालीकाका कार्यकारी प्रमुख महेश मिश्रले आफ्नै श्रीमतीलाई उक्त नगरपालीकाको कम्प्युटर अपरेटर र अन्य दुईजना कार्यालय सहयोगिलाई वडा सचिवमा नियुक्ती दिलाएका छन् ।

स्थानिय निकायको नगरपालीका, जिविस वा गाविस जुनसुकै निकायमा पनि उक्त कार्यालयको प्रमुखको मात्र एकल समिति हुने व्यवस्थाको दुरुपयोग गर्दै नगरपालीकाका प्रमुखले आफ्नै कान्छी श्रीमती लक्ष्मी कार्कीलाई आफ्नो स्वार्थ अनुकुल कम्प्युटर अपरेटर पदमा नियुक्ती दिएका हुन । करिव तीन महिना अघि मात्र रामेछाप नगरपालीकाको कार्यकारी प्रमुखको रुपमा जिम्वेवारी पाएका मिश्रले स्थानिय राजनिति संयन्त्र र नागरीक समाजलाई समेत चुनौती दिदै सिप विना कि श्रीमती कार्कीलाई नियुक्ती दिएको भन्दै स्थानिय स्तरमा त्यसको कडा आलोचना भएको छ ।

यसअघि मन्थली नगरपालीकाको कार्यालयले पनि आफ्नो खाली दरवन्दीहरुमा कर्मचारीहरुको माग गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत मर्यादा र नियम भित्र रहेर उसले कर्मचारी भर्ना गर्दा उक्त कदमको सर्वत्र स्वागत भएको थियो । तर रामेछाप नगरपालीकाका प्रमुखको व्यक्तिवादी प्रबृद्धीले स्थानिय राजनिति संयन्त्र र नागरीकहरुको समेत मानमर्दन भएको नेपाली काँग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीले वताए ।

कार्यकारी प्रमुखले आफ्नैै श्रीमतीलाई कम्प्युटर अपरेटरमा नियुक्ती दिए संगै साधारण लेखपढ मात्र भएका साविक सुकाजोर र ओखे्रनी गाविसका कार्यालय सहयोगी दय लाल वहादुर कार्कि र दिलीप वराईली लाई पनि प्रमुख मिश्रले नियम आफनै मनोमानीले रामेछाप नगरपालिका वडा नं १,२ र ३ को वडा सचिबमा नियुक्ति गरेका छन् । त्यसैगरि प्रमुख मिश्रले आफनो निजी स्वार्थअनुकुल भालुखोमपमा टावर बनाउन नगरपालिका बाट बिनियोजन गरेको ७ लाख रुपैया समेत वजेट रकमान्तर गरि सौचालय निर्माणमा खर्च गरेको समेत वताईएको छ ।

उक्त कुरालाई कार्यकारी प्रमुख महेश मिश्रले पनि स्वीकार गरेका छन् । यस वारेमा मिश्र संग सम्पर्क गर्दा हाललाई काम गर्ने कर्मचारीको अभावमा आफुले आफनी श्रीमतिलाइ करार सेवामा कमप्युटर अपरेटर र अन्य दुई कार्यालय सहयोगी कर्मचारीहरुलाई पनि अर्कौ व्यवस्था नहुन्जेल सम्मका लागि सुविधा थप गरेर वडा सचिवको रुपमा काममा लगाएको वताए ।

३० भदौ, नयाँदिल्ली ।
प्रधानमन्त्री पुष्पकमल दाहाल चार दिने औपचारिक भारत भ्रमणका क्रममा आज अपरान्ह भारतको राजधानी नयाँदिल्ली आइपुगनेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा नयाँदिल्ली आएका प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरिन् ।

प्रधानमन्त्री दाहाल धर्मपत्नी सीता दाहालका साथमा भारतका राष्ट्रपति भवनमा रहनेछन् । प्रधानमन्त्रीसँग पत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखक लगायतका उच्च अधिकारी सहित १ सय २४ जनाको जम्बो टोली रहेको छ ।

कानुनअनुसार २३ जनामात्र विदेशी प्रमण्डलमा सहभागी हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डले भने राज्य ढुकुटीको दुरुपयोग गर्दै आफ्ना आसेपासे सहित दर्जनौं पत्रकार र कर्मचारी भारत घुम्न ल्याएका छन् ।

प्रधानमन्त्री दाहालले भोलि शुक्रबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।

भोलि नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन् । राष्ट्रपति भवनमा भोलि नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ ।

भोलि बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले आजै भारतीय बामपन्थी नेता सीताराम येचुरीसंग पनि भेट गरे । भेटमा द्धिपक्षीय हित र सम्वन्धका विषयमा कुराकानी भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालले आजै नयाँदिल्लीमा रहेका प्रवासी नेपालीहरुसंग अन्तक्र्रिया गरे ।
अन्र्तक्रियाका क्रममा प्रधानमन्त्री दाहालले नेपालको परिवर्तनका लागि प्रवासी नेपाली समुदायले खेलेको भूमिका प्रशंसनीय रहेको बताए ।

अखिल भारत नेपाली एकता समाजले नयाँ दिल्लीस्थित नेपाली दूतावासमा गरेको अन्र्तक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले नेपालको परिवर्तनको प्रक्रियामा प्रवासी नेपाली समुदायको भूमिकालाई सरकारले उच्च मूल्याङ्कन गरेको बताए ।

त्यसअघि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री दाहाललाई सभामुख ओनसरी घर्ती, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रीगण, संवैधानिक अङ्गका प्रमुख, मुख्य सचिव, सरकारका उच्चपदस्थ अधिकृत तीनवटै सुरक्षा निकायका प्रमुखलगायतले बिदाइ गरेको थियो ।

प्रधानमन्त्री दाहाल भारतको राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

३० भदौ, काठमाडौं ।
कृषिबाली ब्यबसाय प्रबर्धन संस्था र सुपारी खेतीसंग सम्बन्धित संधसंस्थाले कृषिको ब्यबसायीकरण गरी निर्यातलाई बढाउन आबश्यक योजनाकासाथ अगाडी बढनुपर्ने मांग गरेका छन ।

कृषिबाली ब्यबसाय प्रबर्धन संस्था र सुपारी खेतीसंग सम्बन्धित संधसंस्थाले बिहिबार संयुक्त प्रेस बिज्ञप्ति मार्फत नेपालबाट स्याउ,सुपारी,अदुबा,अलैची लगायतका कृषि उत्पादन निर्यातको राम्रो संभाबना रहेकाले कृषिको ब्यबसायीकरणसंगै गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने औंल्याएका छन ।

हाल उत्पादित बस्तुलाई पनि निर्यात गर्न नसक्दा स्याउ,सुपारी,अदुबा,अलैची कृषकले राम्रो फाईदा लिननसकिरहेको सन्दर्भ उल्लेख गर्दै बिज्ञप्तिमा कृषिबाली ब्यबसाय प्रबर्धनकालागि जुटेका संधसंस्थासंग छलफल गरेर सहज निर्यातको बाताबरण सरकारले बनाउनुपर्ने मांग पनि गरिएको छ ।

यसैबिच कृषि राज्यमन्त्री राधिका तामाङले रैथाने जातका बीउबिजन संरक्षणका पक्षमा ऐक्यबद्धता आवश्यक रहेको बताउनुभएको छ ।

हेलम्बु सामुदायिक कृषि वन अनुसन्धान केन्द्र सिन्धुपाल्चोकलगायतका संस्थाले बिहिबार काठमाडौंमा आयाजना गरेको गुणस्तरीय बीउबिजनको संरक्षणमा किसानको दायित्व विषयक कार्यक्रममा कृषि राज्यमन्त्री तामाङले आफू मन्त्रालयमा रहुन्जेल कृषि बिकासकालागि लागिरहने बताउनुभयो ।

हेलम्बु सामुदायिक कृषि वन अनुसन्धान केन्द्र सिन्धुपाल्चोककी अध्यक्ष कमला सिटौलाले बाली लगाउने बेलामा रैथाने जातका खाद्यान्न तथा दलहन एवम् तरकारीका बीउ पाइन छोडेको बताउनुभयो ।

कृषि विकास मन्त्रालयका प्रवक्त योगेन्द्रकुमार कार्कीले अनधिकृत बीउबिजन बिक्री वितरणमा रोक नलगाउँदा रैथाने बीउ मासिने क्रम बढ्दै गएको बताउनुभयो ।

राष्ट्रिय कृषि नीति, २०६१ ले उत्पादन वृद्धिका लागि नेपालमा वर्णशङ्कर बीउको प्रयोगलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने तथा जिएमओको प्रयोगलाई नियमन गर्ने नीति लिएको छ । जसका कारण बहुराष्ट्रिय कम्पनीका हाइब्रिड बीउलाई आयातमा प्रतिबन्ध छैन भने रैथाने बीउको जगेर्ना र संरक्षणतर्फ खासै ठोस पहल हुन नसकेकाले नेपाली जातका बीउबिजन गाउँघरबाट पलायन भईरहेका छन् ।

राष्ट्रिय बीउबिजन केन्द्रका अनुसार नेपाललाई कुल वार्षिक दुई हजार टन बीउको आवश्यकता पर्छ । जसमध्ये तरकारीमा सिर्जना जातको गोलभेँडा र मकैमा खुमल हाइब्रिड–२ मा आत्मनिर्भर भएको पाइन्छ ।

३० भदौ, महोत्तरी ।

चार लेनको कार्य यथाशिघ्र प्रारम्भ गरी भिठ्ठामोड–जनकपुर सडकलाई ६ लेनको बनाउने लगायतका ५पाँचबुदे माँग राख्दै महोत्तरीको पिपरामा बसेका अनसनकारीहरुको स्वास्थ्य अवस्था खस्कदै गएको छ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष लगायत ४ जना भाद्र २८ गते मंगलवार बिहान ११ बजेबाट अमरण अनसनमा बसेका हुन् ।

आमरण अनसनमा भिठ्ठामोड–जनकपुर सडक निर्माणकालागि सर्वदली÷सर्वपक्षीय, महोत्तरी–धनुषा संयुक्त संघर्ष समितिका संयोजक समेत रहेका, र्बहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष राम कुमार शर्मा, नेकपा माओवादी केन्द्रका यूवा नेता सत्येन्द्र यादव, तमलोपाका यूवा नेता आर।के। रौशन तथा स्वतन्त्र मधेश गठबन्धनका रञ्जितराज मधेशी बसेका हुन । स्वास्थकर्मी अजित मिश्राका अनसार अनसनकारीहरुको व्लडप्रेशस लो छ, डिहाइड््रेसनको समस्या देखिदै छ । यस्तै रहे चाँडै स्लाइनिंग गर्नुपर्ने अवस्था आउन सक्छ ।

संघर्ष समितिले, सरकारबाट शिलान्यास भएको ४ चार लेन सडकको निर्माण यथाशिघ्र प्रारम्भगर्न, दशै भन्दा अगावै पूर्ण मरम्मतगर्न, ३० महिनाको साटो १५ महिनामा निर्माणकार्य सम्पन्न गराउन, पेटी निर्माणकर्ताबाट नभई प्रमुख कन्सट्रक्सनद्वारा नै सडक बनाउन, ऐतिहासिक, धार्मिक तथा अन्तर्राष्ट्रिय एवम् पर्यटकीय महत्वको सडकलाई ६ लेनको बनाउन, गुणस्तरीय काम गर्न/गराउन स्थानीय उपभोक्ताहरु पनि भएको सर्वदलीय/सर्वपक्षीय अनुगनमन समिति गठन जस्ता पाँचबुदे मागराख्दै भाद्र २० गतेदेखि आन्दोलन गर्दै आएका आएका हुन ।

आमरण अनसनको तेस्त्रो दिन बित्नलाग्दा समेत सरकारतर्फबाट कुनै पहल भएको छैन । आफूहरुसँग पत्यारिलो सम्झौता नभएसम्म आमरण अनसन जारी राख्ने बृहत्तर अध्यक्षको भनाई छ । शर्मा लगायतका अनसनकारीहरु भन्दैछन्, कि माँग पुरा हुन्छ कि हाम्रो लाश उठ्छ ।

दशौ वर्षदेखि जर्जर अवस्थामा रहेको भिठ्ठामोड–जनकपुर सडकमा यसभन्दा पहिला पनि शिलान्यास भई, भारतीय ठेकेदार कामगर्दागर्दै बिचमा छोडेर भागेपछि आम जनता सशंकित बनेका हुन । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आन्दोलन शुरुभए पश्चात ४ लेन सडकको शिलान्यास गरेका हुन ।

सहोडवाका दिनेश मिश्र भन्छन्, यस्तो शिलान्यास महोत्तरीमा धेरै देखियो जुन अहिले सम्म अपुरो छ ।

३० भदौ, खोटाङ ।
खोटाङको मेवाखोला हाईड्रोपावरबाट दुई हप्तापछि बत्ती बल्ने भएको छ । १ मेगावाट क्षमताको हाईड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिनुभयो ।

बिहिबार सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर हाईड्रोपावर कम्पनीले हाईड्रोपावरको ड्राई टेस्ट गरि सकिएकाले बत्ती बाल्न र केन्द्रीय प्रसारणलाईनमा जोड्न मात्र बाँकी रहेको जनाएको छ । चीनबाट आउने तीन सदस्यीय ईन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि बिद्युत बल्ने प्रबन्ध निर्देशक राईले बताउनुभयो ।

समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक आफ काठ्माण्डौंको ७० प्रतिशत गरी २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट विद्युत उत्पादन गर्न लागिएको हो ।

लोडसेडिङको मार खेपीरहेका जिल्लाबासी दुई हप्ताभित्र मेवा खोला जलविद्युत सञ्चालन हुने खबरले उत्साहित बनेका छन् । हाल २.५ मेगावाट विद्युत खपत भइरहेको जिल्लामा मेवा खोलाको १ मेगावाट थप हुँदा उर्जा संकटमा कमी आउने दाबी गरिएको छ ।

जिल्लालाई लोडसेढिङमुक्त बनाउने लक्ष्यकासाथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाण्डौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो ।

२०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछि धकेलिएको आयोजना प्रमुख ललितकुमार राईले बताउनुभयो ।

बाढीको क्षतीका कारण सुरुमा स्टीमेट गरेभन्दा २ करोड ५० लाख बढि खर्च लागेको हो । खोलाबाट निकालिने हाईड्रोपावरको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाविस रहेको जिल्लाका ४० गाविस लोडसेढिङमुक्त बन्ने साप्सु–कालिका हाईड्रोपावर कम्पनीले जनाएको छ ।

३० भदौ, काठमाडौं ।
नेपालकी प्रेरणा कोइराला र भारतकी लक्षण्या विश्वनाथको जोडी केशा ग्रुप ए.एन.एल.टी.ए. एसियन जुनियर टुर अन्डर १४ र्याङकिङ टुर्नामेन्टअन्तर्गत सर्किट २ को छात्रा डबल्समा पहिलो भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा भएको दुई देश सम्मिलित मिस्रित फाइनलमा प्रेरणा र लक्षण्याको जोडीले नेपालका इरा रावत र अभिलाषा विष्टको जोडीलाई ६–४, ४–६ र ११–९ को सेटमा पराजित गरेका थिए ।

छात्र डबल्समा भारतका अर्नभ पठाङ्गे र एम्बिसिएसको जोडी प्रथम भएका थिए । एम्बिसिएकले नेपालका सहर्ष चन्द र आदित सुवेदीको जोडीलाई ६–१ र ६–० को सोझो सेटमा पराजित गरेका थिए ।

केशा ग्रुपको मुख्य प्रायोजन तथा एसियाली टेनिस महासंघ 'एटीएफ' को सहयोगमा अखिल नेपाल लनटेनिस संघद्वारा आयोजित प्रतियोगिताको छात्रा एकलमा सर्किट १ की इरा र नेपालकी अभिलाषा फाइनलमा प्रवेश गरेका छन् ।

छात्र एकलको फाईनलमा भारतका अर्नभ र नेपालका सम्यकभूषण वज्राचार्य फाइनलमा प्रवेश गरेका छन् । उत्तर भेगीय शैक्षिक मञ्च 'नेफ', प्याब्सनको आयोजनामा अन्तरविद्यालय दौड प्रतियोगिता शनिबार आयोजना हुने भएको छ ।

प्रतियोगितामा विभिन्न १६ विद्यालयका समान ८०–८० जना छात्र र छात्राको सहभागिता रहने छ ।