रामेछाप नपामा कार्यकारी प्रमुखको मनोमानी

भदौ ३०, २०७३ मा प्रकाशित | 685 views

३० भदौ, रामेछाप ।
एकल व्यक्ति मात्र नगरसमितिको वोर्डमा हुने अधिकारको दुरुपयोग गर्दै रामेछापका नगरपालीकाका कार्यकारी प्रमुख महेश मिश्रले आफ्नै श्रीमतीलाई उक्त नगरपालीकाको कम्प्युटर अपरेटर र अन्य दुईजना कार्यालय सहयोगिलाई वडा सचिवमा नियुक्ती दिलाएका छन् ।

स्थानिय निकायको नगरपालीका, जिविस वा गाविस जुनसुकै निकायमा पनि उक्त कार्यालयको प्रमुखको मात्र एकल समिति हुने व्यवस्थाको दुरुपयोग गर्दै नगरपालीकाका प्रमुखले आफ्नै कान्छी श्रीमती लक्ष्मी कार्कीलाई आफ्नो स्वार्थ अनुकुल कम्प्युटर अपरेटर पदमा नियुक्ती दिएका हुन । करिव तीन महिना अघि मात्र रामेछाप नगरपालीकाको कार्यकारी प्रमुखको रुपमा जिम्वेवारी पाएका मिश्रले स्थानिय राजनिति संयन्त्र र नागरीक समाजलाई समेत चुनौती दिदै सिप विना कि श्रीमती कार्कीलाई नियुक्ती दिएको भन्दै स्थानिय स्तरमा त्यसको कडा आलोचना भएको छ ।

यसअघि मन्थली नगरपालीकाको कार्यालयले पनि आफ्नो खाली दरवन्दीहरुमा कर्मचारीहरुको माग गरेको थियो । खुल्ला प्रतिस्पर्धा मार्फत मर्यादा र नियम भित्र रहेर उसले कर्मचारी भर्ना गर्दा उक्त कदमको सर्वत्र स्वागत भएको थियो । तर रामेछाप नगरपालीकाका प्रमुखको व्यक्तिवादी प्रबृद्धीले स्थानिय राजनिति संयन्त्र र नागरीकहरुको समेत मानमर्दन भएको नेपाली काँग्रेस रामेछाप नगर समितिका सभापति कमलविक्रम कार्कीले वताए ।

कार्यकारी प्रमुखले आफ्नैै श्रीमतीलाई कम्प्युटर अपरेटरमा नियुक्ती दिए संगै साधारण  लेखपढ मात्र भएका साविक सुकाजोर र ओखे्रनी गाविसका कार्यालय सहयोगी दय लाल वहादुर कार्कि र दिलीप वराईली लाई पनि प्रमुख मिश्रले नियम आफनै मनोमानीले रामेछाप नगरपालिका वडा नं १,२ र ३ को वडा सचिबमा नियुक्ति गरेका छन् । त्यसैगरि प्रमुख मिश्रले आफनो निजी स्वार्थअनुकुल   भालुखोमपमा टावर बनाउन नगरपालिका बाट बिनियोजन गरेको ७ लाख रुपैया समेत वजेट रकमान्तर गरि  सौचालय निर्माणमा खर्च गरेको समेत वताईएको छ ।

उक्त कुरालाई  कार्यकारी प्रमुख महेश मिश्रले पनि स्वीकार गरेका छन् । यस वारेमा मिश्र संग सम्पर्क गर्दा हाललाई काम गर्ने कर्मचारीको अभावमा आफुले आफनी श्रीमतिलाइ करार सेवामा कमप्युटर अपरेटर र अन्य दुई कार्यालय सहयोगी कर्मचारीहरुलाई पनि अर्कौ व्यवस्था नहुन्जेल सम्मका लागि सुविधा थप गरेर वडा सचिवको रुपमा  काममा लगाएको वताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web