अन्तरविद्यालय दौड शनिबार

भदौ ३०, २०७३ मा प्रकाशित | 997 views

काठमाडौं, भदौ ३०  ।  उत्तर भेगीय शैक्षिक मञ्ज (नेफ), प्याब्सनको आयोजनामा अन्तरविद्यालय दौड प्रतियोगिता शनिबार हुने भएको छ । प्रतियोगितामा विभिन्न १६ विद्यालयका समान ८०–८० छात्र÷छात्रा गरी जम्मा १ सय ६० प्रतिस्पर्धीको सहभागिता रहने नेफका अध्यक्ष बाबुलाल डंगोलले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

छात्र-छात्रामा समान ५ किलोमिटर दूरीमा प्रतिस्पर्धा हुनेछ । विद्यार्थीको खेल प्रतिभा उजागर गर्नुका साथै नेफअन्तर्गतका विद्यालयबीच अन्तर सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगता आयोजना गर्न लागिएको नेफका उपाध्यक्ष नारायण रोकाले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web