अलैंचीको मूल्य घट्दा पुर्वका किसान मर्कामा

भदौ ३०, २०७३ मा प्रकाशित | 1245 views

३० भदौ, ताप्लेजुङ ।
पुर्वी पहाडी जिल्लाको प्रमुख आम्दानीको स्रोत मानिएको अलैंची मुल्य ओरालो लाग्ने क्रम यो साता पनि रोकिएन । मुल्य लगातार तीनसातायता ओरालो लागि रहेको छ ।

बिहिवार पहाडका जिल्लामा अलैंचीको मुल्य ५९ हजार प्रतिमनका दरले कारोवार भएको अलैंची व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष निर्मल भट्टराईका अनुसार पछिल्लो तीनसातामा मात्र अलैंचीको मुल्यमा प्रतिमन २३ हजारले गिरावट आएको छ ।

उहाँका अनुसार भदौ पहिलो साता पहाडी बजारमा अलैंचीको मुल्य ८२ हजार प्रतिमन रहेको थियो ।

भारतीय बजारबाट माग कम आएकोले मुल्य निरन्तर ओरालो लागेको  भट्टराईले जानकारी दिनुभयो ।

नयाँ उत्पादन बजारमा आउन लाग्दा मुल्यमा देखिएको निरन्तरको गिरावट प्रति पहाडी क्षेत्रका अलैंची उत्पादक र किसान भने चिन्तित हुन थालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web