काठमाडौं,भदौ २८ । भारतीय योग गुरु रामदेवका सहयोगी आचार्य बालकृष्ण भारतको टप धनीको सूचीमा समावेश भएका छन्। एवं पतञ्जलीका सीईओ आचार्य ३ सय ३९ जना धनीको सूचीमध्येमा २५ औं स्थानमा परेका छन् । १३ वर्षको उमेरमै स्याङ्जास्थित बाबु आमाको घरबाट भागेका सीईओ आचार्य बालकृष्ण ३ अर्ब ८० करोड अमेरिकी डलरसहित भारतीय धनी व्यक्तीको सूचीमा परेका हुन् ।

पतञ्जलीमा बालकृष्णको ९४ प्रतिशत स्वामित्व रहेको छ । २०१७ सम्ममा दश हजार करोडको कारोबार गर्ने लक्ष्य रहेको सार्वजनिक धनी सूची रिपोर्टले उल्लेख गरेको छ । बालकृष्णको जन्म २०२९ साल साउन १९ गते भारतको हरिद्वारमा भएको थियो। जयबल्लभ नोकरीको सिलसिलामा हरिद्वारमा बसेको बेला त्यहीं नै बालकृष्णको जन्म भएको हो। बालकृष्ण जन्मिएको तीन महिनापछि उनीहरु बच्चा लिएर स्याङ्जा फर्किएका थिए। त्यसपछि १३ बर्षको उमेरसम्म गाउँमै बसेका बालकृष्णले पाँच कक्षासम्म वालिङ, काफलडाँडास्थित तेज प्रगति प्राथमिक विद्यालयमा पढेका थिए। १३ बर्षको उमेरमा बालकृष्ण घरबाट भागेर भारतै पसेका थिए ।

19.12¡ÆC