भक्तपुर,भदौ २८ । सद्भावना पार्टीका सह अध्यक्ष लक्ष्मणलाल कर्णले संबिधान संशोधन नभएमा दश महिनामै संबिधानको अस्तित्व समाप्त हुने बताउनु भएको छ । रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा बोल्दै कर्णले ४७ सालको संबिधान दश बर्ष नटिके जस्तै संबिधान संशोधन गरि मधेश र जनजातिको माग पुरा नगरे १० महिनामै संबिधानको अस्तित्व सकिने बताउनु भएको हो ।

अंगीकृत नागरिकताको पक्षमा आफूहरु नरहेको र यस बिषयमा अनर्गल प्रचारप्रसार गरिएको भन्दै कर्णले आफूहरु बैवाहिक अंगीकृत नागरिकताको पक्षमा रहेको र अंगीकृत नागरिकता प्राप्त महिलाले क्षमता अनुसार राज्यको सबै निकायमा प्रबेश पाउनु पर्ने उहाँले बताउनु भयो ।

कर्णले मधेशको माग पुरा नगरिकन तोकिएको समयमा निर्वाचन गर्छौ भन्नु हल्ला मात्र भएको भन्दै निर्वाचन गर्छौ भन्दै सस्तो लोकप्रियता हासिलमा राजनीतिक दलहरु लागेको आरोप लगाउनु भयो ।

कर्णले सिंमाकन बिबाद समाधान गर्न उत्तर दक्षिण मिलाएर जानुपर्ने र पहिचान सहितको मधेशमा दुइ प्रदेश निर्धारण गरिनुपर्ने बताउनु भयो । भारतको बिरोध गर्दैमा राष्ट्रबाद भईन्छ भन्ने भ्रम एक थरिका बुद्धिजीबिमा र नेताहरुमा रहेको बताउँदै कर्णले प्रधानमन्त्रीको भारत भ्रमण नेपाल र नेपालीको अहितमा नहुने उहाँले बताउनु भयो । उहाँले भारतको बिषयमा बोले राष्ट्रघाती र चीनको सम्र्थन गरे राष्ट्रबादी होइन्छ भन्ने भ्रम नेपालमा फैलिरहेको बताउनु भयो ।

20.12¡ÆC