२७ भदौ, काठमाडौं ।

स्क्रब टाइफस अध्ययनका लागि चितवन गएको प्राविधिकसहितको टोली नमुना सङ्कलन गरेर आज दिउँसो राजधानी फर्किएको छ ।

चितवनको पश्चिम क्षेत्रमा तीन दिन लगाएर मुसाको अध्ययन गरी नमुना सङ्कलन गरेर टोली फर्किएको हो ।

टोलीले १० वटा मुसा समातेर परीक्षण गर्दा सातवटा मुसामा स्क्रब टाइफस भनिने नयाँ रोग सार्ने एक प्रकारको किरा ‘माइट’ फेला परेको जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिनुभयो ।

काठमाडौँबाट आएको आठजनाको टोलीले मुसाको कलेजो, फोक्सो, मुटु किड्नी र रगतसमेत सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ लगेको केसीले जानकारी दिनुभयो ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य निरीक्षक रेशम लामिछानेको नेतृत्वमा टोली मुसाको अनुसन्धान गर्न चितवनमा गएको थियो ।

मुसामा पाइने माइट नामको सङ्क्रमित किराले टोकेमा स्क्रब टाइफस रोग सर्छ ।

मुसाबाट झारमा झर्ने र झारबाट मानिसमा किरा टाँसिएर टोक्दा रोग लाग्ने भएकाले सचेत हुन चिकित्सकले आग्रह गरेका छन् ।

21.56¡ÆC