२८ भदौ, दाङ ।
दाङमा चट्याङले लागेर एक जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् । पश्चिम दाङको बाघमारे गाबिस ३ का पवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

आज बिहान चट्याङ लागेर घाइते भएका केसीको उपचारका क्रममा अञ्चल अस्पताल तुलसीपुरमा मृत्यु भएको हो ।

चट्याङले लागेर केसीकी आमा जुद्धकुमारी केसी तथा दिदी रेणुका केसी घाइते भएको र घाइते दुबैजनाको अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको जिल्ला प्रहरी प्रमुख धिरज प्रताप सिहले जानकारी दिनुभयो ।

19.28¡ÆC