४ असोज, दाङ ।
जवरजस्ती करणी गरेको अभियोगमा तुलसीपुरमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर १० भट्टे निबासी ६० बर्षका केवल खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख सन्तोष रोकाले जानकारी दिए ।

५०/५२ बर्षीया एक महिलालाई जंगलमा घाँस काट्ने क्रममा देखे पछि उनले भदौ २८ गते जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

'म जंगलमा घाँसकाट्न गएको थिए , यो कताबाट टुप्लुक्क गइपुग्यो' पिडित महिलाले भनिन्-'हर्कत देखाउन खोजे पछि म भागे तर यो पापीले भागे पनि छोडेन' रुदै भनिन् । 'यस्तो नगर भनेर हारगुहार गर्नुका साथै हातपाउ जोडे पनि आफनो चित्कार नसुनेको' उनले बताइन् ।

पिडित महिलाले खत्रीले लखेटीलेखी जबरजस्ती करणी गरेको बताइन् । पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर जवरजस्ती करणी सम्बन्धि मुद्दाचलाएको छ ।

North Korea has carried out a "successful" ground test of a new rocket engine to launch satellites, state media says.

Kim Jong-un, the country's leader, asked scientists and engineers to make preparations for a satellite launch as soon as possible, KCNA reported.

It is the latest in a series of missile-related tests this year. Meanwhile, the US and China have agreed to step up co-operation at the UN to address the North's fifth nuclear test.

The underground nuclear test, conducted earlier this month, is thought to be the country's most powerful yet.

North Korea regularly makes claims about the progress of its nuclear and missile programmes, but analysts say most of them are impossible to independently verify.

४ असोज, काठमाडौं ।
संसदका सभामुख ओनसरी घर्टी नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै चीनको गान्सु प्रान्तमा सुरु सिल्क रोड एक्सपोमा सहभागी भएकी छिन् ।

एक्सपोमा सम्बोधन गर्दै सभामुक घर्तीले नेपाललाई चीनले दिदै आएको महत्व र नेपालको एक चीन नीति प्रतिको प्रतिबद्धता दोहोर्याउँदै गरेको संबोधन यस्तो छ

-सर्वप्रथम मलाई निम्तो गरेकोमा धन्यवाद, एक्स्पोको सफलताको कामना ।

-चीनको हान डाइनेष्टी देखि प्रयोगमा आएको सिल्क रोड विभिन्न मुलुकहरुबीच संस्कृति, आर्थिक तथा व्यापारिक सम्बन्धको आधार बन्दै आएको छ । सिल्क रोड विश्व सम्पदा सूचिमै सूचिकृत हुनुले यसको महत्व प्रस्ट पारेको छ । सिल्क रोड एक्स्पोले प्रचिन समयदेखि रहदै आएको सो सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई पुनः एक पटक जोड्ने काम गरेको छ ।

– सांस्कतिक आदान प्रदान विकास तथा शान्ति प्रवद्र्धनको उदेश्यसहित यो एक्स्पो आयोजना गरिएकोमा चीन सरकारप्रति आभार व्यक्त गर्दछु ।

- यस एक्स्पोका माध्यमबाट सिल्क रोडले जोडेका मुलुकहरुबीचको सांस्कतिक आदान प्रदान, आर्थिक सहकार्य र मित्रतालाई थप उचाईमा पु¥याउने मेरो विश्वास छ । यस एक्स्पोलाई हामीले एकआपासमा सहकार्य, समझदारी तथा मित्रता अभिवृद्धी गर्ने कुटनीतिक प्रयासको रुपमा लिएका छौं । आपसी सिमाना जोडिएको नेपाल र चीनकाबीचमा विगत लामो समयदेखी ऐतिहासिक सास्कृतिक र द्धिपक्षीय सम्वन्ध रही आएको छ ।

– यस अवसरमा म नेपाललाई चीनले दिदै आएको महत्व र नेपालको एक चीन नीति प्रतिको प्रतिबद्धता समेत पुनः दोहो¥याउन चहान्छु ।

– चीनले नेपालललाई गर्दै आएको सहयोगको सराहना गर्दै आगामी दिनमा समते निरन्तरता पाउने अपेक्षा गरेको छु । नेपालका तर्फबाट यो एक्स्पोमा भएको उपस्थितिले पनि दुई देशबिचको सम्बन्ध भोलीका दिनमा थप मजवुत हुनेछ भन्ने विश्वास लिएको छु ।

– सिल्क रोड एक्स्पोमा विश्वका ८५ देशका १५ सय प्रतिनिधिहरुको सहभागिता रहेको छ । नेपालका तर्फबाट सभामुख ओनसरी घर्ती, पूर्वअर्थमन्त्री बर्षमान पुन संसद सचिवायलका महासचिव मनोहरप्रसाद भट्टराई लगायतको सहभागिता छ । सभामुख घर्ती शुनिवार नेपाल फर्कने कार्यक्रम छ ।

The cylinder bombs went off at the gates of Aakashdeep Boarding School and Manakamana Higher Secondary School at Bouddha, Metropolitan Police Range Office, Kathmandu Spokesperson Superintendent of Police, Pradhyumna Karki said.

Human casualties have not been reported in the explosion of the tailor-made small size cylinder bombs.
Meanwhile, suspicious objects were found at the East Pole Academy, Ambeds Academy, Rai School and Bal Sansar School located at the Bouddha area.

Authorities have confirmed the objects to be bomb hoax.
Pamphlets reading Young Communist Force and All Nepal National Independent Student Centre were found at the sites where the bombs and the suspicious objects were planted.

A bomb hoax in front of the Radiant School at Sanepa of Lalitpur Sub Metropolis – 2 set off alarm and fear among the locals.

A Nepal Army bomb disposal team inspected the purported pressure cooker bomb but found it to be a hoax.

As many as six children died in incidents of delayed drowning on Monday evening.

Jagat Tamang's two year and four months old son, Anil, of Mangaltaar of Kavrepalanchowk and currently living at Nagpokhari in Bhaktapur Municipality – 4 submerged in a nearby pond and died in course of treatment at the Siddhi Memorial Hospital, said Inspector Prakash Bista, of Metropolitan Police Range Office, Bhaktapur.

In another incident, Ekadashi Pyatha's five – year – old son, Aryan, drowned in an underground water tank built inside an under construction house of Rajan Chitrakar at Kamalbinayak of Bhaktapur Municipality – 3. Aryan died on his way to Madhyapur Hospital for treatment, according to police.
Meanwhile, three children drowned in the Godavari River located at Attariya Municipality in Kailali districts.

They have been identified as Shanker Bahadur Karki's 15- year – old son, Bishal, Padam BK's 10 – year – old son, Nirajan, and Lal Bahadur BK's 12 – year – old son, Umesh, of Attariya Municipality – 13, according to Area Police Office, Malakheti.
The children had gone to the Godavari River located west of Attariya Bazaar to take bath.

They were rescued by a team of Armed Police Force (APF) from a deeper section at the side of the river and taken to Padma Hospital, said police officer, Mohan Bohara.
The children were later rushed to Seti Zonal Hospital for further treatment where they were declared dead.

४ असोज, न्यूयोर्क ।
जनताको चर्को बिरोध र आलोचनाका बिच राज्यढुकुटीबाट पचासौंलाख रुपैयाँ उपचार खर्च लिएका पूर्वराष्ट्रपति रामवरण यादवले बुधबारबाट उपचार थाल्ने भएका छन् ।

अमेरिकाको डेट्रोएटस्थित हेनरी फोर्ड क्यान्सर अस्पतालमा यादवको बुधबारदेखि फलोअप हुने भएको छ ।

दुई साता लामो उपचारको लागि यादवको दैनिक भत्ता सहितको सबै खर्च सरकारले व्यहोर्दैछ । यादवले सहयोगीको रुपमा आफ्नै छोरा सहित तीनजनालाई अमेरिका ल्याएका छन् ।

पूर्वराष्ट्रपति यादव तीनजना सहयोगीसहित यहाँको डेट्रोएट मेट्रोपोलिटन एयरपोर्ट ओर्लंदा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतले स्वागत गरेका थिए ।

अघिल्लो महिना भारतमा स्वास्थ्य परिक्षण गर्दा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट टयुमर 'क्यान्सर' भएको पुष्टि भएको थियो ।

भारतमै पूर्वराष्ट्रपतिको उपचार संभव भएपनि यादवकै ईच्छा अनुसार उक्त अस्पतालले उपचारको लागि अमेरिकाको कुनै अस्पतालमा जान भन्दै सिफारिस गरेको थियो ।

त्यही सिफारीस देखाएर पूर्वराष्ट्रपति रामवरण यादवले सरकारसँग उपचार खर्च मागेका थिए भने लगत्तै यसको चर्को बिरोध हुँदा पनि यादवले सहयोग लिएरै छाडेका छन् ।

स्मरणीय छ पूर्वराष्ट्रपति यादव अमेरिकाको टेक्सास अस्टिनमा बस्दै आएका छन् । करोडौं सम्पत्ती जायजेथा भएका पूर्वराष्ट्रपति यादवले राजयकोषबाट रकम लिएकोमा अझैपनि यसको बिरोध भइरहेको छ ।

पूर्वराष्ट्रपति यादवको उपचारको लागि पुत्र चन्द्रशेखर यादवले यहाँको महंगो अस्पताल हेनरी फोर्ड अस्पतालमा व्यवस्था मिलाएका छन् ।

४ असोज, काठमाडौं ।
युद्ध अपराध मुद्दामा बेलायतको जेल भोगाइबाट सफाइ पाएका नेपाली सेनाका महासेनानी कुमार लामा बेलायतको पीआर त्यागेर नेपाल फर्कीएका छन् ।

बेलायतको आवासीय अधिकार ९आईएलआर० नेपाली सेनाकै निर्देशनात्मक सुझाव अनुसार त्यागेर उनि फर्कीएको बुझिएको छ ।

अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमा बेलायतमा आफू माथिका यातनासम्बन्धी मुद्दामा सफाइ पाएलगत्तै लामा यहाँको पीआर त्यागेर सोमबार साँझ नेपाल फर्किएको लन्डनस्थित नेपाली दूतावास स्रोतले बताएको उल्लेख छ ।

टपनेपालन्युजडटक श्रोतका अनुसार लामालाई छुटाउन सरकारले करोडौं रुपैयाँ खर्चंदा र देशभित्र उनको पक्षमा जनमत भएको अवस्थामा उनले पिआर लिएरै नेपाल आउँदा त्यसले नेपाली सेनामाथिनै प्रश्न उठ्ने देखिएपछि नेपाली सेनाकै निर्देशन अनुसार लामा पिआर त्यागको लागि निबेदन लेखेर नेपाल फर्कीएका हुन् ।

लामाले गत साता आफ्नो पीआर रद्द गरिदिन दूतावासमा निवेदन दिएका थिए । दूतावासले लामाको निवेदनबमोजिम होम अफिस 'गृह मन्त्रालय' लाई पीआर भिजा रद्द गरिदिन आग्रह गरेकामा होम अफिसले प्रक्रिया अगाडि बढाइएको जनाएको अन्नपूर्णले स्रोतले उल्लेख गरेको समाचारमा लेखेको छ ।

गृहले काठमाडौंस्थित ब्रिटिस दूतावासमार्फत गर्न सकिने विकल्प समेत दूतावासलाई प्रस्तुत गरेको थियो । ‘हामीले लामाले स्वेच्छाले पीआर त्याग्न गरेको आग्रहबारे जंगी अड्डामा समेत अवगत गराइसकेका छौं,’ दूतावास स्रोतले भन्यो, ‘व्यक्तिगत भन्दा दूतावासमार्फत आवेदन दिँदा बलियो प्रमाण हुने भएर लामाले त्यसो गरेको हुनुपर्छ ।’

बेलायतमा कुनै आपराधिक क्रियाकलाप गरे वा लगातार दुई वर्षभन्दा बढी समय यूकेबाहिर रहे यहाँको आवासीय अधिकार रद्द हुने प्रावधान भए पनि लामाले स्वेच्छाले त्याग्न निवेदन दिएका हुन् । लामा दूतावासबाट ट्राभल डकुमेन्ट बनाएर नेपाल फर्किएका हुन् ।

४ असोज, काठमाडौं ।
विद्यालयमा बम पड्काउँदै र ढोका ढोकामा बम राखेर आतंक मच्चाउँदै हिँड्ने तीन अभियुक्तलाई पह्ररीले काठमाडौंबाट पक्राउ गरेको छ ।

विद्यार्थी नेताको बिल्ला भिर्दै चन्दा आतंक मच्चाउँदै हिँड्ने २५ वर्षिय हुम बहादुर खत्री, ३१ वर्षिय शंकर लाखे र २४ वर्षिय चन्द तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उपत्यकाभित्र अहिले शान्ति सुरक्षा कायम गर्न सादा पोशाकमा प्रहरी परिचालन गरिएको र ढुक्क भएर बस्न सर्वसाधारणलाई नेपाल प्रहरीले आह्वान गरेको छ ।

आजै बिहान मात्र काठमाडौंका विभिन्न दुई बिद्यालयमा बम विस्फोट र अन्य ठाउँमा बम राखेको पाइएपछि अनुसन्धानका क्रममा प्रहरीले उनिहरुलाई पक्रेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्कूलहरूमा राखिएको शंकास्पद वस्तुबारे प्रहरीले शुक्ष्म अध्ययन गरिरहेको बताएको छ ।

प्रहरीका अनुसार आज ललितपुरको रेडियन्ट स्कूल, काडमाडौंको डल्लुस्थित कञ्चनजंगा, स्कूल, बौद्धस्थित राई स्कूल, आकाशीदप स्कूल, इस्टपोल स्कूल र दक्षिणढोकास्थित मनोकामना स्कूलमा बम राखिएको थियो ।

मनोकामना र आकाशदीप स्कूलमा भने बम विस्फोट भएको थियो । मनोकामना स्कूलमा बिहान केही पड्किएको आवाज सुनिएको छिमेकी स्थानीयले बताएका छन् ।

विस्फोट गरिएको स्थानमा योङ कम्युनिस्ट फोर्स नेपालको पर्चा भेटिएको थियो ।

पैसाको लागि काठमाडौंका बिद्यालयहरुमा बम आतंक, दुई ठाउँमा विस्फोट

४ असोज, काठमाडौं ।
विद्यालय बसमा आगलागी गरेकालाई प्रहरीले पक्राउ गर्दा प्रशासनले सामान्य धरौटिमा छाड्दा काठमाडौंका विद्यालयहरुमा मंगलबार बम विस्फोट भएका छन् ।

यसअघि पक्राउ परेर छुटेकाहरुको समुहबाटै राजधानीका विभिन्न विद्यालयमा मंगलबार विहान बम फेला परेको छ भने दुई ठाउँमा विस्फोट भएको छ ।

विभिन्न राजनीतिक दलको विद्यार्थी संगठनको नाममा विद्यालयहरुबाट चन्दा उठाएर खान पल्केकाहरुले भनेजति चन्दा नदिएकै कारण र चन्दाको लागि आतंक मच्चाउन बौद्धको आकाशद्धिप बोर्डिङ स्कुल र मनकामना उच्च माबिमा बम बिष्फोट गराएका छन् ।

बालकालिकालाई ढाल बनाएर बमको आतंक सिर्जना गराई यसरी बम विस्फोट गराउने पार्टी वा दल किटानी नभइसकेपनि नेत्र विक्रम चन्द विप्लव नजिकको विद्यार्थी संगठनले यस्तो उपद्रो गरेको ठानिएको छ ।
यद्यपी मंगलबारको बम विष्फोटमा कुनै मानवीय क्षति भने हुन पाएन ।

वम विस्फोटबाट आकाशद्धिप स्कुलको गेटमा क्षति पुगेको छ । विष्फोटमा संलग्न भएको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

काठमाडौं प्रहरी प्रमुख विक्रमसिंह थापाका अनुसार बम राखिएको स्थानमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्रको पर्चा भेटिएको छ र पक्राउ परेकाहरु पनि तिनै विद्यार्थी संगठन निकटका रहेका छन् ।

राजधानीको बौद्धस्थित राई स्कुल, इस्टपोल स्कुलमा शंकाष्पद बस्तु फेला परेको छ । त्यस्तै ललितपुरको रेडियन्ट स्कुलमा प्रेसरकुकर बम भेटिएको प्रहरीले जनाएको छ ।

डल्लुमा रहेको कञ्चनजंघा स्कुलमा प्रेसर कुकर बम फेला परेको थियो । सेनाको बम डिस्पोजल टोलिले उक्त बम निष्क्रिय पारेको छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी केन्द्र र योङ कम्युनिष्ट फोर्स नेपालको संयुक्त अपिल नामक पर्चामा वार्षीक २ लाख ४० हजार भन्दा कम आय भएका नागरिकका बालबालिकालाई निजी विद्यालयमा निशुल्क पढाउन, नीजि विद्यालयले सरकारी पाठ्यपुस्तक अनुसार अध्ययन अध्यापन गराउनुपर्ने, विद्यालयले तोकेको स्थानबाट मात्र ड्रेस पुस्तक लगायत सामाग्री ल्याउने पर्ने अवस्था अन्त्य गर्न माग गरेको छ । देखावटी रुपमा गरिव जनताको पक्षमा यस्ता माग राखेपनि यि संगठनहरुले निजि विद्यालयबाट चन्दा लिनु एकमात्र उदेश्य रहँदै आएको छ ।

साउन पहिलो साता विद्यार्थीहरु लिन डल्लु पुगेको आइडियल मोडल स्कुलको बसमा एकबिहानै आगजनी भएको थियो । उक्त घटना पछि यही संगठनले काठमाडौं सहित देशभरका निजि विद्यालयबाट करोडौं रुपैयाँ चन्दा उठाएको बताइन्छ ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्र तथा योङ कम्युनिष्ट फोर्स नेपाल नाम दिएका दुवै संगठन नेत्र विक्रम चन्द नेतृत्वको माओवादी विद्यार्थी संगठनको नाम हो ।

याव्सन लगायतका संस्थासँग संस्थागत रुपमै मागपत्र राखेर चन्दाको लागि दबाव वढाइरहेको बेलामा यस्तो बिस्फोट भएपनि प्याव्सन, एनप्याब्सन र उच्च माध्यमिक विद्यालय संघ हिसान संयुक्त बैठक बसेर आफ्नो अडान स्पष्ट पार्दैछन् ।

स्मरणीय छ स्कुल बस जलाएको आरोपमा प्रहरीले निर्मल मगर र चन्द्रबहादुर तामाङलाई पक्राउ गरेपनि उनिहरुलाई छाड्न नेत्रविक्रम चन्द माओवादीले माग र दवाव दिएको थियो ।
उनिहरु सामान्य धरौटिमा काठमाडौं जिल्ला प्रशासनबाट केही दिनमै छुटेका थिए ।

शंकास्पद बस्तु रहेका विद्यालयमा सेनाको बम डिस्पोजल टोलीले बम निष्क्रिय बनाएको छ । बम विस्फोट बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विष्फोट भएको स्थानमा फेला परेका पर्चामा नीजि विद्यालयहरुले आफ्ना मागहरु सम्बोधन नगरेको उल्लेख छ । स्मरणीय छ यस्ता विद्यार्थी संगठन र दलहरुले राजनीतिक माग अघि सार्दै विद्यार्थी हकहितका कुरा देखाएपनि अन्तिममा आर्थिक लेनदेनमा पुगेर बिरोध मत्थर पार्दै आएका छन् ।

दशकौंदेखी काँग्रेस, एमाले, माओवादी, राप्रपा वा अन्य साना दलका विद्यार्थी संगठनले विद्यार्थी हकहितका माग राख्दै आन्दोलन गरेको भनेपनि त्यस्ता विद्यालयबाट मोटो रकम लिएपछि मौन रहँदै आएका छन् । चन्दाका नाममा आफुले मागेजति रकम नदिएको खण्डमा भने त्यस्ता विद्यार्थी संगठनहरुले निजि विद्यालयहरुले विद्यार्थी लुटेको भन्दै अभिभावकका हकहितका कुरा उठाएर धोका दिंदै आइरहेका छन् ।

४ असोज, काठमाडौं ।
नेतृत्व वर्गको असक्षमताले राजनीतिक अन्योलता र अस्थिरता रहेपनि देशभित्रै अवशरको खोजि र स्वरोजगारी अपनाउँदै बिदेश कामको लागि जाने नेपाली युवाहरुको संख्या घट्न थालेको छ ।

वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या चालु आर्थिक वर्ष २०७३र७४ को पहिलो दुई महिना घटेको पाइएको छ ।

वैधानिक रुपले अन्तिम श्रम स्वीकृति लिएर ६४ हजार नेपाली दुई महिनामा बिदेश गएपनि यो अघिल्लो महिनाको तुलनामा न्युन रहेको पाइएको छ ।

गतवर्ष साउन भदौमा म्यानपावरले कामदार विदेश पठाउन छाडेर फ्री भिसा विरुद्ध उत्रिँदा पनि विदेश जानेको संख्या यो वर्षको सोही भन्दा बढी देखिन आएको पाइन्छ ।

गत वर्षको साउन तथा भदौमा ७४ हजार नेपाली विदेशिएको सरकारी तथ्यांक छ । यसवर्ष झण्डै दुईमहिनाको तुलना गर्दा १० हजार कम नेपाली युवा बिदेशीएका छन् ।

मलेसियामा जाने कामदारको संख्यामा लगातार गिरावट आएको छ भने दुबई, कतार, साउदीसहित खाडी राष्ट्रमा आर्थिक संकट बढ्नाले पनि विदेशिने नेपालीको संख्यामा गिरावट आएको ठानिएको छ ।

वैदेशिक रोजगार विभागका अनुसार साउन र भदौ महिनामा मात्रै ६४ हजार ७ सय ६४ जनाले श्रम स्वीकृति लिई विदेश गएका छन् ।

साउन महिनामा ३१ हजार ९ सय ८५ जना विदेशिएका छन् । गतवर्ष साउनमा ३७ हजार ७ सय ५६ जना विदेशिएका थिए ।

भदौ महिनामा ३२ हजार ७ सय ७९ जना विदेश श्रम स्वीकृत लिई विदेश पलायन भएका छन् । गतवर्ष भदौमा ४० हजार २ सय ७५ जनाले विदेशमा काम गर्न जान स्वीकृति पाएका थिए ।

भदौ र साउनमा ६१ हजार पुरुष र २९ सय ३२ जना महिला कामदार विदेशिएका छन् । नेपालबाट वैधानिक श्रम स्वीकृति लिएर १ सय १० भन्दा बढी मुलुकमा कामदार रोजगारीका लागि जान पाउँछन् ।

३ असोज, काठमाडौं ।
साझा यातायातले काठमाडौं उपत्यकामा थप ३० वटा सुविधा सम्पन्न नयाँ बस सञ्चालन गर्ने भएको छ । यसका लागि साझा यातायातले खरिद गरेको ३० वटै नयाँ बसहरु काठमाडौं आइपुगेको छ ।

थप गरिएका बसहरुको प्राविधिक जाँच, रुटपर्मिट, बीमालगायतका कार्यहरु सकिए लगत्तै सञ्चालनमा ल्याइने साझा यातायातले जनाएको छ ।

४० सिट भएका ती वसहरुमा, यात्रु चड्न र ओर्लनका लागि दुईवटा ढोका रहेका छन भने बसको पछिल्लो ढोकाबाट ह्वीलचियर प्रयोगकर्ताहरु सजिलै चड्न र ओर्लन सक्ने व्यवस्था रहेको र सुरक्षाका लागि सीसी क्यामरा जडान गरिने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

साझाले २०७० वैशाखदेखि १६ वटा बसमार्फत काठमाडौं उपत्यकामा पुनः सेवा सञ्चालन गरेको थियो ।

थप गरिएका नयाँ बसहरु मध्ये केही चलिरहेका रुटमा थप गर्ने र नयाँ रुटमा पनि सञ्चालन गरिने तयारी भइरहेको निमित्त प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो ।

हाल साझा यातायातका बसहरु बसपार्क लगनखेल, बसपार्क त्रिभुवन विमानस्थल र लगनखेल बुढानिलकण्ठको रुटमा सञ्चालन हुदै आएका छन ।

३ असोज, काठमाडौं ।
कठमाडौ उपत्यकाबाट लामो तथा मध्यम दूरीका सवारी साधनबाट दसैँमा घर फर्कन चाहनेहरूका लागि असोज ७ गते शुक्रबारदेखि टिकट बुकिङ खुल्ला हुने भएको छ ।

विगत वर्षमा दसैँ आउन एक महिनाअघि नै टिकट बुकिङ खुल्ला गरिन्थ्यो । यसवर्ष ‘रुट परमिट’ नलिई यातायात सञ्चालन भएका कच्ची सडकमा दुर्घटना भई दर्जनौँको मृत्यु भएपछि यातायात सञ्चालनमा रोक लगाइएकाले टिकट बुकिङ खुल्ला गर्न ढिला भएको हो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले कच्ची सडकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले नै अस्थायी ‘रुट परमिट’ दिने निर्देशन दिएपछि टिकट बुकिङ खुल्ला गरिएको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

घटस्थापनाको एक साताअघि असोज ७ गते उपत्यकाका १२ स्थानबाट लामो तथा मध्यम दूरीमा जाने सवारी साधनको टिकट बुकिङ खुला गरिएको छ ।

गोङ्गबु नयाँबसपार्क, बालाजु, चावहिल, जोरपाटी, साँखु, बनेपा, गौशाला, कोटेश्वर, सातदोबाटो, बल्खु, कलङ्की र पुरानो बसपार्कबाट अग्रिम टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष डोलनाथ खनालले बताउनुभयो ।

“टिकट बुकिङ खुला गरिएका १२ वटै स्थानमा यातायात बिभागका कर्मचारी ट्राफिक प्रहरी र यातायात व्यवसायीका प्रतिनिधि सहितको सहयोग कक्ष पनि राखिने भएको छ ।