३ असोज, काठमाडौं ।
साझा यातायातले काठमाडौं उपत्यकामा थप ३० वटा सुविधा सम्पन्न नयाँ बस सञ्चालन गर्ने भएको छ । यसका लागि साझा यातायातले खरिद गरेको ३० वटै नयाँ बसहरु काठमाडौं आइपुगेको छ ।

थप गरिएका बसहरुको प्राविधिक जाँच, रुटपर्मिट, बीमालगायतका कार्यहरु सकिए लगत्तै सञ्चालनमा ल्याइने साझा यातायातले जनाएको छ ।

४० सिट भएका ती वसहरुमा, यात्रु चड्न र ओर्लनका लागि दुईवटा ढोका रहेका छन भने बसको पछिल्लो ढोकाबाट ह्वीलचियर प्रयोगकर्ताहरु सजिलै चड्न र ओर्लन सक्ने व्यवस्था रहेको र सुरक्षाका लागि सीसी क्यामरा जडान गरिने साझा यातायातका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिनुभयो ।

साझाले २०७० वैशाखदेखि १६ वटा बसमार्फत काठमाडौं उपत्यकामा पुनः सेवा सञ्चालन गरेको थियो ।

थप गरिएका नयाँ बसहरु मध्ये केही चलिरहेका रुटमा थप गर्ने र नयाँ रुटमा पनि सञ्चालन गरिने तयारी भइरहेको निमित्त प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताउनुभयो ।

हाल साझा यातायातका बसहरु बसपार्क लगनखेल, बसपार्क त्रिभुवन विमानस्थल र लगनखेल बुढानिलकण्ठको रुटमा सञ्चालन हुदै आएका छन ।

24.52¡ÆC