‘हातपाउ जोडे पनि पापीले छोडेन, लखेटी लखेटी लुछ्यो’

अशोज ४, २०७३ मा प्रकाशित | 2259 views

४ असोज, दाङ ।
जवरजस्ती करणी गरेको अभियोगमा तुलसीपुरमा एक वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर १० भट्टे निबासी ६० बर्षका केवल खत्री रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका निमित्त प्रमुख सन्तोष रोकाले जानकारी दिए ।

५०/५२ बर्षीया एक महिलालाई जंगलमा घाँस काट्ने क्रममा देखे पछि उनले भदौ २८ गते जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ ।

'म जंगलमा घाँसकाट्न गएको थिए , यो कताबाट टुप्लुक्क गइपुग्यो' पिडित महिलाले भनिन्-'हर्कत देखाउन खोजे पछि म भागे तर यो पापीले भागे पनि छोडेन' रुदै भनिन् । 'यस्तो नगर भनेर हारगुहार गर्नुका साथै हातपाउ जोडे पनि  आफनो चित्कार नसुनेको' उनले बताइन् ।

पिडित महिलाले खत्रीले लखेटीलेखी जबरजस्ती करणी गरेको बताइन् । पक्राउ परेका खत्रीलाई इलाका प्रहरी कार्यालय तुलसीपुर जवरजस्ती करणी सम्बन्धि मुद्दाचलाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web