४ असोज, न्यूयोर्क ।
जनताको चर्को बिरोध र आलोचनाका बिच राज्यढुकुटीबाट पचासौंलाख रुपैयाँ उपचार खर्च लिएका पूर्वराष्ट्रपति रामवरण यादवले बुधबारबाट उपचार थाल्ने भएका छन् ।

अमेरिकाको डेट्रोएटस्थित हेनरी फोर्ड क्यान्सर अस्पतालमा यादवको बुधबारदेखि फलोअप हुने भएको छ ।

दुई साता लामो उपचारको लागि यादवको दैनिक भत्ता सहितको सबै खर्च सरकारले व्यहोर्दैछ । यादवले सहयोगीको रुपमा आफ्नै छोरा सहित तीनजनालाई अमेरिका ल्याएका छन् ।

पूर्वराष्ट्रपति यादव तीनजना सहयोगीसहित यहाँको डेट्रोएट मेट्रोपोलिटन एयरपोर्ट ओर्लंदा अमेरिकाका लागि नेपाली राजदूत अर्जुन कार्की लगायतले स्वागत गरेका थिए ।

अघिल्लो महिना भारतमा स्वास्थ्य परिक्षण गर्दा पूर्वराष्ट्रपति यादवलाई प्रोस्टेट टयुमर 'क्यान्सर' भएको पुष्टि भएको थियो ।

भारतमै पूर्वराष्ट्रपतिको उपचार संभव भएपनि यादवकै ईच्छा अनुसार उक्त अस्पतालले उपचारको लागि अमेरिकाको कुनै अस्पतालमा जान भन्दै सिफारिस गरेको थियो ।

त्यही सिफारीस देखाएर पूर्वराष्ट्रपति रामवरण यादवले सरकारसँग उपचार खर्च मागेका थिए भने लगत्तै यसको चर्को बिरोध हुँदा पनि यादवले सहयोग लिएरै छाडेका छन् ।

स्मरणीय छ पूर्वराष्ट्रपति यादव अमेरिकाको टेक्सास अस्टिनमा बस्दै आएका छन् । करोडौं सम्पत्ती जायजेथा भएका पूर्वराष्ट्रपति यादवले राजयकोषबाट रकम लिएकोमा अझैपनि यसको बिरोध भइरहेको छ ।

पूर्वराष्ट्रपति यादवको उपचारको लागि पुत्र चन्द्रशेखर यादवले यहाँको महंगो अस्पताल हेनरी फोर्ड अस्पतालमा व्यवस्था मिलाएका छन् ।

16.94¡ÆC