शारदा शर्माको उपन्यास कम्पको लोकार्पण

३ असोज, काठमाडौं ।
राष्ट्रकवि माधवप्रसाद घिमिरेले सामाजिक र सास्कृतिक विभेदको अन्त्यका लागि लागि साहित्यकारहरु लाग्नु पर्ने वताउनुभएको छ ।

साहित्यकार शारदा शर्माव्दारा लिखित उपन्यास कम्पको आज काठमाण्डौमा आयोजित सार्वजनिकिकरण समारोहमा राष्ट्रकवि घिमिरेले समाजलाई रुपान्तरण गर्न साहित्य प्रभावकारी माध्यम भएको वताउनुभयो ।

साहित्यकार शर्माकी आमा राधाकुमारी शर्माले उपन्यास कम्पको लोकार्पण गर्नुभएको थियो ।

माइकल क्लार्कले सन्दिपलाई आफैंले स्वागत गर्दा

३ असोज, काठमाडौं ।
माइकल क्लार्कको एकेडेमी वेष्ट्रन सवअर्ब्स क्लबबाट खेल्न सन्दिप लामिछाने अष्ट्रेलिया पुगेका छन् ।

रोचक कुरा के भने सन्दिपलाई लिन अष्ट्रेलियाका पूर्व कप्तान क्लार्क आफैं विमानस्थल पुगेका छन् ।

सन्दिप लामिछाने लेखेको प्लेकार्डसहित विमानस्थल पुगेका क्लार्कले उनलाई अंकमाल गर्दै स्वागत गरेका थिए । विमानस्थल जानु अघि उनले ट्वीटरमा आफ्नो सानो मित्रलाई लिन जान लागेको भन्दै ट्वीट समेत गरेका थिए ।

सन्दिप र क्लार्कले आगामी शनिबार एकसाथ मोसमोनमा खेल खेल्दैछन् । नेपालका युवा क्रिकेटर सन्दिपले अबको करिव ५ महिना क्लार्बको एकेडेमीबाट क्रिकेट खेल्नेछन् ।

यस क्रममा सन्दिको प्रदर्शन सुखद रहेमा उनले अन्र्तराष्टि क्रिकेट प्रतियोगितामा अवसर सँगै नेपाली क्रिकेटमा उत्कृष्ठ योगदान दिने अपेक्षा गरिएको छ ।

बिवादीत लोकमानको नियुक्ति फाइल प्रचण्ड सरकारसँगै

३ असोज, काठमाडौं ।
भूकम्पमा परि बिवादीत अख्तियार प्रमूख लोकमान सिंह कार्कीको फाइल हराएको बहाना गरेको पुष्पकमल दाहाल प्रचण्ड सरकार अन्तत सर्वोच्चले फाइल नपठाए कारवाही गर्ने बताएपछि उनको नियुक्ती फाइल पठाउने तयारीमा जुटेको छ ।

देशभर बिरोध र हांस्यास्पद बनिरहेको लोकमान सिंहको फाइल हराएको प्रकरणमा सर्वोच्चले फाइल नपठाए सरकारी कर्मचारीलाई कारवाही गर्ने चेतावनी सहितको निर्णय सुनाएपछि फाइल पठाउन तयार देखिएको हो ।

यसअघि सरकारले कार्कीको नियुक्ति सम्बन्धी फाइल सर्वोच्चले माग्दा भूकम्पमा परेर हरायो भन्ने जवाफ दिएको थियो ।

लगत्तै सर्वोच्चले सात दिनभित्र नियुक्तिको कागजपत्र पेश गर्न निर्देशन दिँदै नभए सम्वन्धित अधिकारीलाई कारबाही गर्ने चेतावनी दिएको थियो ।

सर्वोच्चले अख्तियार प्रमुख कार्कीको नियुक्तिलाई आफैंले बैधानिकता दिएको विवादीत निर्णयमा पुनरावलोकन गर्दैछ ।

१० गतेभित्र लोकमानसिंह कार्कीलाई महाअभियोग मुद्दा चलाउन अल्टिमेटम

३ असोज, काठमाडौं ।
विवादीत अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमूख लोकमान सिंह कार्कीमाथि असोज १० गतेभित्र महाअभियोग लगाउन अल्टिमेटम दिंदै सामाजिक अभियन्ता डा. गोविन्द केसीले तत्कालको लागि आफ्नो अनसन स्थगित गर्नुभएको छ ।

सरकारले पनि माग पुरा गराउन प्रक्रिया अघि बढाइएको र कार्यान्वयनको चरणमा रहेको भन्दै विभिन्न माध्यम मार्फत अनसन रोक्न आग्रह गरेपछि अभियन्ता डा. केसीले सरकारलाई एकहप्ताको अल्टिमेटम दिनुभएको हो ।

आजदेखि गर्ने भनेको अनशन स्थगित गर्दै केसीले शिक्षण अस्पपतालमा पत्रकार सम्मेलन गरेर अन्य मागका सम्वन्धमा सरकारले केही प्रक्रिया अघि बढाएपनि अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउन विषयमा सरकार र संसद मौन बसेकोमा आक्रोस पोख्नुभयो ।

कार्की उपर कुनै कदम नचाले असोज १० गतेदेखि अर्को चरणको अनशन थाल्ने अल्टिमेटम केसीले दिनुभएको छ ।

सरकारले लिखित रुपमा पत्र पठाएर अनसन स्थगि गर्न भन्दै आश्वासन दिने बताएपनि अन्तिम समयसम्म सरकारको कुनै पत्र प्राप्त नभएपछि केसीले एकहप्ताको समय सरकारलाई दिनुभएको हो ।

सरकारले लिखित रुपमा माग पुरा गराउने प्रतिबद्धता जनाएको खण्डमा अनसन स्थगित गदै कुनै समयसिमा नदिने तयारीमा रहनुभएका केसी लोकमानसिंह कार्की बिरुद्ध कुनै कारवाही प्रक्रिया अघि नबढाएकोमा बढी असन्तुष्ट देखिनुहुन्थ्यो ।

गोविन्द केसीसँग अत्तालिएको सरकार पत्र दिएर अनसन रोक्ने प्रयासमा

३ असोज, काठमाडौं ।
सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने गर्दै आएको यसअघिका सरकारले झैं पुष्पकमल दाहाल प्रचण्ड सरकारले पनि धोका दिने देखिएपछि सामाजिक अभियन्ता प्रा. डा. गोविन्द केसीले पुन अनसन थाल्ने तयारी गरेपछि सरकारले रोक्न पत्रनै लेख्ने भएको छ ।

सरकारले प्रा। डा। गोविन्द केसीलाई लिखित पत्र दिएर प्रतिवद्धता पुरा गर्ने भन्दै आमरण अनसन रोक्ने प्रयास गर्ने भएको छ ।

शिक्षण अस्पतालका प्रा। डा। केसीले आफ्ना माग सम्बोधनका लागि सरकारलाई असोज २ गतेसम्मको अल्टिमेटम दिएपनि सरकारले माग सम्बोधनको साटो आलटाल गर्दै आएको छ ।

सरकारले डा.केसीसँग भएको सहमति कार्यान्वयन भइरहेको प्रगतिबारे जानकारी सहित अनसन रोक्न अनुरोध सहित पत्र लेख्न लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले भारत भ्रमण अघि नै शिक्षा र स्वास्थ्यमन्त्रीसहितको बैठक राखेर डा. केसीको माग सम्बोधनका लागि चारबुँदे निर्णय गराएका थिए ।

तर निर्णय भएपनि त्यसको ठोस कार्यान्वयन भइसकेको छैन । त्यसअनुसार चिकित्सा शिक्षा ऐन सदनमा पेश भइसकेको छ भने स्वास्थ्य मन्त्रालयले मनमोहन अस्पताल खरिदसम्वन्धी प्रक्रिया थालेको छ ।

तर, डा. केसीले भने सरकारको निर्णय लिखित रुपमा नआएको भन्दै कसरी विश्वास गर्ने भन्ने प्रश्न गर्दै लिखित पत्र आएमा आन्दोलन रोक्ने संकेत सहित आजै एक हप्ताको समय सरकारलाई दिएका छन् ।

एउटा राम्रो खवर । सरकारले ऋण दिएर नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउने

३ असोज, काठमाडौं ।
प्रजातन्त्रका नाममा भएका सरकारी स्वामित्वका उद्योग र कलकारखाना भटाभट बन्द गराएर निजि कम्पनी उकासिएकोमा अहिलेको सरकारले पहिलो सकारात्मक निर्णय गर्दै श्रण दिएर भएपनि नेपाल औषधि लिमिटेडलाई सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।

सरकारी स्वामित्वमा रहेर हाल बन्द जस्तै अवस्थामा रहेको औषधि लिमिटेडलाई सञ्चालनमा ल्याउने मन्त्रीपरिषदले निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल औषधि लिमिटेडलाई १४ करोड ७५ लाख ऋण सहायता दिने निर्णय गरेको छ ।

एनभिए कप राष्ट्रिय भलिबल: न्युडायमन्ड र हेल्प नेपाललाई उपाधि

काठमाडौं,असोज ३  । तेस्रो एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको उपाधि न्यु डायमन्ड एकेडेमी र हेल्प नेपाल क्लवले उपाधि जितेका छन् । महिलातर्फको खेलमा नैकापको न्यु डायमन्ड एकेडेमीले र विभागीय टोली नेपाल प्रहरीलाई ३–० को सोझो सेटमा पराजित ग¥यो भने हेल्प नेपालले त्रिभुवन आर्मी क्लवलाई सोझो सेटमा हरायो ।

त्रिपुरेश्वस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सञ्चालन भएको च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडेमीले पुलिसलाई २५–१८, २५–१४ र २५–१८ को सोझो सेटमा पराजित ग¥यो । पुलिस टोलीमा राष्ट्रिय खेलाडीको बाहुल्यता भए पनि न्यु डायमन्डले एकपक्षीय रुपमा खेल जित्यो । डायमन्डलाई जिताउन प्रतिभा माली, ललिता नाथ र कृपा अधिकारीले उत्कृष्ट खेल खेले । प्रतिभाले स्पाइकबाट २९, ब्लकबाट २ र सर्भिसबाट ४ महत्वपूर्ण अंक बटुलिन । त्यसैगरी कप्तान ललिता नाथले स्पाइकबाट ३ र ब्लकमा २ अंक जोड्न सफल भइन् । पुलिसकी कोपिला उप्रेतीले स्पाइकबाट ८ र ब्लकबाट एक अंक जोडेपनि टोलीलाई जित दिलाउन सकिनन् ।

खेलपछि पत्रकारहरुसंग कुरा गर्दै न्यु डायमन्डकी कप्तान ललिता नाथले एकपक्षीय खेल भएका कारण धेरै मेहनत गर्नु नपरेको बताइन् । ‘प्रतिस्पर्धात्मक खेल हुन सकेन । त्यसैले जित्नलाई हामीले धेरै मेहनत पनि गर्नु परेन’, कप्तान नाथले भनिन् । त्यसैगरी नेपाल पुलिस क्लवकी कोपिला उप्रेतीले नयाँ र पुराना खेलाडीवीच समन्वय मिल्न नसक्दा पराजय भोग्नु परेको बताइन् ।

न्यु डायमन्डका प्रशिक्षक कुमार राईले आफ्नो रणनीति अनुसार खेलाडीले खेल्न नसके पनि उपाधि जितेको खुसी व्यक्त गरे ।

त्यसैगरी पुरुषतर्फको फाइनल खेलमा भारतीय खेलाडीको बाहुल्यता रहेको हेल्प नेपाल क्लवले नेपली सेनाको त्रिभुवन आर्मी क्लवलाई २५–२१, २७–२५ र २५–१७ को सोझो सेटमा हरायो । हेल्प नेपाललाई उपाधि दिलाउन शुभम् चौधरीले स्पाइकबाट २६ अंक बटुले । आर्मीका नरेन्द्र गिरीले स्पाइकबाट १६ र मानबहादुर श्रेष्ठले स्पाइकबाट ८ र ब्लकबाट २ अंक जोडे पनि टोलीलाई विजयी बनाउन सकेनन् ।

त्यसैगरी तेस्रो स्थानका लागि भएको महिलातर्फको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लवले टप्स पश्चिमाञ्चललाई २५–२१, २५–१४ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो । टप्स पश्चिमाञ्चलकी मञ्जु गुरुङ र अरुणा शाही जम्न नसक्दा एपीएफले सहज विजय प्राप्त ग¥यो ।

त्यसैगरी पुरुषतर्फको तेस्रो स्थानको खेलमा विभागीय टोली एपीएफले पश्चिमाञ्चललाई ३–२ को सेटमा हरायो । एपीएफले  २५–२३, १९–२५, २५–१९, २९–३१ र १५–६ को सेटबाट हरायो ।

नेपाल भलिबल संघको वार्षिक क्यालेन्डरअनुसार भएको प्रतियोगिता लिगकम नकआउटका आधारमा सञ्चालन भएको थियो । प्रतियोगितामा पुरुषतर्फ १२ टोली र महिलातर्फ ९ टोलीको सहभागिता रहेको थियो ।

प्रतियोगिताको पुरुष तथा महिलातर्फको उपाधि बिजेता न्यु डायमन्ड र हेल्प नेपालले ट्रफीसहित नगद १ लाख २५ हजार रूपैयाँ प्राप्त गरे भने उपविजेता नेपाल पुलिस क्लव र नेपाली सेनाले नगद ७०÷७० हजार रूपैयाँ प्राप्त गरे । त्यसैगरी प्रतियोगितामा तेस्रो स्थान हासिल गरेका एपीएफका महिला तथा पुरुष टोलीले ५०÷५० रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा महिलातर्फ न्यु डायमन्ड एकेडेमीकी प्रतिभा माली  र पुरुषतर्फ हेल्प नेपालका शुभम् चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १५÷१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । त्यसैगरी महिलातर्फ सेटरमा न्यु डायमन्डकी कृपा अधिकारी, डिफेन्समा न्यु डायमन्डकै सलिना श्रेष्ठ घोषित भइन् भने स्पाइकरमा नेपाल पुलिसकी कोपिला उप्रेती र वेष्ट सर्भरमा टप्स पश्चिमाञ्चलकी अरुणा शाही घोषित भए ।

त्यसैगरी पुरुषतर्फ बेष्ट स्पाइकरमा नेपाली सेनाका नरेन्द्र गिरी, सेटरमा हेल्प नेपालका विकास चौधरी, ब्लकमा हेल्प नेपालकै शुभे सिंह, डिफेन्समा हेल्प नेपालका मोहन पुन र सर्भरमा सेनाका मानबहादुर श्रेष्ठ घोषित भए । विधागत रुपमा उत्कृष्ट हुने जनही ५ हजार पुरस्कार प्राप्त गरे ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमन शर्मा, महासचिव जितेन्द्रबहादुर चन्दलगायतले पुरस्कृत गरे ।

सीसीआरसी र नासालाई उपाधि

काठमाडौं, असोज ३  ।  क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) र नासा इन्टरनेसनल कलेजले सातौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको उपाधि सोमबार जितेका छन् । सीसीआरसी ब्वाइज तथा नासा गल्र्समा च्याम्पियन बने । बल्खुस्थित आयोजक काठमाडौं बर्नहार्ट कलेजको कोर्टमा भएको ब्वाइज फाइनलमा सीसीआरसीले ट्रिनिटी इन्टरनेसनल कलेजलाई ४७–४२ ले पराजित ग¥यो । सीसीआरसीको जितमा अनुप बस्नेतले १७ अंक योगदान गरे । लगातार तीन क्वाटरमा अग्रता लिएको सीसीआरसीले पहिलोमा ११–९, दोश्रोमा १५–१२ र तेश्रोमा १२–१० अंक जोड्यो । चौथो तथा अन्तिम क्वाटरमा ट्रिनिटीले ११–९ को अग्रता लिएपनि जित हात पार्न सकेन ।

गल्र्सको उपाधि भिडन्तमा नासाले ट्रिनिटीलाई नै ४०–२८ ले हरायो । नासाकी अनिशा बस्नेतले १७ अंक जोडिन् । सुरुको क्वाटरमा १०–११ ले पछि परेको नासाले दोश्रोमा १२–२ र तेश्रोमा १२–८ को अग्रता हासिल गर्दै जितको आधार खडा ग¥यो । चौथोमा ट्रिनिटी ७–६ ले अगाडि रह्यो ।

ब्वाइजमा सीसीआसरीका आशिष बस्नेत तथा गल्र्समा फाइनलकी सर्वाधिक स्कोरकर्ता नासाकी अनिशा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई नेपाल बास्केटबल संघका वरिष्ठ उपाध्यक्ष नरेन्द्र थापा, बर्नहार्टका अध्यक्ष भूपेश छत्कुली, प्रबन्ध निर्देशक नवराज अधिकारी, एकेडेमिक सल्लाहकार नारायण चापागाईं र सहायक प्रिन्सिपल पुरुषोत्तम विष्ट तथा प्रतियोगिता संयोजक किरण महर्जनले एक कार्यक्रमबीच पुरस्कार वितरण गरे । भदौ २३ गतेदेखि सुरु प्रतियोगिताको ब्वाइजमा २६ तथा गल्र्समा ८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

संविधान बिरोधमा उत्रेर सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नेलाई सबै रकम दिने प्रधानमन्त्रीको घोषणा

३ असोज, काठमाडौं ।
संविधान दिवसको दिन प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान घोषणाको बिरोध गर्दै सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्नेको सबै उपचार खर्च व्यहोर्ने बताएका छन् ।

पहिलो संविधान दिवसको अवसरमा सोमबार सैनिकमञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्रीले भने, ‘निर्वाचन जस्तो संवेदनशील विषयमा राजनीतिक लाभहानी नहेरी उपयुक्त वातावरण बनाउन म सबै दलहरुलाई विशेष आव्हान गर्दछु ।’

प्रधानमन्त्री प्रचण्डले स्थानीय तह, प्रदेश र संघीय संसदको चुनाव संविधान कार्यान्वयन तथा संघीयतालाई संस्थागत एवं सुदृढ गर्ने दिशामा कोशे ढुंगा साबित हुने विश्वास व्यक्त गरे । यी निर्वाचन सम्पन्न गर्न र निर्वाचित निकायलाई काम गर्न आवश्यक कानूनहरु र सस्थागत संरचना निर्माण गर्न सरकार लागिपरेको प्रधानमन्त्री प्रचण्डको भनाई छ ।

गाउँपालिका, नगरपालिका तथा विशेष संरक्षित र स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण गर्न बनेको आयोगलाई गाँउपालिका र नगरपालिकाको सिमाना तथा संख्या छिटो टुग्याउन पनि प्रधानमन्त्रीले भने ।

प्रधानमन्त्रीले निर्वाचन आयोगको कामका लागि आवश्यक राजनीतिक वातावरण सिर्जना गर्न सरकार लागि परेको बताए ।

संविधान कार्यान्वयनको सन्दर्भमा आवश्यक ऐनको व्यवस्था गरी सरकारले उच्च अदालतका सम्वन्धमा गरेका निर्णयहरू संविधान र संघीयता कार्यान्वयनको दिशामा महत्वपूर्ण उपलब्धि रहेको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्वाचनको विषयमा राजनीतिक लाभहानी नहेरी उपयुक्त वातावरण बनाउन दलहरुलाई आव्हान गरे ।

संविधान अनुसार २०७४ साल माघ ७ गतेभित्र स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन सम्पन्न गरीसक्नुपर्ने छ । तर, दलहरुबीच स्थानीय तहको संख्या, सिमाना लगायतका विषयमा अझैसम्म सहमति जुटेको छैन ।

प्रधानमन्त्रीले मधेस आन्दोलनमा मृत्यु भएकाहरुलाई शहिद घोषणा गरिसकेको, मृतकका परिवारलाई आर्थिक सहयता उपलब्ध गराइसकेको र घाइतेहरुको उपचारका लागि भएको खर्चको विल बमोजिमको रकम भुक्तानी गर्ने प्रक्रिया शुरु भइसकेको बताएका छन् ।

मधेसी मोर्चाले आइतबार उपप्रधान एवम् गृहमन्त्री विमलेन्द्र निधिसमक्ष उपचारमा खर्च भएको भन्दै करिब एक करोडको बिल पेश गरेको थियो ।
मधेशी मोर्चाले मधेश आन्दोलनमा सहभागी भएर ढुंगामुढा गर्दा मारिने भारतीय नागरिक र आत्महत्या गरेकालाई समेत शहिद घोषणा गर्न माग गर्दै आएको छ ।

लामखुट्टे धपाउन सल्काएको भुसे चुलोको धुवाँले निसास्सीएर एकको मृत्यु, दुई वेहोस

३ असोज, सल्यान ।
सल्यानका एक मजदुरको दाङमा धुवाँमा निसास्सीएर मृत्यु भएको छ । साथै दुइको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सल्यान फालावाङका अन्दाजी ५५ वर्षिय हिरालाल विष्टको तुलसीपुर ३ गौजेनीमा धुवामा निसास्सीएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

३ जना मजदुर कोठामा लामखुट्टे धपाउन गएराती भुसे चुलो सल्काएर सुतेको र त्यहि चुलोको धुवाले निसास्सीएर विष्टको ज्यान गएको जनाइएको छ ।

गम्भीर घाइते दुइ जनाको अहिले राप्ती अञ्चल अस्पताल तुलसिपुरमा उपचार भइरहेको छ ।

घाइते मध्ये सल्यान फालावाङकै वर्ष ३० का धर्म बहादुर योगीको परिचय खुलेको छ भने अर्का एक जनाको परिचय नखुलेको ईलाकाम प्रहरी कार्यालय तुलसीपुरका प्रहरी सहायक निरीक्षक मिलन श्रेष्ठले जानकारी दिनुभयो ।

कैलालीबाट खाद्यन्न ढुवानी शुरु

३ असोज, धनगढी ।
नेपाल खाद्य संस्थान सेती अचल कार्यालय धनगढीले दशै तिहारलाई मध्यनजर गर्दै यस क्षेत्र (सुदूरपश्चिमक) का पहाडी जिल्लाहरुमा सरकारी अनुदानको खाद्यन्न ढुवानी शुरु गरेको छ ।

संस्थानका सेती अचंल प्रमुख डील्लीराज लम्सालले यस क्षेत्रका बझाग, अछाम, बैतडी, दार्चुलामा चामल पठान शुरु गरिसकेको र बाजुरा, हुम्ला, मुगुमा केहि दिन भित्र खाद्यन्न ढुवानीको तयारी भइरहेको बताउनु भयो ।

कैलालीको गेटामा रहेको संस्थानको गोदामबाट ती जिल्लामा स्थलमार्गबाट खाद्यन्न ढुवानी हुने गरेको र हालसम्म पाच सय क्वीन्टल चामल ढुवानी भइसकेको उहाले बताउनुभयो ।

बर्षेनी खाद्यन्न संकट हुदै आएको ती जिल्लामा प्रत्येक बर्ष सरकारले अनुदानको खाद्यन्न उपलब्ध गराउदै आएको छ । यस बर्ष सात जिल्लाका लागि करिव ३८ हजार क्वीन्टल खाद्यन्न कोटा निर्धारण गरिएको छ ।

जसमध्ये सवैभन्दा बढी बाजुराका लागि २३ हजार ७ सय ५० क्वीन्टल खाद्यन्न कोटा रहेको छ । संस्थानले सात जिल्लाका १४ वटा खाद्य डिपोबाट अनुदानको चामल बिक्रि बितरणको ब्यवस्था गरेको छ ।

जापानमा आजपनि नेपालीको निधन, ४ दिन अघि मृत्यु भनिएका कँडेलको गएराती निधन

३ असोज, टोकियो ।
गम्भिर अबस्थामा उपचाररत रहँदै मृत्यु भएको भनि चारदिन अघि समाचार प्रकाशित गरिएका बाग्लुंगका धनप्रसाद कंडेलको गएराती निधन भएको छ ।

अस्पतालमा उपचाररत कँडेलको हिजो राती ११ बजेर ५८ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपाल आफ्नो घर हिँडेका कँडेल अस्वस्थ महशुस गरेर उपचार गर्न अस्पताल पुगेपनि उनको उपचारकै क्रममा निधन भएको हो । ४३ बर्षिय कँडेल जापानको कानागावा केनको चुरुमीमा बस्दै आउनुभएको थियो ।

श्रीमतीसँगै बस्दै आएका कँडेल ६ बर्षअघि कुक कामको लागि जापान आउनुभएको थाहा भएको छ ।

टोकियो रेसाइ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कँडेल यही सेप्टेम्बर ८ तारिखमा नेपाल जान हिँडेका थिए । तर एयरपोर्ट
पुगेपछि चेकजाँच गर्दा उपचार गर्न भन्दै एयरपोर्ट चेकजाँच केन्द्रले नै
अस्पताल पुर्याएको थियो । कँडेलको मस्तिस्कघातबाट मृत्यु भएको नारायण कँडेलले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

केही समयदेखी टाउको दुख्ने गरेको बताउँदै आएका कँडेल योकोहामा खान्नाइस्थित साथी डाइनिगं नामको रेष्टुरेण्टमा काम गर्दै आएका थिए । मृतक कँडेलको स्थायि ठेगाना बाँग्लुंग जिल्ला बिहुँकोट गाविस वडा नम्वर १ बयलडाँडा हो ।

मृतक कँडेलको नेपालमा आमा दुई छोरा र एक छोरी रहेको र परिवार हाल नवलपरासिको गैंडाकोटमा बस्दै आएका छन् ।

कँडेलको मृत्युपछि उनको दाहसंस्कार लगायतको सहयोगका लागि बाँग्लुंगका नेपाली सहित जापानमा रहेका विभिन्न संघसंस्था जुटेका छन् । बिउँकोट समाज जापानले ठूलो रकम संकलन गरिसकेको र रकम संकलन तथा सहयोग जुट्ने क्रम जारी रहेको नारायण कँडेलले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

स्मरणीय छ १० दिन अघि मात्र जापानको  क्यूसूमा बस्दै आएकी टिना गुरुगंले झुण्डिएर आत्महत्या गरेकी थिइन् भने एक दिन अघि अध्ययनका लागि आएका रोल्पाका शिवराज रोका मगरको मृत्यु भएको छ ।

आर्थिक अभावमा टिनाको शव अझैसम्म नेपाल पठाउन सकिएको छैन भने शिवराजको शव के गर्नेभन्ने अझै अन्योल छ ।

यसैबिच गएराती मृत्यु भएका कँडेलको भने यही सेप्टेम्वर २१ अर्थात् पर्सी दाहसंस्कार गरिने भएको छ ।

मृतक कँडेलको उपचारमा नजिकबाट रहेर सहयोग गरिरहनुभएका नारायण कँडेलका अुनसार शिवराजको २१ तारिख दिउँसो २ बजे टोक्यो तो ओताकु तोकाईमा दाहसंस्कार गरिने भएको छ ।
( मिति 2016-9-21  दीउसो २ बजे  उहाको दाहसंस्कार उक्त स्थानमा143-0001 東京都大田区東海 1-3-1  tokyo to otaku tokai 1-3-1 मा गरिने भएको छ।)

पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या र मृत्युको संख्या बढ्दै गइरहेपनि यसमा नेपाली राजदूतावास र गैर आवासीय नेपालीसंघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै आलोचना बढ्दै गइरहेको छ ।

जापानमा हाल ६० हजार बढी नेपालीहरु अध्ययन, रोजगारी तथा व्यवसायको सिलसिलामा बस्दै आएको बताइन्छ ।

जापानमा नेपाली विद्यार्थीको निधन

टीनाको शव आर्थिक अभावमा जापानमै अलपत्र, सहयोगको आव्हान

जापानमा नेपाली विद्यार्थीको निध

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web