३ असोज, टोकियो ।
गम्भिर अबस्थामा उपचाररत रहँदै मृत्यु भएको भनि चारदिन अघि समाचार प्रकाशित गरिएका बाग्लुंगका धनप्रसाद कंडेलको गएराती निधन भएको छ ।

अस्पतालमा उपचाररत कँडेलको हिजो राती ११ बजेर ५८ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपाल आफ्नो घर हिँडेका कँडेल अस्वस्थ महशुस गरेर उपचार गर्न अस्पताल पुगेपनि उनको उपचारकै क्रममा निधन भएको हो । ४३ बर्षिय कँडेल जापानको कानागावा केनको चुरुमीमा बस्दै आउनुभएको थियो ।

श्रीमतीसँगै बस्दै आएका कँडेल ६ बर्षअघि कुक कामको लागि जापान आउनुभएको थाहा भएको छ ।

टोकियो रेसाइ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कँडेल यही सेप्टेम्बर ८ तारिखमा नेपाल जान हिँडेका थिए । तर एयरपोर्ट
पुगेपछि चेकजाँच गर्दा उपचार गर्न भन्दै एयरपोर्ट चेकजाँच केन्द्रले नै
अस्पताल पुर्याएको थियो । कँडेलको मस्तिस्कघातबाट मृत्यु भएको नारायण कँडेलले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

केही समयदेखी टाउको दुख्ने गरेको बताउँदै आएका कँडेल योकोहामा खान्नाइस्थित साथी डाइनिगं नामको रेष्टुरेण्टमा काम गर्दै आएका थिए । मृतक कँडेलको स्थायि ठेगाना बाँग्लुंग जिल्ला बिहुँकोट गाविस वडा नम्वर १ बयलडाँडा हो ।

मृतक कँडेलको नेपालमा आमा दुई छोरा र एक छोरी रहेको र परिवार हाल नवलपरासिको गैंडाकोटमा बस्दै आएका छन् ।

कँडेलको मृत्युपछि उनको दाहसंस्कार लगायतको सहयोगका लागि बाँग्लुंगका नेपाली सहित जापानमा रहेका विभिन्न संघसंस्था जुटेका छन् । बिउँकोट समाज जापानले ठूलो रकम संकलन गरिसकेको र रकम संकलन तथा सहयोग जुट्ने क्रम जारी रहेको नारायण कँडेलले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

स्मरणीय छ १० दिन अघि मात्र जापानको क्यूसूमा बस्दै आएकी टिना गुरुगंले झुण्डिएर आत्महत्या गरेकी थिइन् भने एक दिन अघि अध्ययनका लागि आएका रोल्पाका शिवराज रोका मगरको मृत्यु भएको छ ।

आर्थिक अभावमा टिनाको शव अझैसम्म नेपाल पठाउन सकिएको छैन भने शिवराजको शव के गर्नेभन्ने अझै अन्योल छ ।

यसैबिच गएराती मृत्यु भएका कँडेलको भने यही सेप्टेम्वर २१ अर्थात् पर्सी दाहसंस्कार गरिने भएको छ ।

मृतक कँडेलको उपचारमा नजिकबाट रहेर सहयोग गरिरहनुभएका नारायण कँडेलका अुनसार शिवराजको २१ तारिख दिउँसो २ बजे टोक्यो तो ओताकु तोकाईमा दाहसंस्कार गरिने भएको छ ।
( मिति 2016-9-21 दीउसो २ बजे उहाको दाहसंस्कार उक्त स्थानमा143-0001 東京都大田区東海 1-3-1 tokyo to otaku tokai 1-3-1 मा गरिने भएको छ।)

पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या र मृत्युको संख्या बढ्दै गइरहेपनि यसमा नेपाली राजदूतावास र गैर आवासीय नेपालीसंघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै आलोचना बढ्दै गइरहेको छ ।

जापानमा हाल ६० हजार बढी नेपालीहरु अध्ययन, रोजगारी तथा व्यवसायको सिलसिलामा बस्दै आएको बताइन्छ ।

जापानमा नेपाली विद्यार्थीको निधन

टीनाको शव आर्थिक अभावमा जापानमै अलपत्र, सहयोगको आव्हान

जापानमा नेपाली विद्यार्थीको निध

काठमाडौं,असोज ३ । नयाँ संविधान जारी भएको एक वर्ष पूरा भए पनि संविधान कार्यान्वयनमा भने सुस्तता देखिएको छ । संविधानले किटान गरेका सात प्रदेशको विरोधमा मधेसी मोर्चाको आन्दोलनका कारण संविधान कार्यान्वयनमा जटिलता थपिएको छ । प्रमुख दलबीच देखिएको सत्तास्वार्थका कारण पनि संविधान कार्यान्वयनमा समस्या आएको कानुनविद्हरूको भनाइ छ ।

प्रदेश प्रमुखको नियुक्ति

सरकारले प्रदेशको निर्वाचनअघि प्रदेशको प्रमुख नियुक्त गर्न सक्नेछ । प्रदेश सभाको पहिलो बैठक बोलाउन प्रदेश प्रमुखको आवश्यकता पर्ने भएकाले पनि प्रदेश प्रमुख निर्वाचनअघि तोकिनेछ । तर, अहिलेसम्म प्रदेश प्रमुख नियुक्त गरिएको छैन ।

निर्वाचनसम्बन्धी ऐन छैनन्

७ माघ ०७४ भित्र संविधानअनुसार चारवटा निर्वाचन हुनुपर्ने भए पनि अहिलेसम्म तीनवटै तहको निर्वाचनसम्बन्धी कानुनहरू संसद्मा पेस हुन सकेका छैनन् । प्रतिनिधिसभा, राष्ट्रिय सभा, प्रदेश सभा र स्थानीय तहको निर्वाचनसम्बन्धी आवश्यक ऐनहरूको मस्यौदा निर्वाचन आयोगले तयार गरिसकेको छ । धेरै ऐनको मस्यौदा गृह मन्त्रालयमा पठाइएको छ, तर संसद्मा पुगेका छैनन् ।

संवैधानिक आयोगहरूसम्बन्धी कानुन पनि बनेनन्

संसद्मा दर्ता भए पनि संवैधानिक आयोग गठनसम्बन्धी विधेयकहरू पारित भएका छैनन् । राष्ट्रिय समावेशी आयोग, थारू आयोग, मधेसी आयोग, दलित आयोग, महिला आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन हुन सकेका छैनन् ।

संघीय आयोग गठन भएन

प्रदेशको सिमानामा विवाद देखिएको अवस्थामा त्यसलाई टुंगो लगाउन संविधानको धारा २९५ अनुसार गठन हुनुपर्ने आयोग अहिलेसम्म गठन भएको छैन । मधेसी मोर्चाले प्रदेशको सिमाना विवाद निकालिरहेकाले त्यसलाई टुंगो लगाउन पनि उक्त आयोग सहयोगी हुनसक्छ ।

प्रदेश राजधानी तोकिएन

सरकारले प्रदेशको राजधानी तोक्न सक्ने व्यवस्था छ । प्रदेशको राजधानी निर्धारण भएपछि सरकारले निर्वाचन क्षेत्र निर्धारण आयोगबाट निर्वाचन क्षेत्र तय गर्नुपर्नेछ । निर्वाचन क्षेत्र तय भएपछि प्रदेशको निर्वाचन हुनेछ । आउदो ७ माघ ०७४ भित्र संघीय संसद्को निर्वाचन हुनुपर्ने संवैधानिक व्यवस्था छ । साथै, प्रदेशको राजधानीमै उच्च अदालत राख्ने व्यवस्था भएकाले पनि प्रदेशको राजधानी घोषणा गर्नुपर्छ ।

अझै बनेन नयाँ कानुन

संविधानअनुसार एक सय ३८ वटा नयाँ कानुन बन्नुपर्नेछ । र, कानुन मन्त्रालयले पहिलो चरणमा ६० वटा कानुन बनाउनुपर्ने बताएको छ । प्रदेशको राजधानी, उच्च अदालत गठन, निर्वाचन क्षेत्र निर्धारण आयोग, अन्य संवैधानिक आयोग गठनलगायतका थुप्रै काम अगाडि बढाउन तत्काल नयाँ कानुन आवश्यक छ । संसद् सुरु नहुँदा संसद् सचिवालय कार्यसञ्चालन नियमावली बन्न सकेको छैन । संसद्मा अधिवेशन सुरु नभई कानुन बन्ने छैनन् ।

दलित हकसम्बन्धी कानुन

३१ वटा मौलिक हकमध्ये एउटा दलित हक पर्दछ । मौलिक हकमध्ये दलित हकमा मात्रै कानुन बनाएर कार्यान्वयन गर्ने भनिएको छ । मौलिक हक कानुन बनाएर व्यवस्था गरिँदैन । तर, उक्त कानुन अहिलेसम्म बनेको छैन ।

निर्वाचन क्षेत्र निर्धारण आयोग

नया संविधानअनुसार प्रदेश र संघको निर्वाचनका लागि नयाँ निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने अवस्था छ । संविधानको धारा ८४ र १७६ अनुसार संघ, व्यवस्थापिका र प्रदेशको निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्नेछ ।

संविधान कार्यान्वयनसम्बन्धी संसदीय समिति

रूपान्तरित संसद्ले संविधान कार्यान्वयन, अनुगमन तथा निर्देशन समिति गठन गर्न सक्ने भनिए पनि अहिलेसम्म उक्त समिति गठन हुन सकेको छैन ।

महाअभियोग समिति

रूपान्तरित संसद्को नियमावलीमा महाअभियोग समिति गठन गर्ने व्यवस्थो छ । उक्त समिति पनि अहिलेसम्म बन्न सकेको छैन भनेर आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

काठमाडौं,असोज ३ – प्रधानमन्त्री प्रचण्डको भारतको राजकीय भ्रमणसम्बन्धी नयाँदिल्लीबाट जारी संयुक्त वक्तव्यले नेपालका राजनीतिक क्षेत्रलाई तताएको छ । नेपालको राजनीतिक र कूटनीतिक क्षेत्रलाई तताएको त्यो बुँदा ११ मा भनिएको छ, ‘दुवै प्रधानमन्त्रीले विकासोन्मुख मुलुकहरुलाई संयुक्त राष्ट्रसंघ तथा अरु अन्र्ताष्ट्रिय मञ्चहरुमा पारस्पर निकट समन्वयमा रहेर काम गर्न असर पार्ने तथा संयुक्त राष्ट्र संघ तथा अन्य अन्तर्राष्ट्रिय निकायहरुमा व्यापक सुधार गर्नुपर्नेलगायतका प्रमुख अन्तर्राष्ट्रिय विषयहरुमा दुई मुलुकका समान विचार रहेको विश्वास व्यक्त गर्नुभयो ।

नेपाल पक्षले संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यको उम्मेद्वारीलाई नेपालले समर्थन गर्ने कुरा दोहोर्याएको थियो ।’ त्यस्तै आपत्ति मानिएको बुँदा नम्बर हो १३ । १३ नम्बर बुँदामा भनिएको छ– ‘भारतीय प्रधानमन्त्रीले नेपाल र भारतका बीच सामाजिक, आर्थिक, वैज्ञानिक र प्राविधिक विकासका लागि निकट साझेदारीलाई निरन्तरता दिने भारतको प्रतिबद्वता व्यक्त गर्नुभयो ।

दुवै प्रधानमन्त्रीले अधिकृतहरुलाई द्विपक्षीय आर्थिक र विकास सहयोगका चालु परियोजनाहरुको प्रगतिको निकट अनुगमन गर्न, अड्चनहरुलाई सम्बोधन गर्न र तदारुकताका साथ तिनलाई समयबद्व रुपमा सम्पन्न गर्न निर्देशन दिनुभयो ।

यस सन्दर्भमा, दुवै पक्षले काठमाडौंस्थित दूतावास र नेपाल सरकारका वरिष्ठ अधिकारीहरु रहने गरी उपल्लो सुपरीवेक्षण संयन्त्र बनाउन मञ्जुर भएको छन् जसले नियमित रुपमा चालु आर्थिक र विकास परियेजना कार्यान्वयन गरिरहेका निकायहरुसँगै बसेर प्रगतिको समीक्षा गर्ने र तिनको कार्यान्वयनमा तदारुकता अपनाउने आवश्यक कदम चाल्नेछ ।’ आजको साँघु साप्ताहिकमा खबर छ ।

काठमाडौं,असोज ३ । झै–झगडामा संलग्न कार्यकर्तालाई छाड्न नमानेपछि उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको निर्देशनमा धनुषा प्रहरी प्रमुख रामदत्त जोशी प्रधान कार्यालय तानिएका छन् ।

गृहमन्त्री निधिकै निर्देशनमा फुलगामा इलाका प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक धर्मेन्द्र ठाकुर पनि फिर्ता भएका छन् । ठाकुर ढल्के इलाका प्रहरीमा तानिएका छन् । ‘कुटपिटमा संलग्न आफ्ना कार्यकर्ता छुटाउन गृहमन्त्रीको दबाब आएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘आफ्नो आदेश नमाने माथिकै अधिकारालाई कारबाही गर्ने चेतावनी दिएपछि बाध्य भएर एसपी फिर्ता गरिएको हो ।’गृहमन्त्रीले कार्यभार सम्हाल्दै गर्दा सुरक्षा अधिकारीलाई निर्देशन दिँदै गलत हस्तक्षेप नगर्ने प्रतिवद्धता जनाएका थिए । आजको कारोबार दैनिकमा खबर छ ।

काठमाडौं,असोज ३ । मधेसी मोर्चा र संघीय गठबन्धनले संविधान जारी भएको दिनलाई कालो दिनका रुपमा मनाउँदै छन् । मोर्चा र गठबन्धनले काठमाडौंमा माइतिघर मण्डला र शान्तिवाटिकामा बिरोध कार्यक्रम गर्ने भएका छन् । मधेसका जिल्लामा पनि विरोध कार्यक्रम हुनेछ । मधेसका जिल्लामा भने बेलुका ७ देखि ८ बजेसम्म व्ल्याकआउन गर्ने नेताहरुले बताएका छन् ।

काठमाडौंमा गर्ने भनिएको कार्यक्रमबारे मोर्चा र गठबन्धनबीच विवाद सिर्जना भएको अाजकाे नयाँ पत्रिकामा समाचार छ । गठबन्धनले १० दिनअघि नै रत्नपार्कको शान्तिबाटिकामा विरोधको कार्यक्रम गर्ने निर्णय गरेको थियो । तर, गठबन्धनका अन्य केही दलले भने माइतीघरमा विरोध कार्यक्रम गर्ने निर्णय गरेका हुन् ।

काठमाडौं,असोज ३ । अख्तियार दुरूपयो अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीको नियुक्तिसम्बन्धी फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमै रहेको खुलेको छ। आइतबारको मन्त्रिपरिषद बैठकमा स्वास्थ्य मन्त्री गगन थापाले कार्कीको नियुक्तिसम्बन्धी कागजात हराएको विषय उठाएका थिए।

थापाले जिज्ञासा राखेपछि मुख्य सचिव सोमलाल सुवेदीले नियुक्तिसम्बन्धी माइन्यूट कार्यालयमै रहेको जानकारी दिएका थिए। यो समाचार आजको कान्तिपुरमा बालकृष्ण बस्नेतले लेखेका छन्। ‘नियुक्तिको माइन्यूट हराएको थिएन। प्रधानमन्त्री कार्यालयमै छ। हामी केही दिनमै अदालतमा त्यसबारे जवाफ दिन्छौ,’ मुख्य सचिव सुवेदीले भने,‘ बाहिर भनिएजस्तो भूकम्पका कारण फाइल तलमाथि परेको होइन।’

३ असोज, काठमाडौं ।
'योजना अनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राष्ट्रसंघ महासभा भ्रमण रद्द भएको हो' नेकपा एमालेका एक बरिष्ठ नेताले टपनेपालन्युजडकमलाई ताजा प्रतिक्रिया दिंदै भने-'यसको लक्ष्य भनेको नेकपा एमाले फुटाउने र भारतीय ईच्छा अनुसार दुई तिहाइ पुर्याएर संविधान संशोधन गर्नु हो ।'

प्रधानमन्त्री दाहालको भारत भ्रमणबाट राष्टिय सवालका विषयमा चर्को बिरोध भइरहेको र यो बढ्ने क्रममा रहेको भन्दै एमालेका यि नेताले नाम उल्लेख नगर्न भन्दै भने-'अब राप्रपा र राप्रपा नेपाल मिल्दैछ त्यसपछि सरकारको समर्थनको सभासद टाउको घट्छ यो भनेको अहिलेको सरकारले संविधान संशोधन कसैगरि गर्नसक्दैन ।' उनले थप प्रष्ट पार्दै भने-'भारतीय योजना अनुसार बनेको यो सरकारको लक्ष्य भनेको अब माधव कुमार जीलाई उचाल्ने केपी ओलीसँग कटुता बढेपनि महत्व नदिने र फुटाएरै भनेपनि भारतीय ईच्छा अनुसारका मधेशी मोर्चाको नाममा राखिएका माग पुरा गरेको भन्दै भारतलाई खुशी पार्ने यसकै लागि भारतीय निर्देशनमै प्रधानमन्त्री प्रचण्डले अकस्मात महत्वपूर्ण ७१औं महासभा भ्रमण रद्द गरेका हुन् ।'

देशको महत्व बोक्ने महासभा बैठक स्थगित गरेर प्रधानमन्त्रीले देशलाई अन्र्तराष्टिय स्थानमा उभिनबाट पछि धकेल्दै गुमनाम बनाउन खोजेको भन्दै श्रोतले भन्यो-'देशनै डुबाएर आफु नेता र प्रधानमन्त्री बनिराख्ने यो समयमा पनि जनता नबोले कहिले बोल्ने ।'

उनले अर्को एक महत्वपूर्ण विषय थप्दै भने-'अख्तियारले जनसेना क्यान्टोनमेन्ट भ्रष्टाचार छान्ने धम्की दिएको छ, अनि अदालतले अख्तियारका विवादीत प्रमुख लोकमानमाथिनै अनुसन्धान थालेको छ । यदि यो दुवै प्रक्रिया अघि बढेमा प्रधानमन्त्री प्रचण्ड मात्र होइन समग्र माओवादी पार्टीका नेता जेल जानेछन् । जेल जानबाट जोगिने उपाय खोज्न र भ्रष्ट अन्य पार्टीका नेतामाथि समेत अनुसन्धान थाल्छु भनेर अख्तियारले धम्क्याइसकेको छ । नेपाली काँग्रेसले समेत प्रधानमन्त्रीलाई अदालत र अख्तियारबिच कुरा मिलाउन भन्दै चर्को दबाव दिइरहेको छ । हेरिराख्नुस् यि दुवैको प्रमाण केही दिनमै देखिनेछ ।'
'विवादीत लोकमान सिंह कार्कीमाथिको बहस जसरी संसदमा सुसुप्त पारेर मारिंदै छ अख्तियारको धम्की र अदालतको ताकेता दुवै देखावटीमै सिमित हुनेछ ।'

काठमाडौं,असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण रद्ध भएको छ। देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण रद्ध भएको स्रोतले जनाएको छ । संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने तयारीमा थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल,परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी समेत जाने तयारीमा रहेको थिए । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने राष्ट्रसंघ महासचिवलार्इ भेट्ने कार्यक्रम रहेको थियो ।

२ असोज, काठमाडौं ।
नेपाली प्रहरीमाथि ढुंगा हान्ने भारतीयलाई शहिद घोषणा गर्न माग गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारलाई पत्र बुझाएको छ ।

डेढ करोडको उपचार खर्चको विल समेत सरकारलाई तिर्न भन्दै विल बुझाएको उसले भारतीय नागरिकलाई समेत शहिद घोषणा गर्न माग गरेको छ ।

मधेसी मोर्चाका नेताहरुले आइतबार उपप्रधान एवं गृहमन्त्री रहेका नेपाली काँग्रेसका भारत निकट रहेका विमलेन्द्र निधिलाई भेटेर कथित मधेस आन्दोलनमा घाइते भएकाहरुको उपचारमा खर्च तिर्न भन्दै बिल बुझाएका हुन् ।

मधेस आन्दोलनका क्रममा घाइते भएकाहरुको उपचार वीर, शिक्षण, धरान, बिराटनगर र भैरहवा लगायतका अस्पतालमा भएको थियो ।

ति अस्पतालमा उपचार भएको रकम तिर्न बाँकी रहेको बताइएको छ । यसअघि मोर्चाले उक्त पैसा मोर्चालाई दिन भन्दै सरकारलाई दवाव दिएको थियो । तर सर्वत्र त्यसको बिरोध भएपछि उसले पैसा ति अस्पताललाई नै तिर्न भन्न थालेको छ ।

मधेशी मोर्चाले प्रमाण विनाका उक्त समयमा उपचार गराइएका विभिन्न घाइतेहरुको महंगो शुल्कका अनेक बिल बुटेलर ति सबै तिर्न सरकारलाई ताकेता गरेको छ ।

मधेसी मोर्चाले आन्दोलनका क्रममा मारिएका विभिन्न ५२ जनालाई यसअघि नै कथित शहिद घोषणा गरेको भारतीय डिजाइनमा बनेको पुष्पकमल दाहाल प्रचण्ड सरकारलाई वीरगञ्जमा मारिएका भारतीय नागरिक आशिष राम र महोत्तरीमा आत्महत्या गरेका अर्का एकलाई पनि शहिद घोषणा गर्न माग गरिएको छ ।

२ असोज, काठमाडौं ।
मित्रराष्ट भएको भन्दै नेपालबारे अनेक बोल्दै र हस्तक्षेप गर्दै आएको भारतले अझैसम्म नेपालको संविधानको स्वागत र समर्थनमा नबोलिरहेका बेलामा अमेरिकी राष्ट्रपति बाराक ओबामाले संविधान दिवसको अबसरमा नेपाली जनालाई शुभकामना दिएका छन् ।

भारतीय सदिच्छा अनुसारको संविधान नबनेको र नेपालका नेताहरुले उसले भने अनुसार नमानेकै कारण नेपाल बिरुद्ध नाकाबन्दी गर्दै अनेक दुख दिंदै आएको छिमेकी देश भारतले दुई वटा प्रधानमन्त्रीको भारत भ्रमण भइसक्दा समेत नेपालको संविधानको अझैसम्म समर्थन र स्वागत गरेको छैन । न त कुनै शुभकामना र बधाई नै दिएको छ ।

उता अमेरिकी राष्टपति ओबामाले भने नेपालको संविधान दिवसको अबसरमा पठाएको सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाली जनतालाई बधाई समेत दिएका छन् ।

‘यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा तपाईँ र नेपाली जनताहरूलाई बधाईज्ञापन गर्न पाए मलाई खुशी लागेको छ । ओबामाले भनेका छन् ।

अमेरिकाका जनताको तर्फबाट शुभकामना व्यक्त गर्न पाएकोमा समेत मलाई गौरवानुभूति भएको छ’ अमेरिकी राष्ट्रपतिको सन्देशमा भनिएको छ ।

विनाशकारी भूकम्पको स्मरण गर्दै ओबामाले आफन्त गुमाएका परिवारहरूको शोक अझै पनि अमेरिकी जनताले अनुभूत गरिरहेका बताएका छन् । त्यस शोकका बीच पनि नेपालको भविष्यका लागि ठूलो आशा रहेको छ । दुस्खद घटनालाई उज्ज्वल भविष्यको कामनाको बीचमा आउन नदिने यात्रामा हामी तपाईँ र सारा नेपालीहरूको साथमा छौँ, उनले भनेका छन् ।

साथै उनले आफ्ना घर र जीवनहरू पुनर्निर्माणमा प्रयत्नरत नेपालीहरूलाइ सहयोग गर्न अमेरिका तयार रहेको बताएका छन् ।

अमेरिकी राष्ट्रपति ओबामाले सन्देशमा भनेका छन्, म तपाईँलाई के आश्वासन दिन चाहन्छु भने संयुक्त राज्य अमेरिका हामीबीचको सम्बन्धलाई अघि बढाउन र समुज्ज्वल भविष्यको उपलब्धिमा नेपाललाई सहयोग गर्नका लागि प्रतिबद्ध छ ।’

नेपालको जलविद्युत् सम्भावनाको वृद्धि, पूर्वाधार विकास र दुखद द्वन्द्वबाट प्रभावित सबैका लागि न्यायको खोजी लगायतका उपलब्धिमा मद्दत गर्ने उनको प्रतिबद्धता संविधान दिवसको अवसरमा पठाइएको शुभकामना पत्रमा उल्लेख छ ।

२ असोज, काठमाडौं ।
चर्को आलोचना खेपिरहेका विवादीत सहमती गरेर स्वदेश फर्कन नपाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल न्यूयोर्क उड्ने भएका छन् ।

प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्रसंघको ७१ औं महासभामा भाग लिन भोली ठूलो दलबल सहित अमेरिका उड्ने भएका हुन् ।

प्रधानमन्त्रीले महासभालाई सम्बोधन गर्नुका साथै विभिन्न देशका राष्टप्रमुख तथा सरकार प्रमूखसँग भेट्ने बताइएपनि यसबारे खुलाइएको छैन ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल, परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी रहेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी, परराष्ट्र मन्त्रालयका सहसचिव एवम् संयुक्त राष्ट्रसङ्घलगायत अन्तर्राष्ट्रिय सङ्घ संस्था महाशाखाका प्रमुख भरतराज पौड्याल रहेको टोलीमा प्रधानमन्त्रीका निजी चिकित्सक डा युवराज शर्मालाई पनि अमेरिका लगिंदैछ ।

परराष्ट्र मन्त्रालयका क्षेत्रीय सङ्गठन महाशाखाका सहसचिव मणिप्रसाद भट्टराई, प्रधानमन्त्रीका स्वकीय सचिव साकार दाहाल, प्रधानमन्त्रीका दुई सुरक्षा अधिकृत अटाइएको टोलीमा राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराई र संयुक्त राज्य अमेरिकाका लागि नेपाली राजदूत डा.अर्जुन कार्की र त्यहाँका उच्च अधिकारीसमेत सहभागी हुनेछन् ।

प्रधानमन्त्रीले अमेरिकामा रहँदा संयुक्त राष्ट्रसंघका महासचिव वान किमुनसँग विशेष भेटवार्ता गर्ने बताइएको छ ।

प्रधानमन्त्रीले जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघका महासचिव वानले आयोजना गर्ने विशेष समारोहमा मन्तव्य दिनेछन् ।
साथै न्युयोर्कमा रहँदा प्रधानमन्त्रीले राष्टसंघ महासंभामा सहभागी देशका प्रमुखको सम्मानमा महासचिव वान र अमेरिकी राष्ट्रपति बाराक ओवामाले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।

महासभाको अवसर पारेर दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०को मन्त्रिस्तरीय बैठकमा परराष्ट्रमन्त्री डा महत सहभागी हुनेछन् ।

नेपाली प्रतिनिधिमण्डलले न्युयोर्कमा रहँदा त्यहाँ आयोजना हुने नेपाललाई चासो भएका अति कमविकसित, विकासशील, जी–७७ तथा अन्य साझेदारसँग दिगो विकास लक्ष्यपछिका विकास एवम् जलवायु परिवर्तनलगायतका विषयमा विभिन्न तहमा छलफल गर्ने र अनुभव आदानप्रदान गर्ने बताइएको छ ।

जलवायु परिवर्तनको असरबाट नेपाललगायतका मुलुकले भोग्नुपरेको समस्या, हिमालय पर्वतदेखि तटीय क्षेत्रका मुलुकसम्म आइपरेको समस्या र त्यसबाट आइपर्नसक्ने सम्भावित क्षतिलाई रोक्न अन्तर्राष्ट्रिय समुदायको चासो र चिन्तासहितको एकीकृत कार्यक्रमका पक्षमा आफ्नो धारणा राख्ने तयारी गरिएको छ ।

महासभामा सहभागी हुन परराष्ट्रमन्त्री डा महत आइतबारै नयाँ दिल्लीबाटै न्युयोर्क उडिसकेका छन् ।
गत मंगलबार सुरु भएको राष्टसंघ महासभा १० दिनसम्म न्यूयोर्कमा चल्नेछ ।

काठमाडौं, असोज २ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को गीत आइतबार सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीतको सीडि संयुक्त रुपमा विमोचन गरे ।

सो गीत वरिष्ठ संगीतकार दुर्गालाल श्रेष्ठ संयोजक तथा सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल र राखेपका प्रेस सल्लाहकार रोहित दाहाल सदस्य रहेको तीन सदसयीय छनोट समितिले छनोट गरेको हो । गीतका लागि आव्हान गर्दा प्राप्त ५ मध्ये उक्त गीतलाई छनोटमा परेको हो । टंक उप्रेतीको शब्द र सुमित खड्काको स्वर रहेको गीतलाई मनराजा नकर्मीले संगीत भरेका छन् । सोही अवसरमा सातौं राष्ट्रिय खेलकुदको जिंगल पनि सार्वजनिक गरिएको थियो । राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुँदैछ ।