प्रधानमन्त्री प्रचण्डको अमेरिका भ्रमण अन्तिम समयमा स्थगित

अशोज २, २०७३ मा प्रकाशित | 814 views

काठमाडौं,असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहालको अमेरिका भ्रमण रद्ध भएको छ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमका कारण भ्रमण रद्ध भएको स्रोतले जनाएको छ ।  संयुक्त राष्ट्रसंघको ७१औं महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सोमबार अमेरिका जाने तयारीमा थिए ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा धर्मपत्नी सीता दाहाल,परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत,प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा ऋषि अधिकारी, प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव जोखबहादुर महरा र मुख्य सचिव डा सोमलाल सुवेदी समेत जाने तयारीमा रहेको थिए । न्यूयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले छिमेकी तथा मित्रराष्ट्रका सरकार एवम् राष्ट्र प्रमुखसँग आपसी हित र चासोका विषयमा कुराकानी गर्ने राष्ट्रसंघ महासचिवलार्इ भेट्ने कार्यक्रम रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web