काठमाडौं, असोज २ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद– २०७३ को गीत आइतबार सार्वजनिक गरेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित पत्रकार सम्मेलनमा राखेपका सदस्य–सचिव केशवकुमार विष्ट, कोषाध्यक्ष सुरेन्द्रबहादुर हमाल, सदस्यत्रय गंगाबहादुर थापा, सैलेश कर्माचार्य र उपेन्द्र यादवले ‘खेलाडी हौं खेलाडी हौं हामी खेलाडी’ बोलको गीतको सीडि संयुक्त रुपमा विमोचन गरे ।

सो गीत वरिष्ठ संगीतकार दुर्गालाल श्रेष्ठ संयोजक तथा सातौं राष्ट्रिय खेलकुद तयारी सचिवालयका प्रमुख कमल खनाल र राखेपका प्रेस सल्लाहकार रोहित दाहाल सदस्य रहेको तीन सदसयीय छनोट समितिले छनोट गरेको हो । गीतका लागि आव्हान गर्दा प्राप्त ५ मध्ये उक्त गीतलाई छनोटमा परेको हो । टंक उप्रेतीको शब्द र सुमित खड्काको स्वर रहेको गीतलाई मनराजा नकर्मीले संगीत भरेका छन् । सोही अवसरमा सातौं राष्ट्रिय खेलकुदको जिंगल पनि सार्वजनिक गरिएको थियो । राष्ट्रिय खेलकुद पूर्वाञ्चलमा मंसिर ८ देखि १५ गतेसम्म हुँदैछ ।

२ असोज, एजेन्सी ।
अमेरिकाको न्यूयोर्क सिटीमा बिस्फोट हुँदा कम्तिमा २९ जना घाइते भएका छन् ।

बिस्फोटमा परि कम्तिमा २९ जना घाइते भएको अमेरिकी अधिकारीहरुलाई उधृत गर्दै अलजजिरा अनलाईनले समाचार लेखेको छ ।

अमेरिकाको अग्नी विभागका अनुसार बिस्फोट न्यूर्योकको म्यानहटनमा भएको थियो ।

बिस्फोटको कारण अहिलेसम्म थाहा भएको छैन । विस्फोट आतंककारी समुहले गराएको ठानिएको छ ।

न्युजर्सीमा पाइप बम बिस्फोट भएको केही घण्टा भित्रै न्युर्योकमा विस्फोट भएको समाचारमा उल्लेख छ ।

घाइतेलाई अस्पताल लगिएको छ । डस्टबिनमा राखिएको बिस्फोटक पदार्थ विस्फोट भएको अनुमान गरिएको छ ।

विस्फोटको आवाज परसम्म सुनिएको थियो । विस्फोटमा परि कसैको मृत्यु नभएको र घाइते अधिकाशं खतरा मुक्त भएको बताइएको छ ।

अमेरिकी सुरक्षा अधिकारीहरुले विस्फोट भएको क्षेत्र वरपर कडा निगरानी र खोजतलास थालेको बताइएको छ ।

२ असोज, टोकियो ।
जलवायु र जलस्रोत विषयमा उत्कृष्ट अनुसन्धानरत नेपाली युवा बैज्ञानिक यसमा उत्कृष्ठ अनुसन्धान गरेकोमा जापानमा पुरस्कृत भएका छन् ।

कसरी बर्षाको सही तरिकाले अध्ययन गर्ने भन्ने विषयमा उत्कृष्ठ अनुसन्धान गरेका नेपाली युवा बैज्ञानिक डा शक्ति पीसीलाई फुकुसीमामा एक भव्य कार्यक्रमका बिच सम्मानीत गरिएको हो ।

नेपाल अर्घाखाँची सन्धिखर्कका पीसीले पहाडी क्षेत्रमा पर्ने ‘वर्षाको मापन र नयाँ विधि’ एक्स व्याण्ड पोलारिम्याट्रिक र्याडरको प्रयोगबाट बर्षाको अध्ययनमा उत्कष्ठ मापनको अध्ययन गरेका थिए ।

डा पिसीको अनुसन्धानले जापानमा विशेष गरि शहरी क्षेत्रमा हुने अत्याधिक वर्षा तथा बाढी आउने समयको जानकारी तथा पूर्वानुमानमा सहयोग पुग्ने बताइएको छ ।

यस वापत उनलाई जापानको फुकुसिमामा जापान सोसाईटि अफ हाईड्रोलोजी वाटर रिसोर्सेज संस्थाले विशेष कार्यक्रमको आयोजना गरेर ‘योङ अथर एक्सिलेन्ट आर्टिकल अवार्ड’ प्रदान गरेको घोषणा गरेको थियो ।

जापानमा जलवायु र जलस्रोत सम्वन्धि अनुसन्धान गर्ने जापान सोसाईटि अफ हाईड्रोलोजी वाटर रिसोर्सेज संस्थाले हरेक वर्ष जापानका सयौं विज्ञहरुलाई सोध अनुसन्धान गर्न लगाई वार्षिक सम्मेलन गर्ने र उत्कृष्ठलाई पुरस्कृत गर्दै आएको छ ।

नेपाली बैज्ञानिक पिसीले सन २०१०-२०१३मा जापानको ईवाराकीमा रहेको युनिभर्सिटि अफ चुकुवाबाट पीएचडी गर्नुभएको छ ।

२ असोज, टोकियो ।
दक्षिण कोरियामा भएको गुन्सन नेपाली कप पदक फुटबल प्रतियोगिताको उपाधि जापानको नेपाली टोलीले जितेको छ ।

उपाधि सहित जापानी टोलिले ३० लाख वन कोरियन नगद समेत जितेको छ । प्रतियोगितामा २९ वटा समुहले भाग लिएको थियो ।

जापान र कोरियामा रहेका नेपाली समुदायबिचको फुटबल प्रतियोगिताको रुपमा चिनिने खेलमा कोरियाको ३ ठाँउमा बिभिन्न चरणमा प्रतिस्पर्धा भएको थियो ।

जापानको तर्फवाट युवा नेपाली व्यवसायी अमृत गुरुङको पहलमा नेपाली टोली खेलमा सहभागी भएको थियो भने सहभागीहरुको खर्च लगायतमा गैर आवासिय नेपाली संघ जापान सहित जापानका विभिन्न व्यवसायीहरुले सहयोग गरेको बताइएको छ ।

जापानमा बिभिन्न खेल चरणमा छनौट भएका नेपाली युवा खेलाडी हरु सम्मिलित १८ जना खेलाडी सहित व्यवस्थापनमा रहेका ५ जना प्रतियोगितामा सहभागी हुन कोरिया पुगेका थिए ।

सेप्टेम्बर १३ मा कोरिया प्रस्थान गरेको जापानको नेपाली टोली उपाधि सहित हिजो साँझ जापान फर्किएको छ ।

प्रतियोगितामा जापानी फुटवल टिममा फुटबलर बसन्त गौचनका भाई भिषण गौचन र सन्तोष साउखल मिडफिल्डर र फरवार्डरका रुपमा सहभागी थिए । अन्य विभिन्न नेपाली युवा क्लव तथा समुहमा आवद्ध फुटवलरहरु सहभागी गराइएको थियो ।

२ असोज, टोकियो ।
अध्ययनका लागि जापान आएका रोल्पा घर भएका शिवराज रोका मगरको निधन भएको छ ।

डेढवर्ष अगाडि अध्ययनका लागि जापान आएका ३० वर्षिय शिवराजको इतावासीस्थित एक अस्पतालमा उपचारको क्रममा मृत्यू भएको हो ।

मृतकका साथीहरुले दिएको जानकारी अनुसार गएराती एक्लै कोठामा सुतेका रोका मगर बिहान अचेत अवस्थामा साथिहरुले फेला पारेका थिए ।
तत्काल एम्बुलेन्स बोलाएर अस्पताल लगिएपनि अस्पताल पुर्याउन नपाउँदै चिकित्सकहरुले उसनलाई मृत घोषणा गरेका हुन् ।

केही समय अघिदेखी अस्वस्थ रहेका भनिएका मगर केही महिना यता बेला बेलामा अचेत समेत हुने गरेका थिए । सँगै कोठामा बस्दै आएका साथि प्रेम मल्लका अनुसार बिहान ८ बजेतिर रातीको काम समेर आउँदा साथीले कोठा नखोलेपछि घरवेटीलाई भनेर चावी मागेर ढोका खोलिएको थियो ।

अचेत अवस्थामा मगरलाई देखेपछि एम्बुलेन्सको सहारामा अस्पताल लगिएकोमा मृत घोषणा गरिएको हो ।

मृत्यु भएका मगरको नेपालको घर परिवार लगायतको वारेमा विस्तृत जानकारी आइसकेको छैन । जापानी भाषा अध्ययनको क्रममा रहेका मगरको शव प्रहरीले राखेको छ भने ।

कोठाको खान तलासी तथा कोठामा बस्ने साथिहरुसँग पनि सोधपुछ, अनुसन्धान सहित शवको पोष्ट मार्टम काम भइरहेको छ ।

स्मरणीय छ एक साता अघिमात्र अध्ययनका लागि आएकी एक नेपाली युवतीले आत्महत्या गरेकी थिइन् भने गत महिना मात्र जापानमा अध्ययकै लागि आएका एक युवाको उपचारको क्रममा निधन भएको थियो ।

पछिल्लो समय जापानमा नेपालीहरुको मृत्यु तथा आत्महत्याको क्रम बढेको भएपनि यसबारेमा गम्भिर भएर निराकरणको लागि कुनै पहल गरेको देखिन्न ।

Photo Credit: Nepali In Japan

मलेसिया ।
बैदेशीक रोजगारीको लागि मलेसिया आइपुगेका नेपाल कञ्चनपुर जिल्ला घर भएका दिपक साउदको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

सँगै बस्दै आएका केशब बिष्टले दिएको जानकारी अनुसार बिगत २७ महिनादेखी मलेसियामा कार्यरत साउद शुक्रबार कामबाट कोठामा फर्कीएपछि टाउको दुख्यो भनेर पेनाडोल नामको औषधि खाएर साथिहरू संगै सुतेका थिए ।

बिहान डिउटी जान उठाउँदा साउद मृत अवस्थामा भेटिएको सँगै बस्दै आएका नेपालीहरुले बताएका छन् ।

मृत्यु भएका साउदको विषयमा विस्तृत जानकारी लिने काम भइरहेको र उनको शवलाई हाल स्थानिय प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बताएको छ ।

काठमाडौं,असोज २ ।प्रधानमन्त्री प्रचण्डसँग शुक्रबार भएको व्यक्तिगत र औपचारिक वार्ताका आरम्भमा भारतीय समकक्षी नरेन्द्र मोदीले नेपाल–भारत सम्बन्ध गंगा र हिमालयबाट निर्धारित रहेको बताएका थिए । उच्च स्रोतका अनुसार मोदीले यो सम्बन्ध सुदृढ पार्ने दायित्व वर्तमान नेतृत्वले लिनुपर्ने भन्दै प्रचण्डको पनि समान दृष्टिकोण देखेर आफू प्रभावित भएको बताएका थिए । ‘नेपाल–भारत सम्बन्ध परिपूर्ण बनाउँ, दुवै पक्षलाई लाभ हुन्छ,’ मोदीको भनाइ थियो ।

प्रधानमन्त्री प्रचण्डले मोदीलाई धार्मिक र राजनीतिक भ्रमणका लागि दिएको निम्तोको जवाफमा मोदीले छिटै समय मिलाउने पनि बताएका छन् ।

भेटमा मोको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिले राष्ट्रपतिजी जाँदै हुनुहुन्छ, यो सफल पारौँ । म पनि नेपाल भ्रमणको समय जुराउनेछु ।’ दुवै प्रधानमन्त्रीबीच हटलाइनमा रहेर आपसी समस्या समाधान गर्ने सहमति भएको छ ।

यसबारे मोदीको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘यसलाई चाँडै नै व्यवस्थित बनाउन म हरसम्भव कोसिस गर्नेछु ।’ डिपिआरमा मोदीको जोड भारतीय प्रधानमन्त्री मोदीले माथिल्लो कर्णाली, सप्तकोसी उच्च बाँध र पञ्चेश्वरको नाम नै लिएर डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्न नेपालसँग आग्रह गरेका छन् ।

‘पहिला डिपिआर तयार गरौँ, त्यसपछि शीघ्र कार्यान्वयनमा जोड दिउँ, भारत आफ्नोतिरको सबै समस्या समाधान गर्न तयार छ, तपाईँहरू पनि गर्नुहोस्,’ मोदीको भनाइ उद्धृत गर्दै एक नेपाली अधिकारीले उल्लेख गरेको नयाँ पत्रिकाले जनाएको छ ।

भारतीय प्रधानमन्त्री मोदीले सन् १९५० को सन्धिमा के–के संशोधन गर्ने भन्ने विषय समेटेर प्रस्ताव ल्याउन आग्रह गरेका छन् ।

यसअघि सन् २०१४ मा नेपाल भ्रमण गर्दा पनि मोदीले यही भनेका थिए । स्रोतका अनुसार प्रचण्डसँग मोदीको भनाइ थियो, ‘के–के संशोधन गर्ने हो, प्रस्ताव ल्याउनुस्, आपसी हित र सम्बन्ध सुदृढ हुने गरी जे गर्नुपर्छ, गरौँला ।’ उनले प्रबुद्ध समूहले जनताबीचको सम्बन्ध परिवर्तित हुने गरी प्रस्ताव ल्याउने पनि अपेक्षा व्यक्त गरेका थिए ।

मोदीले एकीकृत जाँच चौकीमा नेपालतिरको समस्या समाधान गर्न आग्रह गरेका छन् । मोदीले सीमापार रेल्वेका लागि नेपालतर्फ जग्गा अधिग्रहणलगायतको समस्या समाधान गर्न पनि आग्रह गरे । पेट्रोलियम र ग्यास पाइपलाइनमा संयुक्त रूपमा काम गर्न र नयाँ सम्भावना खोज्न पनि मोदीले आग्रह गरेको स्रोतले बतायो ।

काठमाडौं–लुम्बिनी रेल सर्भे प्रस्ताव प्रचण्डसँग मोदीले काठमाडौं–लुम्बिनी रेल्वे लाइनको सर्भेका लागि बैठकमा प्रस्ताव गरेका थिए । नेपाल र चीनबीच चीनले सर्भे गर्ने सहमति यसअघि नै भइसकेको छ । ‘हामीलाई यो आग्रह गर्नुहुन्छ भने कार्यान्वयनका लागि तयार छौँ,’ मोदीको भनाइ उद्धृत गर्दै एक अधिकारीले भने ।

काठमाडौं,असोज २ । मधेसी मोर्चासहितको संघीय गठबन्धनका नेताले नेपाली कांग्रेसका शीर्ष नेताको असहयोगका कारण प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण अगावै संविधान संशोधन प्रस्ताव दर्ता हुन नसकेको आरोप लगाए ।

गठबन्धनमा आवद्ध दलका एक नेताले कांग्रेसका रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाल लगायत नेताले संविधान संशोधन गर्न सक्रियता नदेखाएपछि सभापति शेरबहादुर देउवाले पनि चासो नलिएको बताएको आजका कारोबार दैनिकमा समाचार छ । संविधान संशोधन हुन नसकेको विषयलाई लिएर गठबन्धनमा असन्तसष्टिसमते बढ्न थालेको देखिएको छ । मोर्चाले प्रधानमन्त्री दाहालको प्रतिक्षा गरिरहेको मोर्चा आवद्ध नेताले बताए ।

काठमाडौं,असोज २ । संयुक्त राष्ट्रसंघको आग्रहमा द्वन्द्वग्रस्त मुलुकमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्रका अधिकारी अध्यागमनको प्रक्रिया छलेर सहभागी हुने गरेको खुलेको छ । नेपाली सेनाका २ सय ३२ जना राहदानी नै नलिई सुडान पुगेको घटनाको अनुसन्धानका क्रममा राष्ट्रसंघीय मिसनअन्तर्गत सुडान, लाइबेरियालगायत देश जाने सेना, प्रहरी र सशस्त्रको टोली अध्यागमन जाँच नै नगरी अनधिकृत बाटो हुँदै विमानस्थलको धावनमार्गमा प्रवेश गर्ने गरेको खुलेको खबर आजको कान्तिपुरमा केपी ढुंगानाले लेखेका छन्। गत मंगलबार सुडान खटिएको सेनाको टोलीको साथमा पासपोर्ट नभेटिएपछि सुडानको अध्यागमनले नेपाल फर्काएको थियो । नेपाल फर्किएको टोली यतै ब्यागमा छुटेको पासपोर्ट लिएर पुन: सुडान पुगेको थियो । नेपाली नागरिक बिनाराहदानी सुडान पुगेको घटनाले अन्तर्राष्ट्रिय रूपमै नेपालको अध्यागमनको सुरक्षामाथि अन्तर्राष्ट्रिय चासो बढेपछि गृहमन्त्री विमलेन्द्र निधिले शुक्रबार अध्यागमन विभाग र त्रिभुवन विमानस्थलका अधिकारीसँग उक्त विषयमा छलफल गरेका थिए । उक्त घटनाको कारण खोज्दा शान्ति मिसनमा जाने सबै टोलीले अध्यागनको नियम पालना नगरी जाने र आउने गरेको तथ्य खुलेको हो ।

जानकार अधिकारीका अनुसार मिसनमा सहभागी हुने तीनवटै सुरक्षा संगठनका सदस्य विमानस्थलको नियमित आगमन र प्रस्थान कक्ष प्रयोग नै गर्दैनन्। समूहका सदस्य अध्यागमनको नियमित बाटोको साटो जाँच पडतालबिनै विमानस्थलको उत्तरमा रहेको अनौपचारिक तारबारको गेट प्रयोग गरेर धावनमार्गमा पुग्ने गर्छन् । उनीहरू समूहगत रूपमा फर्कंदासमेत अध्यागमन र भन्सारको प्रक्रिया पूरा गर्दैनन्। उनीहरू सोही मार्गको प्रयोग गर्दै विमानस्थलबाट बाहिरिँदा उनीहरूको साथमा रहेको सामग्रीबारे न अध्यागमनलाई जानकारी हुन्छ न भन्सारलाई नै। सुरक्षा संगठनले मिसन अनुगमनका लागि गैरसुरक्षाकर्मीलाई समेत सँगै लैजाने गरेका छन्। मन्त्रालय स्रोतका अनुसार उनीहरू जाँदा र आउँदासमेत अध्यागनको कुनै प्रक्रिया पूरा गर्नु पर्दैन ।

अध्यागमनका समस्याबारे ब्रिफिङ लिन बोलाएका अधिकारीबाट मिसनमा सुरक्षा संगठनले अपनाउने गैरकानुनी प्रक्रियाबारे जानकारी पाएपछि छलफल त्यसैमा केन्द्रित भएको थियो । ‘व्यक्तिगत रूपमा आउजाउ गर्नेहरू अध्यागमनको नियमित प्रक्रियाबाटै जान्छन्,’ बैठकमा दिइएको जानकारी उद्धृत गर्दै एक सहभागीले भने, ‘समूहगत रूपमा आउने र जानेहरूले अध्यागमनको नियमित प्रक्रिया पूरा गर्दैनन्, उनीहरूले समूहमा राहदानी पठाएर आगमन र प्रस्थानको स्टिकर लगाएर अनौपचारिक बाटोबाटै बाहिरिन्छन् ।’

प्रारम्भिक अनुसन्धानमा सुडानमा रहेको टोलीलाई बदलीका लागि हिँडेको टोलीका सबै सदस्यको राहदानी एक व्यक्तिले लिएर अध्यागमनमा स्टिकर लगाएका थिए । राहदानी रहेको झोला यतै छुटदा सुडान पुगेका सबै राहदानीविहीन बनेका थिए ।

सुरक्षा संगठनका अधिकारीसँग आफूहरूले पटक–पटक मिसनमा समूहगत रूपमा जानेहरू पनि अध्यागनको नियमित प्रक्रियाअनुसार नै जान छलफल गर्दा ‘हतियारलगायत बन्दोबस्तीका सामान हुने भएकाले सम्भव नहुने’ जवाफ आउने गरेको अध्यगमनका अधिकारीले गृहमन्त्रीलाई जानकारी गराउँदा गृहमन्त्री गम्भीर भएका थिए ।

बैठकस्रोतका अनुसार अध्यागमन र गृहका अधिकारीको ब्रिफिङपछि गृहमन्त्री निधिले ‘राष्ट्रसंघीय मिसनमा सहभागी हुन जाने सुरक्षा संगठनका सदस्यलाई समेत अध्यागमनको नीति/नियमअनुसार औपचारिक प्रक्रिया पुर्याएर मात्रै प्रवेश अनुमति दिन’ निर्देशन दिएका थिए । ‘जुनसुकै निकायका सदस्य भए पनि अध्यागमनसम्बन्धी ऐन, नियम र कार्यविधि पालना गरेर मात्रै अध्यागनबाट आगमन र प्रस्थान गर्न अनुमति दिने प्रबन्ध गर्नू,’ दुवै निकायका अधिकारीको ब्रिफिङपछिको गृहमन्त्रीको निर्देशन उद्धृत गर्दै गृहका एक अधिकारीले भने ।

काठमाडौं,असोज २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ । परराष्ट्र मामिलाका जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीतिविपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन् ।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलपछि शुक्रबार २५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । जसको बुँदा नं ११ नेपालको परराष्ट्र नीतिविपरीत भारतपरस्त भएको जानकारको भनाइ रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

‘विकासशील देशवासीलाई प्रभावित पारिरहने संयुक्त राष्ट्रसंघको बृहत्तर सुधालगायतका प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरुमा निकटतम सहकार्य गरी काम गर्न दुवै प्रधानमन्त्री समान दृष्टिकोण राख्दछन्,’ बुँदा नै ११ मा उल्लेख छ, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्यको उमेदवारीका लागि नेपालले भारतलाई आफ्नो समर्थन दोहोर्याएको छ ।’ परराष्ट्रविदहरुले प्रचण्डले अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा सहयोगको समझौता गलत भएको बताएका छन् ।

काठमाडौं,असोज १ । राजधानीमा जारी तेस्रो एनभीए कप राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको सेमिफाइनलमा विभागीय टोली पुलिस र टप्स पश्चिमाञ्चल प्रतिस्पर्धा गर्ने भएका छन् । शनिवार भएको महिलाको क्वाटर फाईनल खेलमा पुलिसले आर्मीलाई २५–२२,२४–२६,२०–२५,२५–१९ र १५–५ ले हरायो । महिलाकै दोश्रो क्वाटरफाईनलमा टप्स पश्चिमाञ्चलले काभ्रे जिल्ला भलिबल संघलाई २५–७,२५–११ र २५–९ को सोझो सेटमा हराउदै सेमिफाईनलमा पुलिससग भेट पक्का गरेको हो ।

त्यस्तै पुरुषतर्फको क्वाटर फाईनल खेलमा सफलता हात पादै पशिचमाञ्चल र आर्मी सेमिफाईनलमा प्रवेश गरेका छन् । पश्चिमाञ्चलले ढोरपाटनलाई २१–२५,२५–७,२५–२१ र २५–१७ ले हरायो । आर्मीले मणीमुकुन्दलाई २५–१२,२५–१० र २५–१५ को सोझो सेटबाट हरायो । आइतवार महिलातर्फको सेमिफाईनलमा न्युडायमण्ड र एपीएफ ८ बजे,टप्स र पुलिस १० बजे खेल्ने छन् भने हेल्प नेपाल र एपीएफ तथा पश्चिमाञ्चल र आर्मीको प्रतिस्पर्धा हुने । पुरुष सेमिफाईनल खेल १ बजे र ३ बजे हुने छ ।

१ असोज, ताप्लेजुङ ।
गए रातिको वर्षाले रुख ढल्दा ताप्लेजुङ नगरपालि र फुलवारी जोडने तामोर खोला माथीको खडकुढेको झुलुंगे पुल बांगिएको छ ।

वर्षासंगै पहिलो र रुख ढल्दा तामोर माथीको नगरपालिका आउने भुइकट चुडिएको पुलका हेरालु प्रेम काम्बाङले जानकारी दिएका छन् ।

जिल्लाको पुरानो पुलको रुपमा रहेको तामोर खोलामाथीको पुल द्धन्द्धकालमा माओवादीले पुल काटेर क्षति पुर्याएको लामो समयपछि पुन निर्माण गरिएको थियो ।

पुलले जिल्लाको क्षेत्र नं २ का फुलबारी सहित तेह्थुम जिल्लाको विभिन्न गाविसका स्थानियलाई ताप्लेजुङ आउन समस्या भएको छ ।

जिल्लाका निगुरादिन, फूलबारी, हाङपाङ सथै तेह्रथुमका चुहानडाँडा सग्रातीका दैनिक करिव ४ सय मानिसहरुको आवतजावत हुने सो पुल विग्रीए पछि करिब ३ घण्टा घुमेर मात्र सदरमुकाम जानु पर्ने बाध्यता भएको स्थानीय बासीले बताएकाछन् । यो पुल पुर्न निमार्ण भएको ४ बर्ष मात्र भएको थियो ।

उता, मेची राजमार्गको ताप्लेजुङ कावेली खण्डको धुसेनी भीरमा पहिरोमा ठुला ढुङ्गा झरेका कारण बाटो अवरुद्ध भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक रामबहादुर केशीले जानकारी दिएका छन् ।

अहिले मुसलधारे पानी परिरहेको र पहिरो झरिरहेका कारण बाटो पन्छाउन कठिन भएको ईलाम सडक डिभिनज कार्यालयका ताप्लेजुङ सुपर भाईजर नविन उप्रेतीले बताएका छन् ।

आज ताप्लेजुङबाट ईलामा पाचथर, झापा, तथा अन्य ठाउँमा जाने सावरीका साधनहरु पाहिरोमा पुगेर बसेका छन् भने यात्रुहरु अलपत्र परेको यातायात व्यावसायीहरुले जानकारी दिए ।