प्रधानमन्त्रीको भारत भ्रमणमा परराष्ट्र नीतिविपरीत सहमति

अशोज २, २०७३ मा प्रकाशित | 753 views

काठमाडौं,असोज २ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणका क्रममा गरेको अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा भारतको उम्मेदवारीको समर्थन गर्ने सहमति नेपालको परराष्ट्र नीतिविपरीत देखिएको छ । परराष्ट्र मामिलाका जानकारहरुले नेपालले लिँदै आएको तटस्थता र असंलग्न नीतिविपरीत प्रधानमन्त्री दाहालले सो सहमति गरेको जनाएका छन् ।

प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको छलफलपछि शुक्रबार २५ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो । जसको बुँदा नं ११ नेपालको परराष्ट्र नीतिविपरीत भारतपरस्त  भएको जानकारको भनाइ रहेको आजको कारोबार दैनिकमा समाचार छ ।

‘विकासशील देशवासीलाई प्रभावित पारिरहने संयुक्त राष्ट्रसंघको बृहत्तर सुधालगायतका प्रमुख अन्तर्राष्ट्रिय मुद्दाहरुमा निकटतम सहकार्य गरी काम गर्न दुवै प्रधानमन्त्री समान दृष्टिकोण राख्दछन्,’ बुँदा नै ११ मा उल्लेख छ, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्यको उमेदवारीका लागि नेपालले भारतलाई आफ्नो समर्थन दोहोर्‍याएको छ ।’ परराष्ट्रविदहरुले प्रचण्डले अन्तर्राष्ट्रिय मुद्दामा समान विचार र अन्तर्राष्ट्रिय मञ्चमा सहयोगको समझौता गलत भएको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web