३ असोज, टोकियो ।
गम्भिर अबस्थामा उपचाररत रहँदै मृत्यु भएको भनि चारदिन अघि समाचार प्रकाशित गरिएका बाग्लुंगका धनप्रसाद कंडेलको गएराती निधन भएको छ ।

अस्पतालमा उपचाररत कँडेलको हिजो राती ११ बजेर ५८ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

नेपाल आफ्नो घर हिँडेका कँडेल अस्वस्थ महशुस गरेर उपचार गर्न अस्पताल पुगेपनि उनको उपचारकै क्रममा निधन भएको हो । ४३ बर्षिय कँडेल जापानको कानागावा केनको चुरुमीमा बस्दै आउनुभएको थियो ।

श्रीमतीसँगै बस्दै आएका कँडेल ६ बर्षअघि कुक कामको लागि जापान आउनुभएको थाहा भएको छ ।

टोकियो रेसाइ अस्पतालमा उपचारको क्रममा मृत्यु भएका कँडेल यही सेप्टेम्बर ८ तारिखमा नेपाल जान हिँडेका थिए । तर एयरपोर्ट
पुगेपछि चेकजाँच गर्दा उपचार गर्न भन्दै एयरपोर्ट चेकजाँच केन्द्रले नै
अस्पताल पुर्याएको थियो । कँडेलको मस्तिस्कघातबाट मृत्यु भएको नारायण कँडेलले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

केही समयदेखी टाउको दुख्ने गरेको बताउँदै आएका कँडेल योकोहामा खान्नाइस्थित साथी डाइनिगं नामको रेष्टुरेण्टमा काम गर्दै आएका थिए । मृतक कँडेलको स्थायि ठेगाना बाँग्लुंग जिल्ला बिहुँकोट गाविस वडा नम्वर १ बयलडाँडा हो ।

मृतक कँडेलको नेपालमा आमा दुई छोरा र एक छोरी रहेको र परिवार हाल नवलपरासिको गैंडाकोटमा बस्दै आएका छन् ।

कँडेलको मृत्युपछि उनको दाहसंस्कार लगायतको सहयोगका लागि बाँग्लुंगका नेपाली सहित जापानमा रहेका विभिन्न संघसंस्था जुटेका छन् । बिउँकोट समाज जापानले ठूलो रकम संकलन गरिसकेको र रकम संकलन तथा सहयोग जुट्ने क्रम जारी रहेको नारायण कँडेलले टपनेपालन्युजडटकमलाई जानकारी दिनुभयो ।

स्मरणीय छ १० दिन अघि मात्र जापानको क्यूसूमा बस्दै आएकी टिना गुरुगंले झुण्डिएर आत्महत्या गरेकी थिइन् भने एक दिन अघि अध्ययनका लागि आएका रोल्पाका शिवराज रोका मगरको मृत्यु भएको छ ।

आर्थिक अभावमा टिनाको शव अझैसम्म नेपाल पठाउन सकिएको छैन भने शिवराजको शव के गर्नेभन्ने अझै अन्योल छ ।

यसैबिच गएराती मृत्यु भएका कँडेलको भने यही सेप्टेम्वर २१ अर्थात् पर्सी दाहसंस्कार गरिने भएको छ ।

मृतक कँडेलको उपचारमा नजिकबाट रहेर सहयोग गरिरहनुभएका नारायण कँडेलका अुनसार शिवराजको २१ तारिख दिउँसो २ बजे टोक्यो तो ओताकु तोकाईमा दाहसंस्कार गरिने भएको छ ।
( मिति 2016-9-21 दीउसो २ बजे उहाको दाहसंस्कार उक्त स्थानमा143-0001 東京都大田区東海 1-3-1 tokyo to otaku tokai 1-3-1 मा गरिने भएको छ।)

पछिल्लो समय जापानमा नेपालीहरुको आत्महत्या र मृत्युको संख्या बढ्दै गइरहेपनि यसमा नेपाली राजदूतावास र गैर आवासीय नेपालीसंघको भूमिका प्रभावकारी हुन नसकेको भन्दै आलोचना बढ्दै गइरहेको छ ।

जापानमा हाल ६० हजार बढी नेपालीहरु अध्ययन, रोजगारी तथा व्यवसायको सिलसिलामा बस्दै आएको बताइन्छ ।

जापानमा नेपाली विद्यार्थीको निधन

टीनाको शव आर्थिक अभावमा जापानमै अलपत्र, सहयोगको आव्हान

जापानमा नेपाली विद्यार्थीको निध

20.98¡ÆC