उपत्यकाव्यापी छात्र फुटसल:आरआरको विजयी सुरुआत

काठमाडौं,असोज ५ ।  आरआर क्याम्पसले दोश्रो क्रान्तिकारी कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटसल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेको छ । अखिल क्रान्तिकारी क्याम्पस जिल्ला समिति, काठमाडौंद्वारा आयोजित प्रतियोगितामा आरआरले चारुमति क्याम्पसलाई १३–० को भारी गोलअन्तरले पराजित ग¥यो । बानेश्वर फुटसलमा भइरहेको प्रतियोगितामा पब्लिक युथ क्याम्पस, बानेश्वर क्याम्पस, मीनभवन क्याम्पस र विश्वभाषा क्याम्पसले पनि जितका साथ यात्रा प्रारम्भ गरे ।

पब्लिकले सरस्वतीलाई ३–२, बानेश्वरले पशुपतिलाई ५–४, मीनभवनले अस्कललाई ४–२ तथा विश्वभाषाले ल क्याम्पसलाई ८–३ ले हराए । प्रतियोगिताको सूचना तथा सञ्चार मन्त्री सुन्दर कार्कीले एक कार्यक्रमबीच उद्घाटन गरे । विजेताले ५१ हजार, उपविजेताले ३३ हजार र तेश्रो हुनेले १५ हजार नगद पुरस्कार पाउने छन् । प्रतियोगितामा ३६ टिमले नकआउट आधारमा प्रतिस्पर्धा गरिरहेको आयोजक समितिका उपाध्यक्ष इन्द्र लामाले जनाएका छन् ।

दशैंको नोट साट्न ९ वटा काउन्टर

५ असोज, काठमाडौं ।
नेपालीहरुको महान् चाड दशैँलाई ध्यानमा राखि नेपाल राष्ट्र बैंकले सर्वसाधारलाई नोट साट्न आवश्यक प्रवन्ध गर्ने भएको छ ।

नोट वितरण प्रक्रियालाई व्यवस्थित बनाउन राष्ट्र बैंकले ९ काउन्टरको व्यवस्था गरेको छ । ती सबै काउन्टरहरू थापाथलीस्थित राष्ट्र बैंकको कार्यालय परिसरमा रहने छन् ।

नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई राष्ट्र बैंकको थापाथली परिसरबाट असोज ९ गतेदेखि १४ गतेसम्म सटही सुविधा प्रदान गरिने राष्ट्र बैकले जनाएको छ । असोज १६ गतेदेखि भने सम्पूर्ण बैंक तथा फाइनान्स कम्पनीहरुबाट सर्वसाधारण नेपाली नागरिकले नोट सटही सुविधा पाउनेछन् ।

सर्वसाधारण नेपाली नागरिकहरुका लागि असोज १६ गतेदेखि बैंकिङ कारोबार समयभित्र नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभागको सटही काउण्टरहरुबाट सटही सुविधा प्रदान गरिने छ ।

नेपाल राष्ट्र बैकका प्रवक्ता त्रिलोचन पंगेनीले दशैंलाई आवश्यक नयाँ नोट्हरु नेपाल राष्ट्र बैकसंग प्रयाप्त मात्रामा मौजदात रहेको बताउनु भयो । राष्ट्र बैंकका उपत्यका बाहेकका कार्यालयहरु र राष्ट्र बैंक मातहतमा सञ्चालित नोटकोष रहेका वाणिज्य बैंकहरुले समेत असोज १६ गतेदेखि सर्वसाधारणलाई नयाँ तथा सुकिला नोट सटहीको सविधा उपलब्ध गराउनुपर्ने व्यवस्था नेपनल राष्ट्र बैकले मिलाएको छ ।

सर्वसाधारणले यसपाली प्रतिव्यक्ति अधिकतम ३७ हजार रुपैयाँसम्म साट्न पाउनेछन् । अघिल्लो वर्ष दसैंतिहारमा सर्वसाधारणले प्रतिव्यक्ति २२ हजार रुपैयाँसम्म यो सुविधा पाएका थिए ।

यसपालिको दसैंमा सर्वसाधारणले ५, १०, २०, ५० र १०० का गरी दुई दुई प्याकेटका दरले सटही गर्न पाउने छन् दसैंमा वितरण हुने नयाँ नोटमध्ये १ सय र ५० रुपैयाँमा मात्र गर्भनर चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ । बाँकी सबै दरका नोटमा पूर्वगभर्नर युवराज खतिवडाको हस्तारक्षर हुने राष्ट्र बैंकले बताएको छ ।

बूढीगण्डकी प्रभावितलाई अनुदान र मुआब्जा दिन ऊर्जामन्त्री शर्माको निर्देशन

४ असोज, काठमाडौं ।
ऊर्जामन्त्री जनाद्र्धन शर्माले बूढीगण्डकी आयोजनाबाट प्रभावित हुने गोरखाका १४ गाबिस र धादिङका १३ गाबिसका बासिन्दालाई तत्काल अनुदान रकम र मुआब्जा निर्धारण गरी मुआब्जा बितरण गर्न निर्देशन दिनु भएको छ ।

गोरखाको घ्याल्चोकस्थित सिउरेनीटारमा आज आयोजित कार्यक्रममा मन्त्री शर्माले आउँदो   पुस महिनाभित्र मुआब्जा बितरण गर्न कार्ययोजना निर्माण गरिएको बताउनुभएको हो ।

यस्तै भूकम्पले भत्काएका घर पुनर्निर्माण गर्न बूढीगण्डकी प्रभावितलाई तत्कालै अनुदान बितरण सुरु गर्ने उहाँले बताउनुभयो ।

सरकारले ऋण दिने भएपछि नेपाल औषधि लिमिटेड सञ्चालन गर्न तयारी

४ असोज, काठमाडौं ।
लिमिटेडलाई पुनः संचालन गर्ने निर्णयसंगै कम्पनीले औषधी उत्पादनका लागि आवश्यक आन्तरिक तयारी शुरु गरेको छ ।

कम्पनीको पुनः संचालनका लागि प्रस्तावित बजेट प्राप्त भएको ३ महिनामा सरकारलाई उत्पादन बेच्ने गरी आवश्यक तयारी भएको कम्पनीका निमित्त महाप्रवन्धक रामेशकुमार महतोले बताउनु भयो ।

सरकारले आफना मातहतका अस्पताल तथा सरकारी सुविधाको रुपमा जनतालाई अपलब्ध गराउने औषधीमात्र उत्पादन गरेको खण्डमा पनि नेपाल औषधी लिमिटेड सहजै संचालन हुन सक्ने देखिएको छ । सरकारले विभिन्न ७० थरीका औषधी जनतालाई निशूल्क रुपमा वितरण गर्ने गरेको छ ।

हाल औषधी कम्पनी लिमिटेडले पहिलो चरणमा विभिन्न ४८ प्रकारका औषधी उत्पादन गर्ने भए पनि तत्काल भने सिटामोल, जीवनजल आईरन चक्की जस्ता अत्यावश्यक ८ प्रकारका औषधी उत्पादन गर्ने तयारी गरेको छ ।

गत बर्ष मात्र नेपालमा २६ अर्बको औषधी आयात भएको अर्थ मन्त्रालयको तथ्याङकमा उल्लेख छ ।

नेपालमा हाल बर्षेनी अर्बै रुपैया वरावरको औषधी खपत हुने गरेकोमा करिव ५० प्रतिशत औषधि नेपाली निजी कम्पनीहरुले उत्पादन गर्दछन भने ५० प्रतिशत विभिन्न मुलुकहरुबाट आयात हुने गरेको छ  । आयातको पनि ८० प्रतिशत भन्दा बढी भारतबाट मात्र आयात हुने गरेको छ  ।

लोकमानसिंहले प्रचण्डलाई भने-‘गल्ति भयो लडाकु शिविर भ्रष्टाचारमा छानविन गर्दिन’

४ असोज, काठमाडौं ।
भ्रष्टाचार, राष्टिय स्वाधिनता लगायतमा सबैभन्दा बदनाम कमाइरहेका पुष्पकमल दाहाल प्रचण्ड आफैंले लडाकु शिविरमा आफ्नो संलग्नतामा भएको अर्बौं रुपैयाँ हिनामिना अख्तियार प्रमूख लोकमान सिंह कार्कीले छानविन गर्दिन भनेको बताएका छन् ।

अख्तियारले अर्बौं रुपैयाँ घोटालाका अभियुक्त पुष्पकमल दाहाल प्रचण्ड सहित माओवादी नेता बिरुद्ध छानविन गर्ने घोषणा लगत्तै संयुक्त राष्टसंघको महासभा बैठक समेत नगई भ्रष्टाचार काण्ड मिलाउन लागि परेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पार्टी बैठकमा लडाकु शिविरको अनियमितता छानबिन प्रक्रिया अघि नबढाउने प्रतिबद्धता अख्तियार प्रमूख कार्कीले जनाएको बताएका हुन् ।

माओवादी स्रोतलाई उदृत गर्दै ईकान्तिपुर अनलाईनले प्रकाशित गरेको समाचार अनुसार सोमबारको पार्टी बैठकमा प्रधानमन्त्रीले भनेका छन्  ‘मेरो अख्तियार प्रमुख लोकमानसिं कार्कीसँग कुरा भइसकेको छ, गल्ती महसुस गरेका छन्, छानबिनको प्रक्रिया अघि नबढाउने प्रतिबद्धता व्यक्त गरेका छन्’ ।

भ्रष्टाचार भएको भए छानविन गरेर प्रमाणित गर्न भन्नुपर्नेमा छानविन नै नगर्न दबाव दिएपछि छानविन रोक्ने बताएबाट पुष्पकमल दाहाल प्रचण्डको नियत र लडाकु शिविरमा भएको भनिएको अर्बौं रुपैयाँ घोटालामा उनको संलग्नतालाई बल मिलेको छ ।

भएका लडाकुसँख्या भन्दा बढी देखाएर राज्य ढुकुटीबाट अर्बौं रुपैयाँ बुझेर प्रधानमन्त्री रहेका पुष्पकमल दाहाल प्रचण्डले विदेशका विभिन्न बैंकमा राखेको तथा विभिन्न व्यापारीलाई दिएर देशभित्रै लगानी गरेर लुकाएको विभिन्न समाचारहरुमा यसअघि प्रकाशित भइसकेका छन् ।

स्मरणीय छ बिवादीत अख्तियार प्रमूख लोकमान सिंह कार्कीले गत शुक्रबार पत्रकार सम्मेलन नै गरेर माओवादी लडाकु शिविरमा भएको अनियमितता छानविन प्रक्रिया अघि बढाउने निर्णय सुनाएका थिए ।

सर्बोच्च अदालतले अख्तियार प्रमुख कार्कीलाई उक्त पदमा नियुक्ति गर्दा योग्यता नपुगेको बिषयमा भएको फैसलाको पुरावलोकन गर्ने निर्णय गरेकै अख्तियारले लडाकु  शिविर अनियमितताको छानविनको प्रक्रिया अघि बढाउने बताएको थियो ।

देशभर तथा बिदेशमा समेत बिरोध हुँदा समेत खिलराज रेग्मीको सरकारले तत्कालिन एमाओवादी अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्ड सहित काँग्रेस सभापती शुसील कोइराला, एमाले अध्यक्ष माधव कुमार नेपाल समेतको सहमतीमा अख्तियार प्रमुखमा नियुक्त गरेका थिए ।

देशभरबाट तिब्र विरोध भइरहँदा नेपाली काँग्रेसको कोटामा राष्ट्रपति बनेका रामवरण यादवले समेत राताराता कार्कीलाई प्रमुखमा नियुक्त गर्ने सिफारिस कार्यान्वयन गर्दै सरकारी कार्यालय सुरु हुनु अघिनै शपथ खुवाएका थिए ।

भारतीय योजना अनुसार भारतकै दवावमा अख्तियार प्रमूख नियुक्त गरिएको ठानिएका लोकमान सिंह काार्कीलाई दलहरुले दर्जनौं आरोप तथा चर्को बिरोधका बिच पनी संसदमा दर्ता भएको उनि बिरुद्धको प्रस्तावमा छलफल समेत अघि बढाउन सकेका छैनन् । सबैदलका नेताहरु आफु बिरुद्ध अख्तियारले छानविन गर्ला भन्ने डरमा कार्कीका सबै कर्तुतलाई माफी गर्दै मौन बस्दै आएबाट पनि शिर्ष भनिने सहित सबै दलका नेता र सांसद भ्रष्ट आचरणका रहेको जनताले विश्वास गर्न थालेका छन् ।

स्मरणीय छ माओवादी लडाकुहरुको शिविरमा झण्डै साढे ४ अर्ब रकमको अनियमिता भएको यसअघि माओवादीकै नेता सहित विभिन्न अध्ययनहरुले बताइसकेको छ । जुन रकमको जिम्मो हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिएका थिए ।

Bomb explosions in school area condemned

The Higher Secondary Schools Association Nepal (HISSAN), Private and Boarding School's Organisation Nepal (PABSON) and the National Private and Boarding Schools Association Nepal ( NPABSAN) have univocally commended the bomb explosions carried out in the school area here  this morning.

At a programme organised today following the explosions, representatives of these organisations and teachers demanded action again the guilty of such incidents.

They called on the government to be serious towards controlling such criminal activities and guaranteeing security to academic institutes. Such terrorist activities have left students, teachers and guardians mentally and psychologically scared and the government must ensure that this type of activities would not reoccur in the future, they stressed.

Lawmakers urge to sort out casino problem

The meeting of the Social Justice and Human Rights Committee under the Legislature-Parliament today has called Ministry of Culture, Tourism and Civil Aviation, Ministry of Home Affairs, Nepal Police and Hotel Soltee for discussions.

They were called to hold discussions over the complaints filed by the employees of Casino Nepal and Nepal Recreation Centre.

The committee President Sushil Kumar Shrestha stated that these concerned bodies were called for discussions as per the report submitted by the sub-committee, formed to probe in this connection.

The employees had filed the complaints to the committee expecting to initiate for the arrangement of their salary.

Preparations over for international conference on gender equity

Representatives from Bhutan and Myanmar are already in Kathmandu to take part in the International Conference on Gender Equity and Social Justice scheduled to kick off from upcoming Thursday. The Legislature-Parliament's Social Justice and Human Rights Committee is holding the Conference in the capital on September 22-23.

Bhutan's Minister for Works and Human Settlement Lyonpo Dorji Choden has already arrived in the capital, leading a 15-member delegation of parliamentarians to take part in the Conference, according to Committee President Sushil Kumar Shrestha.

Likewise, a 10-member delegation comprising members of the Myanmar's House of Representatives has already landed here in course of participating in the two-day international event.  A delegation from Denmark is expected to arrive by this evening.

Individuals fighting for gender equity and social justice and media persons will also be attending the Conference aimed at providing a platform to share experiences and achievements in the sector of gender and social justice among the participant countries.

Two arrested in connection of bomb explosions in Valley

Police arrested three persons in connection with bomb explosions at various places of Kathmandu valley, from Jorpati today.

According to police, the arrestees are Hum Bd. Khatri, Shankhar Lhake and and Chadra Tamang.

The arrestees have reportedly admitted to the crime. The investigations are going on and all details will come to light soon, police said.

Bombs were planted in 11 Schools elsewhere in Kathmandu and Lalitpur and among them two went off but no human casualty has been reported.

Two Bomb blast in Kathmandu Schools

Foreign Minister Mahat attends UN high-level summit for refuges and migrants

Minister for Foreign Affairs Prakash Sharan Mahat, who is presently in New York City leading the Nepali delegation to the 71st Session of the United Nations General Assembly, attended the High Level Plenary Meeting of the General Assembly on addressing the large movements of refugees and migrants organized by the President of the General Assembly at the United Nations Headquarters in New York today.

Dr. Mahat addressed the High-Level Plenary Meeting and also participated in Roundtable 5 on “Global Compact for safe, regular and orderly migration: towards realizing the 2030 Agenda for Sustainable Development and achieving full respect for the human rights of migrants.

In both the meetings, he shed light on domestic policies and priorities on refugees and migrants while stressing on the need of global efforts to address this pressing issue, the Permanent Mission of Nepal to the United Nations said.

Minister Mahat is scheduled to participate in the opening of the General Debate of the 71st session of the United Nations General Assembly tomorrow.

स्कुलमा बम पड्काएको आरोपमा समातिएका दुईजना सार्वजनिक

काठमाडौं,असोज ४ । काठमाडौंका विद्यालयहरुमा मंगलबार विहान बम पड्काएको अभियोगमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्बजनिक गरेको छ ।  महानगरिय प्रहरी वृत रानीपोखरीमा मंगलवार साँझ पत्रकार सम्मेलन गदै रामेछापका शंकर लाखे र सिन्धुलीका चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।

माओवादी कम्युनिष्ट केन्द्र भन्ने पार्टीका भातृ संगठनका कार्यकर्ता बताउने उनिहरुले काठमाडौं जोरपाटीका मनकामना उच्चमावि, राई स्कूल, बालसंसार प्राइमरी स्कूल, इस्टपोल उमावि,एम्बास्डर स्कूल, बुद्ध प्रकाश सेकेन्डरी स्कूल, माउन्ट युराल स्कूल अगाडि बम राखेका थिए ।

त्यसैगरी डल्लुको कन्चनजंगा स्कूल र ललितपुरको रेडियन्ट रिडर्स एकेडेमी अगाडि पनि बम फेला परेको थियो । जोरपाटीको मनकामना उच्च मावि अघि विहान ४ बजे नै पेट्रोल बम हानिएको थियो । बमबाट गेटमा सामान्य क्षति पुगेको र अन्य कुनै क्षति नभएको जनाइएको छ । बाँकी दुई ठाउँमा कमसल खालका घरेलु बम बौद्धस्थित दुई स्कुलमा पड्केका थिए। बौद्धको आकाशदीप र मनकामना स्कुलमा सिलिण्डर बम पड्किएका थिए। यी घरेलु बमको बिष्फोटमा कुनै मानवीय क्षति भएको छैन।

यो समूहले गरिब विद्यार्थीले पनि निजी स्कुलमा निःशुल्क पढ्न पाउनुपर्ने लगायत माग राख्दै आएका छन्। वार्षिक दुई लाख चालिस हजार भन्दा कम कमाई वा २० लाख भन्दा कम अचल सम्पति भएका परिवारका छोराछोरीले निजी स्कुलमा निःशुल्क पढ्न पाउनुपर्ने, निजी र सरकारी बिद्यालयको पाठ्यक्रम एउटै बनाउनुपर्ने तथा निजी स्कुलले पाठ्यक्रम तथा शैक्षिक सामग्री विद्यार्थीलाई बेच्न नपाउने जस्ता माग राखेको छ।

भारोत्तोलनका सफल खेलाडी हमालको आत्मकथा ‘ओलम्पियन’ सार्वजनिक

काठमाडौं,असोज ४ । भारोत्तोलनका सफल खेलाडी एवं राजनीतिज्ञ सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ को आज काठमाण्डौस्थित राष्टिय खेलकुद् परिषद्को ओलम्पियन मिनि कर्बड हलमा विमोचन गरिएको छ । ओलम्पिक खेलाडीहरु जगदीश प्रधान, पुष्पराज ओझा, संगिना बैद्य, अनिता श्रेष्ठ र लेखक स्वयम्ले उक्त आत्मकथाको विमोचन गरेका छन् ।

क्रियटिभ बुक्सले प्रकाशन गरेको ‘ओलम्पियनः सुरेन्द्र हमाल’ को सहलेखन टीएस ठकुरीले गरेका हुन् भने सम्पादन पत्रकार जनक नेपालले गरेका छन् ।

विमोचन समारोहमा बोल्दै नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपाली खेलाडीको पहिलो आत्मकथाले खेलाडी र खेल पदाधिकारीलाई उत्साहित बनाएको बताए । ओलम्पियन हमालको आत्मकथाले नेपाली खेलाडीको वास्तविकता सार्वजनिक गरेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले अब खेलकुद्को घटना क्रम पुस्तकमा आएकाले अहिलेको पुस्ताका लागि प्रेरणादायी बन्न सक्ने बताए । ‘पहिले खेलाडीले झण्डा मात्र फहराउथे । अब दस्तावेजीकरण समेत हुने चरणमा पुगेको छ’ उनले भने, – यो पुस्तकमा खेलाडीको दुःख र पीडा मात्र छैन, सफलताको कथा पनि छ । यसले खेलकुदलाई पूर्णता दिएको छ ।

पुस्तकका लेखक ओलम्पियन सुरेन्द्र हमालले क्यान्सरले थलिएर निको हुने क्रममा पत्रकार र शुभेच्छुकहरुको सल्लाहमा पुस्तक लेखेको बताए । ‘क्यान्सरले दुःख मात्र दिएन । पुस्तक समेत लेखायो । त्यसलाई पनि मैले सफलता ठानेको छु’ उनले भने । हमालले आफ्नो पुस्तकले पुराना खेलाडीको खेल जीवन, दुःख सुख र संघर्षलाई उतार्न खोजेको उल्लेख गर्दै यसमा भएका सकारात्मक कुराबाट नयाँ खेलाडीले सिक्न सक्ने बताए ।

साहित्यकार नयनराज पाण्डेले खेलकुद् क्षेत्र पनि साहित्यमा प्रवेश गरेको उल्लेख गर्दै लेखकले आफ्नो जीवन गाथालाई फिल्मी ढंगले उतारेको बताए । ‘आत्मकथा पठनिय छ । जीवन संघर्षलाई राम्ररी उतारिएको छ । पढ्न बसेपछि कतै ब्रेक लाग्दैन’ उनले भने,– कुनै बेला बलिष्ठ खेलाडी देख्दा गुण्डा वा दादा लाग्थ्यो । तर, खेलाडीभित्रको सुकोमल पक्ष, राष्ट्रिय भावना र अवरोह आरोह पुस्तकमा छ । सिलसिलाबद्ध ढंगले पुस्तक लेखिएकाले भारतीय फिल्म मेरी कोम जस्तै फिल्म बन्न सक्ने बताए ।

त्यस्तै, नेपाल खेलकुद् पत्रकार मन्चका अध्यक्ष महेश आचार्यले पुस्तकले खेलकुद्भित्रको तत्कालिन माहोललाई राम्ररी उजागर गरेको बताए । मध्यपश्चिम क्षेत्रीय खेलकुद् विकास समितिका अध्यक्ष भीम ओली खेलकुद् क्षेत्रको दस्तावेजीकरणको नयाँ अध्याय सुरु भएको बताए । यसैगरी, सांसद आशा बिक, नेपाल राष्ट्रि«य तथा अन्र्तराष्ट्रिय खेलाडी संघका महासचिव दीपक श्रेष्ठ, राखेप उपाध्यक्ष लामा टेण्डी शेर्पा, नेपाल भारत्तोलक संघका अध्यक्ष रतनकुमार टण्डन, पश्चिमान्चल क्षेत्रीय खेलकुद् विकास समितिका अध्यक्ष खगराज पौडेल लगायतले बोल्दै लेखक हमाललाई शुभकामना दिएका छन् ।

क्रियटिभ बुक्सका अध्यक्ष टीएस ठकुरीले खेलकुद् क्षेत्रको पहिलो आत्मकथा भएकाले आफ्नो प्रकाशन गृहले ओलम्पियनबाट आफ्नो यात्रा प्रारम्भ गरेको बताए ।

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web