लोकमाले कारबाही नटुंगिदै राजीनामा दिएको भेटियो

१० कार्तिक, काठमाडौं ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंह कार्कीले ८ वर्षअघि आफूमाथि कारबाही नटुंगिदै योजना आयोगको विशेष अधिकृत पदबाट राजीनामा गरेको भेटिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय उच्च स्रोतबाट प्राप्त कागजातअनुसार सामान्य प्रशासन मन्त्रालयले कारबाही प्रक्रिया जारी राखेको र त्यसक्रममा लोकसेवा आयोगमा परामर्शका लागि पत्राचार  गरेकै अवस्थामा कार्कीले २०६५ भदौ २५ गते राजीनामा गरेको खबर आजको कान्तिपुरमा छापिएको छ।

उनको उक्त राजीनामा २०६५ असोज ४ गते स्वीकृत भएको थियो। भूकम्पमा हराएको भनी सर्वोच्चलाई जवाफ पठाएको प्रधानमन्त्री कार्यालयले सर्वोच्चको चेतावनीपछि फाइल भेट्टाएको हो।

लोकमानका विज्ञ र सल्लाहकार हटाइयो, सचिवालय बन्द

१० कार्तिक, काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महाअभियोगको सामना गरिरहेका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकारलाई बर्खास्त गरेको छ । कार्कीले नियुक्त गरेका विज्ञ र सल्लाहकार आयोगमा आवश्यक नै नरहेको ठहर गर्दै तिहारपछिबाट लागू हुने गरी बर्खास्त गरिएको हो। यो खबर आजको राजधानीसहित प्रमुख दैनिकहरूमा छापिएको छ।

अख्तियारका कार्यवाहक प्रमुख आयुक्त दीप बस्न्यातले कार्कीले नियुक्त गरेका १२ विज्ञ र सल्लाहकारलाई आगामी १७ कात्तिकबाट लागू हुने गरी बर्खास्त गर्ने निर्णय मंगलबार लिएका हुन् । निर्णय लिनुअघि बस्न्यातले आयोगका आयुक्तहरूसँग परामर्श गरेका थिए । परामर्शका क्रममा आयुक्तहरूले व्यक्तिगत प्रयोजनका लागि मात्रै कार्कीले विज्ञ र सल्लाहकार भन्दै नियुक्त गरेको बताएका थिए । सो परामर्शलगत्तै कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले कार्कीले नियुक्ति गरेका सबै सल्लाहकार र विज्ञलाई बर्खास्त गर्ने निर्णय लिई कार्कीको सचिवालयसमेत बन्द गरेका हुन् । ‘आवश्यक नै नभएको पद सिर्जना गरेको प्रस्ट भएपछि प्रमुखले हटाउने निर्णय लिनुभएको हो, निर्णय लिनुअघि हामी सबैले विज्ञ र सल्लाहकार आवश्यक छैन भन्ने सुझाव दिएका थियौं,’ अख्तियारका एक आयुक्तले भने, ‘यसअघि प्रमुख आयुक्तले कुनै पनि निर्णय लिँदा यसरी आयुक्तसँग परामर्श गर्ने गरेका थिएनन्, आफूलाई जे मन लाग्यो त्यही गर्थें ।’

ती आयुक्तका अनुसार कतिपय विषयमा आयुक्तहरूलाई नै जानकारी नगराई कार्कीले आफूहरूकै विरुद्धमा सुराकीसमेत राखी विज्ञ र सल्लाहकारलाई परिचालन गरेका थिए । सोही कारण बस्न्यातले उनले नियुक्त गरेका सबैलाई बर्खास्त गर्ने निर्णय लिएको बताए । व्यवस्थापिका–संसद्का १ सय ५७ जना सांसदको हस्ताक्षरसहित महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै कार्की स्वतः प्रमुख आयुक्तको हैसियतमा कामकाज गर्न नसक्ने भएपछि कार्यवाहक बनेका बस्न्यातले कार्कीको सचिवालयसमेत बन्द गरी सचिवालयमा रहेका सबैलाई हटाएका हुन् । बस्न्यातले कार्कीका पालामा विभिन्न सरकारी कार्यालयबाट काजमा झिकाएर अख्तियारमा जिम्मेवारी दिएका कर्मचारीलाई समेत फिर्ता पठाउने निर्णय गरेका छन् । कार्कीले सुराकी र फसाउन ग्रान्ड डिजाइन बनाउने कर्मचारीलाई काजमा ल्याएकै कारण फिर्ता पठाउने निर्णय लिइएको स्रोतको भनाइ छ ।

‘सल्लाहकार र विज्ञलाई हटाउने निर्णयसँगै लामो समयदेखि अख्तियारमा काजमा रहेका कतिपय कर्मचारीलाई समेत सम्बन्धित कार्यालयमै फिर्ता पठाउने निर्णय भएको छ,’ अख्तियार उच्च स्रोतले भन्यो, ‘अब क्रमशः ती निर्णय कार्यान्वयन हुन्छ, केही दिनमै कार्यवाहक प्रमुख आयुक्तले कार्कीले काजमा ल्याएका सबै कर्मचारीलाई फिर्ता जान निर्देशन दिनुहुनेछ ।’ स्रोतका अनुसार प्रमुख आयुक्त बस्न्यात र आयुक्तहरूसँग कार्कीले काजमा झिकाएका कर्मचारीहरूले आफूहरूकै विरुद्ध सुराकीको काम गरिरहेको उजुरी परेको छ । कार्कीले झिकाएका कर्मचारीहरू आयोगप्रति भन्दा व्यक्तिप्रति बफादार रहेको र उनीहरूले थुप्रै अनियमितताको काम गरेको उजुरी पनि परेको छ । उनीहरूलाई काज फिर्ता पठाएर आवश्यक छानबिन हुने स्रोतले बतायो ।

बस्न्यातले अख्तियारका प्रमुख कानुनी सल्लाहकार वरिष्ठ अधिवक्ता कोमलप्रकाश घिमिरे, कानुनी सल्लाहकारहरू बालचन्द्र आचार्य, भानुभक्त पोखरेल र करुणाकर मल्लिकलाई जिम्मेवारीमुक्त गरेका छन् । त्यसैगरी, कार्कीले स्वास्थ्य विज्ञका रूपमा नियुक्त गरेका डा। नीलमणि बराल, भूमिसुधार विज्ञ हुपेन्द्रमणि केसी र अर्थ विज्ञ रामहरि अर्याल पनि जिम्मेवारी मुक्त भएका छन् । प्रमुख आयुक्त बनेलगत्तै कार्कीले कामकाजमा सहयोग गर्न भन्दै विभिन्न विषयका विज्ञ र सल्लाहकार नियुक्त गरेका थिए । नियुक्तिकै बेला आफूनिकटलाई काखी च्यापेको आरोप उनीमाथि लागेको थियो । तर, विवादकै बीच उनले विभिन्न पदमा कार्यरत प्रहरी र पूर्वप्रहरी अधिकृतलाई अनुसन्धान विज्ञका रूपमा नियुक्त गरी काममा लगाउँदै आएका थिए । उनले यसरी काममा लगाएका प्रहरी अधिकारीहरूसमेत कार्कीमाथि महाअभियोग प्रस्तावसँगै जिम्मेवारी मुक्त भएका छन् ।

भूकम्पपीडितलाई वितरण गरिएको त्रिपाल खरिद प्रकरण, विभिन्न विश्वविद्यालय र मेडिकल कलेजमाथिको अनुसन्धान अधिकृतका रूपमा कार्य गरेका डीएसपी माधव खत्री पनि जिम्मेवारी मुक्त भएका छन् । अनुसन्धान विज्ञका रूपमा कार्यरत प्रहरी उपरीक्षक ९एसपी० भरत शर्मा, पूर्वप्रहरी अधिकृत केशव खरेलसँगै गोवद्र्धन श्रेष्ठ पनि जिम्मेवारी मुक्त भएका हुन् । त्यसैगरी, स्वास्थ्य विज्ञका रूपमा कार्यरत आध्याश्री कार्की र सञ्चार विज्ञ शरद अधिकारीलाई पनि जिम्मेवारी मुक्त गरिएको अख्तियारले जनाएको छ । जिम्मेवारीमुक्त भएकी आध्याश्री प्रमुख आयुक्त कार्कीकी छोरी हुन् । सबै आयुक्तहरूले विरोध गरे पनि कार्कीले विज्ञ र सल्लाहकार नियुक्त गरेका थिए ।

जिम्मेवारीमुक्त गर्ने निर्णय भए पनि उनीहरूले १७ कात्तिकसम्म भने काम गर्न पाउनेछन् । ‘तिहारसम्म काम गर्न पाउने गरी १७ कात्तिकबाट मात्र लागू हुने गरी जिम्मेवारीमुक्त ९बर्खास्तगी० गरिएको छ, त्यसपछि उहाँहरूले काम गर्न पाउनुहुन्न,’ अख्तियारका अर्का आयुक्तले भने । कार्यवाहक प्रमुख आयुक्तको जिम्मेवारी सम्हालेलगत्तै बस्न्यातले अनुसन्धानका नाममा कसैको पनि हुर्मत नलिन, कार्कीको पालाको जस्तो दुःख नदिन र अरोपमाथि कडा र आरोपित व्यक्तिमाथि भद्र एवं नरम व्यवहार गर्न निर्देशन दिइसकेका छन् । उनले अनुसन्धान जारी रहेको विषयको टुंगो नलागी सार्वजनिक गरी बार्गेनिङको विषय नबनाउनेसमेत निर्देशन दिइसकेका छन् ।

कार्यवाहक प्रमुख आयुक्त बस्न्यातले कार्कीविरुद्ध महाअभियोग लागे पनि आयोगलाई प्राप्त संवैधानिक दायित्व र कार्यसम्पादनको प्रभावकारितामा विचलन नआउने भन्दै कर्मचारीलाई विगतमा जस्तो निरंकुश शैली नअपनाई आयोगको मर्यादा, प्रतिष्ठा र छविलाई उँचो बनाउनेतर्फ केन्द्रित भएर काम गर्नसमेत निर्देशन दिइसकेका छन् । उनले जनअपेक्षाको समुचित सम्बोधन नै आयोगको ध्येय र उद्देश्य रहेको भन्दै कार्कीले संस्थाकै छविमा गम्भीर आँच पु¥याएको संकेतसमेत पहिलो निर्देशनमै गरिसकेका छन् । बस्न्यातले कार्कीले खडा गरेको जासुसी संयन्त्रसमेत हटाइसकेका छन् ।

लोकमानले प्रहरीको समेत दुरुपयोग गर्न बाँकी राखेनन्

१० कार्तिक, काठमाडौं ।
तलब बराबर नै थप भत्ता पाइने भए पनि प्रहरीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको पोस्टिङ खासै रूचिकर स्थान होइन ।

तर, जब लोकमानसिंह कार्की आयोग प्रमुखमा नियुक्त भए, अवस्था अर्कै भयो। प्रहरीमाझ अख्तियार जाने होड नै चल्न थाल्यो। निजामति पन्छिन थाले। यो खबर आजको कान्तिपुरबाट लिएका हौ।

कार्की २०७० वैशाख २५ गते प्रमुख आयुक्तका रुपमा छिरे। निजामतिको कार्यशैलीबारे जानकार उनी ‘प्रक्रिया खोज्नेभन्दा आदेश पालकको खोजीमा थिए। जतिखेर आदेश आयो उत्तिनै बेला खटिने, अपराध अनुसन्धान, व्यक्तिगत विवरण संकलन, सुरक्षित जासुसी शैली अपनाउन सिपालु र चेन अफ कमान्डको अनुसरण गर्ने प्रहरी जनशक्ति उनका लागि मुख्य सहयोगी भए ।

यस्तै एक प्रिय पात्र हुन् दानबहादुर थापा। कार्कीको व्यक्तिगत सुरक्षामा प्रहरी निरीक्षकको दर्जामा प्रहरी प्रधान कार्यालयबाट खटिएका उनी अहिले डिएसपी बनेका छन् ।

जिम्मेवारी कार्कीको सुरक्षा भए पनि दुई वर्षबीचमा उनी ‘कोर समूहका प्रभावशाली सदस्य’ भए। उनको हैसियत संगठनका एआईजी तहका अधिकारीलाई तर्साउन सक्नेसम्म पुग्यो।

निजी सचिवालयमा रहेका उनी संगठनभन्दा बढी कार्कीको बफादार भए। कसैलाई धम्क्याउन होस् वा फकाउन, उनी सहजै परिचालित भए। उनको यही शैलीले छोटो समयमै कार्कीका भित्रिया समूहका सदस्य भएका थिए।

निजी सचिवालयमा कार्यरत उनको अख्तियारका हरेक शाखामा सहजै पहुँचका कारण अनुसन्धानका गोप्य जानकारी समेत लुक्दैनथ्यो। अख्तियारमा आउने उजुरी र छानबिन अवस्थाको जानकारीका लागि प्रहरी संगठनको उपल्लो तहका कर्मचारी उनको भरमा थिए।

नेपालमा भारतीयलाई नेपालीसरह अधिकार दिनुपर्ने भारतीय दबाब

१० कार्तिक, काठमाडौं ।
भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ ।

भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको आजको अन्नपूर्णमा समाचार छ ।

परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुने निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानबाट भारत सरकारलाई दिइसकको जानकारी दिए ।

यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँदिल्लीमा हुन लागेको एकदिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको ती अधिकारीले बताए ।

रामलिला फर्जी टिकट प्रकरण: फेला परेको फर्जी टिकटको दोषी को ?

पप्पु गुरुङ्ग- २५ गते रामलिला समितिलाई फर्जी टिकट छापिएको बिषयमा जानकारी हुदा हुदै दोषीलाई पक्राउ गरि सामाजिक कठघरामा ल्याउन नसक्नु पनि समितिको कायरता हो । दोधारा चाँदनीमा संचालित रामलिला नाट्य मञ्चनमा कुर्ची बिक्रीको फर्जी टिकट प्रकरणले बिबाद निम्त्याएको छ् । सामाजिक सदभाव कायम राख्न संचालनमा आएका श्री आदर्श रामलिला नाट्य मञ्चनले सदभाव कायम राख्न सन्दर्भमा कुरै छाडौ, हातपात तथा गाली गलौच र आपसी बैमश्यता श्रजना गरेको छ् ।

फर्जी टिकट प्रकरणले चाडै राजनितिक मोड समात्ला भन्ने बिषय करिब निश्चित भएको छ् । स्थानियहरुले रामलिलामा देखा परेको फर्जी टिकटको न्यायीक जाँच सहित दोषीलाई समाजको अघि नङ्गयाउनु पर्ने माँग राख्दै आएका छन् । रामलिला समितिको आपसमा फर्जी टिकटको आपसी आरोप तथा प्रत्यारोप छ् ।

टिकट काउण्टरबाट फर्जी टिकट बिक्रि भएको एक थरी समिति सदस्यहरुको दाबी छ भने अर्को थरिको सदस्यले फसाउन फर्जी टिकट योजनाबद्ध मैदानमा छरिएको भन्ने दाबी गर्दै आएका छन् । उनिहरु कसै संग फ्याक्ट प्रमाण चाही नभएको अवस्था छ ।

२५ गते रामलिला समितिका अध्यक्ष छबिलला भण्डारीले काउण्टरबाट टिकट काट्दै गरेको देखेको भन्ने दाबी छ् । तर त्यस्तो अवस्थामा अध्यक्षले रङ्गेहात अबैध कार्य गर्दै गरेको अवस्थामा किन समात्न अध्यक्ष लगाएत समिति टोली सक्षम भएनन् अर्को प्रश्न उब्जाएको छ ।

कसै संग स्पष्ट प्रमाण नभएको अवस्थामा स्थानिय प्रशासन, राजनितिक दल, नागरिक समाज तथा पत्रकारले न्यायीक जाँच गरि दोषी पत्ता लगाउन आवश्यक भएको आवाज समेत उठ्न थालेको छ ।

धार्मीक कार्यमा समेत यस्तो उदण्ड हरकतले समाजमा असमाजिक तत्व मौलाएको प्रष्ट भएको छ् । गत वर्ष देखि युवाहरुको जमातले गरेको कठिन परिश्रम तथा योगदान बाबजुत १८ वर्ष पछि दोस्रो पटक दोधारा चा“दनीमा रामलिला हेर्ने मौका पाईएको छ ।

पराम्परा तथा पर्वको रुपमा मानिदै आएको दोधारा चाँदनीमा संचालन हुदै गर्ने रामलिलाको अस्तित्व संकटमा पर्न थालेको एक थरीको भनाई रहेको छ् । सबैको साझा सहयोग तथा धर्म प्रति सकारात्मक नतिजा स्वरुप यस वर्ष पनि राम्रै तरिकाबाट रामलिला मञ्चन गरिएको हो ।

भारतको खटिमा शहरको ईष्टदेब प्रिन्टिङ्ग प्रेसमा फर्जी टिकट छापिएको निश्चित रहेको समितिका अध्यक्षको दाबी छ् । १० ठेली अथवा १ हजार टिकट छापिएको छ । २५ गते रामलिला समितिलाई फर्जी टिकट छापिएको बिषयमा जानकारी हुदा हुदै दोषीलाई पक्राउ गरि सामजिक कठघरामा ल्याउन नसक्नु पनि समितिको कायरता हो ।

समाजमा रहेका त्यस्ता अनैतिक कृयाकलाप गर्ने जो कोहीलाई समाजमा उभ्याउन नसक्नु्को अर्थ आम जनताले के बुझ्ने रु अब आम जनतालाई गुमराहमा राख्न पाईदैन् । सत्य तथा यर्थात सबैको सामु ल्याउनै पर्छ । समाजमा हुने यस्ता बिकृतीलाई सबै मिलेर नाङ्गो बनाउनुको साटो रामलिला समितिले गरेको ढाकछोपको नतिजा अहिले आएर गम्भिर मोडमा आएर खडा भएको छ ।

अहिले आएर रामलिला समितिका सदस्यहरु सामाजिक संजालमा एक आपसमा छड्के पारामा कबिता तथा स्टाटसले लेख्न थालेका छन् । सामजिक संजालमा कबिता शैलीमा लेखिएको स्टाट्स लेख्नु भन्दा दोषी पत्ता लगाएर समाजको सामु उभ्याउन रामलिला समितिको अहिले आएर अहंम कर्तब्य हुन आउछ् । समितिले फर्जी टिकटको बारेमा मात्र छानबिन नगरेर बिगतमा भएका रामलिला सम्बद्ध खिचातानी र राजनितिकरणको बारेमा मुल्याङ्कन तथा समिक्षा गर्नु जरुरी छ् ।

समाज बिथोल्न तथा आपसी सदभाव बिथोल्न दोधारा चादनीमा रामलिलामा आम जनताले सहयोग रकम दिएका हैन् । समाजलाई कार्टुन बनाएर रमाउनेहरुको जमात देखिन थालेको छ् । रामलिला जस्तो पबित्र कार्यमा समेत बिगतका दिनहरु देखि मनमुटाव पक्षपात मौलाएको सबैमा सर्बबिदितै छ् । धार्मिक कार्यमा पक्षपात, बैमश्या, असमानतालाई समाप्त गर्न समाजले एक थरीको लडाई लड्नु पर्ने आवश्यक भएको छ् । समाजलाई बैमश्याबाट सदभाव तथा भाईचारामा रुपान्तरण गरि उदाहरणिय समाज निर्माणका लागी नाट्य मञ्चनमा सहयोगको हात बढाएका हुन् ।

समाजमा अस्थिरता, कानुनी राज्यको उपहास गर्ने कार्य जो कोहीले गर्छ उसले समाजमा नाङ्गो उभ्याउनु आवश्यक छ् । दोधारा चा“दनीको रामलिला नाट्य मञ्चनको सबै एकै ताप्कामा बसेर न्यायीक छानबिन गर्नु पर्छ । एक आपसमा आरोप प्रत्यारोपले समाजलाई गलत दिशातिर डोर्याउने निश्चित हुन्छ ।

अहिले पनि फर्जी टिकटको बिषयलाई लिएर केही अराजक तत्वहरुले आफ्नो स्वार्थ पुर्ती गर्न सक्ने अवस्था छ् भएका प्रमाण मेटाएर फसाउने रणनिति गर्ने गनथान पनि बजारमा चलेकै अवस्था छ् । सबै रानितिक दल, नागरिक समाज, पत्रकार, रामलिला समिति, स्थानिय तथा स्थानिय प्रशासन एक ढिक्का भएर फर्जी टिकटको बारे न्यायिक छानबिनमा सयोग गर्नु आवश्यक रहेको दखिन्छ् ।

मुगु, सिरहा र भक्तपुरमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं ।
मुगु जिल्लाको खमाले–६ बराचौर भन्ने स्थानमा सुर्खेतबाट चामल लिई गएको भे १ त ६३१० नम्बरको ट्याक्टर सोमबार सडक देखी अंदाजी १२ मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरको सहचालक सुर्खेत तरङगा–८ पोखरीकाडा बस्ने १६ बर्षीय ललित सारु मगर र मुगु गम्था–५ बस्ने ४० बर्षीय धन बहादुर डागरको घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

भक्तपुर ः

मध्यपुर ठिमी नगरपालिका–१३ अरनिको राजमार्ग स्थित मध्यपुर अस्पताल अगाडी आकाशे पुल मुनी नम्वर नुखलेको सवारी साधनले गएराति नाम,थर बतन नखुलेको अंदाजी ५५ वर्षीय पुरुष व्यक्तिलाई ठक्कर दिदा गम्भीरु घाइते भइकोले मध्यपुर अस्पताल ठिमी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

फरार सवारी साधन र चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

सिराहा ः

डुंमरि–३ स्थित घुर्मि खोलाबाट बालुवा लोड गरी कल्याणपुरतर्फ फर्किदै गरेको स१ त ४४६१ नम्बरको ट्याकटरबाट सोमबार ट्याक्टरमा मजदुरको काम गर्ने कल्याणपुर–५ कोरनाई बस्ने १९ बर्षीय धर्मेन्द्र लडदा पछाडीको चक्काले किच्दा गम्भीर घाइते भएकोले मिर्चैया स्थित विष्णु क्लिनिक पठाइएकोमा उपचारको क्रममा मंगलबार विहान मृत्यु भएको छ ।

फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ

संसारकै कठिन र चुनौतीपूर्ण तालिममा नेपाली सेना तेस्रो

९ कार्तिक, काठमाडौं ।
संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको  बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा  सञ्चालन भएको  क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा  १२० सैनिक टोली  सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन पट्रोलका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पेट्रोलिङ) गर्नुपर्ने हुन्छ ।

उक्त प्रतियोगितमा विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको हुन्छ । सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ ।

पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो ।

उक्त प्रतियोगिता असोजको तेस्रोसाताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको थियो ।

प्रतियोगितामा नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा आठ सदस्यीय टोली सहभागी थियो ।

संसारकै सेनाका लागि अत्यन्त कठिन तथा चुनौतीपूर्ण मानिएको उक्त प्रतिस्पर्धात्मक पट्रोलिङमा पाएको सफलतासँगै नेपाली सेनाले अवलम्बन गर्दै आएको तालिम–नीति अब्बल रहेको प्रमाणित भएको नेपाली सेनाले जनाएको छ ।

उक्त प्रतियोगितामा उच्च पेसागत दक्षता प्रदर्शन गरेको नेपाली सेनाको टोली काश्य पदक प्राप्त गरी स्वदेश फर्केको छ ।

अन्तर्राष्ट्रियस्तरको यस्ता सैनिक अभ्यासको सहभागिताबाट नेपाली सेना र अरु देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

‘लोकमानसिंह कार्कीको महाअभियोग हाम्रो चासोको बिषय होइन’-उपेन्द्र यादव

९ कार्तिक, महेन्द्रनगर ।
सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रकरण आफ्नो चासोको बिषय नभएको बताएका छन् ।

यादवले लोकमानमाथि लगाइएको महाअभियोगका कारण अझै अस्पष्ट रहेको र दर्ता गराउने दलले त्यस विषयमा आफूहरुसँग कुनै छलफल नगरेकाले आफ्नो चासोको विषय नभएको बताएका हुन् ।

उनले महाअभियोग लगाउनेले नै कार्कीलाई नियुक्ति गरेका हुन्, आखिर अहिले महाअभियोग किन लगाउनुपर्यो त्यो कुरा स्पष्ट हुनुपर्यो भन्दै महाअभियोगलाई बहाना बनाएर संविधान संशोधन प्रक्रियामा बाधक बनाउने प्रयास भएको यादवको तर्क छ ।

अध्यक्ष यादवले स्वायत्त शासन प्रादेशिक संरचनासहितको स्रोत साधनमा समानुपातिक समावेशी ढङ्गबाट सहभागिता हुनेलगायतका संविधानमा भएको विभेद अन्त्य नभएसम्म आफूहरुलाई यो संविधान कुनै पनि हालतमा मान्य नहुने र आफूहरु अधिकारका लागि लडिरहने यादवको भनाई छ ।

राजेन्द्र महतो भन्छन्-लोकमानसिंह कार्कीको विषयलाई राष्ट्रिय एजेन्डा बनाउनु हुँदैन

९ कार्तिक, जनकपुरधाम ।
सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले राष्ट्रिय एजेन्डालाई गौण बनाउनु देश र जनता विरुद्ध ठूलो षड्यन्त्रको सङ्केत भएको दाबी गरेका छन् ।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताउँदै  संविधान संशोधन र कार्यान्वयन गरी संविधानको रक्षातर्फ ध्यान केन्द्रित नभइ  लोकमानसिंह कार्कीविरूद्धको महाअभियोग प्रस्तावमा देशलाई अल्झाउनु बिडम्बना भएको तर्क गरे ।

लोकमानसिंह कार्की कर्मचारी भएकाले कानुनी प्रक्रिया पुर्याई कारबाही गर्नुपर्ने कुरालाई अनावश्यक रूपले राष्ट्रिय सवाल बनाउनु नेपाली काँग्रेस, नेकपा (एमाले) र (नेकपा माओवादी केन्द्र)को स्वार्थ भएको आरोप लगाउँदै उनले कार्कीको महाअभियोग प्रस्ताव सन्दर्भमा मधेसी मोर्चाको निर्णय यथाशीध्र सार्वजनिक हुने जिकिर गरे ।

एक प्रश्नको जवाफमा महतोले कार्कीलाई राख्ने, हटाउनेसँग आफ्नो कुनै सरोकार छैन् भन्दै यही सवालको आवरणमा मूल सवाललाई छायाँमा राख्नु देश र जनतासँग बेइमानी र अन्याय भएको दाबी गरे ।

अध्यक्ष महतोले प्रधानमन्त्री संविधान संशोधनप्रति सकारात्मक भए पनि नेपाली काँग्रेसको सकारात्मक पहलमा कमी देखिएको बताए ।

डब्लुटीएफ अध्यक्ष चो सम्मानित

काठमाडौं, कात्तिक ९  । तेक्वान्दोको सर्वोच्च निकाय विश्व तेक्वान्दो महासंघ (डब्लुटीएफ) का अध्यक्ष डा. चोङवन चो मंगलबार सम्मानित भएका छन् । पाँचदिने नेपाल भ्रमणमा रहेका चोलाई तेक्वान्दो खेलको विकास र विस्तारमा पु¥याएको योगदानको कदर गर्दै नेपाल तेक्वान्दो संघले चोलाई सम्मान गरेको हो ।

चोलाई युवा तथा खेलकुद मन्त्री दलजीत विके श्रीपालीले अभिनन्दन पत्र गरे भने सिचाईं मन्त्री दीपक गिरीले दोसल्ला र नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले फुलमाला लगाइ एक कार्यक्रमबीच सम्मान गरे ।

कार्यक्रममा चोले आफ्नो पहिलो नेपाल भ्रमणको स्मरण गर्दै भने– ‘म आठ महिना अगाडि नेपालको विभिन्न स्थानका भूकम्प पीडितलाई राहत वितरण गर्न पहिलो पटक नेपाल आएको थिए । मेरो यो दोश्रो नेपाल भ्रमण हो । तर अन्तिम भने होइन ।’

उनले नेपाली तेक्वान्दो खेलाडीको प्रदर्शनबाट आफू प्रभावित भएको बताउदै नेपाल बलियो रहेको पारा तेक्वान्दो टोकियो ओलम्पिकमा समावेश हुने बताए । चोले तेक्वान्दो कोरियाबाट सुरु भएपनि २०६ राष्ट्रमा तेक्वान्दो फैलि सकेको बताउदै तेक्वान्दोले युवाहरुलाई आशा र सपना बुन्न सहयोग गर्ने बताए । चोले ओलम्पिकमा नेपालले कुनै दिन पदक जित्ने विश्वास व्यक्त गर्दै नेपाली तेक्वान्दोको विकासमा डब्लुटीएले सदैव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

खेलकुद मन्त्री श्रीपालीले डब्लुटीए अध्यक्षलाई आफ्नो हातबाट सम्मान गर्न पाउनु शुभअवसर भएको बताउदै चोको नेतृत्वमा आएको टोलीले नेपाली भूकम्प पीडितलाई गरेको सहयोगप्रति आभार प्रकट अवस्मरणीय कार्यको प्रशंसा गरे ।

पाँचदिने नेपाल भ्रमणका क्रममा चोले बुद्धको जन्मस्थल लुम्बिनीको भ्रमण गर्नुका साथै होटल सोल्टीमा शनिबार भएको ग्लोबल कमन सोसाइटी इन्टरनेसनल नामक गैरसरकारी संस्थाको साधारणसभालगायतका कार्यक्रममा सहभागी भएका थिए ।

कार्कीविरुद्ध महाअभियोग किन ? नेतालाई खाल्डामा हाल्न खोज्दा आफै परे लोकमान

काठमाडौं,कात्तिक ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्की पदमुक्त हुने निश्चित छ । महाअभियोग लगाएर होस् या राजानीमा दिएर जसरी पनि लोकमान हट्दैछन् । लोकमान हट्न लाग्दा उनलाई भन्दा बढी अरुलाई चिन्ता हुन थालेको छ । लोकमानलाई अख्तियार प्रमुख बनाउनेदेखि जोगाउने कार्य गर्दै आएका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड थेग्नै नसक्ने अवस्था आएपछि उनलाई हटाउने मनस्थितिमा छन् ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता गर्नुअघि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए । प्रधानमन्त्री प्रचण्डले बुधबार संसदलाई सम्बोधन गर्नुअघि सभामुखको कार्यकक्षमा दुई नेताबीच गोप्य छलफल भएको थियो । त्यस छलफलमा लोकमानलाई महाअभियोग लगाउन दुबै नेता सहमत देखिएका थिए । तर, प्रचण्डले आफ्नो सत्ता साझेदार कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि कुरा गर्नुपर्छ भने । त्यसपछि प्रचण्डले संसदलाई सम्बोधन गरेलगतै फेरि तीन नेताबीच संसद भवनकै शंकर हलमा छलफल अर्को छलफल भयो ।

त्यो छलफलमा तीनैजना नेताहरु लोकमानलाई महाअभियोग लगाएर हटाउन सहमत भए । तर, देउवाले यसबारे पार्टीमा छलफल गर्नुपर्ने बताए । उनीहरुवीच लोकमानलाई महाअभियोग प्रस्ताव दर्ता गर्ने सहमति भएपनि सोही दिन गर्ने भन्ने सहमति भने भएको थिएन । तर माओवादी र एमालेका सांसदले सोही दिन महाअभियोग प्रस्ताव दर्ता गरेपछि प्रचण्ड र देउवा एमालेप्रति सशंकित बनेको पाइन्छ ।

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष के पी ओलीबिच केही दिनअघि भएको भेटमा पनि महाअभियोग पारित गराउन कांग्रेसलाई सहमत गराउन बारेमा गम्भीर छलफल भएको छ । एमालेले लोकमानलाई महाअभियोगद्वारा नै हटाउन चाहेको छ तर प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा उनलाई राजीनामा गर्न लगाएर सम्मानजनक रुपमा हटाउन चाहेका छन् ।

नेपाली काँगे्रसका केही साँसदहरुले केही महिनाअघि लोकमानलाई महाअभियोग लगाएरै हटाउनु पर्ने आवाज संसदमै उठाएका थिए । तर उनलाई महाअभियोग लगाउन नमिल्ने भन्दै त्यसलाई पछि ढिसमिस पारिएको थियो । अहिले एमाले र माओवादी केन्द्रका साँसदहरुले यो विषय उठाउँदा काँगे्रसका साँसदहरु मौन छन् । पूर्वप्रधानमन्त्री तथा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल लोकमानलाई महाअभियोग नै लगाउनु पर्नेमा जोड दिइरहेका छन् ।

‘लोकमानले आफूलाई सर्वेसर्वा ठान्दै गएको हुनाले उनलाई महाअभियोग नै लगाउनु पर्ने’ नेता नेपालको भनाइ छ । काँग्रेस सभापति शेरबहादुर देउवाले यस बारेमा धारणा सार्वजनिक गरिसकेका छैनन् तर उनी लोकमानलाई महाअभियोग लगाउने पक्षमा नभएको निकटस्थ स्रोतको दाबी छ । बरिष्ठ नेता रामचन्द्र पौडेल भने लोकमानलाई कारवाही गर्ने पक्षमा छन् । हरेक बिषयमा पहिल्यै बोल्ने नेतृ सुजाता कोइराला पनि अहिले मौन बसेकी छन् ।

लोकमान कोइराला परिवारकै छत्रछायामा अगाडि बढेको व्यक्ति भएको हुनाले उनलाई यसबारेमा प्वाक्क बोल्न अप्ठ्यारो भएको हो ।  लोकमानलाई महाअभियोग लगाउन माग गर्दै एमाले र माओवादी केन्द्रका १ सय ५७ जना सांसदले हस्ताक्षर नै गरिसकेका छन् । महाअभियोग लगाउन संसदमा दुई तिहाईको बहुमत चाहिन्छ । अन्य दलका सबै सांसद महाअभियोग लगाउने पक्षमा भए पनि काँगे्रसविना उनलाई महाअभियोग लगाउन सकिने अवस्था छैन । काँगे्रसका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि, पूर्वमन्त्रीहरु रामशरण महत, मिनेन्द्र रिजाल, महामन्त्री शशांक कोइराला र शेखर कोइराला, पुष्पा भुषाल, गुरु घिमिरे लगायतका नेताहरु लोकमानलाई अख्तियारबाट हटाउनै नहुने पक्षमा छन् ।

कोइराला परिवारले लोकमानको बचाउ गर्नु स्वभाविक नै हो । लोकमान पहिल्यैदेखि दरबार र कोइराला परिवारको निगाहा र छत्रछायामा अगाडि बढ्दै आएका हुन् । निजामती सेवामा प्रवेश गरेपछि पंचायतकालदेखि नै लोकमान दरबारियाहरुको असल सिपाहीको रुपमा चिनिदै आएका छन् । बहुदलीय व्यवस्थामा समेत प्रशासनिक क्षेत्रमा उनको हाली मुहाली रह्यो । यहाँसम्म कि गिरिजाप्रसाद कोइरालाले आफू प्रधानमन्त्री बन्दा हरेक पटक उनको पदोन्नति गर्दिइ रहे । एकपटक उनलाई मन्त्रालयको सचिव बनाइएकै कारण काँग्रेसबाट मन्त्री बनेका बलदेव शर्मा मजगैयाले पदबाट राजीनामा दिएका थिए । बरु मन्त्रीले राजीनामा दिए, सचिव सरुवा हुनु परेन । लोकमान त्यसबेलादेखि नै दरवार र कोइराला दुवै पक्षलाई नभई नहुने व्यक्ति भइसकेका थिए । दरबारसँग नेपाली काँग्रेस र कोइराला परिवारसँग टक्कर पर्दा वा खटपट हुँदा त्यसबेला लोकमानले मिलाउँथे । त्यही आधारमा गिरिजाप्रसाद कोइरालाले लोकमानलाई सधँै बोकि रहे ।

राजाको सक्रिय शासनकालमा उनी मुख्यसचिव समेत भए । गणतन्त्र आएपछि बनेको छानवीन समितिले आन्दोलन दबाउन मुख्य भूमिका खेलेको भन्दै दोषी ठहर ग¥यो । तर पनि उनीमाथि कुनै कारवाही भएन । उनलाई उल्टै पुरस्कृत गर्दै अख्तियार प्रमुख बनाइयो । उनलाई अख्तियार प्रमुख बनाउने प्रस्ताव माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ल्याएका हुन् । त्यसबेला पहिलो संविधानसभा संविधान जारी नगरी भंग भएको थियो ।

संविधानसभाको दोस्रो निर्वाचन गर्न माओवादीले विभिन्न वहाना गर्दै चुनावमा जान मानिरहेको थिएन । काँग्रेस, एमाले र माओवादीलाई जसरी भए पनि चुनावमा लग्ने पक्षमा थिए । त्यही बेला प्रचण्डले लोकमानलाई अख्तियार प्रमुख बनाए मात्र एमाओवादी चुनावमा जाने अड्को थापे । संविधान नबन्दा मुलुकको भविष्य नै अन्यौल बन्दै गएको थियो । संविधान बनाउनका लागि चुनाव नगरी नहुने थियो । एमाओवादीलाई चुनावमा ल्याउनकै लागि काँग्रेस र एमालेले लोकमानलाई अख्तियार प्रमुख स्वीकार गरेका हुन् । अख्तियार प्रमुख भएदेखि नै लोकमान माओवादी र प्रचण्डको इसारामा मात्र चल्न थाले । अख्तियारलाई उनले कमाउने अखडाको रुपमा प्रयोग गर्न थाले । यहाँसम्म कि अख्तियारको कार्यक्षेत्र अधिकार बाहिरसम्म उनले छानवीन गर्न थाले । उनले निजी बैंकहरुलाई समेत पत्राचार गरे, जब कि बैंकहरुलाई छानवीन गर्ने राष्ट्र बैंकले हो, अन्य निकायले होइन, लोकमानले सार्वजनिक पदमा कहिल्यै नबसेका विजय पौडेल जस्ता व्यक्तिहरुको सम्पति छानवीन गर्न पत्राचार गरे । शम्भु थापालगायतका व्यक्तिलाई पूर्वाग्रही ढंगले कारवाही गर्न खोजे । तर विगतमा मुद्दा परेका लडाकु शिविर लगायत करोडौं अनियमितता भएको बिषय भने उनले उठाउन खोजेनन् । उनको चर्को आलोचना भएपछि र सर्वोच्चमा उनका विरुद्धमा मुद्दा परेपछि आफूविरुद्धको मुद्दा कजमोर वनाउन र माओवादीलाई धम्क्याउन उनले लडाकु शिविरमा भएको भ्रष्टाचार छानविन गर्ने पत्रकार सम्मेलन मार्फत घोषणा गरे । उनले त्यस्ता व्यक्ति र कर्मचारीलाई मात्र पत्राचार गर्न लगाउँथे, जसबाट आफूलाई प्रशस्तै पैसा आओस् ।

पूर्वाग्रही बनेर अरुलाई खाल्डोमा हाल्न खोज्दा लोकमान यतिबेला आफै खाल्डोमा परेका छन् । उनीसँगै त्यो खाल्डोमा को को पर्ने हुन् त्योचाहिँ हेर्न बाँकी छ । अहिले उनलाई बचाउ गर्न खोज्नेहरु उनीसँगै सती जान सक्ने सम्भावना बढी छ राजनीतिकवृत्तमा अहिले यस्तै चर्चा छ । यो चर्चाले कुन रुप लिने हो त्यो हेर्न भने अझै केही दिन पर्खनै पर्ने भएको छ ।

महाअभियोगबाट बचाउन राजदूत सक्रिय

मुलुकमा यतिखेर लोकमानलाई महाअभियोग लगाउन खोज्ने र उनलाई त्यसबाट बचाउन खोज्ने दुबै पक्षको सक्रियता जारी छ । उनलाई महाअभियोगबाट बचाउन भारतीय राजदूत रञ्जित रे निकै सक्रिय भएर लागेपनि उनी सफल हुने देखिदैन । उनले कांग्रेस सभापति देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत मधेशवादी दलका नेतासँग पनि पटकपटक कुरा गरेको बुझिएको छ । भारत महाअभियोगको प्रस्ताव भरसक संसदबाटै फिर्ता होस् भन्ने पक्षमा छ । यदि संसदमा यस बिषयमा छलफल र मतदान भइहाल्यो भने पनि दुई तिहाइ त के बहुमत नै पुग्न नदिने पक्षमा छ । त्यसका लागि उसले काँग्रेसलाई दबाब दिइरहेको छ । मधेशवादी र अन्य साना दललाई पनि आफ्नो पक्षमा पार्न सक्रिय भइरहेको छ । मधेशी मोर्चा महाअभियोगको प्रस्ताव बारे विभाजित छ । कुनै नेता महाभियोगको प्रस्ताव ल्याएर ती दलले संविधान संशोधनलाई ओझेलमा पार्न खोजेको बताइरहेका छन् भने केही नेताहरु महाअभियोग प्रस्ताव दर्ता हुनु ठिकै हो भनिरहेका छन् । भारतको चाहनाअनुसार कांग्रेका केही नेताहरु महाअभियोगको विपक्षमा अभिव्यक्ति दिइरहेका छन् । कांग्रेसलाई महाअभियोगबारे निर्णय गर्न निकै गाह्रो परेको छ । कांग्रेस लोकमानले राजीनामा दिए सहज हुने ठानिरहेको छ ।

कार्कीविरुद्ध महाअभियोग किन ?

व्यवस्थापिका संसद बैठकमा कार्कीविरुद्धको महाअभियोगको प्रस्ताव पेश भएको छ । मंगलबारको बैठकमा सत्तारुढ दल माओवादी केन्द्रका सांसद महेन्द्रबहादुर शाहीले प्रस्ताव पेश गरेका हुन् । उनको प्रस्तावमा एमाले प्रमुख सचेतक भानुभक्त ढकालले समर्थन गरेका छन् ।

शाहीले लोकमानसिंहविरुद्ध महाअभियोग लगाउनुपर्नाका नौ बुँदे कारण पेश गरेका छन् । कार्कीले अख्तियारको विधि, संबैधानिक भूमिका र दायित्वलाई बिर्सेर भ्रष्टाचारजन्य क्रियाकलापलाई संस्थागत गर्ने, राज्य संयन्त्रलाई आतंकित गर्ने, ब्ल्याकमेलिङ गर्ने र कानून हातमा लिएर अराजक ढंगले प्रस्तुत भएकाले उनलाई महाअभियोगको प्रस्ताव पेश गर्नुपरेको बताएका छन् ।

त्यस्तै महाअभियोग प्रस्तावका समर्थक नेकपा एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले लोकमानसिंह कार्कीले संविधान र कानुनलाई समेत हातमा लिएर समानान्तर सत्ताको अभ्यास गर्न थालेकाले महाअभियोग प्रस्ताव ल्याउनुपरेको बताएका छन् । महाअभियोग प्रस्तावलाई संसद बैठकमा समर्थन गर्दै ढकालले १३ पन्ने मार्फत दलका नेता, राष्ट्रसेवक कर्मचारी लगायतलाई चुप लगाएर समानान्तर सत्ता चलाउन थालेको आरोप लगाए ।

ढकालले प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा रहेका बेला भारतीय समकक्षीसँग वार्ताको तय हुँदा यता अख्तियार प्रमुखले पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री विरुद्ध मुद्दा चलाउने धम्की दिनु देश विरुद्धको जवाफदेही विहीनता भएको बताए ।

ढकालले महाअभियोग प्रस्तावलाई सत्ता परिवर्तनसँग जोडिएकोमा आपत्ति जनाए । उनले यो प्रस्ताव सत्ता परिवर्तनसँग कुनै सम्बन्ध नरहेको भन्दै यसलाई साझा प्रस्ताव बनाउन एमालेले समर्थन जनाएको बताए ।

palpalkokhabar.com

सोलिडारिटी कपको लागि नेपाली टोलीको घोषणा, को-को परे टोलीमा ?

काठमाडौं,कात्तिक ९ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मलेसियामा हुने एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको लागि २३ सदस्यीय नेपाली राष्ट्रिय टोलीको घोषणा गरिएको छ। । मंगलबार अनिल गुरुङको कप्तानीमा जापानिज मुख्य प्रशिक्षक कोजी ग्योतोकु, प्रशिक्षक राजुकाजी शाक्य र गोलकिपर प्रशिक्षक उज्वल मानन्धरले ३० खेलाडीबाट अन्तिम २३ सदसिय नेपाली टोलीको घोषणा गरेका हुन् ।

टोलीमा ८ डिफेन्डर, ६ मिडफिल्डर, ६ फरवार्ड र ३ गोलकिपर छन् । प्रारम्भिक टोलीमा रहेका गोलरक्षक एलन न्यौपाने, मानबहादुर तामाङ, दिनेश राजवंशी, जितेन्द्र कार्की र सुनिल बाल भने अन्तिम टोलीमा अटाएनन्।

यस्तै मिडफिल्डरद्वय सुजल श्रेष्ठ र राजेन्द्र रावलले राष्ट्रिय टीममा कमब्याक गरेका छन्। सोलिडारिटी कपको पहिलो खेलमा समूह ‘ए’ को नेपालले टिमोर लिस्टेसँग खेल्ने छ । एसियाली फुटबल महासंघ एएफसीको आयोजनामा पहिलो पटक हुन लागेको एएफसी सोलिडारिटी कपमा नेपालले पहिलो खेलमा कात्तिक २० गते टिमोर लिस्टेसँग खेल्नेछ । त्यस्तै नेपालले समूह चरणको अन्तिम खेल ब्रुनाईसँग कात्तिक २३ खेल्नेछ ।

सात टोली सहभागी हुने सोलिडारिटी कपको समूह बीमा श्रीलंका, मकाउ, लाओस र मंगोलिया छन् । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा दुई समूहको बिजेता र उपबिजेताले सेमिफाइनलमा स्थान बनाउने छन् ।

एएफसी सोलिडारिटी कप खेल्ने नेपाली टोलीमा परेका खेलाडीहरु

गोलरक्षक : विकेश कुथु, किरण चेम्जोङ, विशाल श्रेष्ठ

डिफेन्डर : रविन श्रेष्ठ, विराज महर्जन, अनन्त तामाङ, दिपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ, रन्जित धिमाल

मिडफिल्डर : विशाल राई, हेमन गुरुङ, विक्रम लामा, अन्जन विष्ट, सुजल श्रेष्ठ, राजेन्द्र रावल

फरवार्ड : विमल घर्ती मगर, अनिल गुरुङ, नवयुग श्रेष्ठ, रन्जन विष्ट, सुमन लामा, भरत खवास

मुख्य प्रशिक्षक : गोतुकु कोजी

प्रशिक्षक : राजुकाजी शाक्य

गोलकिपिङ प्रशिक्षक : उज्वल मानन्धर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web