संसारकै कठिन र चुनौतीपूर्ण तालिममा नेपाली सेना तेस्रो

कार्तिक ९, २०७३ मा प्रकाशित | 987 views

९ कार्तिक, काठमाडौं ।
संसारकै सेनाका लागि कठिन र चुनौतीपूर्ण मानिएको  बेलायतको मध्य वेल्सस्थित क्यामब्रियन पहाडमा  सञ्चालन भएको  क्यामब्रियन गस्ती (पट्रोलिङ) प्रतियोगितामा नेपाली सेनाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

नेपालसहित २० देशको सहभागिता रहेको उक्त प्रतियोगितामा  १२० सैनिक टोली  सहभागी रहेको नेपाली सेनाले जनाएको छ ।

बेलायती सेनाको टेरिटोरियल आर्मीले ५५ वर्षअघि सुरु गरेको क्यामब्रियन पट्रोलका क्रममा दलदले हिलोयुक्त भूमिमा ४८ घन्टाको समयसीमा भित्र ८० किमी क्षेत्रको गस्ती (पेट्रोलिङ) गर्नुपर्ने हुन्छ ।

उक्त प्रतियोगितमा विभिन्न सैनिक अभ्यास समेत समावेश गरिएको हुन्छ । सो प्रतियोगितामा नेपाली सेनाले विश्वमै व्यावसायिक, अनुशासित, कर्तव्यपरायण र साहसिक सेनाका रुपमा ख्याति कमाउँदै आएको छ ।

पेसागत प्रतियोगिता २०७३ अभ्यासमा प्रथम भएको श्री दुर्गाबक्स गणलाई उक्त प्रतियोगितामा प्रतिस्पर्धा गर्न नेपाली सेनाले छनोट गरी पठाएको थियो ।

उक्त प्रतियोगिता असोजको तेस्रोसाताबाट प्रारम्भ भई कात्तिकको पहिलो सातासम्म चलेको थियो ।

प्रतियोगितामा नेपाली सेनाका तर्फबाट उपसेनानी प्रज्वल खनालको नेतृत्वमा आठ सदस्यीय टोली सहभागी थियो ।

संसारकै सेनाका लागि अत्यन्त कठिन तथा चुनौतीपूर्ण मानिएको उक्त प्रतिस्पर्धात्मक पट्रोलिङमा पाएको सफलतासँगै नेपाली सेनाले अवलम्बन गर्दै आएको तालिम–नीति अब्बल रहेको प्रमाणित भएको नेपाली सेनाले जनाएको छ ।

उक्त प्रतियोगितामा उच्च पेसागत दक्षता प्रदर्शन गरेको नेपाली सेनाको टोली काश्य पदक प्राप्त गरी स्वदेश फर्केको छ ।

अन्तर्राष्ट्रियस्तरको यस्ता सैनिक अभ्यासको सहभागिताबाट नेपाली सेना र अरु देशका सेनाबीचको सम्बन्ध अझ सुमधुर तथा प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास लिइएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web