ब्राजिलका फुटबल हस्ति कार्लोसको हृदयघात भएर मृत्यु

११ कार्तिक, ब्राजिल ।
ब्राजिलका फुटबल हस्ती तथा पूर्व राष्ट्रिय टालीका कप्तान कार्लोस अलबर्टोको हृदय घातका कारण मंगलबार रियो दि जेनेरियोमा ७२ वर्षको उमेरमा मृत्यु भएको छ ।

अलबर्टोको कप्तानीमा ब्राजिलले सन् १९७० को विश्व कप फुटबलको उपाधि हात पारेको थियो ।

१९९० मा अलबर्टो संगै अर्का फुटबल हस्ती पेले पनि टोलीमा समावेश थिए ।

सन् १९९८ मा अलबर्टोलाई विश्व फुटबल टिममा समावेश गरिएको थियो भने सन् २००४ मा विश्वका एक सय जिवित उत्कृष्ठ खेलाडिमा उनको नाम समावेश गरिएको थियो ।

आफ्नो खेलाडी जिवन पछि उनले विभिन्न १३ वटा क्लबको प्रशिक्षक बनेका थिए भने ओमान र अजरबैजानको राष्ट्रिय टोली पनि सम्हालेका थिए ।

अलबर्टोलाई अहिले सम्मका राष्ट्रिय टोलीका कप्तान मध्येमा सर्वोत्कृष्ठ कप्तानका रुपमा हेरिने गरिन्थ्यो ।

युएईद्धारा प्रधानमन्त्रीलाई उर्जा सम्मेलनको निम्तो

११ कार्तिक, काठमाडौं ।
नेपालका लागि युएईका राजदूत सैद हाम्दन अल नक्वीले सन् २०१७ जनवरी १६ मा युएईमा हुने वल्र्ड फ्युचर इनर्जी समिटका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निमन्त्रणा गर्नु भएको छ ।

राजदूत नक्वीले उर्जा सम्मेलनबाट नेपालले प्रशस्त लाभ लिन सक्ने भन्दै त्यसका लागि नेपाललाई पहिलोपटक निमन्त्रणा गरेको बताउनुभयो ।

प्रधानमन्त्रीले निमन्त्रणाका लागि हार्दिक धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू ईच्छुक रहेको बताउनुभयो ।

बिहीबार प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारमा भएको भेटमा नेपाल–युएई बीचको सम्बन्ध र द्वीपक्षीय हितका विषयमा छलफल भएको थियो ।

भेटमा प्रधानमन्त्रीले युएईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नक्वीको ध्यानाकर्षण गराउनु भएको थियो ।

भेटमा राजदूत नक्वीले नेपाल र युएई पुराना मित्र भएको भन्दै दुई देशको सम्बन्ध प्रधानमन्त्रीको चासोबारे आफू युएई फर्केर छलफल गर्ने बताउनु भयो ।

पानी घट्टबाट राम्रो आम्दानी

११ कार्तिक, सल्यान ।
सल्यान मुलखोला ८ नाथेखोलाका  ६३ वर्षका मोतिराम दमाईले पानी घट्टबाट मनग्य आम्दानी गर्दै आइरहनु भएको छ ।

रोजगारीका लागि युवाहरु गाउँबाट शहर र शहरबाट विदेशतिर पलायन भइरहेको समयमा ६३ वर्षिय वृद्धले पानी घट्टबाट राम्रो आम्दानी गर्दै आइ रहनु भएको छ ।

लागि विदेश जानुभन्दा आफ्नै जन्मथलोमा कुटोकोदोलो र घट्ट चलाएर बस्नु निकै राम्रो रहेको दमाईले बताउनु भयो । सुरु सुरुमा दलितको घट्टमा पिस्न जानु हुदैन भनेर गैरदलितहरु आउदैनथे । तर चेतनाको विकासले हो या मैले पिसेको पिठो राम्रो भएकाले हो आजभोली सबै आफ्नो घट्टमा आउने गर्छन ।

उहाँले भन्नुभयो  एक छाक जुटाउन सजिलो होस भनेर घट्ट किने तर दलितको घट्टमा पनि कोही जान्छ भनेर गैरदलित कोही आएनन् दलितहरुमात्र आउथे , घट्ट किनेर बवार्द गरियो भन्ने लागेको थियो तर विस्तारै अन्य गाउँलेहरुले पनि आउने थाले र अहिले अन्य घट्टभन्दा मेरो घट्टमा पिस्न आउने धेरै छन् ।

हिउँदमा समेत खोलामा प्रयाप्त पानी बग्ने भएकाले आफुलाई घट्ट सञ्चालन गर्न खासै समस्या नपर्ने बताउनु भयो । विगत १५ वर्षदेखि घट्ट सञ्चालन गर्दै आउनु भएका दमाइले मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्दै आइरहनु भएको छ ।

दैनिक ४ देखि ६ मुरीसम्म अन्न पिध्ने र प्रति पाथि एक मानाका दरले ज्याला लिने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो दिनमा ५,६ मुरी अन्न पिस्छु जसबाट दैनिक ७÷८ माथि अन्न आउछ त्यो भनेको मासिक १५ देखि २० हजारसम्म आम्दानी गर्नु हो ।

घट्टका साहेयताले आफनो ५ जनाको परिवारलाई पाल्दै आएको उहाँको भनाई रहेको छ । आफ्नो घट्ट वरपर अन्य १० वटा घट्ट भएपनि आफुलाई कुनै समस्या नभएको उहाँले बताउनु भयो । आफ्नो घट्टमा राउचे, बेलखोला, बाग्चौर, खरेखोला, च्यूरा, गर्चेसम्मका गाउँले पिसाउन आउने गरेको बताउनु भयो ।

जापानस्थित नेपाली दूतावासले झलनाथ खनाललाई रात्रीभोज खुवायो

टोकियो ।
जापानस्थित नेपाली राजदूतावासले पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई रात्रीभोज खुवाएको छ ।

जापानमा हुन गइरहेको महानगरपालिकाहरुको विश्व सम्मेलनमा भाग लिन आएका खनाललाई डाकेर दूतावासले रात्रीभोज गरेको हो ।

नेकपा एमालेका वरिष्ठ नेता समेत रहेका खनालको सम्मानमा भन्दै आयोजित भोजमा जापानस्थित गैर आवासिय नेपाली संघका प्रतिनिधि, व्यवसायी, राजनीतिक दल आवद्ध संगठनका प्रतिनिधहरु, पत्रकार तथा विभिन्न क्षेत्रका अगुवाहरुको समेत उपस्थिति रहेको थियो ।

टोकियोस्थित दूतावासमा जापानका लागि कार्यवाहक राजदुत कृष्णचन्द्र अर्यालले विशेष अतिथिका रुपमा कार्यक्रममा स्वागत गरेका थिए ।

नेपाली राजदूतवासले एक महिनाको बिचमा यसअघि पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टिका संयोजक रहेका बाबुराम भट्टराई तथा राप्रपा नेपालका अध्यक्ष रहेका कमल थापालाई क्रमश पूर्व प्रधानमन्त्री र उपप्रधानमन्त्रीको हैसियतमा भन्दै रात्री भोज खुवाएको थियो ।
दुवै नेता आफ्नो पार्टीको कार्यक्रममा भाग लिन जापान आएका थिए ।

कार्यवाहक राजदूतकै भरमा रहेको नेपाली दूतावासले यसअघि कार्यवाहक राजदूत गहेन्द्रराज राजभण्डारी स्वदेश फर्कीएपछि नयाँ राजदूत पाउने विश्वास गरिएको थियो । तर राजनीतिक भागवण्डा र नियुक्तीमा सिफारिस गरिएका राजदूत खड्क केसी एमाले सरकारले सिफारिस गरेको भन्दै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले रद्द गरिदिएपछि अन्योलमा छ ।

तत्कालिन कावा राजदूत गहेन्द्रराज राजभण्डारीको समयमा जापानमा रहेका नेपालीहरुको समस्या समाधान र सक्रिय रहेको दूतावास पुन दुतावास भित्रै सिमित रहेको गुनासा र टिप्पणीहरु हुन थालेका छन् ।

सहसचिवमा बढुवा भएर नेपाल फर्कीएका तत्कालिन कावा राजदूत राजभण्डारीले फेसबुक पेज तथा प्रत्यक्ष सम्पर्क मार्फत समेत जापानमा रहेका नेपालीहरुको समस्या र गुनासाहरुको सम्वोधन थाल्नुभएको थियो । जसका कारण जापानमा रहेका नेपालीहरुले दूतावासबारेमा सूचना र जानकारीहरु छिटो छरितो रुपमा पाउँदै आएका थिए ।

हाल राजभण्डारीले सूरु गरेको सेवा जारी रहेपनि सुस्त रहेको जापानमा रहेका नेपालीहरुले गुनासो गर्न थालेका छन् ।

बेलायतसँग जापानको पहिलो सैन्य अभ्यास

११ कार्तिक, एजेन्सी ।
जापानले बेलायती सेनासँग पहिलो पटक सैन्य अभ्यास गर्ने भएको छ ।

जापानको वायु आत्म रक्षाबल यानी एएसडीएफ र ब्रिटेनको रोयल एयर फोर्स यानी आरएएफले एक साथ पहिलोपटक जापानमा संयुक्त अभ्यास गर्ने भएका हुन् ।

जापानसँग सैन्य अभ्यासगर्न बेलायतको आरएएफको ४ ताईफून नामक लडाकु विमान, र एक बहुउपयोगी वोयेजर विमान जापान ल्याइएको छ ।

जापानको एफ९ १५ सहित एएसडीएफका आठ विमान सोमवारबाट शुरुहुने यस अभ्यासमा सहभागी हुने भएका छन् ।

युद्ध अभ्यासका दौरान जापान र ब्रिटेनका विमान होक्काइदो तथा तोहोकु नसिजकका प्रशान्त महासागरमा एकअर्काको सामना गर्ने बताइएको छ ।

जनवरीमा दुई देशका विदेशी तथा रक्षा मन्त्रीहरुको बैठकले यस संयुक्त वायु अभ्यासमा सहमति जनाए अनुसार दुईदेशबिच पहिलो पटक सैन्य अभ्यास हुन लागेको हो ।

नोभेम्वर ३ तारिखसम्म चल्ने सैन्य अभ्यास अमेरिकापछि दोस्रो मुलुकसँग गर्न लागेको पहिलो भएको जापानी रक्षामन्त्रालयले जनाएको छ ।

काठमाडौंका ट्याक्सी चालकलाई जापानीको चिठ्ठी

नमस्ते

म तपाईँको देश नेपालमा केही महिना अगाडि आएँ। अनि तपाइँको ट्याक्सीमा धेरैपल्ट चढेर तपाईँले बाटोमा ट्याक्सी चलाएको हेर्ने मौका पाएँ। यसबारे मलाइ केही प्रभाव परेकाले म तपाईँलाई यस चिठ्ठीका माध्यमबाट केही भन्न चाहन्छु।

ट्याक्सी चलाउने काम तपाईँलाई निकै गाह्रो र सधैं धेरै जोखिम छ । उदाहरणका लागि ट्राफिक दुर्घटना, मादक पदार्थ सेवन गरेका यात्रुसँग झमेला, लुटेराहरूसँग सामना आदी । केही यात्रुहरू आफ्नो गन्तव्य स्थानमा सकेसम्म छिटो पु¥याइदिन भन्छन्, त्यतिबेला होशियारीसाथ जोखिम लिएर पनि चलाउनुपर्छ ।

तर पर्खनुहोस्, अरु मान्छेको बारेमा पनि एक छिन सोच्नुहोस् । तपार्इँलाई थाहा छ, तपार्इँको ट्याक्सीबाट उनिहरू कस्तो आशा गर्लान् रु

पानी परेका बेला, गह्रौं झोला बोकेका बेला, नयाँ सहरमा भएका बेला वा इमर्जेन्सीका बेला, उहाँहरू अरु सवारीसाधनलाई भन्दा धेरै पैसा तिरेर तपाईँको ट्याक्सी प्रयोग गर्नुहुन्छ । तपाईँको ट्याक्सीमा आरामदायी र सुरक्षित यात्रा गर्न चाहन्छन् ।

ट्याक्सी एउटा सार्वजनिक यातायात हो, तर बस, टेम्पोभन्दा फरक हुन्छ । तपार्इँ साँघुरो बाटोबाट पनि यात्रुको घरसम्म जानुपर्छ । कहिलेकाहीँ यात्रुहरूको गह्रौं झोला बोक्नु पनि पर्छ ।

एउटा विदेशी मान्छेको हेराइमा तपाईँं यति गाह्रो काम गर्दै हुनुहुन्छ कि त्यसकारण म तपार्इँलाई अझै राम्रो काम गर्दै हुनुहुन्छ कि त्यसकारण म तपार्इँलाई अझै राम्रो कमाइ गर्न तीन वटा तरीकाहरू सिकाइ दिन चाहन्छु ।

पहिलो तरिका

आफ्नो पेसामा सधैँ गौरव गर्नुहोस् । एउटा विदेशी पाहुनाले तपाईँको देशमा आएर भेट्ने व्यक्तिहरूमध्ये तपार्इँ पहिलो व्यक्ति हुनुहुन्छ, अर्को शब्दमा विदेशीका लागि तपाार्इँ नेपालको पहिलो अनुहार हो । सुरक्षित रुपले ट्याक्सी चलाउँदै मलाइ तपार्इँले नरम र दयालु भाव देखाउनुभयो भने नै म नेपालमा रमाएर बस्नेछु ।

दोस्रो तरीका

ड्राइभिङबाट जीविका चलाउने र सडक प्रयोग मै धेरै समय विताउने तपाईले धेरै सुरक्षित साथ ट्याक्सी चलाउनुपर्छ ।

तेस्रो तरीका

इमान्दारिताका साथ ट्याक्सीमा भएको मिटर चलाउनु होस र मेरा लागि  पनि कृपया तपाईको ट्याक्सीको अगाडि सीटमा बस्नेको लागि सिटबेल्टको व्यवस्था गरिदिनुहोस ।

अन्त्यमा सुस्वास्थ्यको कामना गर्छु ।

धन्यवाद । नमस्ते ।

ताकासिओ, जापान

(राजधानीमा ट्याक्सी चढेका एक जापानी नागरिकले ट्याक्सीचालकसँग गरेको अनुरोध)

नागरिक दैनिकमा खबर छ

बाघ महोत्सवको दोस्रो दिन शिकारीले हसाए दर्शकलाई

पप्पु गुरुङ्ग-दोधारा चादनी,कात्तिक ११ । लोपोन्मुख बिभिन्न प्रजातीका बाघको संरक्षण गरौ, बन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण गरौ भन्ने मुल नाराको साथ शुक्लाफाँटा बन्यजन्तु आरक्ष अन्र्तगत गठन भएको सगरमाथा मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा ‘दोधारेली प्रथम वाघ महोत्सव २०७३’ को दोस्रो दिन स्थानिय नाट्य कलाकारहरुले दर्शकलाई निकै हसाए ।

यस्तै राष्ट्रिय स्तरका गायक तथा मोडेलहरु दर्शकको केन्द्र रहे । लोपोन्मुख बिभिन्न प्रजातीका बाघको संरक्षण गरौ, बन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण गरौ भन्ने मुल मर्म सहित स्थानिय नाट्य कलाकारले दर्शकलाई पेट मिची–मिची हसाए । दोधारा चाँदनीका रामलिला नाटकका प्रमुख हास्य कलाकार दान बहादुर थापाले मञ्चबाटै दर्जनौ बाघको मार्ने शिकारीको भुमिकामा दर्शकको सामु प्रस्तुत भए ।

उनि आरक्ष क्षेत्रमा बाघका शिकार गर्ने कुख्यात शिकारीको भेषमा मञ्चमा प्रस्तुत हुदा दर्शकले उनलाई तालीले स्वागत गरे । उनले बिगत लामो समय देखि बाघको शिकार गर्दै आएको भुमीकामा उनि दर्शको माँझ प्रस्तुत भए । उनको काँधमा थ्रिनटथ्रि राईफल बोकेर बाघको शिकारी गरे ।

उनले बिगत लामो समय देखि बाघको छाला तस्करीमा संलग्न रहेको ब्यङ्गे नाट्य प्रस्तुत गर्दै दर्शकको माँझ खरो उत्रिए । बाघ हाम्रो भावी सन्ततीको पेवा हो, बाघलाई संरक्षण गर्नु पर्छ भन्ने सन्देश नाटकका टिमले दर्शकलाई सन्देश दिए । गायक तथा मोडेल बादल थापा, सुरेश रानाको प्रस्तुतिले भने युवा पुस्तालाई मोहित बनायो ।

उनिहरुले आफ्नो म्यजिक एल्बमका गित दर्शक माँझ प्रस्तुत गरेर मन जिते । साथमा स्थानिय कलाकारहरुको नृत्य महोत्सवको आकर्षण बन्यो । सयौ दर्शकले बाघ महोत्सवको दोस्रो दिनको आनन्द लिएका छन् । ९ गतेबाट संचाल भएको महोत्सवको १२ गते सम्म संचालन हुने आयोजकले जनाएको छ् ।

बाघको संरक्षण तथा बाघ र मानव बिचको दुरीलाई कसरी कम गर्न सकिन्छ भन्ने उद्धेश्य रहेको आयोजक समिति मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष अमर बस्नेतले जानकारी दिनुभएको छ् । महोत्सवमा दर्शकको संख्या अझै बढ्ने आयोजक समितिले दाबी गरेको छ् । लोपोन्मुख बिभिन्न प्रजातीका बाघको संरक्षण गरौ, बन्यजन्तुको अवैध चोरी शिकारी नियन्त्रण गरौ भन्ने मुल भावका साथ बाघ महोत्सव संचालन गरिएको आयोजक समितिले जनाएको छ् ।

लोपोन्मुख विभिन्न प्रजातीका रुपमा परिचित वाघ संरक्षणको लागी वाघको वासस्थानको विस्तार, चोरी शिकारी नियन्त्रण, बाघको अवैध अंग तस्करी नियन्त्रण तथा जंगली जनावर र मानव विचको द्धन्द घटाउने लगायतका जनचेतनामुलुक कार्यक्रमको महोत्सवको प्रस्तुती रहेको महोत्सवका कार्यक्रम संयोजक यसवन्त खड्काले जानकारी दिनुभएको छ् ।

भारतीय राष्ट्रपतिको भ्रमणमा दुई दिन विमानस्थल प्रभावित हुने

काठमाडौं,कात्तिक ११ । मुलुकमा एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल हुनुको पीडा यात्रु र वायुसेवा कम्पनीले हरेक अति विशिष्ट पाहुनाको भ्रमणका वेला भोग्ने गर्छन् । सन् २०१४ मा सार्क सम्मेलनमा भाग लिन आउने पाहुनाको व्यवस्थापन गर्दा चार दिनसम्म विमानस्थल पूर्णतया प्रभावित भएको थियो ।

त्यसवेला धेरै यात्रुले आफ्नो उडान–तालिका परिवर्तन गरी टिकट रद्द गरेका थिए । अन्तर्राष्ट्रिय विमानस्थलमा हुने स–साना घटनाले पनि उडान–अवतरण प्रभावित हुने गर्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भारतीय राष्ट्रपति प्रणव मुखर्जीको औपचारिक नेपाल भ्रमणको ‘भिभिआइपी उडान व्यवस्थापन’मा जुटेको छ ।

भ्रमण प्रारम्भ हुने मुख्य बिन्दु विमानस्थलबाटै मुलुकको पहिलो छवि झल्कने भन्दै विमानस्थल व्यवस्थापन त्यसको तयारीमा जुटेको हो । मुखर्जी १७ देखि १९ कात्तिकसम्म नेपाल भ्रमणमा आउँदै छन् । यस क्रममा दुई दिन सर्वसाधारणले भने सास्ती भोग्नुपर्नेछ ।

विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार राष्ट्रपति मुखर्जी आउने दिन १७ कात्तिकमा ४५ मिनेट विमानस्थल प्रभावित हुनेछ । सो दिन दिउँसो साढे १२ बजे राष्ट्रपति मुखर्जी नेपाल आइपुग्ने कार्यक्रम छ ।

तीनदिने नेपाल भ्रमणमा आउने राष्ट्रपति मुखर्जीको भारत फिर्ती हुने दिन १९ कात्तिकमा भने अन्र्तराष्ट्रिय विमानस्थल लगभग दिनभरि प्रभावित हुने अाजको नयाँ पत्रिकामा समाचार छ ।

उक्त दिन मुखर्जी अन्तर्राष्ट्रिय विमानस्थलबाट शुरुमा जनकपुर जाने कार्यक्रम छ । जनकपुरबाट पोखरा जाने र पोखराबाट काठमाडौं फिर्ता हुने कार्यक्रम छ । काठमाडौं आइसकेपछि राष्ट्रपतिको टोली नयाँदिल्ली प्रस्थान गर्नेछ । ‘यस दिन त्रिभुवन विमानस्थल सबैभन्दा धेरै समय प्रभावित हुनेछ,’ प्रवक्ता ठाकुरले भने ।

बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा शान्ति मिसन गुम्ने खतरा

काठमाडौं,कात्तिक ११ । बख्तरबन्द गाडी (एपिसी)लगायतका बन्दोबस्तीका सामान खरिद गर्न नसक्दा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एक–एक एफपियू शान्ति मिसन गुम्न खतरा देखिएको छ । एपिसी खरिद गर्न गृह मन्त्रालयले सहमति नदिँदा प्रहरीको थप्न लागिएको संयुक्त राष्ट्रसंघीय शान्ति मिसन गुम्न लागेको हो ।

राष्ट्रसंघले दुवै प्रहरीलाई एक–एक एफपियू मिसन दिने र त्यसका लागि आवश्यक एकतिहाइ सामग्री खरिद गर्न भनेको थियो । राष्ट्रसंघीय टोली मंसिरको दोस्रो साता सामानहरू निरीक्षण गर्न नेपाल आउँदै छ । तर, करिब एक महिना मात्र बाँकी रहँदा पनि दुवै प्रहरीले एपिसी खरिद प्रक्रियासमेत सुरु गरेका छैनन् । यसले एफपियू मिसन गुम्न सम्भावना बढेको नयाँ पत्रिकामा समाचार छ ।

दुवै प्रहरीले एपिसी खरिद सहमित माग्दै गृह मन्त्रालयमा तीन महिनाअघि नै पत्राचार गरेका थिए । तर, गृहले सहमति नदिँदा खरिद प्रक्रिया अघि बढेको छैन । तर, एपिसीबाहेक गाडीलगायत अन्य बन्दोबस्तीका सामग्री खरिद प्रक्रिया भने दुवै प्रहरीले अगाडि बढाएका छन्।

सुरक्षा सामग्री खरिद निर्देशिकाअनुसार एपिसी खरिद गर्न गृह मन्त्रालयको सहमति लिनुपर्ने प्रावधान छ । गृहसचिव लोकदर्शन रेग्मीले भने एपिसी खरिदका लागि प्रहरीबाट मागिएको सहमतिको पत्रबारे आफूलाई जानकारी नभएको बताए ।

स्रोतका अनुसार विगतमा पनि एपिसी खरिद विवादमा पर्दै आएकाले गृहका अधिकारीहरूले त्यसमा सहमति दिन आनाकानी गरेका हुन् । तर, खरिदको सबै काम प्रहरीबाट हुने भएकाले यसमा गृह संलग्न हुँदैन । सुडान भ्रष्टाचार प्रकरणपछि प्रहरीका यस्ता सामग्री खरिद तुलनात्मक रूपमा पारदर्शी हुने गरेका छन् ।

उपत्यकामा तीन ठाउँमा यातयात कार्यालय खुल्ने

काठमाडौं,कात्तिक ११ । उपत्यकाको कलङ्की, चावहिल र सूर्यविनायकमा थप तीनवटा यातायात कार्यालय खुल्ने भएका छन् ।  सवारी साधन चालक अनुमतिपत्र (लाइसेन्स) लिनेहरूको चाप बढेर सेवाग्राहीले सास्ती भोग्नु परेपछि सरकारले तत्काल थप कार्यालयहरू स्थापना गरेर छिटो र सहज सेवा प्रदान गर्न भदौ ६ गते निर्देशन दिएको थियो ।

निर्देशनपछि १५ दिनभित्र थप कार्यालय सञ्चालनमा आउने बताइए पनि अढाई महिनामा बल्ल कार्यालय खोल्ने स्थानको टुङ्गो लागेको हो । यातायात व्यवस्था विभागका अनुसार उक्त तीन स्थानमा सञ्चालन हुने यातायात व्यवस्था कार्यालयले एकान्तकुनामा रहेको कार्यालयले जस्तै सवारी साधनसम्बन्धी सबै काम गर्ने छन् ।

कार्यालय स्थापनाका लागि बजेट र दरबन्दी स्वीकृत भइसकेको विभागका निर्देशक निरञ्जन रिजालले बताए । उनका अनुसार थप कार्यालयमा उपसचिवको नेतृत्वमा २६ देखि २८ जना कर्मचारी रहनेछन् । थप कार्यालय खोल्ने क्षेत्रहरूको किटान गरिए पनि कार्यालय राख्ने काम अझ बाँकी छ ।

प्रक्रियाअनुसार कार्यालयका लागि घर भाडामा लिन एक महिनाको सूचना सार्वजनिक गर्नुपर्ने भएकाले थप कार्यालय सञ्चालन हुन पनि अझैं एक महिना लाग्ने विभागले जनाएको छ । तत्कालका लागि चलिरहेका निजी ट्रायल सेन्टरलाई भाडामा लिइने निर्देशक रिजालले बताए ।

चीनका राजाहरुले मात्र खाने संसारकै महंगो धान सिन्धुपाल्चोकमा उत्पादन

११ कार्तिक, काठमाडौं ।
रोगसँग लड्न सक्ने क्षमता भएको कालो धान सिन्धुपाल्चोकमा पहिलोपटक उत्पादन भएको छ ।

नेपालमै दुर्लभ मानिने ‘जी-६०’ नामक धान मेलम्ची नगरपालिकामा उत्पादन गरिएको हो ।

मेलम्चीका युवा कृषक  कुमार सिग्देलले नयाँ प्रजातिको धान १४ रोपनी क्षेत्रफलमा लगाएर यो वर्ष झन्डै १ हजार ५ किलो उत्पादन गरेका हुन् ।

यो जातको चामलको राङ कालो र धान अन्यको तुलनामा केहि फिक्का हुन्छ । पराल २ फिटको हुन्छ ।

जिल्लामै पहिलोपटक यो जात भित्र्याउने किसान सिग्देलका अनुसार नियमित खाएर यो धानको चामलबाट बनेका परिकारले विभिन्न खाले रोगसँग लड्ने क्षमता राख्दछ ।

आठ हजार वर्ष पहिले चीनमा खेती हुने गरेको यो जातको धान पाँच वर्ष पहिलो मात्र नेपालमा भित्रिएको हो ।

पहिले चीनलगायतका अन्य देशमा यो चामल राजाहरुले मात्रै खाने गर्थे । संसारमै महँगो धान र चामलमध्येको यो पनि एक भएको सिग्देलको भनाइ छ । धानको मूल्य भने तय भइनसकेको उनले बताए ।

सडक निर्माण रोक्न काँग्रेस मन्त्री नविन्द्रराज जोसीको धम्की

११ कार्तिक, काठमाडौं ।
त्रिपुरेश्वर-कलंकी-नागढुंगा खण्डको निर्माणमा स्थानीय मात्र होइन, कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् ।

८ असोजमा कालिमाटी क्षेत्रमा सडक मिचेर घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई काँग्रेसका उद्योगमन्त्री नवीन्द्रराज जोशीले धम्काएर फिर्ता गराए ।

डोजर लिएर संरचना भत्काउन टोली खटिएपछि मन्त्री जोशीले महानगरीय प्रहरी प्रभाग कालिमाटीका प्रमुख डिएसपी नवराज अधिकारीलाई मोबाइल फने गरेर तत्काल र्फकन निर्देशन दिएका थिए ।

मन्त्रीकै दबाब आएपछि डोजर लिएर घर भत्काउन पुगेको टोली खुरुक्क फर्किएको समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

उपसचिव नवराज सापकोटाले भने, ‘कालिमाटीमा मिचिएका संरचना भत्काउन टोली पुग्यो । तर, उद्योगमन्त्रीले टेलिफने गरेर भत्काउने कार्य तुरुन्त रोक्ने आदेश दिए । मन्त्रीलेनै आदेश दिएपछि हाम्रो केही चलेन ।’

&copy 2026 TopNepalNews. All Rights Reserved. Maintained by Trishuli Web