१२ कार्तिक, काठमाडौं ।
नक्कली विवरणका आधारमा नेपाली नागरिकता लिएको आरोपमा भारतीय नागरिक श्यामलाल सरावगी पक्राउ परेका छन् । महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बिहीबार पक्राउ गरेको हो । कान्तिपुर दैनिकमा समाचार छ।

महाशाखाका अनुसार भारत गुजरातका उनले झुटो विवरणका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट २०३९ मा वंशजको नागरिकता लिएका थिए । कुलेश्वर बस्दै आएका उनी गुजरात राज्य, भाजलपुरका हुन् ।

अनुसन्धानमा उनले सन् २००९ मा भारतको निर्वाचन आयोगबाट मतदाता परिचयपत्र लिएको र उनको बाबु घनश्याम सरावगी भारतमै रहेको सूचनाको आधारमा अनुसन्धान गर्दा झुटो विवरणका आधारमा वंशजको आधारमा नेपाली नागरिकता लिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको महाशाखाले जनाएको छ।

१२ कार्तिक, काठमाडौं ।
कामकुरो एकातिर कुम्लोबोकी कतातिर भनेजस्तै देश संविधान कार्यान्वयनमा अडेकीरहेको तथा अख्तियार प्रमूख लोकमानसिंह कार्कीको विषयमा हप्तौं अनिर्णीत बनिरहेको बेलामा काँग्रेस सभापती रहेका शेरबहादुर देउवा भने भारत भ्रमणमा जाने भएका छन् ।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने भएका देउवाको भ्रमणलाई अर्थपूर्ण हेरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा १९ कात्तिकदेखि ६ दिने भारत भ्रमणमा जाँदै छन् ।

त्यहाँ उनले प्रधानमन्त्री नरेन्द्र मोदीसहित उच्चस्तरिय राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम छ।

गोवामा हुने एक सेमिनारमा सहभागव् भएपछि देउवा दिल्ली पुग्नेछन्। सभापति देउवालाई निम्तो दिने इन्डिया फाउन्डेसन मोदीकै दल भारतीय जनता पार्टीको थिंक ट्यांक हो।

काठमाडौं ।
भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिने पुष्पकमल दाहाल प्रचण्ड सरकारको देश सहित विश्वभर रहेका नेपालीहरुले बिरोध गरेका छन् ।

भारत परस्त भएको आरोप खेपिरहेको प्रचण्ड सरकारले भारतीय राष्ट्रपतिलाई खुशी पार्नकै लागि सार्वजनिक बिदा दिएको भन्दै यसको चर्को बिरोध सुरु भएको छ ।

विशेषगरि सामाजिक सञ्जालहरुमा प्रचण्ड सरकारले भारतलाई खुशी पार्नकै लागि बिदा दिएको, देशको स्वाभिमान गिराएको, भारतसामु लम्पसारवादको नमुना भएको जस्ता आरोप लगाउँदै सर्वसाधारणले चर्को बिरोध गरेका छन् ।

भारतीय राष्ट्रपतिको आसन्न भ्रमणकै बिरोध भइरहेको समयमा सरकारले सार्वजनिक बिदानै दिने निर्णय गरेपछि यो निर्णय सरकारलाई फलामको चिउरा चपाएसरह हुने देखिएको छ ।

सामाजिक सञ्जाल ट्विटर र फेसबुकमा ह्यासट्याग लगाएर इण्डिया स्टप बुलिगं नेबरहुड्स, ईण्डिया प्रेसिडेन्ट नट वेलकम नेपाल लगायत अभियान चलेको छ ।

गतबर्ष यहि समयमा नेपालमाथि नाकाबन्दी लगाएर दुख दिएको भारतीय राष्ट्रपति नेपाल आउँदा सार्वजनिक बिदा दिएर प्रचण्ड सरकारले जनता र देशको अपमान गरेको सर्वसाधारणले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।

सरकारको निर्णय लगत्तै भएको यो बिरोधको क्रम अझै बढ्ने देखिएको छ । यो बिरोध आसन्न भारतीय राष्ट्रपतिको भ्रमणका बेलासम्म रहँदा भ्रमणको बिरोधमा हुनसक्ने प्रदर्शन तथा भारतप्रतिको बढ्दो जनआक्रोश झनै चुलिने देखिएको छ ।

Nepal Workers and Peasant Party chair Narayan Man Bijukchhe has claimed that the impeachment motion was moved against CIAA chief, Lokman Singh Karki, following a gesture of India.

Addressing a program in Bhaktapur today, leader Bijukchhe claimed that the motion was brought to the House, acting upon a gesture of India.

He said that it was the trick to involve the UML in the constitution amendment process in line with the Indian interests by bringing the major three parties on a same board.

The government has declared public holidays during the upcoming state visit to Nepal by the Presidents of India and China.

A meeting of the Council of Ministers today decided to give the government holidays during the state visit by the Head-of-the-State of the neigbhouring countries, according to Government Spokesperson and Minister for Information and Communications Surendra Kumar Karki.

President of India, Pranab Mukherjee, is arriving on a three-day visit on coming November 2.

११ कार्तिक, काठमाडौं ।

भुकम्पबाट क्षती पुगेका विद्यालयहरुको पुन निर्माण गर्ने उद्देश्यले नेपाली राष्ट्रिय फुटबल टिम र जापानको व्यवसायीक फुटबल खेलाडिहरु सम्मिलित टिमबिच मैत्रीपूर्ण फुटबल हुने भएको छ ।

नेपाल जापान कुटनीतिक सम्बन्ध स्थापना भएको ६० औँ वर्ष गाँठको अवसर पनि पारेर मैत्रीपूर्ण फुटबल आयोजना गरिएको हो ।

जापानको खेल संग सम्बिन्धित संस्था कलराबाथ र अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आगामि मंसिर ४ गते सातदोबाटो स्थित एन्फाको मैदानमा खेल आयोजना हुने काठमाडौँमा बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

यस मैत्रीपूर्ण खेलबाट उठेको रकम भुकम्पबाट क्षेती पुगेका विद्यालयहरुको पुन निर्माणका साथै फुटबल प्रशिक्षण मैदान निर्माणमा प्रयोग गरिने कलराबाथका नेपाल अध्यक्ष दिपक लामाले जानकारी दिनुभयो ।
दशरथ रङ्गशाला निमार्णाधिन अवस्थामा रहेकोले खेल सातदोबाटोमा गर्नु परेको एन्फाका कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले जानकारी दिनुभयो ।

कार्यकारी अधिकृत तुलाधरले रङ्गशाला निर्माणमा सरकारले निकै उदाशिनता देखाएको पनि बताउनु भयो ।

नेपाल र जापानबिच दुई वर्ष अघि नै मैत्रीपूणै खेल हुने तय भएको भए पनि बैशाख १२ को विनाशकारी भुकम्पका कारण खेल पर सारीएको थियो ।

११ कार्तिक, भक्तपुर ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले अख्तियार प्रमुखविरुद्धको महाभियोग प्रस्तावलाइ भारतीय चाल भएको आरोप लगाउनुभएको छ ।

आज भक्तपुरमा आयोजित एक कार्यक्रममा उहाँले महाअभियोग प्रस्ताव, संविधान संसोधनमा नेकपा एमालेलाई हस्ताक्षर गराउने चाल भएको जिकिर गर्नुभयो ।

को चेसको गोटी बनेको आरोप लगाउँदै उहाँले भारतले चाहे अनुसारको संविधान संसोधनका लागि संसदमा दुई तिहाई बहुमत पु¥याउन एमालेलाई फँसाइएको बताउनुभयो ।

११ कार्तिक, काठमाडौैं ।
पुष्पकमल दाहाल नेतृत्वको सरकारले भारतीय राष्ट्रपति आउँदा नेपालमा सार्वजनिक बिदा दिने अलोकप्रिय निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आज बसेको बैठकले भारतीय राष्ट्रपति आउँदा बिदा दिने निर्णयलाई जोडेर छिमेकी राष्ट्रहरु भारत र चीनका राष्ट्र प्रमुख नेपाल भ्रमणमा आउँदा सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

यसैगरी मन्त्रिपरिषद् बैठकले घरेलु तथा साना उद्योग विकास सञ्चालक समितिमा सिन्धुली झाँगाझोलीका उर्गेन्द्र आचार्यलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यस्तै बैठकले थानकोट चित्लाङ गणेशमान मार्गको स्तरोन्नतरी गर्ने निर्णय गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिए ।

११ कार्तिक, ललितपुर ।
नेवार समुदायको कला र संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले भोलिबाट नेपाल मण्डल दाफा महोत्सव–२०७३ हुने भएको छ ।

राष्ट्रियस्तरमा प्रस्तुत गर्न योग्य दाफा संस्कृतिको संरक्षण, सम्वद्र्धन तथा यसको महत्वको विषयमा युवामाझ प्रस्तुत गर्न महोत्सव गर्न लागेको महोत्सव निर्देशन समितिका अध्यक्ष डा सत्यमोहन जोशीले हिजो राजभानीमा आयोजित पत्रकार सम्मेलनमा बताउनुभयो ।

दाफा संस्कृति नेवार समुदायको मात्र नभई नेपालकै सांस्कृतिक पहिचान भएको उहाँको भनाइ थियो ।

उक्त महोत्सव छ महिनासम्म सञ्चालन हुने बताइएको छ । ललितपुर मलमा प्रत्येक शुक्रबार र शनिबार दिनको २ बजेदेखि बेलुका ६ बजेसम्म महोत्सव सञ्चालन हुने जनाइएको छ ।

११ कार्तिक, हेटौंडा ।
नापी कार्यालय हेटौंडामा आगलागी हुँदा ४३ जना घाइते भएका छन् भने लाखौं मूल्य बराबरको क्षती भएको छ ।

हिजो दिउँसो करिब पौने २ बजेतिर भएको आगलागीमा परि कार्यालयका कर्मचारी र सेवाग्राही गरी ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

नापी कार्यालय रहेको भवनको भुईंतल्लाको एक होटलबाट आगलागी सुरु भएको थियो भने आगलागीमा ५ वटा ग्यासको सिलिण्डर पड्केको प्रहरीले जनाएको छ ।

आगोमा पर्ने डरले भवनको माथिबाट हाम्फालेका कारण धेरै घाइते भएको प्रहरी प्रवक्ता गौतमको भनाई छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना एवम् स्थानीयले करिब एकघण्टा पछि आगो नियन्त्रणमा लिएका थिए । आगलागीका कारण ४ वटा मोटरसाइकल जलेर नष्ट भएको छ ।

११ कार्तिक, रुपन्देही ।
रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेन्ज सञ्चालनमा आएको छ । हिजो आयोजित एक कार्यक्रमका बीचसूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कुमार कार्कीले एक्सचेन्जको उद्घाटन गर्नु भयो ।

मन्त्री कार्कीले नेपाल सरकारका मूख्य सचिव डा। सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेन्जको उद्घाटन गर्नुभएको हो ।

सो अवसरमा संचारमन्त्री कार्कीलेसूचना तथा सञ्चार प्रविधिलाई आफ्नो सीप र क्षमता अभिवृद्धिका लागि अधिकतम प्रयोग गर्न आग्रह गर्दैै यसबाट मात्रै नेपाली युवाहरुलाई श्रम बेच्नका लागि विदेश जानबाट रोक्न सकिने बताउनु भयो ।

कार्यक्रममा नेपाल टेलिकमको प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना सेवालाई गुणस्तरीय बनाउन विभिन्न कार्य गरिरहेको, घन् सेवालाई प्रत्येक क्षेत्रमा पु¥याउन र द्धन् सेवा छिट्टै सञ्चालनमा ल्याउन आवश्यक तयारी गरिरहेको बताउनु भयो ।

हिजो उद्घाटित नहरपुर एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुने भएका नेपाल टेलिकमले जनाएको छ ।

११ कार्तिक, काठमाडौं ।
निर्वाचन आयोगका प्रमुख आयुक्त डा. अयोधीप्रसाद यादवले आउँदो चैतमा निर्वाचन गर्न आयोगले गर्नुपर्ने तयारी दु्रत गतीमा गरिरहेको बताउनु भएको छ ।

सुनसरीको इटहरीमा हिजो पत्रकार सम्मेलन गर्दै यादवले प्रजातान्त्रिक व्यवस्था भएको मुलुकमा स्थानीय निकायको निर्वाचन नभएको दुई दशक हुन लाग्दा स्थानीय स्तरमा अनेकौं वेथिती बढेको बताउँदै समृद्ध राष्ट्र निर्माणका लागि स्वच्छ र निष्पक्ष निर्वाचनको खाँचो रहेको बताउनुभयो ।

मुलुकका ७५ जिल्लालाई तिन भागमा विभाजन गरेर आयोगले तयारी तीव्र पारेको उहाले जानकारी दिनुभयो ।

चैतसम्म स्थानीय निकायको निर्वाचन–मन्त्री पाण्डे

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले स्थानीय तह पुनसंरचना आयोगले नयाँ मापदण्ड कायम गरेकाले छिटो चुनाव गर्न सहज भएको बताउनुभयो ।

तनहुँको व्यास नगरपालिकामा हिजो आयोजित कार्यक्रममा उहाँले आयोगको नयाँ मापदण्ड अनुसार नै निर्वाचन क्षेत्रमा निर्वाचन गर्नेगरी सरकारले तयारी अघि बढाएको बताउनु भयो ।